Wednesday, March 22, 2017

मन्त्रिपरिषद् वैठकले प्रधानमन्त्रीको चीन भ्रमणको कार्यतालिका तय गर्ने

काठमाडौं   प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको कार्यतालिका तय गर्न मन्त्रिपरिषद्को वैठक आज बस्दैछ । भोलीदेखि सुरु हुने प्रधानमन्त्री पुष्पकमल दाहालको साताव्यापी चीन भ्रमणका क्रममा उठाईने एजेण्डा तथा दुई पक्षीय भेटवार्तालाई अन्तिम रुप दिन मन्त्रिपरिषद् वैठक बस्न लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।
PM office
वैठक सिंहदरवारमा अपरान्ह ५ वजेपछि बस्दैछ । प्रधानमन्त्रीको भ्रमणका क्रममा आधा दर्जन एजेण्डामा छलफल हुने भनिएपनि कुनै सम्झौता भने नहुने मन्त्रिपरिषद् श्रोतले जानकारी दिएको छ । आगामी शनिवार बोवाओ फोरमलाई सम्वोधन गर्न जान लागेका प्रधानमन्त्री दाहालले १४ गते सोमबार वेइजिङस्थित ग्रेट हल अफ द पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङसंग औपचारिक भेटवार्ता गर्दैहुनुहुन्छ । राष्ट्रपति जिनपिङसंग १५ मिनेटको भेटको समय मिलाईएको मन्त्रिपरिषद् श्रोतले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री दाहाल चीन भ्रमणबाट फर्किएपछि मात्रै प्रहरी महानिरिक्षक नियुिक्त प्रक्रिया सुरु हुने भएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा गृहमन्त्रालयले कार्य मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रुप दिने र उहाँ फर्किएपछि नियुिक्त प्रक्रियाले अन्तिम रुप लिने मन्त्री लेखकले जानकारी दिनुभयो । 

यद्यपी गृहमन्त्रालयले भने सर्वोच्च अदालतको परमादेशपछि नयाँ आईजीपी नियुक्तीका लागि आजैबाट प्रक्रिया सुरु गर्दैछ । सर्वोच्चले कार्यसम्पादन र वरिष्ठताका आधारमा आईजीपी नियुक्ती गर्न आदेश दिएपछि गृहले ४ डिआईजीबारे कार्यसम्पादन मूल्याङ्कन सुरु गर्न लागेको गृहमन्त्रालय श्रोतले जनाएको छ ।
९ चैत्र, २०७३

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सन्धि सम्झौतामा हस्ताक्षर नहुने

काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहालले भोलिबाट गर्ने चीन भ्रमणका कुनै पनि सन्धि सम्झौता र समझदारीमा हस्ताक्षर नहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरी भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध र सहायतामा सम्झौता गर्न नेपालले आवश्यक तयारी पूरा गरेको र निकट भविष्यमा हुने अन्य भ्रमणमा सहमति भई हस्ताक्षर हुने विश्वास व्यक्त गरेको छ ।
Prakashsaran Mahat
चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेट गर्ने पक्का भएको परराष्ट्रले जनाएको छ । यद्यपि भेटको मिति भने परराष्ट्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छैन । प्रधानमन्त्री दाहालले बोआओ मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै चैत १३ गते प्रधानमन्त्री दाहालले बेइजिङ फरेन स्टडिज युनिभर्सिटी मा व्यवसायी, शिक्षाविद् र विद्यार्थीहरुलाई सम्बोधन गर्नुहुने भएको छ । त्यसपछि चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमण गरी दाहाल चैत १६ गते स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्री, परराष्ट्रका सचिव र प्रधानमन्त्री कार्यालय र परराष्ट्रका अन्य उच्च अधिकारीहरु समेत सम्मिलित हुनु हुनेछ ।

९ चैत्र, २०७३

१२ मुलुकमा सिफारिस राजदुतको नाम अनुमोदन

 काठमाडौं  संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ वटा मुलुकमा सिफारिस राजदुतको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सुनुवाइ सकेपछि १२ जनाकै नाम अनुमोदन गरेको हो ।
news_25076singa darvar
समितिले लगातार तीन दिन सुनुवाई गरेको थियो । समितिले बंगलादेशका लागि प्रस्तावित चोपलाल भुषाल, बहराईनका लागि प्रस्तावित पदम सुन्दास, म्यानमारका लागि प्रस्तवित भीमकृष्ण उदास, श्रीलंकाका लागि प्रस्तावित विश्वम्भर प्याकुरेल र साउदी अरेबियाका लागि प्रस्तावित महेन्द्रप्रसाद सिंह राजपुतको आज सुनुवाई गरेको हो ।
 
समितिले हिजो ओमानका लागि प्रस्तावित शर्मिला पराजुली ढकाल, इजरायलका लागि प्रस्तावित निरञ्जनकुमार थापासँग सोधपुछ गरेको थियो । यस्तै कतारका लागि प्रस्तावित रमेश कोईराला, गणतन्त्र कोरियाका लागि प्रस्तावित अर्जुन जंगबहादुर सिंह, डेनमार्कका लागि प्रस्तावित युवराज लम्साल र जापानका लागि प्रस्तावित प्रतिभा राणाको पनि सुनुवाइ गरेको थियो । अस्ती सोमबार पहिलो दिन अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत लक्की शेर्पाको सुनुवाई भएको थियो ।
 
अनुमोदन भएका १२ जनाले नै आफ्नो कार्यकाल सफल बनाउन योग्यता र क्षमताले भ्याएसम्मका प्रयास जारी राख्ने बताएका थिए । संसदीय समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदुत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
९ चैत्र, २०७३

Monday, March 20, 2017

इण्डीया र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट बराबरी, मार्स र हेन्ड्सकोम्बले बचाए अष्ट्रेलियालाई

इण्डीया र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट बराबरीमा सकिएको छ । आज पाँचौ तथा अन्तिम दिन पाहुँना टोली अष्ट्रेलियाले पुरै खेलेपछि तेस्रो टेष्ट बराबरीमा सकिएको हो । चौथो दिन ७.२ ओभरमा २ विकेट गुमाएर दबाबमा रहेको कंगारु टोलीका लागी आज थप दबाब रहेको थियो । आज ओपनर ब्याट्समेन म्याट रेन्स १५ तथा कप्तान स्टेभन स्मिथ २१ रनमा आउट भएपछि पाहुना टोली संकटमा परेको थियो । यद्यपी सन मार्स र पेटर हेन्ड्सकोम्बको साझेदारी घरेलु टोली इण्डीयाको लागी बाधक बन्यो ।

India’s captain Virat Kohli, right, shakes hands with Australia’s Matthew Wade at the end of their third test cricket match that ended in a draw in Ranchi, India, Monday, March 20, 2017.
स्मिथलाई चौथो विकेटमा गुमाउँदा मात्र ६३ रन जोडेको कंगारु टोलीका लागी मार्स र हेन्ड्सकोम्बको जोडीले एक सय ८७ रन सम्म पुर्याएका थिए । आज बाँकी  ९२.४  ओभर  मात्र  खेल्नु  पर्ने  भएकोले  पाहुना  टोली संकटमा  परेसँगै पुरै ओभर टिक्न संघर्षरत थियो । मार्स रविन्द्र जडेजाको बलमा मुरली विजयद्धारा समातिएका थिए । उनले एक सय ९७ बलको सामनामा ७ चौकाको सहायताले ५३ रन जोडे । उनी ९१.२ ओभरमा आउट भएका थिए ।
त्यसपछि क्रिजमा आएका आक्रामक ब्याट्समेन ग्लेन म्याक्सवेल मात्र  २ रनमा पेवेलियन फर्किएपनि  ह्याण्ड्सकोम्ब र विकेट किपर म्याथ्यु वाडले अविजित खेलेका थिए । २०० बल खेलेका ह्याण्ड्सकोम्ब ७ चौका प्रहार गर्दै ७२ रनमा रहे भने वाडले १६ बलमा २ चौका हान्दै ९ रन जोडे । खेल सकिंदा पाहुना टोलीले एक सय ओभरमा ६ विकेटको क्ष्यतिमा २ सय ४ रन बनाएको थियो । बलिङ्गतर्फ रविन्द्र जडेजाले ४ तथा इशान्त शर्मा र रविचन्द्रन अश्विनले समान एक विकेट लिए ।
यसअघि राँचीमा टस जितेर ब्याटिङ्ग गरेको पाहुना टोली अष्ट्रेलियाले पहिलो इनिङ्गमा कप्तान स्टेभन स्मिथको सर्बाधिक अविजित एक सय ७८ तथा ग्लेन म्याक्सवेलको एक सय ४ रनको मद्दतमा १३७.३ ओभरमा ४ सय ५१ रन बनाएको थियो ।
जवाफमा घरेलु टोली इण्डीयाले उत्कृष्ट प्रदर्शन गर्दैै चेतेश्वर पुजराको २ सय २ , ऋद्धिमान शाहाको एक सय १७ तथा ओपनर मुरली विजयको ८२ र लोकेश राहुलको ६७ रनको मद्दतमा २१० ओभरमा ९ विकेटको क्ष्यतिमा ६ सय ३ रन बनाउँदै इनिङ्ग समाप्तिको घोषणा गरेको थियो । 
यो बराबरीसँगै चार टेष्ट म्याचको श्रृंखला एक / एक को बराबरीमा कायमै रहेको छ । यो खेलको म्यान अफ दि म्याच चेतेश्वर पुजरा भए । चौथो तथा अन्त्मि टेष्ट १२ गतेबाट धर्मशालामा शुरु हुनेछ ।
७ चैत्र,२०७३

एमाले दमकमा नयाँ संरचना अनुसारको कमिटी गठन

उत्तम रिजाल, दमक  नेकपा एमाले दमकले नयाँ संरचना अनुसारको कमिटी गठनलाई तिब्रता दिएको छ । उसले आज साबिकको दमक २,३ र ४ को कमिटी समायोजन गरि नयाँ सरचना अनुसार दमक २ को ३६ सदस्यीय वडा कमिटी गठन गरेको छ । 

जसको अध्यक्षमा पुस्प अधिकारी उपाध्यक्षमा टीका प्रसाईं र सचिबमा डिल्ली दुलाल चुनिनु भएको छ । सदस्यहरुमा टंक गौतम, गोपाल निरौला , धनकुमारी दाहाल , नेत्र कुमारी धिमाल , बुद्धि सिग्देल, सान्ता भट्टराई , दुर्गा पौडेल , भेषराज काफ्ले ,कृष्ण बराल लगायत रहनु भएको छ ।

भालुकुडी स्थित शिवालय मन्दिरमा भएको कार्यक्रमा प्रमुख अतिथी रोमनाथ ओली, भक्ता दाहाल, मन्जु थापा, प्रजापती सापकोटा अन्तलाल धिमाल, नेत्र पोख्रेल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम वार्ड समायोजनका सहजकर्ता नेत्र दाहालको अध्यक्षतामा भएको थियो ।
 ७ चैत्र,२०७३

Friday, March 17, 2017

इण्डीयाको गतिलो जबाफ

उत्तम रिजाल,  घरेलु टोली इण्डीयाले अष्ट्रेलिया विरुद्धको तेस्रो टेष्टको पहिलो इनिङ्गमा गतिलो जबाफ दिएको छ । पाहुना टोली अष्ट्रेलियालाई आज  ४  सय ५१ रनमा रोक्दै आफ्नो इनिङ्ग शुरु गरेको उसले दोस्रो दिनको खेल सकिंदा सम्म एक विकेट गुमाएर एक सय २० रन जोडेको छ ।Australia’s Pat Cummins, right, celebrates the dismissal of India’s Lokesh Rahul, left, during the second day of their third test cricket match in Ranchi, India, Friday, March 17, 2017.
उसका लागि ओपनर दोय लोकेश राहुन र मुरली विजयले ९१ रनको साझेदारी गरे । राहुल एक सय २ बलको सामना गर्दै ९ चौकाको सहायताले ६७ रन जोडेर आउट भए । उनी पाट कुमिन्सको बलमा विकेट किपर म्याथ्यु वाडद्धारा क्याच आउट भए । क्रिजमा एक सय १२ बलको सामना गरेका मुरली विजय ६ चौकाको सहायताले ४२ तथा २६ बलको सामना गरेका चेतेश्वर पुजरा एक चौकाको सहायताले १० रनमा छन् ।
यसअघि आज ४ विकेटको क्ष्यतिमा २ सय ९९ रनबाट खेख्न शुरुगरेको पाहुना टोली अष्ट्रेलियाले एकसय ३७.३ ओभरमा ४ सय ५१ रन जोडेको थियो । उसका लागि कप्तान स्टेभन स्मिथले सर्बाधिक अविजित एक सय ७८, ग्लेन म्याक्सवेलले एक सय ४, म्याट रेनसले ४४ तथा विकेट किपर म्याथ्यु वाडले ३७ रनको योगदान दिएका थिए । बलिङ्गतर्फ रविन्द्र जडेजाले ५, उमेश यादवले ३ तथा रविचन्द्रन अश्विनले एक विकेट लिए ।
India’s Cheteshwar Pujara bends to avoid a rising delivery during the third day of their second test cricket match against Australia in Bangalore, India, Monday, March 6, 2017.
भोलि घरेलु टोली एक विकेटको क्ष्यतिमा एक सय २० रनबाट खेल्न शुरु गर्नेछ । चार टेष्ट म्याचको श्रृंखला एक एक को बराबरीमा छ ।
Australia’s Steve O’Keefe, left, reacts as the stumps break in an unsuccessful attempt to run-out India’s Murali Vijay, right, during the second day of their third test cricket match in Ranchi, India, Friday, March 17, 2017.
  ४ चैत्र,२०७३

राप्रपाको एजेण्डै सकियो , निर्वाचन आयोगले विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटायो




काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको मेन एजेण्डा नै सकिएको छ । निर्वाचन आयोगले विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाएपछि राप्रपाको एजेण्डा सकिएको हो । निर्वाचन आयोगले संविधानसँग राप्रपाको विधान बाझिएको भन्दै बिधानमा उल्लेखित हिन्दु राष्ट्र एवम् राजसंस्था सम्बन्धी वाक्यांश हटाइदिएको छ । यससँगै कुन एजेण्डा लिएर चुनावमा जाने भन्ने चिन्ताले नेताहरुलाई सताएको छ ।

कमल थापा नेतृत्वको राप्रपाको विधानको प्रस्तावनामै ‘…पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको लोकतन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न…’ भन्ने वाक्यांश छ । यसैगरी विधानको धारा पाँचमा ‘…नेपाललाई सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भन्ने वाक्यांश छ ।
फागुन ६ गतेदेखि १० गतेसम्म राजधानीमा आयोजित राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लेखित केही वाक्यांशहरु नेपालको संविधानसँग मेल नखाएको भन्दै निर्वाचन आयोगले हटाइदिएको छ ।
हेर्नुहोस्- निर्वाचन आयोगको निर्णय (बायाँ) र राप्रपाको विधान

आयोगले भनेको छ, ‘नेपालको संविधानको धारा ४ मा उल्लेखित धर्म निरपेक्ष तथा गणतन्त्रात्मक सम्बन्धी प्रावधानसँग मेल नखाएको देखिएको तथा राजनीतिक दल सम्बन्धी ऐन २०५८ को दफा ८ को उपदफा (१) को खण्ड (ग)मा दलको नाम, उद्देश्य, चिन्ह वा झण्डा धार्मिक, साम्प्रदायिक वा देशलाई बिखण्डित गर्ने प्रकृतिको भएमा आयोगले दल दर्ता गर्न इन्कार गर्न सक्ने उल्लेख भएको देखिँदा उक्त हिन्दु राष्ट्र एवं राजसंस्था सहितको र हिन्दुत्वको भन्ने वाक्यांश हटाई विधानको बाँकी व्यहोरालाई प्रमाणित गर्ने ।’
                                                           प्रदीपविक्रम राणा
आयोगको यस निर्णयले पार्टीको मुख्य एजेण्डा नै ओझेलमा परेकाले चुनावमा भोट माग्न समस्या हुने राप्रपाका नेता प्रदीपविक्रम राणाले बताए । उनले भने, ‘राप्रपाको मुख्य एजेण्डा नै राजसंस्था र हिन्दु राज्य हो । यी दुबैलाई निर्वाचन आयोगले खारेज गरिदिएको छ । अब राप्रपा के एजेण्डा लिएर चुनावमा जान्छ ?’
आयोगको यो निर्णयसँगै राप्रपाका नेता-कार्यकर्ता अन्यौलमा परेको भन्दै उनले यसको जवाफ पार्टी अध्यक्ष कमल थापाले दिनुपर्ने बताए ।
राणा तिनै व्यक्ति हुन् जसले राप्रपाको एकता महाधिवेशनमा कमल थापाविरुद्ध उम्मेदवारी दिएका थिए ।
राप्रपाले चुनाव चिन्ह ‘गाई’ पाएको छ जसलाई राप्रपाले शनिबार सार्बजनिक गर्दैछ ।
राप्रपा प्रवक्ता भन्छन्- कोर्टमा जान्छौं
राप्रपाका प्रवक्ता सुशीलकुमार श्रेष्ठले निर्वाचन आयोगको निर्णयबारे आफूहरुलाई औपचारिक जानकारी नभएको बताए । यदि आयोगले राजसंस्था र हिन्दु राष्ट्रको वाक्यांश हटाए अदालत जाने श्रेष्ठले चेतावनी दिए । उनले  भने, ‘पार्टी खोल्ने र बैचारिक स्वतन्त्रताको संवैधानिक अधिकार हामीलाई छ । यदि आयोगले त्यस्तो निर्णय गरेको भए हामी कोर्टमा जान बाध्य हुन्छौं ।’

 चैत्र ४, २०७३

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...