Monday, June 22, 2015

विदेशबाट भूकम्प पीडितका लागी राहतस्वरुप दिएका १ लाख बढी सोलार बत्ती गाएब

८ असार, काठमाडौं/   विदेशबाट भूकम्प पीडितलाई राहतस्वरुप
भित्रिएका १ लाखभन्दा बढी सोलार बत्ती कहाँ बाँडिए ? सरकारसँग कुनै विवरण छैन । पूर्ण भन्सार छुटमा ल्याइएका सोलार बत्ती वितरणको जिम्मा लिएका विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघसंस्था र व्यक्तिले नियमअनुसार विवरण नबुझाउँदा सोलार बत्तीमा पनि अनियमितता भएको आशंका छ।
‘विभिन्न संघसंस्था र व्यक्तिले विदेशबाट ल्याएको राहत सामग्री सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बाँड्नुपर्ने प्रावधान छ तर संघसंस्थाले विदेशबाट आएको राहत कहाँ वितरण गरे वा गरेनन् चेक गर्ने संयन्त्र हामीसँग छैन,’ गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने, ‘तर अब हामी जिल्ला प्रशासन कार्यालयमार्फत सोध्छौं।’
राहत सामग्री कहाँ वितरण गर्ने भन्ने स्पष्ट उल्लेख नगरेसम्म भन्सार छुट नदिने सरकारी नियम भए पनि अधिकांशले त्यस्तो ठाउँ नखुलाई विभिन्न नाकाबाट सोलार बत्ती भन्सार छुटमा भित्र्याएको देखिन्छ।
भन्सारबाट छुटाएको एक महिनाभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री वितरण गरेको प्रमाणीकृत विवरण नबुझाए भन्सार शुल्क बुझाउनुपर्ने प्रावधान रहेको नागरिकमा खबर छ।
भन्सार विभागका निर्देशक शिशिरकुमार ढुंगानाले भन्सार छुटमा सोलार बुझेर प्रमाणित विवरण नबुझाउने संघसंस्था वा व्यक्तिलाई कारबाही गर्ने जानकारी दिए।

         ‘सम्बन्धित स्थानमा लगेर राहत वितरण गरेको प्रमाण नबुझाउने संघसंस्थालाई सोध्छौं र भन्सार असुल गर्छाै,’ ढुंगानाले भने। विभागको तथ्यांकअनुसार विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले भूकम्प पीडितलाई विभिन्न प्रकारका १ लाखभन्दा बढी सोलार बत्ती पठाएका छन्। ती बत्ती नेपालमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले बुझेका छन् तर यस्ता बत्ती के कति, कहाँ वितरण भयो भन्ने विवरण भने कसैले देखाएका छैनन्। केन्याको डी लाइट, केन्याले मात्र भूकम्प पीडितका लागि १६ हजार ७ सय ५० थान सोलार चार्जर बत्ती पठाएको थियो। ती बत्ती नेपालमा नेपाल प्राइट फर्वाडर एसोसिएसन र वर्ल्ड भिजन इन्टरनेसनलले बुझेका थिए। एसोसिएसनले ६ हजार ७ सय ५० र इन्टरनेसनलले १० हजार थान बत्ती बुझेको विभागसँग विवरण छ।

प्रधानन्यायाधीश साहद्धारा विवादास्पद निर्णय

८ असार/   प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले कार्यकाल सकिने
बेला केही न्यायाधीशको काज सरुवाको विवादास्पद निर्णय गरेका छन्। नयाँ प्रधानन्यायाधीश सिफारिस भइसकेको अवस्थामा साहले एकल निर्णयबाट जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशको काज सरुवा गरेका हुन्। नयाँ प्रधानन्यायाधीशको सिफारिस भइसकेको अवस्थामा प्रधानन्यायाधीशले न्यायाधीशको काज सरुवा गर्ने चलन छैन। आफू बिदामा बस्नुपर्ने समयमा न्यायाधीश सरुवा गर्नु नैतिक रूपमा नमिल्ने पूर्व प्रधानन्यायाधीशहरूले टिप्पणी गरेका छन्। अन्तिम समयमा सरुवा गर्दा नियमसंगतभन्दा पनि आफ्ना मान्छेलाई सुगम स्थानमा पठाउने चलखेलको रूपमा अर्थ लाग्ने उनीहरूले बताएका छन् ।’न्यायाधीशहरूको काज सरुवा गर्ने अधिकार प्रधानन्यायाधीशकै भए पनि कुन समयमा गरिएको हो भन्नेले अर्थ राख्छ,’ एक पूर्व न्यायाधीशले बताए, ’अवकाश पाउन दुई साता पनि नभएको अवस्थामा साहले सरुवा गरेर गलत परम्परा बसाउन खोजेका छन्।’ साहले आगामी असार २३ गते अवकाश पाउँदैछन्। त्यसपछिका प्रधानन्यायाधीशमा कल्याण श्रेष्ठलाई संवैधानिक परिषदले सिफारिस गरी संसदीय सुनुवाइका लागि सार्वजनिक सूचना जारी गरेको छ । प्रधानन्यायाधीश साहले पुनरावेदनअन्तर्गत न्यायाधीश शम्भुबहादुर खड्कालाई तुलसीपुरबाट पाटन, माधव पोखरेललाई विराटनगरबाट पोखरा, प्रेमराज कार्कीलाई पोखराबाट बुटवल, वीरेन्द्रकुमार कर्णलाई बुटवलबाट विराटनगर, थीरबहादुर कार्कीलाई पाटनबाट तुलसीपुर र न्यायाधीश किशोर सिलवाललाई विराटनगरबाट पाटनमा काज सरुवा गरेका हुन्। पछिल्ला केही दिनमा साहले दैनिक रूपमा काज सरुवा गरिरहेको प्रधानन्यायाधीशको निजी सचिवालयले जनाएको छ । साहले मंगलबार ११ र बिहीबार २४ जना न्यायाधीशको काज सरुवा गरेका थिए। उनले हिजो थप १६ जनालाई काजमा खटाउने निर्णय गरेका छन्। शाहाले १२ जना जिल्ला र ४ जना पुनरावेदन न्यायाधीशलाई काजमा अन्य स्थानमा पठाउने निर्णय गरेका हुन्। साहको निर्णयबाट जिल्ला न्यायाधीशहरू ठाकुर शर्माको दोलखाबाट धादिङ, रमेशराज पोखरेलको धादिङबाट काठमाडौं, बालमुकुन्द दवाडीको काठमाडौंबाट कास्की, जगतनारायण प्रधानको लमजुङबाट सिरहा र उपेन्द्र गौतमको रोल्पाबाट लमजुङ जिल्ला अदालतमा काज सरुवा भएको छ ।

पिडीत जनतालाई १५ हजार दिन मुस्किल परिरहेका बेला देश लुट्ने नेताको तयारी

८ असार/  भूकम्पपीडितहरूलाई अस्थायी टहरा बनाउनका लागि १५
हजार रुपैयाँ राहत दिन मुस्किल परिरहेका बेला सरकारले पूर्वराष्ट्रपति देखि पूर्वसभामुखसम्मका पूर्व विशिष्ट पदाधिकारीहरूलाई आजीवन विलाशी गाडी, सरकारी आवास तथा सचिवालय सहितको सुविधा दिने कानुनी व्यवस्था गर्न संसदमा विधेयक दर्ता गरेको छ । ’विशिष्ट व्यक्ति तथा पूर्व पदाधिकारीलाई सुरक्षा र सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक’ संसदबाट पारित भएपछि पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख, राष्ट्रियसभाका अध्यक्षहरूले सरकारबाट आजीवन गाडी, आवास, सचिवालय सुविधा पाउन थाल्नेछन् । पूर्व गृह मन्त्रीहरूलाई समेत ’सुरक्षा थ्रेट’ का नाममा आजीवन गाडी, इन्धन र मर्मत खर्च दिने प्रस्ताव विधेयकमा गरिएको छ । भूकम्पपीडितहरूलाई राहत, पुनःस्थापना र क्षतिग्रस्त पुनर्संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सुकी दानसमेत लिइरहेको सरकारले विधेयकमा भने पूर्वविशिष्ट पदाधिकारीहरूलाई मन फुकाएर सुविधा दिने प्रस्ताव गरेको छ । दुर्गम जिल्लामा झाडापखालाको प्रकोप फैलिंदा बेलैमा जीवनजलसमेत र्पुयाउन नसक्ने सरकारले राजधानीमा आलिसान महल बनाएका र करोडौं सम्पत्ति आर्जन गरिसकेका  पूर्वविशिष्ट पदाधिकारीहरूलाई कानुनी रूपमै आजीवन सुविधा दिन लागेको हो । पूर्व विशिष्ट पदाधिकारीहरूलाई यस्तो सुविधा दिंदा भूकम्पबाट थङथिलो भएको मुलुकको राज्यकोषमा वर्षेनि ५० करोडभन्दा बढी दायित्व थपिने जानकारी एक सरकारी अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार त्यति रकमले भूकम्पबाट घरबारविहीन भएका हजारौं परिवारलाई घरबारको व्यवस्था गर्न सकिनेछ । सरकारले पूर्व पदाधिकारीहरूको आजीवन औषधि उपचार खर्चसमेत बेहोर्नेछ । विधेयकमा सरकारले पूर्वविशिष्ट पदाधिकारीबाहेक अरू व्यक्तिलाई समेत सरकारले तजबिजी निर्णयमा विशिष्ट योगदान गरेको व्यक्तिको संज्ञा दिएर आवास, गाडी, चालक र मर्मत खर्च दिन सक्ने व्यवस्थासमेत गरिएको छ । यो तजबिजी व्यवस्थालाई टेकेर पार्टीहरूले आ–आफ्नो सरकार भएका बेला आफ्नो पार्टीका नेताहरूलाई विशिष्ट व्यक्तिका नाममा यस्तो सुविधा दिएर राज्यको ढुकुटी दुरुपयोग गर्ने खतरासमेत रहेको छ । सरकारले यसअघि लामो समय पूर्वप्रधानमन्त्रीदेखि पूर्वगृहमन्त्रीसम्मका पूर्व पदाधिकारीहरूलाई तजबिजी निर्णयमा विलाशी गाडी, इन्धनलगायतका सुविधा दिंदै आएको थियो । राजधानीमा आफ्नै महल भएका पूर्वपदाधिकारीहरूले त्यतिबेला सरकारबाट विलाशी ल्यान्डक्रुजर टोयोटा गाडी, इन्धन र मर्मत खर्च लिने गरेका थिए । सर्वोच्च अदालतले २०६८ मंसिर २३ मा तजबिजी निर्णयमा सरकारले दिंदै आएको सुविधा खारेज गरिदिएको थियो । सरकारले २०६९ वैसाख ७ मा पूर्व पदाधिकारीहरूलाई आजीवन आवास, गाडी, सचिवालयलगायतका सुविधा दिन अध्यादेश जारी गरेको थियो । पूर्व पदाधिकारीहरूलाई आजीवन सुविधा दिने अध्यादेशको सबैतिरबाट चर्को विरोध भएपछि नेताहरूले आफूले लिएको गाडीलगायतका सुविधा फिर्ता गर्न बाध्य भएका थिए । त्यसपछि सरकारले अध्यादेश पुनः जारी गर्ने या संसदमा लगेर कानुन बनाउने हिम्मत गर्न सकेको थिएन ।

            स्वच्छ र किफायती नेता सुशील कोइराला प्रधानमन्त्री भएका बेला सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कानुनी व्यवस्था गर्न विधेयक संसदमा लगेको हो । विधेयकमा पूर्वराष्ट्रपतिलाई आजीवन गाडी, आवास, शाखा अधिकृतको नेतृत्वमा चार जनाको सचिवालय, चालक, अतिथि सत्कार, मसलन्द, मर्मतसम्भार खर्च र इन्धन २ सय लिटर पेट्रोल  दिने व्यवस्था गरिएको छ । पूर्व उपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूलाई आवास, गाडी, शाखा अधिकृतको नेतृत्वमा तीन जनाको सचिवालय, चालक, एकमुष्ठ अतिथि सत्कार, मसलन्द र मर्मत खर्च, १ सय ७५ लिटर पेट्रोल सुविधास्वरूप दिने व्यवस्थासमेत विधेयकमा गरिएको छ । पूर्वप्रधानन्यायाधीश, संविधानसभाका पूर्वअध्यक्ष, पूर्वसभामुख, राष्ट्रियसभाका पूर्व अध्यक्षहरूलाई आवास, गाडी, नायव सुब्बाको नेतृत्वमा २ जनाको सचिवालय, चालक, एकमुष्ठ अतिथि सत्कार, मसलन्द र मर्मतसम्भार खर्च दिने व्यवस्था गरिएको छ । विधेयकका अनुसार पूर्व राष्ट्रपतिलाई राष्ट्रपति कार्यालय, पूर्व उपराष्ट्रपतिलाई उपराष्ट्रपतिको कार्यालय, पूर्वप्रधानमन्त्रीहरूलाई गृह मन्त्रालय, पूर्व प्रधानन्यायाधीशहरूलाई सर्वोच्च अदालत, पूर्व सभामुख, राष्ट्रियसभाका पूर्व अध्यक्षहरूलाई संसद सचिवालय तथा सुरक्षा थ्रेटका नाममा गाडी पाएका पूर्व गृह मन्त्रीहरूलाई भने गृह मन्त्रालयबाट सुविधा प्रदान गरिनेछ । विधेयक पारित भएपछि पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपाल, खिलराज रेग्मीले आजीवन आवास, गाडी, सचिवालयलगायका सुविधा पाउनेछन् ।
     पूर्वप्रधानन्यायाधीशहरू केशवप्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, गोविन्दबहादुर श्रेष्ठ, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केदारप्रसाद गिरी अनुपराज शर्मा, रामप्रसाद श्रेष्ठ, मिनबहादुर रायमाझी, केदारनाथ उपाध्यायलगायतले आजीवन आवास, सचिवालय, गाडीलगायतको सुविधा पाउनेछन् ।  पूर्व सभामुखहरू दमननाथ ढुंगाना रामचन्द्र पौडेल तारानाथ रानाभाटले आजीवन आवास, गाडी, इन्धन र सचिवालयसहितको सुविधा पाउनेछन् । पूर्वगृहमन्त्रीहरुमा खुमबहादुर खडका, गोविन्दराज जोशी पूर्णबहादुर खडा, रामचन्द्र पौडेल वामदेव गौतम, केपी ओली, कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ, भीम रावल, कृष्णबहादुर महरा र माधव घिमिरेलगायतले विधेयक पारित भएपछि सुरक्षा थ्रेटका नाममा गाडी, इन्धन, चालकसहितको सुविधा पाउनेछन् । सरकारी कोषबाट पारिश्रमिक पाउने गरी निर्वाचित, मनोनीत वा नियुक्त भएको बेलामा भने पदाधिकारीले यस्तो सुविधा पाउने छैनन् ।

अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरु काठमाडौ आइपुग्न थाले

८ असार/  नेपाल पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनका
सहभागीहरु धमाधम काठमाडौ आइपुग्न थालेका छन् । काठमाडौमा पर्सी सुरु हुने सम्मेलनका लागि राष्ट्रसंघले उपमहासचिव र सहायक महासचिवलाई पठाएको छ । छिमेकी भारत र चीनले विदेश मन्त्रीहरु पठाउने भएका छन । नर्वे, जापान, भुटान, बंगलादेश र श्रीलंकाबाट पनि मन्त्रीस्तरको सहभागिता रहनेछ । युरोपेली युनियनले उच्चायुक्त पठाउने छ । एसियाली विकास बैंकका अध्यक्ष, विश्व बैंकका उपाध्यक्षले सहभागिता जनाउने निश्चित भइसकेको छ । अल्पविकसित मुलुक हेर्ने उपमहासचिव ज्ञानचन्द्र आचार्य र एसिया प्रशान्त क्षेत्रका लागि राष्ट्रसंघका सहायक महासचिव हालोलिङ सु हिजो नै काठमाडौं आइपुगेका हुन् । भारतबाट विदेशमन्त्री सुश्मा स्वराज र चीनबाट विदेशमन्त्री वाङ यीले दुई दिने नेपाल भ्रमण गर्ने टुंगो लागेको परराष्ट्र अधिकारीले बताएका छन् । भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन  हुने सम्मेलनमा उनीहरुसहित सात मुलुकको मन्त्रिस्तरीय सहभागिता रहनेछ । बङगलादेशका अर्थमन्त्री अबुलमाल अब्दुल महिथ, भुटानका अर्थमन्त्री नाम्गे दोर्जी, नर्वेका अन्तर्रा्ष्ट्रिय विकास मन्त्री हेक्की होलाम्स र श्रीलंकाका ए एच एम फोवइसे सहभागी हुने छन् ।
      यसैबीच, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले हिजो काठमाडौंस्थित सबै राजदूतलाई छुट्टाछुट्टै समुहमा भेटेका छन् । भेटमा नेपाललाई गर्ने सहयोग र सहकार्यका साथै सम्मेलन तयारीबारे छलफल भएको थियो । मन्त्री पाण्डेले दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, खाडी मुलुक र अमेरिकी तथा यूरोपेली मुलुकका राजदूतलाई भेटेका हुन् । भेटमा भारतीय राजदूत भने उपस्थित भएनन् । महाविपत्तिबाट भौतिक संरचनामा पुगेको क्षतिलाई पूर्ववत अवस्थामा फर्काउन आफ्नै साधन स्रोतले सम्भव नहुने भएपछि अन्तर्रा्ष्ट्रिय सम्मेलन गर्नु परेको सरकारको भनाइ छ । यो दाता सम्मेलन नभएको पनि सरकारले स्पष्ट पारेको छ । सरकारले अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा सम्मेलन तयारी समिति बनाएको थियो । द्विपक्षीय दाता अस्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, डेनमार्क, संयुक्त अधिराज्य, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इजरायल, जापान, विकासका लागि साउदी कोष, स्विडेन, स्विट्जरल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड, अमेरिका, पोल्यान्ड, भारत, न्युजिल्यान्डले सहभागिताको निश्चित गरिसकेका छन् । मलेसिया, कतार, अफगानिस्तान, क्यानाडा, चेक रिपब्लिक, इन्डोनेसिया, अरब आर्थिक विकासका लागि कुवेती कोष, लग्जेम्बर्ग, माल्दिभ्स, पाकिस्तान, रुस, स्पेन, टर्की, युनाइटेड अरब इमिरेट्स लगायतका द्विपक्षीय मुलुकको सहभागिता भने आजसम्म निश्चित हुने परराष्ट्रले जानकारी दिएको छ ।

पुननिर्माण सम्बन्धी अध्यादेश २०७२ राष्ट्रपतिद्धारा

७ असार/   सरकारले पेश गरेको भूकम्प प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी अध्यादेश २०७२ लाई राष्ट्रपति डा. रामबरण यादवले स्विकृत गर्नु भएको छ । राष्ट्रपति कार्यलयले आज जारी गरेको विज्ञप्तीमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी अध्यादेश २०७२ प्रमाणिकरण गरेको उल्लेख छ। मन्त्रिपरिषदको हिजो  बसेको बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी अध्यादेश २०७२ पारित गरेको थियो। सो अध्यादेश अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परामर्श समिति गठन हुनेछ। समितिमा प्रधानमन्त्रीले चार मन्त्री र तीन विज्ञलाई सदस्य तोक्नेछन भने मुख्य सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदेन सदस्य रहनेछन्।
राष्ट्रिय परामर्श समितिको मातहतमा कार्यकारी अधिकृत नियुक्त गरिने छ। अध्यादेश पारित भएसँगै दाता सम्मेलन अगाडि नै प्रधानमन्त्रीको अध्यक्षतामा 'राष्ट्रिय पुनर्निमाण प्राधिकरण' गठन हुने भएको छ।
realise

गोरखाको साम्दोमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना,सबै सकुशल

७ असार,गोरखा/  गोरखाको साम्दोमा सिम्रिक एयरको हेलिकोप्टर
सामान्य दुर्घटनामा परेको छ । हेलिकोप्टरमा सवार सबै सकुशल छन् ।
भूकम्प पीडितहरुका लागि औषधि र स्वास्थ्यकर्मी लिएर काठमाडौंबाट साढे ९ बजे हेलिकोप्टर गोरखाको साम्दोका लागि उडेको थियो ।
हेलिकोप्टर अवतरण गर्दा ढुंगा उछिटि्टएर पछाडिको भागमा लागेको र सामान्य क्षति भएको सिम्रिक एयरका सिफ्ट म्यानेजर डिबी वलीले जानकारी दिए ।
‘अवतरण गर्दा सामान्य दुर्घटना भएको जानकारी आएको छ, सबै जना सकुशल हुनुहुन्छ,’ वलीले भने, ‘थप जानकारी आउने क्रममा छ ।’
उनले दुर्घटनास्थलमा प्राविधिक टोली पठाइसकेको र परीक्षणको काम भैरहेको जानकारी दिए ।
हेलिकोप्टरमा एक जना पाइलटसहित ४ जना सवार थिए ।

७ असार, गोरखा । गोरखाको साम्दोमा सिम्रिक एयरको हेलिकोप्टर सामान्य दुर्घटनामा परेको छ । हेलिकोप्टरमा सवार सबै सकुशल छन् ।
भूकम्प पीडितहरुका लागि औषधि र स्वास्थ्यकर्मी लिएर काठमाडौंबाट साढे ९ बजे हेलिकोप्टर गोरखाको साम्दोका लागि उडेको थियो ।
हेलिकोप्टर अवतरण गर्दा ढुंगा उछिटि्टएर पछाडिको भागमा लागेको र सामान्य क्षति भएको सिम्रिक एयरका सिफ्ट म्यानेजर डिबी वलीले अनलाइनखबरलाई जानकारी दिए ।
‘अवतरण गर्दा सामान्य दुर्घटना भएको जानकारी आएको छ, सबै जना सकुशल हुनुहुन्छ,’ वलीले भने, ‘थप जानकारी आउने क्रममा छ ।’
उनले दुर्घटनास्थलमा प्राविधिक टोली पठाइसकेको र परीक्षणको काम भैरहेको जानकारी दिए ।
हेलिकोप्टरमा एक जना पाइलटसहित ४ जना सवार थिए ।
- See more at: http://www.onlinekhabar.com/2015/06/291086/#sthash.5bG1AdFN.dpuf
७ असार, गोरखा । गोरखाको साम्दोमा सिम्रिक एयरको हेलिकोप्टर सामान्य दुर्घटनामा परेको छ । हेलिकोप्टरमा सवार सबै सकुशल छन् ।
भूकम्प पीडितहरुका लागि औषधि र स्वास्थ्यकर्मी लिएर काठमाडौंबाट साढे ९ बजे हेलिकोप्टर गोरखाको साम्दोका लागि उडेको थियो ।
हेलिकोप्टर अवतरण गर्दा ढुंगा उछिटि्टएर पछाडिको भागमा लागेको र सामान्य क्षति भएको सिम्रिक एयरका सिफ्ट म्यानेजर डिबी वलीले अनलाइनखबरलाई जानकारी दिए ।
‘अवतरण गर्दा सामान्य दुर्घटना भएको जानकारी आएको छ, सबै जना सकुशल हुनुहुन्छ,’ वलीले भने, ‘थप जानकारी आउने क्रममा छ ।’
उनले दुर्घटनास्थलमा प्राविधिक टोली पठाइसकेको र परीक्षणको काम भैरहेको जानकारी दिए ।
हेलिकोप्टरमा एक जना पाइलटसहित ४ जना सवार थिए ।
- See more at: http://www.onlinekhabar.com/2015/06/291086/#sthash.5bG1AdFN.dpuf

Sunday, June 21, 2015

मापदण्ड नपुगेका ताप्लेजुङका २२ विद्यालय गाभिने

७ आसार/    ताप्लेजुङमा मापदण्ड नपुगेका २२ वटा विद्यालय अर्को विद्यालयमा गाभिने भएको छ । जिल्लाका विभिन्न गाउँका विद्यार्थी कम भएका विद्यालय गाभ्न लागेको  जिल्ला
शिक्षा कार्यालय ताप्लेजुङका उप—सचिव निलमणी खनालले जानकारी दिनुभयो ।
सरकारले निर्धारण गरे अनुसार एक शिक्षक बराबार ४० जना विद्यार्थी हुनु पर्ने छ । तर हिमाली जिल्ला भएका कारण त्यस मध्ये २० प्रतिशत अर्थात एक कक्षा बराबर ८ जना वा विद्यालयमा ४० जना विद्यार्थी अनिवार्य हुनु पर्ने प्राबधान छ । त्यती विद्यार्थी पनि नभएका तथा नजिकैको विद्यालय आधा घन्टाको दुरी भएको अवस्थामा विद्यालय गाभ्न सकिने भएकाले जिल्लाका २२ विद्यालय अर्को विद्यालयमा गाभ्ने प्रकृया अगाडी बढाएको र छिटै प्रकृया पुरा हुने उप–सचिव खनालले बताउनुभयो । अनुगमनका क्रममा ४० भन्दा कम विद्यार्थी भएका विद्यालय २२ वटा फेलापरेको शिक्षा कार्यालयले जनाएको छ ।
जिल्लाका दुर्गम गाउँ याम्फुदिनमा रहेको याम्फुदिन प्रा.वि. याम्फुदिन, कृष्ण प्रा.वि. याम्फुदिन, गहुबारी प्रा.वि. याम्फुदिन, पृथ्वी प्रा.वि. थुम्बेदिन, पाथीभरा प्रा.वि. तापेथोक, खाम्पीयोक प्रा.वि. सिनाम, लुङसुङ पौवा प्रा.वि. साब्लाखुलाई गभ्ने प्रक्रिया सुरु गरिएको उप–सचिव खनालले बताउनुभयो ।
त्यस्तै ताप्लेजुङ नगरपालिका–९ को याङलिजुङ प्रा.वि., भन्जारे प्रा.वि. पेदाङ, याङ्मा प्रा.वि. ओलाङचुङगोला, विश्वज्याति प्रा.वि. नाङखोल्यङ, शिब प्रा.वि. नाङखोल्याङ र गणेश प्रा.वि. हाङपाङ, जनता प्रा.वि. लिम्बुदिन र देउराली प्रा.वि. लिम्बुदिनमा पनि विद्यार्थीको संख्या कम भएकाले अर्को विद्यालयमा गाभ्न लागिएको उहाँले जानकारी दिनुभयो । ताप्लेजुङमा उच्च माध्यमिक र माध्यमिक गरी ५५, निम्न माध्यमिक ६१  र प्राथमिक विद्यालय २ सय २१ गरी जम्मा ३ सय ३७ वटा विद्यालय छन् । २२ विद्यालय गाभिने भएपछि जम्मा ३ सय १५ विद्यालय मात्र रहने पनि उपसचिब खनालले बताउनुभयो ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...