Wednesday, July 15, 2015

नेपाल हङकङसँग ५ विकेटले पराजित,छनोट कठिन मोडमा



     ब्याटिङमा पुनः एकपल्ट कमजोर प्रदर्शन गरेपछि बुधबार नेपाल विश्व ट्वान्टी–२० छनोट क्रिकेटमा हङकङसँग ५ विकेटले पराजित भएको छ।
    नेपाल कठिन मोडमा
    यो हारले नेपालको अर्को वर्ष भारतमा हुने विश्वकप खेल्ने सम्भावना कठिन बनेको छ। समूह 'ए' रहेको नेपाल, नामिबिया र हङकङको समान ३ अंक छ। नेपालले चार खेल खेलिसकेको छ भने नामिबिया र हङकङले तीन खेल खेलेका छन्।


    आयरल्यान्ड र स्कटल्यान्डमा संयुक्त रूपमा भइरहेको छनोट क्रिकेटमा नेपालले अमेरिकालाई ६ विकेटले हराउँदै विजयी सुरुआत गरेको थियो। वर्षाले खेल पुरा हुन नसकेपछि नेपालले नामिबियासँग समान १ अंक बाडेको थियो। तर सोमबार नेपालले आयरल्यान्डविरुद्धलज्जाजनक हारको सामना गर्दा ५३ रन बनाएको थियो, जुन खेलमा नेपाल ८ विकेटले पराजित भयो।

    बुधबार पनि नेपालको ब्याटिङ सुरुआतमै फितलो बन्यो। आयरल्यान्डस्थित सिभिल सर्भिस क्रिकेट क्लबको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल२० ओभरमा १ सय ९ रन जोड्दै अलआउट भयो। नेपालले दिएको लक्ष्यहङकङले ५ बल बाँकी रहँदा ५ विकेट गुमाई पूरा गरेको थियो। यसअघि ट्वान्टी–२०क्रिकेटमा हङकङलाई नेपालले पछि पारेको थियो।

    दुई वर्षअघि युएईमा नेपालले हङकङलाई ५ विकेटले पराजित गर्दै पहिलोपल्ट ऐतिहासिक रूपमा ट्वान्टी–२० विश्वकपलाई छनोट भएको थियो।

    बंगलादेशमा भएको विश्वकपमा नेपालले हङकङमाथि ८० रनको विजयी पाएको थियो, जुन ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा प्रभावशाली जितमध्ये एक हो।

    त्यही वर्ष श्रीलंकामा सम्पन्न हङकङविरुद्धको चार अन्तर्राष्ट्रिय खेलको शृंखला वर्षाका कारण बिथोलिएको थियो। एकमात्र खेल सम्भव हुँदा हङकङले नेपालविरुद्ध २ विकेटको विजय पाएको थियो।

    नेपालले बुधबार सुरुआतमै कमजोर देखियो। ओपनर सुवास खकुरेल २, कप्तान पारस खड्का १ र उपकप्तान ज्ञानेन्द्र मल्ल खाता खोल्न नसकेर आउट भएपछि नेपालले दबाबमा झेल्नुपरेको थियो। शरद भेषावकरले २७, राजेश पुलामीले २५, सोमपाल कामीले १६, वसन्त रेग्मीले ११ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर बनाएको हो। मध्यक्रमका शरद (२७) र राजेश (१४)ले छैटौं विकेटका लागि ४१ रनको साझेदारी गरे, जुन खेलमा नेपालको उच्च साझेदारी हो।

    दुई ओभरमै दुई विकेट गुमाएपछि नेपालको कमजोर सुरुआत भयो।

    जारी प्रतियोगितामा पहिलो खेल खेलेका सुवास दोस्रो ओभरमा आउट हुँदा नेपालले १० रन जोडेको थियो। उनी हङकङका हसिब अमजादबाट बोल्ड भए। १.५ ओभरमा ज्ञानेन्द्र अमजादकै सिकार बने। दुई बल खेलेका उपकप्तान ज्ञानेन्द्रलाई अमजादले जमी एटकिन्सनको हातबाट क्याचआउट गराए। नेपाली ब्याट्सम्यानका लागि टाउको दुखाइ बनेका अमजादले चौथो ओभरमा कप्तान पारसलाई पनि एलबिडब्लु आउट गराए। लगातार महŒवपूर्ण विकेट गुमाएपछि दबाबमा खेलेको टोलीलाई अनुभवी वसन्त, शरदसहित सोमपाल र राजेशले उकासेका थिए। १९ बलमा खेलेका वसन्तले १०औं ओभरमा आउट हुनुअघि २ चौका प्रहार गरेका थिए। उनी अजाज खानको बलमा एट्किन्सनबाट क्याचआउट भए।

    १६ ओभरको सुरुआतमै राजेश पुलामी आक्रामक रूपमा प्रस्तुत भए। उनले लगातार दुई छक्का प्रहार गर्दै हङकङका बलरलाई कमजोर दबाबमा ल्याएका थिए। ३४ बल खेलेकाराजेश इरफान अहमदको बलमा हासिब अमजादबाट क्याचआउट भए। १७औं ओभरको पहिलो बलमै प्रदीप ऐरी पहिलो बलमै निजाकत खानको बलमा एलबिडब्लु आउट भए। १९औं ओभरमा शरद तनविर अफजलको बलमा नदिम अहमदबाट क्याचआउट भए। १९ओभरमा नेपाललेसर्वाधिक २२ रन बटुलेको थियो। अन्तिम ओभरमा सोमपाल गुमाएको नेपालले ५ रनमात्र बनायो। सोमपाल र शक्ति गौचन (२) लाई गुमाएको थियो। १२ बल खेलेका सोमपालले एक छक्का हानेका थिए। शरदले २४ बलमा २ चौका र एक छक्का हानेका थिए।

    म्यान अफ द म्याच हङकङका हसिबले ४ र इरफानले २ विकेट लिएका थिए।

    जवाफमा १ सय १० रनको लक्ष्य लिएर आएको हङकङका ओपनर इरफान अहमदलाई सोमपालकामीले दोस्रो ओभरमा बोल्ड गरेर उत्कृष्टसुरुआत गरे। तर निजाकत खानले दुई चौका एक छक्काको मद्धतमा २५, अंशुमन राथले १९, बाबर हायतले अविजित १७र अजिज खानले २ चौकाको मद्धतमा अविजित १४ रन बनाउँदै हङकङलाई सफलता दिलाए। वसन्त रेग्मीले ४ ओभरमा ४ विकेट लिए। उनले ४ ओभरमा १६ रन खर्चेका थिए।

    नेपालले अब शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग खेल्नेछ। बुधबारै पपुवाले प्रतियोगिताको दाबेदारका रूपमा हेरिएको आयरल्यान्डलाई २ विकेटले हराएको छ। जर्सीले हङकङमाथि ९ विकेटले जित पाएको थियो।

    भारतमा हुने विश्वकप छनोटका लागि दुई समुहमा ७–७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। समूहका शीर्ष टोली स्वतः छनोट हुनेछ। दोस्रो हुनेले अर्को समूहको तेस्रो हुने टोलीसँग प्लेअफ खेल्नुपर्नेछ। प्लेअफमा जित्ने विश्वकप छनोट हुन्छन् भने पराजित हुने दुई टोलीले समूहमा चौथो स्थान हासिल गर्ने टोलीसँग अर्को एक प्लेअफ खेल्ने अवसर पाउनेछ।

    Tuesday, July 14, 2015

    युवा संघको उपाध्यक्ष र सचिव निलम्बित



    २९ असार,
    २९ असार,
    २९ असार,काठमाडौं/ लामो समयदेखि विवाद रहँदै आएको नेकपा एमालेको
    भ्रातृ संगठन युवा संघ नेपालले उपाध्यक्ष दिलु पन्त र सचिव नरेश शाहीलाई निलम्बन गरेको छ।

            अध्यक्ष निरु पालको अध्यक्षतामा बसेको बैठकले स्थायी कमिटीको बैठकले आर्थिक अनियमितता गरेको, समानान्तर गतिविधि गरेकोसहित पाँच आरोप लगाउँदै उपाध्यक्ष पन्त र सचिव शाहीलाई निलम्बन गरेको हो । बैठकमा असन्तुष्ट पक्षको सहभागिता थिएन ।
    पाल पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हुन भने पन्त नेता माधवकुमार नेपाल निकट मानिन्छ । 'हामीलाई थाहा छैन । निरुपाललाई हामीले अध्यक्षमा मानेको पनि छैनौं,' पन्तले नागरिकन्युजसँग भनिन्, 'हाम्रो चाँडै बैठक बसेर पालमाथि कारवाही हुन्छ ।' युवा संघ नेपालको ब्यानरमा दुवै पक्षले फरक फरक कार्यक्रम गर्दै आएका थिए । माघ २१ गते यता कुनै पनि बैठक संयुक्त रुपमा बसेको छैन ।

    मेलामा भागदौड हुँदा आन्ध्र प्रदेशमा २७ को मृत्यु



    भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा मेलामा भागदौड हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  दर्जनौं घाइते भएका छन्।
    गोदावरी नदी किनारमा मनाइने पुष्करम मेलामा भागदौड भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रदेशका उपमुख्यमंत्री एन चिनाराजप्पाले यो घटना अत्यन्तै दुखद भएको बताएका छन्। उनले मेलको व्यास्थापनका सबै तयारी पुरा हुँदा पनि भागदौड हुनु आश्चर्यजनक भएको बताए।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गरेका छन्। एक प्रत्यक्षदर्शीले २० मिनेटसम्म भागदौड चलेको बताए।

    म्यानपावर ब्यवसायी र सरकारबीचको वार्ता सहमति नजिक


    Singhdarbar earthquake (9) २९ असार/  झण्डै एकसातादेखि आन्दोलनरत म्यानपावर ब्यवसायीको मागप्रति सरकार सकारात्मक देखिएको छ । श्रम मन्त्रालयमा मंगलवार भएको वार्तामा विगतका कमजोरीहरुलाई सच्याउँदै अघि बढ्नेमा दुवै पक्ष सकारात्मक देखिएको वार्तामा सहभागी वैदेशिक रोजगार ब्यवसायीहरुले बताए ।
    आन्दोलन र वार्तालाई सँगसँगै लैजाने निश्कर्षका साथ ब्यवसायीहरु सरकारले बोलाएको वार्तामा सहभागी भएका हुन् ।
    ब्यवसायीहरु वार्तामा बस्नुअघि श्रमराज्यमन्त्री टेकबहादुर गुरुङसँग छलफल गरेका थिए । मन्त्रीसँगको अनौपचारिक छलफलपछि औपचारिकरुपमै सरकार र ब्यवसायीबीच वार्ता भएको हो ।
    वार्तामा वैदेशिक रोजगार ब्यवसायको सम्बन्धमा तत्कालिन अवस्था प्रशासनिक सुधार तथा दीर्घकालिन अवस्थामा विभिन्न मुलुकसँग पहुँच विस्तार र बजार प्रवर्द्धन गर्नेबारे छलफल भएको वार्तामा सहभागी ब्यवसायी रोज ओभरसिजका सञ्चालक रामप्रसाद बन्तुनाले जानकारी दिए ।
    विभिन्न मुलुकहरुसँग सरकारले एमओयू गर्नुपर्ने, ब्यवसायीहरुको तर्फबाट कामदारलाई आर्थिक भार पार्ने बायोमेट्रिक प्रणाली स्थगित गर्नुपर्ने, भिसा प्रोसेसिङका रकम लिने भीएलएन नेपाल तत्काल बन्द गर्नुपर्ने विषयमा सरकारसमक्ष राखिएको प्रस्तावमा सरकार सकारात्मक देखिएको पनि बन्तुनाले बताए ।
    वर्तमान अवस्थामा देखिएका वैदेशिक रोजगार ब्यवसायका समस्या एक कमिटी बनाएर समाधान गर्ने विषयमा पनि वार्तामा छलफल भएको छ ।
    श्रम मन्त्रालयमा जारी वार्तामा सरकारको तर्फबाट मन्त्री गुरुङसहित मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठ तथा आभावर्ण श्रेष्ठको सहभागिता छ । ब्यवसायीको तर्फबाट नेपाल वैदेशिक रोजगार ब्यवसायी संघ, वैदेशिक रोजगारसँग आवद्ध विभिन्न संगठनका प्रतिनिधि गरी एक दर्जन बढीको सहभागिता छ ।

    अर्थमन्त्रीद्वारा बजेट प्रस्तुति सुरु



    सरकारले आगामी आर्थिक बर्षको लागि ८ खर्ब १९ अर्ब रुपैयाँको बजेट मंगलबार प्रस्तुत गरिरहेका छन्। भूकम्प पछिको पुननिर्माणका साथै स्थानीय निकायको निर्वाचन केन्द्रित आगामी बर्षको बजेटको स्रोत भने विदेशी सहायता र विदेशी ऋणमा भर परेको छ।
    सरकारले एक खर्ब १० अर्ब रुपैंया विदेशी सहायता र ९५ अर्ब विदेशी ऋणबाट स्रोत जुटाउने लक्ष्य बजेटमा राखेको छ। सरकारी स्रोत मार्फत ६ खर्ब १४ अर्ब रुपैंया संकलन गर्ने लक्ष्य बजेटमा समावेश छ। सरकारी स्रोतअन्तर्गत आगामी बर्षको आन्तरिक ऋण, राजस्व र यो बर्ष खर्च गरेर बाँकी रहेको तथा उठाइएको आन्तरिक ऋण पर्छ।

    मन्त्री ज्यू, परदेशमा बेल्चा चलाइरहेकाहरूको सलाम छ तपाईंलाई


    मन्त्री ज्यू, परदेशमा बेल्चा चलाइरहेकाहरूको सलाम छ तपाईंलाई


    दोस्रो विश्वयुद्धताका जर्मन फौजले मैत्री सन्धि विरुद्ध गएर सोभियत युनियन माथि अचानक आक्रमण गरिदियो। उन्मादी जर्मन फौजको विजय यात्रा केही दिन भित्रै सोभियत सीमाबाट ५ सय माईल भित्रसम्म घुस्न सफल भयो। जर्मन फौजको उपस्थितिले लाल सेनामा आंतक छायो। कतै बटालियनका बटालियन आत्मसमर्पण गर्न लागे भने कोही हातगोडा छोडेर युद्ध लड्नु अगावै लमतन्न पर्न लागे। यो हिसाबले मस्कोको पतन अवश्यम्भावी जस्तै भयो।  
     
    सोभियत सेनाको शीघ्र पतनको शृङ्खला रोक्न २८ जुलाई १९४२ मा अर्डर नम्बर २२७ जारी गर्दै स्टालिनले 'नट अ स्टेप ब्याक पोलिसी' कडाइका साथ लागू गरे। अब फौजको कुनै सिपाहीले पछि हट्न र आत्मासमर्पण नपाउने भयो। पछि हट्न खोज्नेलाई ठाउँको ठाउँ गोली हान्ने आदेश थियो। एक कदम पछि नहट्ने नीतिले अन्ततः लालसेना बर्लिन कब्जा गरेर मात्रै रोकियो। 
     
    श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले पनि यो पटक सरकारको अघोषित मैत्री सन्धिको विरुद्ध गएर म्यान पावर व्यवसायी विरुद्ध अचानक आक्रमण गरिदिएका छ्न्। 
     
    आम नेपाली नागरिकले बुझेको सत्य के हो भने उसले निर्वाचित गरेको सरकार उप्रति कहिल्यै बफादार र जिम्मेवार छैन। न उसको मानो खाने कर्मचारीतन्त्र उसको नुनको सोझो गर्छ। बर्षेनी फेरिने अस्थायी सरकार होस् कि साठी पुगेपछि करलाग्दी रिटायर हुने स्थायी सरकार, दुबैले अघोषित रुपमा म्यानपावर व्यवसायी, यातायात व्यवसायी, निजी अस्पतालका स्वास्थ व्यवसायी, पेट्रोलमा पानी मिसाउने व्यवसायी, सुनमा पित्तल मिसाउने व्यवसायीसँग उसको सरकारले मैत्रीपुर्ण सन्धि गरेको गम्भीर आशंका उसलाई  छ।                  
     
    निर्वाचित जनप्रतिनिधिले चुनेको जनताको सरकार भनेर चिनिने संघीय लोकतान्त्रिक गणतन्त्रको नेपाल सरकार होस् कि भुतपुर्व श्री ५ को सरकार। दुबैको  म्यानपावर व्यवसायीसँग नाइटो जोडिएको मैत्री सम्बन्ध देख्दा त बेरोजगार युवाको हितमा भएको भर्खरैको फैसला कुनैदिन होला भनेर परिकल्पनासम्म गरिएको थिएन। लामो इतिहास बोकेको अघोषित मैत्री सन्धिको अलिखित समझदारीमा एक-अर्कालाई गरिखान सघाउ पुर्याई रहेका यी मित्रहरूलाई नागरिकको पिडासँग भने कुनै सरोकार थिएन। 
     
    त्यसैले त हिमालयको काखमा हुर्केको नागरिक ५० डिग्रीको घाममा जतिसुकै मूल्यमा बेचियोस् उनीहरुलाई सरोकार विषय हुन्थेन।  हजारौं जिम्मेवारी र सपनाहरु बोकेर जिउँदै उडेको नागरिक दैनिक जस्तो बाकसमा बन्द भएर देश फर्किए पनि उनीहरुको संवेदनालाई आजका दिनसम्म कहिल्यै छुन सकेको थिएन। जुँगाको रेखी बस्दाबस्दै उडेको िकशोरले आफ्नो सम्पुर्ण यौवनकाल श्रम गरेर देश र परिवारको अर्थतन्त्रमा जतिसुकै ठूलो योगदान दिएर बुढेसकालमा तातोपानीले खुइलिएको टाउको लिएर देश फर्कियोस् मैत्री सन्धीमा बाँधिएका दुबै अनन्य मित्रहरूलाई केही फरक परेको थिएन। 
     
    कमिसन, कमिसन र फेरि पनि कमिसनको अनियन्त्रित घोडेजात्राका प्रतिष्पर्धी घोडचढी सिपाही  जस्ता म्यानपावर कम्पनी लुट्ने धन्दामा कस्ले कस्लाई उछिनेर अगाडि बढ्ने भनेर सधैँ नै रेडी पोजिसनमा बसेका हुन्थे। बेरोजगार नौजवानको सपना र जिम्मेवारी बुझेका यी म्यानपावर व्यवसायीहरु उसैको पैसाले उसैलाई बन्दी बनाएर ऋणको दासत्व स्वीकार गरी जस्तोसुकै भूगोल र परिस्थितिमा पनि श्रम गर्न बाध्य बनाउँथे।  उनीहरुको त्यही लालच अन्ततः बाकसमा फिर्ता हुनुपर्ने नियतीको कारण हुन जान्थ्यो ।
     
    तर घोर आश्चर्य ! दोस्रो विश्व युद्धमा हिटलरले स्टालिनलाई घात गरेजस्तो यतिबेला श्रम राज्यमन्त्री चन्द्रबहादुर गुरुङले म्यानपावर व्यवसायीसँगको वर्षौंदेखिको मैत्री सन्धिमा बाँधिएको मित्रता माथि एकाएक घात गरेका छन्। तर यी  विश्वासघातीलाई हिटलरले जस्तो मैत्री सन्धि विरुद्ध गएर आक्रमण गर्ने 'सन्काह' र 'धोखेबाज' मात्रै भएर पुग्दैन स्टालिन जस्तो एक कदम पछि नहट्ने दृढ र बर्लिन कब्जा गरेरै छाड्ने प्रतिवद्ध हुन पनि उत्तिकै जरुरी छ। 
     
    इतिहास साक्षी छ यो देशमा जनहित र राष्ट्रहितमा जारी ऎन, कानुन र घोषणको हावा फुस्किन कुनै आइतबार कुर्नु परेको छैन। ठग्न नपाएर सडकमा पाउकष्ट गर्न आएका म्यानपावर व्यवसायीहरु सजिलोसँग आत्मसमर्पण गर्ने योद्धाहरु होइनन्। उनीहरूले राज्यमन्त्री गुरुङको हावा खुस्काउन कुनै कसर बाँकी नराख्ने निश्चित नै छ। तिनले अवश्य नै भर्नु पर्नेका गोजी, कान र दिमाग सबै भर्नेछ्न्। साम दाम दण्ड भेद सबैको उचित ठाउँमा उचित प्रयोग गर्ने नै छ्न्। त्यसैले चन्द्रबहादुर गुरुङले हिटलरले जस्तो दुस्साहस मात्रै गरेर पुग्दैन। स्टालिनको अर्डर नम्बर २२७ मा ७३ वर्ष पहिले जारी भएको एक कदम पनि पछि नहट्ने नीति 'बर्लिन कब्जा' नभएसम्म जारी राख्न सक्नुपर्छ।          
     
    माननीय श्रम राज्यमन्त्रीलाई देश छोडेर परदेशमा बेल्चा हानिरहेका तीस लाख मौरी मजदुरको सलाम सहितको धन्यवाद र उनको कदममा प्रवासबाटै एेक्यवद्धता जाहेर गर्दै आफ्नो घोषणाबाट एक कदम पनि पछि नहट्न हार्दिक अनुरोध गर्दछु।

    Sunday, July 12, 2015

    पूर्व माओवादी लडाकुलाई साढे ३ वर्ष कैद

    २८ असार/      हतियार सहित पक्राउ पूर्व माओवादी लडाकु नवीनकुमार रोकालाई
           डीएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार फरारको सूचीमा हुकाम २, रुकुम घर भएका एमाओवादी नेता ४० वर्षीय कालीबहादुर खाम, मैकोट ३ का २५ वर्षीय विश्वास पुन, मैकोट ३ का २२ वर्षीय फलबहादुर पुन र हुकाम ९ का ३० वर्षीय संगम रोका छन्। ‘उनीहरूको खोजी कार्य जारी छ,’ डीएसपी रेग्मीले भने, ‘पोहोरदेखि फरार उनीहरूलाई पक्राउ गर्न प्रहरी लागिपरेको छ।’ सहायक प्रजिअ शर्माका अनुसार फरार ५ जनालाई मुल्तवीमा राखिएको छ । गत वर्षको जेठमा डोल्पामा यार्चागुम्बु संकलनको विषयलाई लिएर आक्रमण र झगडा भएपछि उनीहरू मनाङमा लुक्न र लुट्ने योजना बनाउन आएको अनुसन्धानबाट खुलेको स्रोतले बतायो। घटनापछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएसँगै हतियारसहित उनीहरू पक्राउ परेको डीएसपी रेग्मीले बताए। मनाङमा ६ वर्षअघि ७ जना गोर्खालीको हत्या भएपछि यार्चाको सिजनमा प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएका बेला उनीहरू पक्राउ परेका हुन्।
    साढे ३ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना सजाय भएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले यस्तो निर्णय गरेको हो। एके द्धठ राइफल, एउटा म्यागजिन र १८ राउन्ड गोलीसहित उनी गत वर्ष साउन १ मा मनाङको धारापानीमा पक्राउ परेका थिए । एमाओवादी नेता कालीबहादुर खामको ९ वर्षसम्म अंगरक्षकका रूपमा कार्यरत रोका रुकुम हुकामका बासिन्दा हुन्। अवैध हातहतियार बोकेको र यार्चा व्यापारीलाई लुटपाट गर्ने योजना बनाएको अभियोगमा ११ महिनादेखि कारागारमा रहेका रोकासहित ५ जनालाई प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माको इजलासले यस्तो फैसला सुनाएको हो। मनाङ प्रशासनका सूचना अधिकारी सहायक प्रजिअ रामहरि शर्माका अनुसार रोकाका सहयोगीका रूपमा रहेका जाङ ९ रुकुमका ३८ वर्षीय उजरबहादुर रोकालाई १ वर्ष २ महिना १५ दिन, जाङ ९ रुकुम घर भई हाल चामे ५ मनाङ बस्दै आएका ३५ वर्षीय कुलकबहादुर रोकालाई १ वर्ष २ महिना, हुकाम २ रुकुमका १८ वर्षीय श्यामबहादुर विकलाई १ वर्ष १ महिना १५ दिन र मैकोट ३ रुकुमका २२ वर्षीय विक्रम पुनलाई १ वर्ष कैद निर्णय सुनाएको छ । उनीहरूको साथबाट प्रहरीले म्यागजिनसहित एके द्धठ राइफल र त्यसमा लाग्ने १८ राउन्ड गोली, म्यागजिनसहित चाइनिज पेस्तोल १ नाल र त्यसमा लाग्ने ७ राउन्ड गोली साथै कटुवा पेस्तोल १ नाल, यसमा लाग्ने ७ राउन्ड गोली र एउटा खोका बरामद गरेको थियो। अन्य ५ जना अझै फरार रहेका प्रहरीले जनाएको छ।

    Saturday, July 11, 2015

    नेपाल नामिबियासँग भिड्दै

     विश्व ट्वान्टी–२० छनोट क्रिकेटमा शनिबार नेपालले नामिबियाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको छ। पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली अमेरिकालाई जितेको साहसका साथ आयरल्यान्डको बालफेस्ट स्थित सिभिल सर्भिस क्रिकेट क्लबको मैदानमा उत्रिनेछ।


    नेपाल नामिबियासँग भिड्दै, टस जितेको नेपालले फिल्डिङ रोज्योउपकप्तान ज्ञानेन्द्र मल्ल र स्पिनरको सहयोगमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपालको बलियो पक्ष कप्तान पारस खड्का रहेको आइसीसीको विश्लेषण छ। अन्तरार्ष्ट्रिय ट्वान्टी २० क्रिकेटमा उनको औसत रनरेट ३६.११ रहेको छ। अमेरिकासँगको खेलमा पारसको प्रदर्शन पुनः प्रभावशाली देखिएको थियो। शक्ति गौचनको अलराउन्ड प्रदर्शन एवं शरद भेषावकरको आक्रमक ब्याटिङ नामिबियाका लागि खतरा हुनेछन्। विनोद भण्डारी र अनिल मण्डलले पछिल्लो समयमा राम्रो फर्ममा खेलिरहेका छन्।

    नेपालले अमेरिकालाई पराजित गरेर विश्व ट्वान्टी २० छनोटमा विजयी सुरुवात गरे पनि डिभिजन एकमा रहेको टोलीलाई दवाबमा राख्न ब्याटिङलाइन सुधार्नुपर्ने हुन्छ। प्रतियोगितामा आयरल्यान्डसँग पराजित भइसकेको नामिबियाको बलियो पक्ष कप्तान निकलास स्लट्ज हुन्। अन्तरार्ष्ट्रिय ट्वान्टी २० क्रिकेटमा उनको औसत रनरेट ४१ छ।

    ट्वान्टी २० मा पहिलो पटक नेपाल र नामिबिया आमने सामने हुन लागेका हुन्। केही महिना अघि भएको डिभिजन टुमा नेपालले उसकै मैदानमा नामिबियालाइ ३ विकेटले हराएको थियो। अफ्रिकी टोली नामिबिया सो प्रतियोगिताको विजेता बन्दै डिभिजन एकमा उक्लिएको थियो।

    समाजसेवामा रमाउने उप्रेती

      दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...