Monday, September 21, 2015

प्रधानमन्त्रीद्धारा बार्तामा आउन असन्तुष्ट पक्षलाई पुनःआब्हान



काठमाडौ, ४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट
संविधान जारी भएको खुसीयालीमा सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई संबोधन गर्दै उनले भने–संविधान जारी भएपछि एकताको अवसर झनै बढेको छ । तराई मधेस, थारु, जनजातिको असन्तोष र सरोकारलाई सहमति,सहकार्य र मेलमिललको बाटोबाट समाधानको बाटोमा हिड्न सकिन्छ । त्यसकोलागि म सधै पहल गर्छु र बार्ताको लागि आब्हान गर्छु ।

प्रधानमन्त्रीले असन्तुष्टहरुले भने जस्तो सामाजिक न्यायको हकमा समानुपातिक समावेशीता राख्ने, सीमांकन संबादबाट हल गर्न सकिने स्पष्ट पारे ।
उनले अब देश विकास र पुर्ननिर्माणमा जुट्नु पर्ने आवश्यकता भएको भन्दै त्यसकोलागि भारत र चिनसहित अन्तर्राष्ट्रियमित्रहरुसँग मिलेर अगाडि बढ्ने बताए । २००७ सालदेखिको जनताको चाहना पुरा भएकोले यो सबैको खुसीको कुरा भएकोले अब सबै मिलेर यसको कार्यान्वयन गर्नु पर्ने अवस्था रहेको बताए ।

झापामा हवाई फायर

 
४ असोज/  नयाँ संविधानको विरोध गर्दै झापाको बिर्तामोडमा असन्तुष्ट पक्षले आज पनि प्रर्दशन जारी राखेका छन् । बिर्तामोडस्थित मुक्तिचौकमा प्रर्दशनकारीले आज दिउँसो संविधान जलाउने तयारी गरेपछि त्यसलाई रोक्न खोज्ने प्रहरीमाथि ढुङ्गा प्रहार गरेको र त्यसको प्रतिकारमा प्रहरीले हवाई फायर गरेको हो ।

संविधान जारी भएको खुसियालीमा प्रमुख तीन दलसहित स्थानीय जनताले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिर्तामोडमा सयौं सर्वसाधारण आइरहेका बेला प्रर्दशनकारीले संविधानको प्रति जलाउन खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । सोही क्रममा प्रहरीमाथि आक्रमण भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

केही प्रदर्शनकारीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको प्रर्दशनकारीको नाम भने खुल्न सकेको छैन । संविधानको विरोध गर्दै आइतबारदेखि अरुण पूर्वका नौ जिल्लामा सङ्घीय लिम्बूवान पार्टी नेपाल सहित ३३ दलीय सङ्र्घष समितिले आम हडतालको आयोजना गरेको छ । आम हडतालका कारण पूर्वमा लामो तथा छोटो दूरीका कुनै पनि सवारीका साधन सञ्चालनमा आउन नसकेको अञ्चल प्रहरी कार्यालय मेचीले जनाएको छ । रासस

रौतहटको गरुढा तनावग्रस्त, प्रहरीको गोलीबाट ६ घाइते, कर्फ्यु अादेश

४ असोज, रौतहट/  रौतहटको गरुडा बजारमा प्रहरी र प्रर्दशनकारीबीच भएको झडपमा प्रहरीले चलाएको रबरको गोली लागी ६ जना घाइते भएका छन्। घाइतेहरुको स्थानीय क्लिनिकहरुमा उपचार भइरहेको छ।
गोली लागी घाइते हुनेहरुमा गरुढा–४ का अरविन्द राय यादव, सिकित राय, अशोक साह, इन्द्रदेव पण्डित लगायत ६ जना छन्। उनीहरुको बीके मेडिकल क्लिनिक र अनामिका क्लिनिकमा उपचार भइरहेको छ। मुख, खुट्टा र शरीरका विभिन्न भागमा रबर बुलेट लागेर घाइते भएका उनीहरुको स्थिति स्थिति खतरामुक्त रहेको डा। बीके चौधरीले नागरिकन्युजलाई बताए।

नेपालको संविधान–२०७२ मा मधेसको माग सम्बोधन नगरेको भन्दै गाउँगाउँबाट आएका प्रर्दशनकारीले संविधानको प्रति जलाउन थालेपछि झडप भएको थियो। स्थानीय प्रशासनले घोषणा गरेको दंगाग्रस्त क्षेत्रमा प्रर्दशनकारीहरुले संविधान जलाउदै जलुस प्रदर्शन गरेका थिए। जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेपछि प्रर्दशनकारीले ढुंगामुढा गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास तथा रबरको गोली प्रहार गरेको हो।

प्रर्दशनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नथालेपछि भीडलाई तितरवितर पार्नका लागि करिव छ दर्जन भन्दाबढी अश्रुग्यास र दर्जन बढी रबरको गोली प्रहार गरेको संयुक्त्त लोकतान्त्रिक मधेशी मोर्चाका स्थानीय नेता राजकुमार दासले दाबी गरे। दिउसो २ बजेदेखि जारी रहेको झडप कर्फ्युपछि केही साम्य भएको छ।  प्रर्दशनकारीले दंगाग्रस्त क्षेत्र तोडेर प्रहरी माथि ढंगामुढा गर्न थालेपछि झडपमा तीन प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए।
कर्फ्यु आदेश

यसैबीच स्थानीय प्रशासनले गरुडामा तनाब कम नभएपछि कर्फ्यु आदेश जारी गरेको छ । दुई घन्टादेखि प्रदर्शनकारी र प्रहरीबीच झडप नरोकिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले गरुडा चौकदेखि पूर्वमा पाँच सय मिटरसम्म, पश्चिममा झाँझ खोला, उत्तरमा प्रहरी स्कुल र दक्षिणमा झाँझपुलसम्म साँझ पाँचबजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए।


सांसदको घर आगजनी, नेता पुत्रलाई गोली लाग्यो

४ असोज/  सर्लाही उत्तेजित प्रदर्शनकारीले मलंगवा –१० जिविस चोक स्थित एमाले सांसद कमलादेवी महतोको घर सोमबार आगजनी गरेका छन्। संविधान जलाउने गाउँगाउँबाट भेला भएको भिडले एमाले सभासद कमलादेवी महतोको घरमा आगजनी गरेको हो।

आन्दोलनरत मधेसी मोर्चाले सोमबार दिउसो मलंगुवामा संविधान जलाउने कार्यक्रम राखेको थियो। त्यही समय प्रदर्शनकारीको समूह एमाले सभासदको घर जलाउनतर्फ लागेपछि सशस्त्र प्रहरीले आगो निभाउन दमकल ल्याउने प्रयास गर्‍यो। आगो निभाउन आइरहेको दमकललाई प्रदर्शनकारीले बीच बोटोमै रोक्न खोजेपछि प्रहरीसँग झडप भएको थियो।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। सशस्त्रले जवाफमा अश्रुग्यास प्रहार गरेको थियो। स्थिति नियन्त्रणमा आउन नसकेपछि फायरिङ सुरु गर्‍यो। सशस्त्रले चलाएको गोली लागी विक्रम राय घाइते भएका छन्। उनी फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर रायका पुत्र हुन्। घाँटीमा गोली लागी घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

थप उपचारका लागि उनलाई हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले बताए। गोलीको छर्राका लागेर अन्य ४ जना घाइते भएका छन्। एक महिनादेखि जारी आन्दोलनमा मलंगवा शान्त रहे पनि सोमबार एकाएक अशान्त बनेको हो।

भारतको आपत्तिपछि प्रमका प्रेस सल्लाहकारको राजीनामा



         
    

प्रतीक प्रधानकाठमाडौं— प्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार प्रतीक प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्। रिपब्लिका अंग्रेजी दैनिकमा पाँच दिन अघि प्रकिाशत "रङ एड्भाइस" शीर्षकको लेखको विषयलाई लिएर भारतीय पक्षले प्रधानमन्त्री कोइराला समक्ष दवाब दिएको सन्दर्भमा उनको राजीनामा आएको हो।
 भारतीय पक्षको आपत्तिका कारण प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको स्थिति थियोु, स्रोतले  भन्यो, राजिनामा दिएर उहाँले पीएमलाई सहयोग गर्नुभएको हो। प्रधानको लेखमा संविधान निर्माणको विषयमा भारतीय दवाब र मधेस आन्दोलनमाथि विश्लेषणात्मक टिप्पणी थियो।
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयसंकरले नामै तोकेर प्रधानमन्त्रीका प्रेस सल्लाहकारको रुपमा आएका अभिव्यक्तिप्रति आपत्ति जनाएको यसअघि नै सार्वजनिक भएको थियो। जयशंकर फर्किए लगत्तै यो विषयलाई लिएर भारतीय पक्षले प्रधानमन्त्रीमाथि अझ दवाब बढाएको थियो।
वैचारिक स्वतन्त्रताको निरन्तरताका लागि प्रधानमन्त्रीको प्रेस सल्लाहकार पदबाट आजैदेखि लागू हुनेगरी राजिनामा गरेको छुु, सोमबार दिउसो ट्विट गर्दै उनले भनेका छन्।

नागरिक दैनिक, काठमाडौं पोस्ट, कारोबार दैनिकको प्रधान सम्पादक रहिसकेका प्रधान गत जेठ २२ गते प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त भएका थिए। उनी राज्यमन्त्री सरहको सुविधामा प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएका थिए। प्रधानमन्त्रीका सामाजिक सल्लाहकार बिजनदेव पन्तले पनि सोमबारै राजीनामा दिएका छन्।

Wednesday, September 16, 2015

आमरण अनशनमा बसेका चार युवाले अनशन तोडे, मन्त्रीमाथी ढुङ्गा प्रहार

३०भाद्र,काठमाण्डौ/  हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै आमरण अनशनमा बसेका राष्ट्रिय हिन्दु युवा मञ्चका चार युवाले आज १७ औं दिनको दिन आमरण अनशन तोडेका छन् । विश्वको एक मात्र हिन्दु राष्ट्र नेपाललाई पैसामा विक्री गरी राष्ट्र र राष्ट्रियता भन्दा पनि सत्ता प्यारो ठान्ने नेताहरुबाट पुनः हिन्दु राष्ट्र घोषणा हुने स्थिती नदेखिएको भन्दै उनीहरुले आज आमरण अनशन तोडेका हुन् । अनशन स्थलमा प्रधानमन्त्री सुशील कोइराला आउने र अनशन तोड्न आग्रह गर्ने भनि भनिएपनि प्रधानमन्त्रीको कार्यव्यस्थताको कारण देखाउदै कांग्रेस नेता तथा कानुन मन्त्री नरहरी आचार्य आएर सम्बोधन गरेपछि उपस्थित हिन्दुवादीहरुले ढुङ्गा प्रहार गर्दै नाराबाजी गरेका थिए । चारैतिरबाट ढुङ्गा प्रहार हुन थालेपछि मन्त्री आचार्य ज्यान जोगाउन हम्मे हम्मे गर्दै भागेका थिए । उनी भागेपनि हिन्दुवादीहरुले अब हिन्दु विरोधी नेताहरुलाइ नछोड्ने बताएका छन् । उनीहरुले अब हिन्दु राष्ट्र स्थापना नभएसम्म मोर्चा बनाएर शशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । प्रधानमन्त्री नआएपछि अनशनकारीहरुले अनशन धर्मगुरुबाट तोडेका छन् । अनशन तोडेसँगै उनीहरुले भदौ ३ गते सम्ममा हिन्दुराष्ट्र घोषणा नभए ४ गते देखी शशक्त आन्दोलन तथा धर्मयुद्ध गर्ने चेतावनी दिएका छन् । 

Tuesday, September 15, 2015

प्रधानमन्त्रीको पत्र आएसँगै हिन्दुवादीहरुले आज अनशन तोड्ने




उत्तम रिजाल
३० भदौ,काठमाण्डौं/  विगत १७ दिन देखी हिन्दु राष्ट्र हुनु पर्ने मुख्य माग सहित विभिन्न ९ शुत्रिय माग राखेर आमरण अनशनमा बसेका राष्ट्रिय हिन्दु युवा मञ्चका चार युवाहरुले आज अनशन तोड्ने भएका छन् । 

प्रधानमन्त्री शुशील कोइरालाले हस्ताक्षर गरि आज पठाएको पत्रमा विभिन्न सात माग पुरा गर्ने र बाँकी २ मागका विषयमा पछि बार्ताबाट टुङ्ग्याउने भन्ने उल्लेख गरिएका कारण आज अनशन तोड्ने बताइएको छ । तर अनशन स्थलमा प्रधानमन्त्री साँढे चार बजे मात्र जाने समय तय भएकाले अनशन तोड्न ढिला भएको छ । यस विषयमा अनशनकारीले भने आँफुहरुको बाँकी २ माग ३ दिन भित्र सम्बोधन नगरे वृहत आन्दोलनको घोषणा गर्दै धर्म युद्ध गर्ने चेतावनी दिएका छन् । 

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...