Friday, March 17, 2017

विद्यालयलाई प्रविधिमय बनाउन ईजी एजुकेशन


चैत्र ४, दमक /   नयाँ शैक्षिक सत्रसंगै शैक्षिक जगतका लागि उपयोगी हुने प्रविधि सफ्टवेयर बनेको छ । युनिभर्सल टेक्निकल (यूनिटेक) गु्रपले मोबाईलमा समेत प्रयोग हुन सक्ने इजी एजुकेशन नामक शैक्षिक सफ्टवेयर बजारमा ल्याएको हो । सो सफ्टवेयर जडानसंगै तीन वटा मोवाइल एप्स प्रयोग गर्न सकिने र यसले विद्यालय तथा कलेजका शिक्षक, विद्यार्थी र तिनका अभिभावकका बिचमा कम्युनिकेशन हुने युनिभर्सल टेक्निकलका प्रवन्ध निर्देशक भिष्म अधिकारीले जानकारी दिए । 
 
सफ्टवेयर जडान गरेका विद्यालय र कलेजहरुले यो सफ्टवेयरको प्रयोग सहज रुपमा गर्न सक्ने छन भने प्रविधिमा एक फड्को मार्ने बिश्वास लिईएको छ, किनकी यस सेवाले विद्यालयका हरेका क्रियाकलापहरुलाई कम्प्यूटराइज त गर्छ नै विद्यालय र विद्याथीका हरेक क्रियाकलापलाई पनि अविभावक समक्ष जानकार गराउने हुँदा यो अतिनै उपयोगी हुने र शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावकबिचको त्रिपक्षीय समन्वय जरुरी हुने भएका कारण यि तीन वटै पक्षबिच समन्वयमा सहज बनाउने उदेश्यले तीन बटा एप्सको अवधारणा ल्याइएको प्रवन्ध निर्देशक अधिकारीले बताए । 
 
अभिभावकहरुले आफ्नो छोरा छोरी स्कूल कलेजमा हाजिर भए नभएको, परीक्षाको प्राप्ताङक लगायत सबै शैक्षिक गतिबिधी बारे घरमै बसि बसि मोवाइलमै प्राप्त गर्न सक्ने छन् । 
 
विद्यार्थीले विद्यालयमा प्रवेश गरेपछि वा बाहिर निस्कने बखत विद्यालयको गेटमा राखिएको फेस डिटेक्टरमा आफुलाई स्क्यान गराउनु पर्ने नियम राखिने छ र उक्त मेसिनले स्क्यान गरेको डाटा विद्यालयको आफ्ने सफ्टेवेयरमा रजिस्टर हुन्छ र सर्भर बाट ईन्टरनेटको माध्यमबाट म्यासेज वा नोटिफाई गर्दछ । यसका लागी विद्यार्थीले अरु सफेटवेयरमा अतिरिक्त कार्डको आवश्यक्ता नरहेको जनाईएको छ ।
 
यस प्रविधिको प्रयोगका लागी विद्यार्थीले म्यासेज शुल्क स्वरुप रु.८०० प्र्रति बर्ष तिर्नु  पर्ने हुन्छ । जसमा विद्यार्थी र अविभावक दुबैले यस प्रविधिको प्रयोगका लागी एउटा पर्सनल एकाउन्ट सहितको मोवाईल एप्स प्राप्त गर्नेछन् ।
 
सफ्टवेयर बिराटनगरको कान्तिपूर कलेज र दमकको प्रजिता एजुकेशन एकाडेमीले प्रयोगमा ल्याइसकेका र अन्य विद्यालयले समेत जडानका लागि कम्पनीसंग समन्वय गरिरहेका यूनिटेकले जनाएको छ भने बाजारमा विधिवत रुपमा बैशाखको देस्रो हप्ताबाट ल्याईदैछ ।

Thursday, March 16, 2017

गोविन्द गौतमलाई लागेको गोली एसएसबीकै भएको पुष्टि

काठमाडौं ।   नेपाल प्रहरीको फरेन्सिक रिपोर्टले कञ्चनपुरमा मारिएका गोविन्द गौतमलाई लागेको गोली भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै भएको देखाएको छ । यो रिपोर्ट गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत काठमाडौंस्थित भारतीय दूताबासलाई दिएको छ ।
 भारतीय हस्तक्षेपविरुद्ध उत्रिएका नेपालीहरुमाथि फागुन २६ मा एसएसबीले चलाएको गोली लागेर गौतमको निधन भएको थियो । यो घटनामा भारतीय सुरक्षाकर्मी दोषी रहेको भन्दै भारतले नेपाल र नेपाली जनतासामू माफी माग्नु पर्ने नेपालका प्रमुख राजनीतिक दलहरुको माग छ ।

यसबारे नेपाल सरकारका उच्च अधिकारीहरुले भारतीय पक्षलाई पटकपटक ध्यानाकर्षण गराएका छन् । तर, भारतले यसबारे छानविन गर्ने भन्दै फरेन्सिक रिपोर्ट दिन माग गर्दै आएको थियो । गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीको ल्याबबाट गरिएको परीक्षणमा गौतमलाई लागेको गोली एसएसबीकै भएको पुष्टि भएको छ ।

गृह स्रोतले भन्यो- गौतमको शरीरमा भेटिएको गोली नेपालका कुनै पनि सुरक्षा निकायमा लाग्ने हातहतियारमा प्रयोग हुने नगरेकाले गोली एसएसबीले हानेको ठहरसहितको रिपोर्ट दिइएको छ ।

२०७३ चैत ३

शहीद गौतमका परिवारलाई एमालेले दियो ५ लाख

कञ्चनपुर /  भारतीय एसएसबीले गोली हानी एक साताअघि हत्या गरेको कञ्चनपुर पुनर्वास नगरपालिका आनन्दबजारका गोविन्द गौतमको परिवारलाई नेकपा एमालेले ५ लाख सहयोग उपलब्ध गराएको छ ।
एमालेको मेची–महाकाली अभियानका क्रममा आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले शहीद गोविन्द गौतमको परिवारलाई ५ लाखको चेक एमालेका तर्फबाट उपलब्ध गराए । अध्यक्ष केपी ओलीले सो चेक एमाले कञ्चनपुरका अध्यक्ष तारा लामालाई प्रदान गरेका छन् । उनले एसएसबीको यस हर्कतप्रति निन्दा गर्दै यस घटनाबारे भारतले नेपाल र नेपाली जनतासमक्ष माफी माग्नुपर्ने माग गरे । यसबारे आफूले प्रधानमन्त्री प्रचण्डसँग पनि कुरा गरिसकेको एमाले अध्यक्ष ओलीले बताए ।

सरकारले शहीद गौतमका छोराछोरीलाई उच्चशिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकोबारे ओलीले शहीदका छोराछोरीलाई कसैले नहेरे एमालेले हेर्ने दावी गरे । सीमा विवाद उत्कर्षमा पुग्दा गत बिहीबार भएको झडपमा भारतीय एसएसबीले गोली प्रहार गर्दा गोविन्द गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेको थियो ।


 चैत ३ ,२०७३

एनसेलको लाभकर उठ्न नसकेको बारे लेखा समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने


व्यबस्थापिका संसदको सार्वजनिक लेखा समितिले दुरसञ्चार प्रदायक कम्पनी ऐनसेलको खरिद बिक्रिका क्रममा पुँजीगत लाभकर उठन नसकेकोबारे प्रधानमन्त्रीसँग छलफल गर्ने भएको छ । समितिको आज बसेको बैठकले लाभकर असुलीमा सरकार उदासिन भएको ठहर गर्दै प्रधानमन्त्रीलाई छलफलका लागी बोलाउने निर्णय गरेको हो ।
prachanda
सिंहदरवारमा बसेको लेखा समितिको बैठकमा समिति सदस्यले लाभकर असुल गर्न सरकारी निकायले प्रयास नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले मन्त्रिपरिषदले कम्पनीलाई कर मिनाहा गर्ने निर्णय नगरेको भन्दै बाहिर आएका कुरा भ्रम भएको दावी गर्नुभयो । प्रधानमन्त्री दाहालले प्रस्ताव गरेकाले मन्त्रिपरिषदमा छलफल भएको भन्दै अर्थमन्त्री महराले एनसेललाई कर मिनाहा नहुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कार्यलयमा एनसेल कर असुलिको विषयमा निवेदन परेकाले मन्त्रिपरिषदमा छलफल भएपनि कुनै निर्णय भने नभएको मन्त्री महराको भनाई थियो । समिति बैठकमा राजस्व सचिव राजन खनालले एक महिना भित्र लाभकर असुल्ने काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समिति सदस्य रामहरि खतिवडाले एनसेल खरिद बिक्रि सम्झौताको विवरण समितिमा पेस गर्नुपर्ने माग गर्नुभयो ।

चैत्र ३, २०७३

बन्द हडतालको बिकल्प खोज्छौं : महतो


 चितवन/ सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अवको आन्दोलनमा बन्दहड्तालको बिकल्प खोजिने बताउनुभएको छ । चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग महतोले बिगतका आन्दोलनले जनताले निकै कष्ट भोग्नु परेकाले अव जनतालाई पिडा नहुने गरी आन्दोलका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो ।
rajendra mahato
मुलुकको अर्थतन्त्रमा असर नपुग्ने र बालबालिकाको पढाई अवरोध नहुने किसिमको आन्दोलनको रणनीति तयार गरिएको महतोको भनाई छ । उहाँले भन्नुभयो, आन्दोलनबाट हामी धेरै सचेत छौं । अवको आन्दोलनबाट सरकारलाई कसरी दवाव दिन सकिन्छ भन्नेमा छलफल हुँदैछ ।’ बिगतमा बन्द हडतालको पक्षमा रहने अध्यक्ष महतो बन्दहडतालको बिकल्पमा देखिनुभएको हो । परिमार्जन सहितको सविधान संशोधनमा सरकार चुकेको भन्दै उहाँले संसोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने र हुन पनि नदिने चेतावनी दिनुभएको छ ।
बिगतका त्रुटी नसच्याए सम्म मुलुक अगाडी बढ्न र कुनै पनि निर्वाचन हुन नसक्ने उहाँले बताउनुभयो । बिगतमा मधेशी मोर्चाको नेतृत्व तह राजधानी केन्द्रित रहेकाले अवको आन्दोलनमा सबै नेता तराई मधेशमै बसेर जनताको माझमा रहेर संघर्षमा साथ दिने उहाँले बताउनुभयो । तराई मधेशमा मोर्चाको निषेधको राजनिति गर्ने कुनै योजना नरहेको भन्दै महतोले भन्नुभयो ‘हामीले कुनै पनि दललाई निषेध गरेका छैनौ । एमाले मधेश बिरोधी भएकाले जनताले निषेध गरेको हो हामीले होइन ।’

चैत्र ३, २०७३

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु


यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु भएको छ । परीक्षाको पहिलो दिन अहिले अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षामा कुल ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी छन् । जसमध्ये नियमिततर्फ २ लाख ३५ हजार ३ सय २ छात्रा र २ लाख ३३ हजार ९८ छात्र छन् । 
see
परीक्षाका निम्ति देशभरि १ हजार ९ सय २३ केन्द्र, त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार ५ सय ९१ जनशक्ति खटाइएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले बताउनुभयो । परीक्षामा अमर्यादित कार्य वा नियम उल्लंघन गरेमा कडा कारबाही गरिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको अनुगमन टोली खटिएको जनाइएको छ । यसैबीच माध्यमिक शिक्षा परीक्षा अवधिभर देशरभर लोडसेडिङ नगर्ने भएको छ ।

विद्यार्थीको परीक्षालाई लक्षित गर्दै मुलुकभर लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणले जनाएको छ । नदीहरुमा पानीको सतह बढेकाले लोडसेडिङ अन्त्य गर्न सकिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउनुभयो । परीक्षा अवधिभर विद्युत खपत कम हुने सामाग्री प्रयोग गर्न प्राधिकरणले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

चैत्र ३, २०७३

विकास कानुन संहिताको मस्यौदा संसदमा दर्ता गर्न सरकारलाई विकास समितिको निर्देशन

व्यवस्थापिका संसदको विकास समितिले राष्ट्रिय गौरवका आयोजनालाई दु्रतमार्गबाट समयमै सम्पन्न गर्न आवश्यक पर्ने विकास कानुन संहिता मस्यौदा गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरवारमा आज बसेको समिति बैठकले राष्ट्रिय योजना आयोगसँगको छलफलपछि सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले कानुन संहिताको मस्यौदा एक महिनाभित्र संसदमा दर्ता गराई सक्न सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आयोगलाई समितिले निर्देशन दिएको हो ।
sambidhan-sabha
राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगतिप्रति असन्तुष्टि जनाउँदै समिति सदस्यहरुले यथाशिघ्र कार्यान्वयमा जोड दिएका थिए । समितिका सभापति रविन्द्र अधिकारीले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बिना नै आयोजनाहरु अघि बढाउँदा समस्या भइरहेको बताउनुभयो । 

समितिले योजना आयोगलाई योजना बैंक (प्रोजेक्ट बैंक) को रुपमा काम गर्न निर्देशन दिएको छ । स्थानीय तहको पुनसंरचना भइसकेको अवस्थामा अब बनाइने योजनाहरु संघीयता मैत्री हुनु पर्नेमा समिति बैठकले जोड दिएको छ । स्थानीय तहको संरचनामा भएको परिवर्तनले हालको परियोजना चक्रमा केही परिवर्तन गर्नु पर्ने देखिएकाले सो सम्बन्धमा स्पष्ट अवधारणा तयार गर्न समितिले आयोगलाई निर्देशन दिएको छ ।

योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले निर्वाचनलाई आधार मानेरै आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा आएलगतै १६ गतेबाट स्वत अख्तियारी हुने र असोजभित्रमा सबै आयोजनाका टेन्डरहरु भइसक्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । आयोगका सदस्य डा. स्वर्णीम वाग्लेले राष्ट्रिय गौरवका आयोजनाको निर्धारण र कार्यान्वयन सम्बन्धी प्रारम्भिक मस्यौदा तयार भएको जानकारी दिनुभयो ।

चैत्र २, २०७३

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...