Sunday, June 28, 2015

नियमविपरीत दजगजामा निर्माण गरेको ‘बाँध जस्तो सडक’ले थुनिँदा बाँकेको नेपाली भू–भाग डुबानमा

१३ असार,बाँके/   भारतले अन्तराष्ट्रिय नियमविपरीत दजगजामा निर्माण
     आफूले बनाएको सडकले नेपाली भूमि डुबेपछि भारतले केही ठाउँमा सडकको ५० देखि सय मिटरको फरकमा ह्यूम पाइप र कलभर्ट निर्माण गरिदिएको थियो तर ह्यूम पाइप र कलभर्ट पानी बग्ने जमिनको सतह भन्दामाथि बनाएपछि प्रभावित क्षेत्रका स्थानीयले सुरुमै विरोध जनाएका थिए । अहिले तिनै कलभर्टबाट पानी सहज रुपमा बग्न सकेको छैन। पानी थुनिँदा नेपाली भूमि तालमा परिणत भएको छ । पानीले स्थानीयका घर चारैतिरबाट घेरेको छ । नेपाली भूमि डुबानमा परेपछि पुगेको नेपाल प्रहरीको अनुरोधमा भारतीय सीमा सुरक्षा बल एसएसबीले दुईवटा साना कर्ल्भटबाट पानीको निकास खोले पनि अझै सहज रुपमा पानी बग्न सकेको छैन । भारतीय सडकका कारण नेपाली भूमि डुब्दा पनि जिल्लास्थित जिम्मेवार सरकारी निकायका  कोही पनि त्यहा पुगेका छैनन्।
गरेको ‘बाँध जस्तो सडक’ले पानीको निकास थुनिँदा बाँकेको नेपाली भू–भाग डुबानमा परेको छ । नेपाली भूमिबाट बगेर जाने रतैया नालाको निकास सडकले थुन्दा जिल्लाको हिरिमिनिया र साइगाउँ डुबानमा परेका हुन्। हिरमिनिया–१ स्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका आधा दर्जन घर डुबानमा परेका छन्। अन्य थुप्रै घरहरु डुबानको उच्च जोखिममा रहेका छन्। वर्षा अझै नरोकिएकाले डुबानको खतरा झनै बढेको छ। हिरमिनियाका डुबानपीडित राधेश्याम मौर्यले शुक्रबार बिहानदेखि निरन्तर वर्षा भइरहेकाले सडकले पानी थुनिँदा गाउँ डुबेको बताए । ‘सडकले निकास थुनेपछि नेपालको पानी यतै रोकियो,’ उनले भने, ‘भारतले पानी निकासका लागि कलभर्ट बनाए पनि नाम मात्रका छन्।’ नेपालगन्ज लगायत क्षेत्रबाट बगेर जाने रतैया नालाले निकास नपाउँदा बढी डुबान भएको हो । भारतले दसगजा छेउमा विगत एक वर्षदेखि उक्त सडक निर्माण गरेको हो। गत वर्ष पनि सडकले पानीको निकास थुनेपछि राधेश्यामसहित गाउँका दर्जनौँ व्यक्तिका घर डुबाएको थियो।

महासंघको इतिहासमा पहिलोपटक अध्यक्षका लागिमात्र निर्वाचन हुँदै

१३ असार/  नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा पहिलोपटक
अध्यक्षका लागिमात्र निर्वाचन हुँदैछ । असार १८ गते हुने चुनावका लागि उद्योगी व्यवसायीहरुमा चुनावी गरम सुरु भइसकेको छ । अध्यक्षका लागि कार्यबाहक अध्यक्ष पशुपति मुरारका, भाष्करराज राजकणिर्कार र भवानी राणाले मनोनयन दर्ता गराईसेका छन । निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरु भने महासंघमा सर्वसम्मत नेतृत्व चयनका लागि एकजुट भएका छन् । यसको नेतृत्वदायी भूमिका खेलेका छन, पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले । विगतमा चारतिर फर्किका पूर्वअध्यक्षहरु एकजुट भएर सर्वसम्मत नेतृत्व चयनका लागि जुट्दा बजारमा विभिन्न शंकाउपशंका पनि जन्मिएका छन् । यसले समग्र उद्योगी व्यवसायीमा हलचलसमेत ल्याइदिएको छ । तर सर्वसम्मत चयन हुने सम्भावना भने न्युन रहेको बताइएको छ ।

Saturday, June 27, 2015

तातोपानी सडक खुलाउन चीनसँग अनुरोध गर्ने सरकारको तयारी

१३ असार/   भूकम्पले चिरा पारेको पहाडबाट वर्षासँगै पहिरो आउने क्रम
बढेपछि सरकारले तातोपानी सडक खुलाउन चीनसँग अनुरोध गर्ने तयारी गरेको छ । तत्काल सडक खुलाउन सरकारी स्रोतसाधनले असम्भव देखेपछि चीनले दिने अनुदानबाटै खर्च हुने गरी बाह्रबिसे–तातोपानी खण्डको २६ किलोमिटर सडकको पहिरो पन्छाउन अनुरोध गर्न लागिएको हो। अरनिको राजमार्गको १ सय ३ किमिदेखि मितेरी पुलसम्मको ११ किमि सडकको माथिल्लो भागबाट लगातार पहिरो झरेपछि सीमित स्रोतसाधनले तत्काल सडक खुलाउन कठिन हुने निष्कर्ष सरकारी पक्षले निकालेको छ । यसका लागि चीन सरकारलाई अनुरोध गर्न आग्रह गर्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । वाणिज्यका सहसचिव जीवराज कोइरालाका अनुसार परराष्ट्रले भौतिक योजना र अर्थ मन्त्रालयको सहमति लिएर चीनसँग अनुरोध गर्नेछ । ‘मौखिक रूपमा त चिनियाँ दूतावाससँग पनि कुरा भएको छ,’ कोइरालाले भने, ‘उनीहरूले लिखित अनुरोध आउने बित्तिकै सडकको काम सुरु गर्ने वचन दिएका छन्।’ नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतमले वाणिज्यको पत्र परराष्ट्रलाई बुझाएको बताए । उनले भने ‘आज चिनियाँ दूतावासमा पत्राचार हुने सम्भावना छ । ल्हासा, खासा र रमिते जंगलमा नेपालका व्यवसायीको करोडौं रुपैयाँका चिनियाँ सामान तथा सयौं कन्टेनर अलपत्र अवस्थामा छन्। ‘भूकम्प आएदेखि नै अलपत्र सामान कुन अवस्थामा छन् भन्नेबारेमा अनभिज्ञ रहेको गौतमले बताए । खासा क्षेत्रमा अलपत्र ३ सय २१ कन्टेनर अलपत्र छन् । भूकम्पका कारण लगातार पहिरो आएकाले चिनियाँ सामान लोड गरिएका कन्टेनर दुई महिनादेखि नेपाल भित्रिन सकेका छैनन्।

प्राविधिक एसएलसीको नतिजा आज

१३ असार,काठमाडौं/  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले
प्राविधिक एसएलसीको नतिजा आज ४ बजेभित्र सार्वजनिक गर्ने भएको छ। कार्यालयले प्राविधिक धारबाट पहिलो पटक एसएलसी दिएका विद्यार्थीको नतिजा पास फेलमा नभइ ग्रेडिङका आधारमा निकाल्ने जनाएको छ। कक्षा नौदेखि नै प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीले यस वर्ष पहिलो पटक एक हजार पूर्णाङको परीक्षा दिएका थिए। परिक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीले प्राप्त गरेको नम्बरको आधारमा ग्रेडिङ छुट्टाइने छ। ९० देखि १०० प्रतिशतको को बीचमा अंक ल्याउने विद्यार्थीलाई ए प्लस ग्रेड, ८० देखि ८९ सम्म ल्याउनेलाई ए, ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई 'बी', ४० देखि ५९ ल्याउनेलाई 'सी', २५ देखि ३९ ल्याउनेलाई 'डी' ग्रेड र २५ भन्दा कम ल्याउनेले 'ई' ग्रेड पाउनेछन्।

कार्यालयका अनुसार यस वर्ष प्राविधिक विषय तर्फ ३ हजार २ सय ८८ विद्यार्थीले परीक्षा दिएका छन्। यसमा पूर्वाञ्चलमा ५ सय ४६, मध्यमाञ्चलमा ७ सय ५५, पश्चिमाञ्चलमा ८ सय ४४, मध्यपश्चिममा ५ सय ९४ र सुदुरपश्चिममा ५ सय ४८ ले परीक्षा दिएका थिए। परीक्षा दिएकामध्ये दुई हजार ३७ जना छात्र र एक हजार २ सय ५१ छन्। नतिजा डी र ई आएका विद्यार्थीले पुनः परीक्षा दिन चाहेमा सक्ने व्यवस्था रहेको परीक्षा नियन्त्रका द्वारेले जानकारी दिए।

Friday, June 26, 2015

‘त्रिपक्षीय सहकार्य’ मा तयार हुन नेपाललाई आग्रह

१२ असार/   छिमेकी मुलुकहरू भारत र चीनले ‘त्रिपक्षीय सहकार्य’ मा तयार
      नेपालको सहमतिबिना लिपुलेक भएर नाका खोल्ने सम्झौतालाई ओझेलमा पार्न चीन र भारतबाट त्रिदेशीय सहकार्यको प्रस्ताव आएको हुनसक्ने परराष्ट्रका एक अधिकारीले बताएका छन्् । दुवै छिमेकको आग्रहपछि सहकार्यको ‘मोडालिटी’ बुझ्न नेपालले अध्ययन गर्ने तयारी गरेको छ । सीमाको अध्ययनसँगै विज्ञहरू सम्मिलित अर्को टोली बनाएर त्रिपक्षीय सहकार्यको अध्ययन गर्ने जानकारी दिइएको पनि ति अधिकारीले बताए । १५ बर्ष अघि तीन अर्व अमेरिकी डलरबाट शुरु भएको भारत र चीनबीचको दुईपक्षीय ब्यापार अहिले एक खर्व हाराहारीमा पुगेको छ । भुकम्पकपछिको पुर्ननिर्माणको लागि सहयोग जुटाउन सरकारद्वारा आयोजित अन्र्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन काठमाडौं आएका दुवै छिमेकका विदेशमन्त्रीले नेपाललाई चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओवीओआर) अन्तर्गतको पारवहन मार्गको विकास गर्न आफूहरूले चाहेको प्रस्ताव गरेपछि सरकारले त्यसबारेमा अध्ययन गर्ने तयारी गरेको हो ।
हुन नेपाललाई आग्रह गरेका छन् । नेपालको सहमतिबिना नै नेपाली भूभाग हुदै व्यापारिक नाका खोल्ने सम्झौता गरेलगत्तै दुवै देशले त्रिदेशिय सहकार्यको प्रस्ताव गरेका हुन् । चीनले यसअघि पनि यस्तै प्रस्ताव गरेको थियो । ‘तर यसपटक दुवै देशले एकसाथ यसमा गृहकार्य गर्न नेपाललाई आग्रह गरेको परराष्ट्रका एक उच्च अधिकारीले बताएका छन् । दार्चुलाको उत्तरी भूभाग लिपुलेक भएर व्यापारिक नाका खोल्ने सम्झौता जेठ १ मा बेइजिङमा भएपछि नेपाल सरकारले चीन र भारतसित यसमा चासो देखाएर गम्भीरतापूर्वक छलफल गर्ने तयारी गरिरहेका बेला दुवै देशका तर्फबाट त्रिपक्षीय सहकार्यको प्रस्ताव आएको हो ।

नयाँ संविधानको पहिलो एकीकृत मस्यौदा तयार

१२ असार/ सर्वोच्च अदालतका न्यायाधीश र अख्तियार दुरुपयोग मस्यौदाले प्रस्ताव गरेको व्यवस्थाअनुसार संविधान लागू हुँदा साविक संवैधानिक निकायमा बहाल रहेका पदाधिकारीहरूले स्वत निरन्तरता पाउने छन् । स्रोतका अनुसार ती पदाधिकारीको नियुक्ति नयाँ संविधानअनुसार भएको मानी उनीहरूका काम र विचाराधीन मुद्दाले निरन्तरता पाउने व्यवस्था मस्यौदाको संक्रमणकालीन भागमा गरिएको छ । संक्रमणकालीन व्यवस्थाअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको भने संविधान प्रारम्भ भएको १ महिनाभित्र पुन निर्वाचन हुनेछ । उनीहरूको चयन अन्तरिम संविधानकै जस्तो प्रावधानअनुसार रूपान्तरित संसद्ले गर्नेछ । दलहरूबीच संक्रमणकालीन व्यवस्थाअन्तर्गत संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्त गर्नेरनगर्ने, महाअभियोगबाट मात्र पदमुक्त हुने संवैधानिक निकायका पदाधिकारीलाई त्यस्तो अभियोग लगाउन आवश्यक छ र छैन हेर्ने गरी संसदीय विशेष समितिसम्बन्धी व्यवस्था गर्ने र नगर्ने विषयमा तीव्र विवाद थियो । मस्यौदामा संविधानको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभावलगायत कारण देखाएर संवैधानिक निकायका कुनै पदाधिकारी विरुद्ध प्रतिनिधिसभाका एक तिहाइ सदस्यले ल्याउने महाअभियोगको प्रस्ताव औचित्यपूर्ण भए नभएको जाँच गर्न विशेष संसदीय समिति रहने उल्लेख छ । यस्तो समितिमा प्रतिनिधिसभाका बढीमा ११ सदस्य रहने छन् । नयाँ संविधानअनुसार संघीय प्रदेश र स्थानीय निकायको पुनर्संरचना नहुँदासम्म साविक स्थानीय निकायले निरन्तरता पाउने व्यवस्था भएको छ । संक्रमणकालीन भागमा संविधान लागू भएको ६ महिनाभित्र साविक स्थानीय निकायमा अन्तरिम निर्वाचन गरिने उल्लेख छ । मस्यौदामा प्रदेशअन्तर्गत रहने गरी विभिन्न जातजाति भाषा र संस्कृतिको विकासका लागि आवश्यकताअनुसार विशेष संरचना निर्माण गर्न सकिने व्यवस्था गरिएको छ । सीमान्तकृत, लोपोन्मुख र पछाडि परेका समुदायको उत्थानका लागि यस्तो विशेष संरचना राख्न खोजिएको हो ।

अनुसन्धान आयोगका पदाधिकारीसहित संवैधानिक निकायका पदाधिकारीले स्वत निरन्तरता पाउने गरी नयाँ संविधानको पहिलो एकीकृत मस्यौदा तयार भएको छ । संविधानसभाको मस्यौदा समितिअन्तर्गतको कार्यदलले तयार गरेको ३७ भाग र २९६ धाराको प्रारम्भिक खाका संविधान मस्यौदा समितिको पूर्ण बैठकले अनुमोदन गरेपछि संविधानसभामा पेस हुने छ । संविधानसभाको बैठक सोमबार बस्दैछ । मस्यौदा समितिको हिजो राति अबेर बसेको बैठकमा सभापति कृष्णप्रसाद सिटौलाले आफू नेतृत्वको कार्यदलले एकीकरण गरेको प्रारम्भिक मस्यौदासहितको प्रतिवेदन पेस गरेका थिए । संविधानसभाको निर्देशनअनुरूपका सबै विषयमा प्रारम्भिक मस्यौदा तयार भएको उल्लेख गर्दै सिटौलाले संविधानसभाबाट संविधान विधेयक पारित नहुँदासम्म परिमार्जन गर्दै जाने ढोका खुला रहेको बताएका छन् ।

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

१२ असार/   ट्वाण्टी ट्वाण्टी विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको
तयारीका लागी इङ्गल्याण्डमा रहेको नेपाली क्रिकेट टीमले दोश्रो अभ्यास खेलमा ईंग्ल्याण्डको फोरेस्टर्स क्लवलाई पराजित गरेको छ । १ सय ५९ रनको लक्ष्य पछ्याएको फोरस्टेर्सलाई १ सय ३४ रनमा समेट्दै नेपालले २५ रनको जित हात पारेको हो । फोरेस्टर्सलाइ सस्तैमा समेट्ने क्रममा सागर पुन र सोमपाल कामी ले दुई÷दुई तथा शक्ति गौचन, जितेन्द्र मुखिया र पारस खड्काले एक÷एक विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४२ र सागर पुनले ३६ रन बनाए । प्रदीप ऐरीले १७ बलमा २७ रन बनाए भने शरद भेषावकरले १३ रनको योगदान दिए । ईंग्ल्याण्डमा अभ्यास सकेर नेपाली टीम उतैबाट ट्वाण्टी ट्वाण्टी खेल्न नेदरल्याण्डस जानेछ । नेदरल्याण्डसँग नेपालले चारवटा ट्वाण्टी ट्वाण्टी म्याच खेल्नेछ ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...