Sunday, July 17, 2016

ताप्लेजुङको तापेथोक र लेलेपमा भीषण पहिरो , २१ जना अलपत्र

२ श्रावण , २०७३ /  लगातारको बर्षापछि ताप्लेजुङको तापेथोक र लेलेप गाविसमा भीषण पहिरो खस्दा २१ जना अलपत्र परेका छन् । तापेथोक गाबिसको चारैतिर पहिरो खसेपछि बीचमा रहेको बस्तीका ६ परिवारका २१ जना फसेका हुन् । 

उनीहरुको उद्धारका लागि लेलेप र तापाथोक चौकीबाट गएको प्रहरी टोली अझै सो स्थानमा पुग्न सकेको छैन । सञ्चारसम्पर्क समेत हुन नसकेको प्रहरी नायव उपरिक्षक रामवहादुर केसीले बताउनुभयो । ती गाविसमा पुग्ने अधिकांश बाटो पहिरोले बगाएकाले समस्या भएको छ । 

उद्धारका लागी छिमेकी लेलेप गाविसवाट बिभिन्न बाटो हुँदै दर्जन बढी युवा त्यसतर्फ लागेका छन् । चारैतिरै पहिरो गएको तथा बीचमा पर्ने घुन्सा नदीको पुल समेत भत्काएकाले सो क्षेत्रमा जान नसकिएको लेलेपका व्यापारी ग्यावु शेर्पाले बताउनुभयो ।

माओवादी हेडक्वार्टर बैठक बस्दै, प्रधानमन्त्री कानूनविद्सँग परामर्शमा

२ श्रावण , २०७३ /  पछिल्लो राजनीतिक अवस्थाको समिक्षा गर्न नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक आज बस्दैछ । अपरान्ह ३ बजे लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बस्ने बैठकमा नयाँ सरकार गठनमा देखिएका अड्चनबारे छलफल हुने बताइएको छ । 


मुलुकको समसामियीक अवस्थाको समिक्षाका साथै केही सांगठनिक बिषयमा समेत छलफल गर्न बैठक बोलाइएको माओबादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । पछिल्लो पटक कंग्रेससँग गठबन्धन बनाएको माओबादी केन्द्रले प्रधानमन्त्री ओलीलाइ तत्काल राजिनामा दिन आग्रह गरिरहेको छ । प्रधानमन्त्री पनि परामर्शमा नयाँ सरकार गठनका लागि संवैधानिक व्यवस्था पालना गर्दै मार्गप्रशस्त गर्न कंग्रेस र माओवादी केन्द्रले आग्रह गरेपछि प्रधानमन्त्री केपी ओलीले आज कानुनविज्ञहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

नयाँ सरकार गठनका लागि संवैधानिक बाटो नभएको बताउनुभएका ओलीले कसरी अघि बढ्ने भन्ने विषयमा आज अपरान्ह कानुनविद्सँग परामर्श गर्न लागेको उहाँको सचिवालयले जनाएको छ  । कंग्रेस र माओवादी केन्द्रले हिजो कानुनविदहरुसँग परामर्श गरी नया सरकार गठनका लागि संवैधानिक जटिलता नरहेको निष्कर्ष निकालेका थिए । उनीहरुले  अनावश्यक भ्रम सिर्जना नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।


विप्लव माओवादीका ७० कार्यकर्ता पक्राउ

२ श्रावण , २०७३ /  सर्लाहीमा सुकुम्वासी बस्तीमा सरकारले दमन गरेको विरोधमा चक्काजाम गर्न खोज्ने विप्लव माओवादीका ७० जना कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरीले उपत्यकाबाट ४३, चितवनबाट ७ जना र रुपन्देहीको वुटवलबाट २० जना कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चक्काजाम गर्ने खोज्ने क्रममा केही कार्यकर्ताले शहरी विकास कार्यालयको बसमा तोडफोड समेत गरेका छन् ।






comunist

विप्लव माओवादीले आज काठमाडौं उपत्यकासहित देशभर बिहान नौ बजेदेखि दश बजेसम्म चक्काजाम आह्वान गरेको थियो ।
सरकारले सुरक्षाकर्मी परिचालन गरि सर्लाहीमा सुकुम्वासी बस्तीमा दमन गरेकाले देशव्यापी आन्दोलनका कार्यक्रम अन्र्तगत आज चक्काजाम गरिएको केन्द्रीय सदस्य सुदीप मल्लले बताउनुभयो । उहाँले आगामी १० गतेसम्म विभिन्न बिरोधका कार्यक्रम गरिने बताउनुभयो ।
माओवादी बिप्लव समुहले गत शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरि आगामी साउन १० गतेसम्म विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो ।

Saturday, July 16, 2016

टर्कीमा सेनाको एक समुहले गरेको कु को प्रयास असफल

१ श्रावण , २०७३ /  टर्कीमा सेनाको एक समुहले गरेको कु को प्रयास असफल भएको छ । सेनाप्रमुखलाई बन्धक बनाई एक समुहले आज बिहान सत्ता आफ्नो नियन्त्रणमा लिएको दावी गरेको थियो । सेनाको सो समुहले राष्ट्रिय टेलिभिजनमा वक्तव्य जारी गर्दै सत्ता आफ्नो कब्जामा लिएको घोषणा गरेको थियो । 


राष्ट्रपति रिजेप तैयप एर्दोआनले अंकारामा आफ्ना समर्थकलाइ सम्बोधन गर्दै कु को प्रयास पुर्ण रुपमा असफल भएको घोषणा गर्नुभएको हो । बन्धक बनेका सेना प्रमुखलाई समेत उद्धार गरिएको छ । कु प्रयासका क्रममा राजधानी अंकारा, ईस्तानाबुल लगायत मुख्य शहरमा सरकार समर्थित प्रदर्शनकारी र बिद्रोही सैनिकबीच झडप भएका थिए । दुई पक्षको भिडन्तमा १७ प्रहरी अधिकारी सहित ६० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सरकार समर्थित सुरक्षाकर्मीले बिद्रोहमा संलग्न झण्डै ८ सय जनालाई नियन्त्रणमा लिएका छन । 

त्यस्तै बिद्रोही सेनाका केहीले आत्मासमर्पण गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति एर्दोआनले सबै संयन्त्रमा सरकारी नियन्त्रण कायम राखेको बताउनुभएको छ । उहाँले लोकतन्त्रको रक्षाका लागी सडकमा आउन समेत सर्वसाधरण नागरिकलाई आह्वान गर्नुभएको छ । कु को प्रयासका क्रममा विद्रोही सैनिकले मुख्य बिमानस्थल नियन्त्रणमा लिनुका साथै संसद भवनमा आक्रमण गरेका थिए । बम प्रहारबाट संसद भवनमा ठुलो क्षती पुगेको टर्किस अधिकारीहरुले बताईएका छन् ।

बिद्रोही सेनाले हेलीकोप्टरबाट समेत बमबारी गरेको अधिकारीहरुले जनाएका छन् । राजधानी अंकारा लगायतका मुख्य शहरमा अहिले पनि सामान्य झडप जारी छ । विद्रोही सैनिकले केहि स्थानमा कव्जा गरेर आक्रमण जारी राखेका हुन । अंकाराको विमानस्थलबाट हुने सवै उडान रद्द गरिएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन सहित अमेरिका, बेलायत रुस लगायतले पनि टर्कीको पछिल्लो घटनाक्रमप्रति चिन्ता जनाउदै शान्ती र स्थिरताका लागी अपिल गरेका छन्  ।

कुबेतमा घरेलु कामदारको तलबमा बृद्धि

 १ श्रावण , २०७३ /  कुबेतले घरेलु कामदार हाउसमेडको न्युनतम तलबमा बृद्धि गरेको छ । उसले ४० कुबेती दीनारबाट ६० कुबेती डिनार झन्डै २१ हजार रुपैयाँ पुर्‍याएको हो ।


श्रोत देशहरुले हाउसमेडको तलब तथा सुरक्षाको विषयप्रति चिन्ता जनाउँदै पठाउन रोक लगाइरहेको अबस्थामा कुबेत सरकारले नयाँ तलबमान तोकेको हो । आन्तरिक मन्त्री शेख मोहमद खालिद अल सबाहले नयाँ तलबमान सार्बजनिक गरेका थिए ।

कुबेतस्थित नेपाली दुताबासले यसअघि नै नेपाली घरेलु कामदारको न्युनतम तलब ६० डिनार ९२०० डलर० दिने भएपछि मात्रै कामदार आपूर्ति गर्न स्वीकृति दिने गरेको थियो । नेपालले कुबेतमा हाउसमेड पठाउन दुई बर्षदेखि नै बन्द गरेको भएपनि तेश्रो बाटो हुदै तस्करी हुने गरेको छ ।

नेपालले संस्थागत रुपमा हाउसमेड पठाउनको लागि नयाँ निर्देशिका तय गरेको छ । जसमा कुबेतको लागि ३ सय अमेरिकी डलर अर्थात झन्डै ९० केडी हुनुपर्ने उल्लेख छ ।‘गन्तब्य देशले जति तोक्छ । त्यति नै लागु हुन्छ । कि हामीले हाम्रा कामदारलाई यति भन्दा नदिने हो भने पठाउँदैन भन्न सक्नुपर्छ, कुबेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले भने, ‘होइन भने कुबेतसँग द्धिपक्षीय श्रम सम्झौता गर्नु पर्छ ।’

नेपालले हाउसमेड सम्बन्धी दुई पक्षीय श्रम सम्झौता गरेपछि मात्रै घरेलु कामदार आपूर्ति गर्ने कुबेतलाई जानकारी दिएको छ । त्यसको लागि कुबेत र नेपालबीच श्रम सम्झौताको आन्तरीक तयारीमा जुटेको छ । तस्करीको शैलीमा कुबेत पुगेका घरेलु कामदार र रोजगारदाताबीच सम्झौता भए अनुसार तलब लिइरहेको छ । यस्तो अबस्थामा कुबेतले ल्याएको नयाँ मापदण्डले उनीहरुलाई ठूलो राहत मिलेको छ ।

कुबेतले तलबमानसँगै उनीहरुले पाउने अरु सेवासुविधाको विषय पनि सार्बजनिक गरेको छ । जसमा साप्ताहिक बिदा, बार्षिक ३० दिन बिदा, आराम सहित १२ घण्टा काम, बार्षिक एक महिना उपदान दिनुपर्ने उल्लेख छ ।
नेपाली दुताबासका अनुसार हाल कुबेतमा करिब २६ हजार नेपाली घरेलु कामदार कार्यरत छन् 

सरकारले विदेशी पाहुनालाई राख्न ‘स्विट’ भवन बनाउने


१ श्रावण, २०७३ ,काठमाडौँ / नेपाल ट्रष्ट कार्यालयले नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुनालाई राख्न भवन स्विट निर्माण गर्ने प्रस्ताव अघि सारेको छ।


नेपाली मौलिक कला र संस्कृतिअनुसार अत्याधुनिक सुविधा सम्पन्न २५ वटा भवन निर्माण गर्ने प्रस्ताव कार्यालयले सरकारसमक्ष राखेको छ । यस्ता भवन आफ्नै जग्गामा निर्माण गर्न सरकारसमक्ष प्रस्ताव अघि सारेको ट्रष्टका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा असार ३१ गते शुक्रबार बसेको नेपाल ट्रष्ट सञ्चालक समितिको ३९ औं बोर्ड बैठकमा ट्रष्टले यस्तो प्रस्ताव अघि सारेको उनले जानकारी दिए। समितिका अध्यक्ष उपप्रधानमन्त्री एवम् गृहमन्त्री भीम रावलको अध्यक्षतामा बसेको सो बैठकले ट्रष्टका नाममा आएका जग्गा, जमिन तथा भवन भाडामा लगाउने, नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुना राख्न भवन स्विट निर्माणलगायतका एजेन्डालाई अनुमोदन गरेको थियो।

हाल ट्रष्टले पूर्व राजपरिवारका नाममा रहेका करिब २५ हजार ६०० रोपनी जग्गा आफ्नो नाममा ल्याएको छ। व्यापारिक उपयोग देखिएका जग्गालाई ट्रष्टले भाडामा दिन सुरुवात् गरिसकेको सचिव उपाध्यायले बताए। सो अवसरमा प्रधानमन्त्री ओलीलाई सचिव उपाध्यायले आव २०७०र७१ र २०७१र७२ को ट्रष्टको वार्षिक प्रतिवेदन बुझाएका थिए।

ट्रष्टको ऐनअनुसार ट्रष्टले वार्षिक प्रतिवेदन प्रमसमक्ष बुझाउने र प्रमले संसद्समक्ष प्रस्तुत गर्ने प्रावधान रहेको छ। ट्रष्टको सञ्चालक समितिको ४०औँ बैठक यही साउन ३ गते बस्ने बताइएको छ।       रासस

धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न कानुनविद्को सुझाव


१ श्रावण, २०७३,काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन अवधिमा नयाँ सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएपछि  कानुनविद्ले संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न सकिने सुझाव दिएका छन्। वर्तमान सरकारको विरुद्धमा संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेस–माओवादी केन्द्रले नयाँ सरकार गठन र संवैधानिक व्यवस्थाका विषयमा शनिबार कानुनविद्सँग छलफल गरेका थिए।


कांग्रेस संसदीय दलको कार्यलय सिंहदबारमा भएको छलफलमा कानुनविद्हरुले वर्तमान सरकार पनि संविधानको धारा २९८ अनुसार गठन भएको, सोही धारा अनुसार नै अविश्वासको प्रस्ताव दर्ता भएकाले सोही धारा अनुसार नयाँ सरकार गठन गर्न सकिने सुझाव दिएको छलफलमा सहभागी कानुनविद् सूर्य ढुंगेलले जानकारी दिए। व्यवस्थापिका संसद कार्यसंचालन नियमावलीको नियम ४९ र १६० मा पनि संविधानको धारा २९८ अनुसार नै नयाँ सरकार गठन हुने उल्लेख भएकाले नयाँ सरकार गठनमा कुनै संवैधानिक जटिलता नभएको कानुनविद्ले सुझाव दिएका थिए। देउवा  र दाहालले १८ जना कानुनविद्सँग परामर्श गरेका थिए।

माओवादीले समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। तर प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने, अविश्वासको प्रस्तावको सामना गर्ने बताइरहेका छन्। संविधानमा गरिएको संक्रमणकालीन व्यवस्था सम्बन्धी धारा २९८ को उपधारा ९२० मा यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका संसदको अधिवेशन चलिरहेको रहेछ भने यो संविधान प्रारम्भ भएको मितिले र अधिवेशन चलिरहेको छ भने धारा २ सय ९६ को उपधारा ृ९६० बमोजिम आह्वान गरिएको व्यवस्थापिका–संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ।

उपधारा २ अनुसार सहमतिको सरकार गठन हुन नसकेमात्र धारा २९८ कै उपधारा ३ बमोजिम बहुमतको सरकार गठन हुने व्यवस्था संविधानमा छ। ओली सरकार यही व्यवस्था अनुसार निर्वाचित भएको हो। संविधानमा सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित भए प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था गरिए पनि संविधानकै संक्रमणकालीन व्यवस्थामा भने पदमुक्त भएको अवस्थामा नयाा सरकार कसरी गठन हुने भन्ने प्रष्ट व्यवस्था छैन। ओलीले यही व्यवस्थालाई टेकेर संक्रमणकालीन अवधि ९२०७४ माघ ७० सम्म आफ्नो नेतृत्वको सरकारको विकल्प नरहेको सन्देश दिएका हुन्। यही व्यवस्थाका कारण आफूले राजीनामा दिएपनि  कामचलाउ सरकारका रुपमा रहने उनको आशय हो। ओलीले राजीनामा नदिन अडान लिइरहेका बेला  देउवा र दाहालले कानुनविद्सँग छलफल गरेका हुन्।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...