Sunday, September 13, 2015

प्रक्रिया रोक्न भट्टराइ र सिटौलाको दवाब


२७ भदौ/  संविधानको विधेयकमाथि अाइतबार संविधान सभामा मतदान सुरू हुने पूर्व निर्रधारित कार्यक्रम रहेको अवस्थामा कांग्रेस नेता कृष्णप्रसाद सिटाैला तथा एमाअाेवादी बरिष्ठ नेता बाबुराम भट्टराइले प्रक्रिया राेक्न दवाब दिएका छन्।आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताको लागि संविधानसभाको प्रक्रिया स्थगित गर्नुपर्ने मुख्य शर्त अगाडि सारेको छ। तर दलहरुबीच प्रक्रिया सुरु गर्ने वा लम्ब्याउने भन्ने विषयमा विवाद सुरु भएको छ। निर्धारित समय अनुसार आज साढे ११ बजे संविधानसभाको बैठक दुइ बजेमात्रसुरु भएकाे थियो। दलहरुबीचको विवादका कारण दुइ घन्टा ढिलो संविधान सभा बैठक सुरू भएको छ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा भएकाे नेम्वाङसहित प्रमुख तीन दलको अनौपचारिक छलफलमा नेपाली कांग्रेस र एमाओवादीका नेताले वार्ताको वातावरण बन्दै गएको भन्दै केही दिन थप प्रक्रिया रोक्नुपर्ने पक्षमा उभिएका थिए।
कांग्रेस महामन्त्री कृष्ण सिटौलासहितको केही नेताले अहिले वार्ताको वातावरण बन्दै भएको भन्दै जारी प्रक्रियालाई थप केही दिन रोक्नुपर्ने अडान राखेको स्रोतले बतायो। यसैगरी एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले पनि असन्तुष्ट पक्ष मधेसी मोर्चा, थारुवान–थरुहट संघर्ष समितिलगायतसँग वार्ता गर्न पनि केही दिन प्रक्रिया रोक्नुपर्ने पक्षमा देखिएका छन्। तर कांग्रेसकै शेरवहादुर देउवा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता जसरी पनि प्रक्रिया अगाडि बढाउनुपर्ने पक्षमा देखिएको स्रोतले बतायो।

आइतबार बसेको नेपाली कांग्रेसको पदाधिकारीको बैठकले पनि जारी प्रक्रियालाई अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको थियो।  एमाले भने कुनै पनि हालतमा प्रक्रिया रोक्न नहुने पक्षमा उभिएको छ। आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संविधानसभाको प्रक्रिया नरोकिने भन्दै आफ्ना सभासदलाई संविधानसभा नछोड्न निर्देशन नै दिएका थिए। आइतबार प्रधानमन्त्री सुशील कोइरालाले बोलाएको तीन दलको बैठकमा समेत प्रक्रिया स्थगितको प्रस्ताव आउन सक्ने भन्दै एमाले र एमाओवादी अनुपस्थित भएका थिए।

शुक्रबार भारतीय राजदुत रन्जित रेले प्रमुख तीन दलका शीर्ष नेतालाई भेटगरी जारी प्रक्रिया केही दिन रोकेर सहमतिको पहल गर्न सुझाव दिएका थिए भने शनिबार राष्ट्रपति रामबरण यादवले प्रधानमन्त्री सुशील कोइरालासँग टेलिफोन सम्वाद गरी केही दिन प्रक्रिया रोकेर भएपनि सबैलाई साथमा लिएर संविधान जारी गर्न सुझाव दिएका थिए।

हिन्दु अन्सनकारीहरुलाई बार्ताको लागी सरकारले बोलायो


 २७ भदौ/  गत १४ गते देखी आमरण अनशनमा बसेका हिन्दुवादीहरुको
मागको बारेमा आज चौधौं दिन अनशनकारीलाई प्रधानमन्त्री शुशिल कोेइरालाद्धारा हस्ताक्षरीत पत्र आएको छ । पत्रमा कोइरालाले अनशनकारीलाई बार्ताको लागी बोलाओट भएकोछ । कोइरालाले आज कुनै निश्चित स्थानमा बार्ता बस्ने भन्दै पत्र पठाएपनि वार्ता स्थल भने गोप्य राखिएको छ । पत्रमा देशको विभिन्न स्थानमा हिंसात्मक घटना घटिरहेको यस विषम परिस्थतिमा त्यसलाई मध्यनजर गर्दै वार्ताबाट नै समस्याको समाधान खोज्न भन्दै बार्तामा आउन भनिएको छ । अनशनकारीको तर्फबाट पनि बार्तामा जाने तयारी गरिएको छ । यस विषयमा कसरी अगाडी बढ्ने भन्ने बारे अहिले छलफल भइरहेको छ । ढिलै भएपनि सरकारले वार्तामा बोलाएकाले आन्दोलन हिंस्रक नहुने देखिएको छ । हिजो हजारौको संख्यामा संविधानसभाको निषेधित क्षेत्र तोडेर प्रदर्शन भएपछि सरकारको तर्फबाट औपचारीक पत्र आएकोले यसलाई सरकारले गंभिर रुपमा लिएको बताइएको छ । 

चौधौ दिन पनि अनसन जारी, अनसनकारीको अवस्था गम्भिर



२७ भदौ/  हिन्दु राष्ट्र पुर्नस्थापनाको लागी गरिएको आमरण अनसन
आज चौधौं दिन पनी जारी रहेको छ ।  त्यसैबीच अनसनस्थल बाट एक टोली एमालेका वरिष्ठ नेता एवं सभासद माधव कु. नेपाललाई अनसनकारीको जीवन रक्षाको लागी पहल गरीदिन र हिन्दु राष्ट्रको मागबारे पार्टीको ध्यानआकर्षण गराउन अनुरोध गर्दौ ज्ञापन पत्र बुझाएको छ  । हिन्दु राष्ट्र कायम नभए सम्म आफ्नो आमरण अनसन जारी राख्ने दृढ प्रतिज्ञा गरेका अनसनकर्ताहरुले भदौ २४ गते दिउँसोको १ बजे अनसनकर्ताको स्वास्थ्य स्थितीको बारेमा जानकारी लिन आएका नेता नेपाललाई आफ्नो अडान पूर्न दोहोराएका थिए । अनसनकारीको स्वास्थ्य स्थिती निकै नाजुक बन्दै जाँदा पनि सरकारले अनसनकारीको जीवन रक्षाको लागी कुनै पनि किसीमको सकरात्मक पहल
नगर्नु निकै दुःख दायक छ । के साच्चै नेपाल सरकारको नेतृत्व गर्ने नेताहरुमा नैतिकता र आफ्ना नागरीकहरु प्रतिको जिम्मेवारी खस्दै गएको हो त ? चौतर्फी सरकारको आलोचना सुरु भइरहेको छ ।  
कार्यक्रममा डा. चिन्तामणी योगी, जनार्दन घिमिरेले आफ्ना विचारमा अनसनकारीहरुको अवस्था यती नाजुक भइसक्दा पनी यो समाज, यो सरकार जागेको छैन भन्दै सम्पूर्ण जनसमाजलाई साझा, समर्थन र एक्यबद्घताका  लागी आग्रह गर्नुभयो । अनसनकारी परिवार सदस्य आरती पौडेल कटुवालका अनुसार अनसनकारीको स्वास्थ्य स्थिती एकदमै गम्भीर बन्दै शरीरमा ग्लुकोज र सोडियमको मात्रा घट्दै किड्नीलाइ असर गर्ने तत्व एसिटोन समेत देखापरेको जानकारी गराउनुभयो । 

पार्टीको झण्डा थन्काउने थापाको भनाई



२७  भदौ/  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र
स्थापना गर्न अब आफ्नो पार्टीले पार्टीको भण्डा थन्काउने बताएका छन् । राष्ट्रिय हिन्दु युवा मञ्चको हिन्दुराष्ट्र स्थापनार्थ रहेको आमरण अनसन स्थल खुल्ला मन्चमा पुगि अध्यक्ष  थापाले यस्तो बताएका हुन् । उनले राष्ट्र बचाउ अब पार्टीको झण्डा भन्दा देशको झण्डा बोकेर हिड्नु पर्ने पनि उल्लेख गरे । अनसन विगत १४ दिन देखी जारी रहेको छ । 

Thursday, August 27, 2015

संविधान मस्यौदा सुधार्न सामूहिक प्रस्ताव



  ११ भदौ, काठमाडौं/   नयाँ संविधानको अन्तिम मस्यौदा संशोधनका लागि प्रमुख दलले सामूहिक प्रस्ताव लैजाने तयारी गरेका छन्। संघीयतामा प्रदेश संख्या र सीमा, धर्म, थ्रेसोल्डलगायत विवादित
विषयमा आवश्यक संशोधनका लागि सामूहिक प्रस्ताव लैजाने तयारी भएको हो।
कस्तो संशोधन भन्नेमा भने अहिलेसम्म सहमति जुटिसकेको छैन।

प्रदेशको सीमा र संख्या, धर्म, थ्रेसोल्डलगायत विषयमा दलहरुबीच मतभिन्नता कायमै छ।

प्रदेशको सीमा र संख्यामा असहमत हुँदै आन्दोलनमा रहेका शक्तिहरुसँग सहमति भए त्यही आधारमा सामूहिक प्रस्ताव लैजाने तयारी भएको नेताहरुको भनाइ छ।

यस विषयमा छलफल गर्न प्रमुख चार दलका शीर्ष नेता बैठक बिहीबार पनि पटकपटक बसेको थियो।

संविधानसभा भवन, नयाँबानेश्वरमा भएको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत पक्षसँग वार्ताका लागि पत्र पठाइएको भन्दै त्यसको बेहोरा पढेर सुनाएका थिए।

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी, आदिवासी, थारुका जायज माग सुनिदिन आग्रह गरेका थिए। उनले जायज माग पहिचान गरी सामूहिक प्रस्ताव पारित गर्नुपर्ने पनि औंल्याए।

संविधानसभा बिहीबार बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि संविधानको विधेयकमा सामूहिक संशोधन प्रस्ताव लगेर सबैको भावना सम्बोधन गर्नुपर्ने बताए।

'मधेस, आदिवासी, थारु, कर्णालीका जनताले अघि सारेका माग संविधान संशोधन गरेर पनि पूरा गर्न सकिन्छ,' पौडेलले भने, 'संविधानको विधेयक संशोधनको प्रस्ताव हामीले सामूहिक रुपमा लैजान सक्छौं।'

उनले सीमांकन अन्तिम नभएकाले व्यावहारिक आधारमा पनि सम्बोधन गर्ने समय बाँकी रहेको बताए। 'अहिले सबैभन्दा बढी चित्त नबुझेको सीमांकनमा हो,' पौडेलले भने, 'यो सीमांकन अन्तिम होइन, व्यावहारिकता हेरेर धेरै फेरबदल गर्न सकिन्छ।'

उनले सीमांकनमा नेपालको सन्दर्भमा अव्यावहारिक विषय घुसाएपछि समस्या आएको पनि बताए।

'सीमांकनका मामलामा केही धारणा र मान्यता अघि सारियो,' उनले भने, 'नेपालका सन्दर्भमा अव्यावहारिक कुरा घुसाउन खोजियो। त्यसको तालमेल नमिल्दा समस्या भयो।'

उनले सदनमा लामो छलफल गरेर समिति, उपसमिति हुँदै संविधानसभामा विषयहरु आएको उल्लेख गर्दै 'कुनै कालो कोठी भएका व्यक्तिको दिमागबाट आएका विषयहरु' नभएको स्पष्ट पारे।

लोकतन्त्रका मूल्य र मान्यता संविधानको विधेयकमा समावेश भएको उल्लेख गर्दै उनले त्यसमा आफूहरुले कुनै सम्झौता नगरेको पनि प्रस्ट पारे।

पौडेलले संविधानको विधेयकमा रहेका कमीकमजोरी सच्याएर अघि बढ्न तयार रहेकाले अहिले नै बढी छटपटिनु नपर्ने पनि औंल्याए।

'सीमाको अन्तिम टुंगो लगाउन संघीय आयोग बन्दैछ,' उनले भने, 'अहिल्यै छटपटाउनुपर्दैन। दुनियाँका संविधान संशोधन भएका छन्। हामी पनि संशोधन गर्दै सुधार्दै अघि बढ्न सक्छौं।'

संविधान विधेयकमाथि आफ्नो धारणा राख्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि संविधान निर्माण प्रक्रिया रोक्न नहुने धारणा राखे।

'अब संविधान रोक्नुहुँदैन,' नेपालले भने, 'लामो समय पर्खिनु पनि हुँदैन। जहिले पनि जहाँ पनि सबैलाई चित्त बुझाउन सकिँदो रहेनछ। देशको अखण्डतालाई बलियो बनाउने खालको संविधान आवश्यक छ।'

उनले 'ट्र्याक टु' मार्फत वार्ता गरेर असहमत दललाई पनि सहमतिमा ल्याउनुपर्ने धारणा राखे।

'प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु,' नेपालले भने, 'उहाँले औपचारिक वार्ता आह्वान गर्नुभएको छ। अब ट्र्याक टुमार्फत पनि वार्ता गर्नुपर्छ। तपाईंहरुका माग टेबुलमा प्रस्तुत गर्नुस्, जायज जति पूरा हुनेछन्।'

मस्यौदा धेरै ठूलो भएको र त्यसमा धेरै कुरा दोहोरिएको उनले औंल्याए। 'मस्यौदा ठूलो छ,' नेपालले भने, 'धेरै कुरा दोहोरिएका छन्, यसमा रहेका धेरै शब्द हटाएर स्लिम बनाउन सकिन्छ।'

उनले एउटै कुरालाई धारा र दफामा राखिएको बताए।

'संविधानको एक ठाउँमा उल्लेख भएपछि त्यसले सबै विषयवस्तु बोक्छ। हामीले नै विष रोपेका छौं, त्यसले अहिले पोलिराखेको छ।'

एमाओवादी नेता एवं संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले अब संविधानसभाले संविधान नबनाई असफल हुने छुट नपाउने बताए।

'सबैभन्दा राम्रो जनावर बनाउन खोज्दा भगवानले पनि ऊँट बनाएका थिए,' भट्टराईले भने, 'अहिले संविधानको मस्यौदा त्यस्तो हुनु स्वाभाविक हो। यो इतिहासको आवश्यकता पूर्ति गर्ने दस्तावेज हो।'

उनले राप्रपा नेपालतर्फ इंगित गर्दै राजतन्त्रवादीलाई अहिले पूरै निषेध गरेको अवस्था नरहेको बताए।

'त्यो (राजतन्त्र) नियम र कानुनले होइन, क्रान्तिले अन्त्य गरेको हो। विधि र कानुन पुर्यााएर राजतन्त्रको अन्त्य विश्वमा कहीँ भएको छैन। यसलाई भुल्नुभएन,' भट्टराईले भने।

पुँजीवादी युग संस्थागत गर्दै समाजवादतर्फ जाने कुरामा दुई पक्षबीच विवाद हुनु स्वाभाविक रहेको उनले जिकिर गरे।'

'राजतन्त्रवादीले अहिले दुःखमनाउ गर्ने कुनै कारण छैन। उहाँहरुले टेक्ने ठाउँ भन्नुभएको छ, त्यो दिइएको छ,' उनले भने।

भट्टराईले पहिचान र सामर्थ्यबिनाका प्रदेश बन्न नसक्ने पनि स्पष्ट पारे।

'केन्द्र, प्रदेश र स्थानीय स्वीकार गरेपछि अहिलेको प्रशासनिक क्षेत्र रहँदैन,' भट्टराईले भने, 'जिल्ला, क्षेत्र, अञ्चल अब रहँदैन। अहिले पनि हामी त्यही कुरा गर्दैछौं, यो शोभनीय छैन।'

भट्टराईले देशको कुनै धर्म नहुने भएकाले धर्मनिरपेक्षताबाट पछि फर्किन नमिल्ने पनि औंल्याए।

बहुवर्गीय समाजमा सबैको सम्बोधन हुनुपर्ने धारणा उनको छ। 'कालखण्डमा हामी सबै आन्दोलनकारी हौं,' भट्टराईले भने, 'जनताले जहाज अपरणसम्मका काम गरेकै हुन्, आन्दोलनकारीलाई दुत्कार्ने होइन, वार्तामा बोलाउने हो। शान्ति भनेको बलबाट होइन, वार्ताबाट कायम गर्न सकिन्छ।'

राप्रपा नेपालका सुशील कुमार श्रेष्ठले भट्टराईतर्फ संकेत गर्दै 'क्रान्तिको धङधङी' छाड्न सुझाए।

उनले आफूहरुका पनि जनताको मतबाट संविधानसभामा आएको बताउँदै कसैको विचारलाई निषेध गर्ने काम नगर्न चेतावनीसमेत दिए।

एमाले नेता भरतमोहन अधिकारीले संविधान विधेयकमा ठाउँठाउा देखिएका समस्या सम्बोधन गर्नुपर्ने सुझाए। उनले नेपालजस्तो मुलुकमा हुने चुनावमा राज्यकोषबाट खर्च गर्ने व्यवस्था कायम गर्नुपर्ने पनि बताए।

एमाले नेता रवीन्द्र अधिकारीले जनतालाई अधिकार दिँदा जहिले पनि महँगो पर्ने भए पनि यसलाई महँगो मान्न नहुने धारणा राखे।

'जनताको सहभागितामा संविधान बनेको हो भन्ने सबैले बुझ्नुपर्छ,' अधिकारीले भने, 'सबैभन्दा बढी उत्पीडनमा परेको समुदायको माग सम्बोधन नभए यहाँबाट बाहिर जाँदा पनि हामीले हँसिलो मुख बनाउन पाउनेछैनौं।'

सभासद सीतादेवी यादवले मधेसी जनताको मागमा खेलबाड नगर्न चेतावनी दिइन्। सभासद गंगा चौधरी सत्गौवाले पनि थारुका जायज मागलाई बेवास्ता नगर्न चेतावनी दिइन्।

उनले थरुहट प्रदेश नाम नराखेपछि थारु बसोबासको क्षेत्रलाई नटुक््रयाउन आग्रह गरिन्। बिहीबार बेलुकासम्म २ सय २ जनाले आ–आफ्ना धारणा राखेका छन्। बाँकी सभासदले शुक्रबार र शनिबारसम्म आफ्नो धारणा राखिसक्ने संविधानसभा सचिवालयले जनाएको छ।
- See more at: http://www.nagariknews.com/main-story/story/44253.html#sthash.kygFmriE.dpuf

उपाधीका लागी नेपाल र भारत भिड्ने


१० भदौ,काठमाडौं/  प्रथम साफ अन्डर नाइन्टिन च्याम्पियनसीप

फुट्बल प्रतियोगिताको उपाधीका लागी नेपाल र भारत भिड्ने निश्चित भएको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलार्इ हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो भने भारतले बंगलादेशलाई सडन डेथमा पाखा लगायो। नेपालले भने अफगानिस्तान विरूद्ध ३–२ को गोल अन्तरले सेमिफाइनलमा जित दर्ता गरेको हो।

खेलको ३४  मिनेटमा स्ट्राइकर अन्जन विष्टले  गोल गर्दै नेपालका लागि खाता खोलेका थिए। त्यसपछि अझ आक्रामक बनेको नेपालले अन्जनकै  ३७ औं मिनेटमा पेनाल्टीमार्फत गोल अन्तर दोब्बर बनाएको थियो । उता अफगानिस्तानका लागी नेपाली
अनन्त तामाङले  आत्मघाती गोल गरेका थिए भने तेस्रो गोल  ५३ औं मिनेटमा सुनिल बलले गरे । अफगानिस्तानकातर्फबाट ७२ औं मिनेटमा मेहदी रेजाइले गोल गरेका थिए । भारतले भने बंगलादेशलाई सडन डेथमा ४–३ ले पराजित गरेको हो । निर्धारीत ९० मिनेट सम्म दुबैले गोलरहित बराबरी खेलेपछि खेल सडन डेथ सम्म पुगेको थियो । 

टीकापुरमा कर्फ्यू अवज्ञा गर्नेमाथि गोली प्रहार


१० भदौ /  कैलालीको टीकापुर दुर्गौलीमा सुरक्षाकर्मीको गोली लागेर बिहीबार एक व्यक्ति घाइते भएका छन्। सुरक्षाकर्मीको गोली लागेर सुगरखाल गाविस १, फल्लेबिसौनीका २० वर्षीय जगतराज देवकोटा घाइते भएका छन्। गस्तीमा खटिएको सुरक्षाकर्मीले कर्फ्यूको समयमा मोटरसाइकल चलाएका देवकोटालाई रोक्न नमानेपछि गोली चलाएको बताइएको छ। उनको पेट र घुँडामा गोली लागेको छ। टीकापुर अस्पतालमा उपचार हुन नसकेपछि देवकोटालाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरेको डा. लालसिंह टमट्टाले जानकारी दिएका छन्। उनको अवस्थामा चिन्ताजनक नरहेको डा.टमट्टाले बताएका छन्  

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...