Sunday, June 21, 2015

गोरखाको लाप्राकमा महामारी फैलने सम्भावना

७ असार/   विश्व खाद्य कार्यक्रमले गोरखाको लाप्राकका भूकम्प पीडितलाई बाँडेको कुहिएको चामलका कारण त्यहाँ महामारी फैलने सम्भावना बढेको छ । चामलको अवस्थाबारे बुझ्न
       ‘कुहिएको चामल एउटा पालभित्र राखिएको रहेछ’ सभासद गुरुङले भनिन् ‘पाल खोलेर भित्र पस्नासाथ ज्यादै अमिलो दुर्गन्ध फैलियो ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण र वाणिज्य विभागका प्रतिनिधिहरु सहित त्यहाँ पुगेको विशेष समितिले चामलको नमुना समेत ल्याएको छ । नमुनाको वैज्ञानिक परीक्षणपछि प्रतिवेदन तयार गरिने सभासद गुरुङले बताइ । लाप्राकमा कुहिएको चामल बाँडिएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समिति अन्तर्गत सभासद भानुभक्त ढकाल नेतृत्वको टोली लाप्राक पुगेको हो । ढकाल र गुरुङ सहित संसदीय टोलीमा सभासद दलबहादुर श्रीपाली पनि रहेका छन् । आज गोरखाको मझुवा देउरालीस्थित विश्व खाद्य कार्यक्रमले चामल भण्डारण गरेको ठाउँको अध्ययन गरी सदरमुकाममा सर्वपक्षीय छलफल गरिने कार्यक्रम  रहेको छ ।
त्यहाँ पुगेको राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले एक दुई दिनभित्र कुहिएको चामलका कारण त्यहाँ महामारी फैलन सक्ने आशंका गरेको हो । त्रिपालभित्र भण्डारण गरेर राखिएको चामलमा झिंगा भन्किरहेको र निकै परसम्म दुर्गन्ध फैलिएको सभासद उषा गुरुङले जानकारी दिइन् । भूकम्प पीडितलाई बाँड्नका लागि त्यहाँ र्पुयाइएको ४ सय ५७ बोरा चामलमध्ये १ सय २० बोरा चामल पूर्ण रुपमा कुहिएको पाइएको छ । राम्रो चामल भने सर्वदलीय सहमतिमा स्थानीय बासिन्दालाई वितरण गरिएको छ ।

फ्रान्स महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा

७ असार/   फ्रान्स महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा दक्षिण कोरियालाई ३–० ले पराजित गर्दै फ्रान्सले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो । फ्रान्सले खेलको चौंथो मिनेट मै मेरी लोरे डेलाईको गोल बाट अग्रता लिएको थियो । आठौं मिनेटमा एलेडी थोमेसले गोल गर्दै अग्रता दोब्बर पारीन् । फ्रान्सको दबदबा रहेको खेलमा ४७ औं मिनेटमा डेलाइले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाइन् । त्यसपछि पनि फ्रान्सले गोल गर्ने प्रयत्न भने गरेको थियो  । तर थप गोल भने हुन सकेन् ।  अब फ्रान्सले अन्तिम चार प्रबेशका लागी जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै गएराति नै सम्पन्न खेलमा जित हात पार्दै अस्ट्रेलिया पनि प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ उसले ब्राजिललाई एक शुन्यले पराजित गरेको हो । पहिलो हाफ सम्म गोल रहित बराबरी खेलेको ब्राजिलले ८० औं मिनेटमा अस्ट्रेलियाकी साइमनको प्रहारलाई रोक्न नसक्दा पराजय भोग्नु परेको थियो । अब अस्ट्रेलियाले भोलि हुने जापान र नेदरल्याण्डसबीचको खेलको विजेतासँग अन्तिम चार प्रवेशको लागी प्रतिस्पर्धा गर्नेछ ।

कांग्रेस पर्साका सभापति कुटिए

७ असार/    नेपाली कांग्रेस पर्साका सभापति समेत रहेका सभासद्
सुरेन्द्रप्रसाद चौधरी आज जिल्ला कार्यसमितिको बैठकका दौरानमा कुटिएका छन्। बैठकका सहभागिहरुका अनुसार पर्सा क्षेत्र नम्बर ४ को सदस्यता बितरण र पार्टीको आन्तरिक काम कारवाहीबारे छानबिन हुनुपर्ने प्रस्ताव पेश भएपछि चर्काचर्की सुरु भएको थियो। बैठकमा आमन्त्रीत कांग्रेस केन्द्रीय सदस्य अजय चौरसियाले छानबिनको पक्ष लिएपछि क्षेत्र नम्बर ४ का सभापति श्रीकुशुन चौहनाले बादबिवाद गरेका थिए । सोही क्षेत्रबाट निर्वाचित पुर्वमन्त्री समेत रहेका चौधरीले चौहानको पक्ष लिदै चौरसियालाई धक्का दिन खोजेपछि जिल्ला कार्य समितिका सदस्यहरुबाट उनी कुटिएको बैठकमासहभागि जिल्ला समिति सदस्य नवीन सिंहले बताए । सदस्यता लगायतका बिवाद छिनोफानो गर्न बसेको बैठकमा कुटाकुट सुरु भएपछि केन्द्रीय पर्यवेक्षक फमुला मन्सुर बैठकबाट निस्केर सुरक्षित ठाउँतर्फ लागेका थिए । घट्नाले आफुहरु दुखि भएको पर्सा कांग्रेसका नेता जिल्ला बिकास मितिका पुर्व सभापति जनार्दन सिंह क्षेत्रीले प्रतिक्रिया दिएका छन् ।

दाता सम्मेलनमा दुई छिमेकी प्रधानमन्त्रीको सहभागिता नहुने

७ असार, काठमाडौं/  विनाशकारी भूकम्पले तहस नहस बनाएका संरचनाहरुको पुनर्निर्माण र नवनिर्माणका लागि असार १० गतेदेखि काठमाडौंमा शुरु हुने दाता सम्मेलनमा दुई छिमेकी
चीन र भारतबाट प्रधानमन्त्रीस्तरको सहभागिता नहुने भएको छ । सरकारले दुवै देशका प्रधानमन्त्रीको सहभागिताका लागि आग्रह गरे पनि दुवै देशले विदेशमन्त्रीको नेतृत्वमा उच्चस्तरीय टोली पठाउने औपचारिक जानकारी दिएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताए । चीनका विदेशमन्त्री वाङ यीको नेतृत्वमा १० सदस्यीय टोली नेपालको पुननिर्माणमा सघाउने प्रतिबद्धता सहित काठमाडौं आउन लागेको हो । चिनियाँ टोली बुधवार आउने जानकारी काठमाडौंस्थित दूतावासले गराइसकेको छ । त्यस्तै अर्को छिमेकी भारतबाट पनि विदेशमन्त्री सुष्मा स्वराजको नेतृत्वमा उच्चस्तरीय टोली काठमाडौं आउन लागेको छ । स्वराज पनि बुधवारै काठमाडौं आइपुग्ने भारतीय दूतावासका अधिकारीले जानकारी दिएको मन्त्री पाण्डेले बताए ।
     त्यस्तै युरोपेली युनियनबाट अन्तर्रा्ष्ट्रिय विकास तथा सहकार्य आयुक्त नेभेन मिमिकाको नेतृत्वमा युरोपेली टोली आउने जानकारी युरोपेली आयोगले विज्ञप्तिमार्फत जनाएको छ । नेपाललाई सघाउने अन्तर्रा्ष्ट्रिय दाताहरुको सम्मेलनमा अमेरिका, जापान, बेलायत, न्युजिल्याण्ड, ब्राजिल, अष्ट्रिया लगायत ६५ देशको प्रतिनिधित्व हुने मन्त्री पाण्डेले बताए । कतिपय देशका राजदूतहरुले नै सम्मेलनमा प्रतिनिधित्व गर्नेछन् । सरकारले दाता सम्मेलन स्थल होटल सोल्टी चयन गरेको छ । सबै हिसाबले सोल्टी होटल नै उपयुक्त भएकाले सम्मेलनको तयारी त्यहीँ भइरहेको योजना आयोगका एक सदस्यले बताए ।

Thursday, June 18, 2015

भूकम्प आउनुभन्दा १० देखि २२ सेकण्डअघि नै जानकारी दिने प्रविधि जडान

४ असार,काठमाडौ/   नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले भूकम्प आउनुभन्दा १० देखि २२ सेकण्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ । चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजनिक ठाउँमा साइरन प्रयोग गरिने
     चीनको इन्स्टिच्युट अफ केयर लाइफ (आईसीएल) सिचुवानले नास्टलाई यो प्रविधि र उपकरण प्रदान गरेको हो । भूकम्पको केन्द्रविन्दु जति नजिक हुन्छ, सेन्सरले त्यति छिटो जानकारी पठाउँछ । नेपालका विभिन्न क्षेत्र पहिचान गरेर सेन्सर जडान गरिने पोखरेलले जानकारी दिएका छन् । भूकम्प गइरहने मुलुकहरु जापान र मेक्सिकोले ७ सेकेण्डदेखि १ मिनेटअघिसम्म ‘अर्ली वार्निङ सिष्टम’ सञ्चालनमा ल्याएका छन् । बताइएको छ । नास्टले हिजो नै खुमलटार कार्यालयमा मुख्य सिष्टम जडान गरेको छ । नास्टका उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलका अनुसार भूकम्प आउनुअघि जानकारी दिने यो प्रणाली नेपालमै पहिलो पटक ल्याइएको हो । ‘शुरुमा चिनियाँ सहयोगका ८० सेन्सर राखेर काम शुरु हुनेछ, देशभर राख्न ३२० सेन्सर चाहिन्छ, जुन नास्टले नै किन्नुपर्नेछ ।

बंगलादेशद्धारा भारत पराजित

४ असार/  भातरविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेश ७९ रनले विजयी भएको छ । मिरपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले प्रत्तुत गरेको ३ सय ८ रनको लक्ष्य पच्छ्याएको भारत ४६ ओभरमा २ सय २८ रनमा समेटिएपछि घरेलु टोलि ७९ रनले विजयी भएको हो ।  उसका लागी ओपनर रोहित शर्माले सर्बाधिक ६३,शुरेश रैनाले ४०,रविन्द्र जडेजो ३२ तथा शिखर धवनले ३० रनको योगदान दिए । आक्रामक ब्याट्समेन विराट कोहलीले एक रनमा चित्त बुझाउँदा अजिन्खा रहानेले ९ तथा कप्तान महेन्द्रसिंह ध्वनीले ५ रनमा पेवेलियन फर्किए । बलिङ्गतर्फ भारतलाई सस्तैमा समेट्ने क्रममा डेब्यु गरेका मुस्तफिउर रहमानले ५ सस्किन अहमद र सकिब अल हसनले २/२ तथा मसर्फे मोर्तजाले एक विकेट लिए । यसअघि टस जितेर व्याटिङ्ग गरेको घरेलुटोलि बंगलादेशले ओपनर तमिम इक्वालको ६०,सौम्य सरकारको ५४ तथा अलराउण्डर सकिब अल हसनको ५२ र सविर रहमानको ४१ रनको मदतमा ४९ दशमलव ४ ओभरमा ३ सय ७ रन जोडेको थियो । बलिङ्गतर्फ रविचन्द्रन अस्विनले ३,भुवनेस्वर कुमार र उमेश यादवले २/२ तथा मोहित शर्माले एक विकेट लिएका थिए । जितसँगै बंगलादेशले तीन म्याचको श्रृखलामा एक शुन्यको अग्रता लिएको छ ।

प्रमुख दलहरुवीच संविधानका अन्तरवस्तुमा फेरि विवाद

४ असार,काठमाडौं/  गत जेठ २५ गते १६ बूँदे सहमति गरेर
संविधानका विवादित विषयलाई टुंगोमा र्पुयाएको दाबी गरेका ४ प्रमुख दलहरुवीच संविधानका अन्तरवस्तुमा फेरि विवाद चर्किएको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरुले एक अर्कामाथि १६ बुँदे सहमति तोड्न खोजेको आरोप लगाएका छन् । जेठ २५ को १६ बूँदे सहमतिपछि डा.बाबुराम भट्टराई नेतृत्वको  राजनीतिक सम्वाद तथा सहमति समितिले दुई दिन लगाएर सहमतिको प्रतिवेदन संविधान सभालाई बुझाएको थियो । संविधानसभाले सो प्रतिवेदन कृष्णप्रसाद सिटौला नेतृत्वको संविधान मस्यौदा समितिलाई पठाएपछि अहिले मस्यौदा समितिमा चारदलवीच रस्साकस्सी चलिरहेको छ । ‘संवाद समितिले विवाद समाधान नगरी प्रतिवेदन पठाएजस्तै भएको छ ।  एमाओवादीका प्रमुख सचेतक गिरीराजमणि पोखरेलले भने,‘अहिले मस्यौदा समितिमा संविधानको अन्तरवस्तुबारे चर्को विवाद देखिएको छ ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...