Monday, November 2, 2015

उपप्रधानमन्त्री थापा अाज जेनेभा प्रस्थान गर्दै

१६ कार्तिक,काठमाडौं /  उपप्रधानमन्त्री तथा परराष्टमन्त्री कमल थापा स्वीट्जरल्याण्डको जेनेभामा हुने हृयुमन राइट्स काउन्सिलको बैठकमा सहभागी हुन अाज त्यसतर्फ प्रस्थान गर्दैछन्। थापाले मधेसी मोर्चासँगको वार्ता सकारात्मक बनेको र प्रधानमन्त्री केपी शर्मा अोलीले अन्तराष्ट्रिय मञ्चमा नेपालको पछिल्लो अवस्थाबारे अवगत गराउनु अावश्यक देखिएको भन्दै जेनेभा जान मन्त्री थापालाइ निर्देशन दिएको बताइएको छ। थापाले सोही निर्देशन पालन गर्दै त्यसतर्फ जान लागेको ट्विट मार्फत जनाएका छन्। 

मधेसी मोर्चासँगको वार्ताका लागि सरकारी वार्ता टोलीको संयोजक रहेका कारण मुख्य दायित्व छाडेर विदेश जानु उचित नहुने भन्दै थापाले यसअघि भ्रमण रद्द गरेको जनाएका थिए।

चीनले दिएको तेल लिएर १२ वटा टयाङ्कर आज काठमाडौँ आउँदै


१६ कात्तिक,काठमाडौं /  चीनले दिएको अनुदानको तेल भर्न हिजो रसुवागढी नाकाबाट केरुङ गएका १२ वटा टयाङ्कर आज काठमाण्डु फर्किंदैछन् । तीनवटा ट्याङ्कर तेल बोकेर अस्ति नेपाल भित्रिएको र हिजो गएका नौवटा ट्याङ्कर टिमुरेस्थित भन्सार क्षेत्रमा ल्याइएका छन् ।

नेपाल आयल निगमका प्रवक्ता दीपक बरालका अनुसार आज एकैसाथ १२ वटा ट्याङ्कर काठमाडौँ आउने र थप चार वटा भने फेरि तेल भर्न केरुङ पठाइनेछ ।

 चीनले नेपाललाई दिएको अनुदानको पेट्रोलियम पदार्थको तीन करोड ६४ लाख भन्सार नेपाल आयल निगमले भन्सार कार्यालयलाई बुझाइसकेको भन्सार अधिकृत श्याम बस्नेतले जानकारी दिनुभयो ।

वीरगञ्ज तनावग्रस्त, ५० राउन्ड अश्रुग्यास प्रहार,५ सय भारतीय गाडी भारतीय क्षेत्रमा प्रवेश

१६ कार्तिक /  मधेसी मोर्चाका आन्दोलनकारी हटाएर  सुरक्षाकर्मीले केही बेर वीरगञ्ज नाका खुलाएसँगै वीरगञ्ज तनावग्रस्त भएको छ। बस पार्क क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ। सो ठाउँको स्थितिलाइ नियन्त्रणमा लिन प्रहरीले ५० राउन्डभन्दा बढी अश्रुग्यास चलाएको छ। वीरगञ्जमा अलपत्र करिब ५ सय भारतीय गाडी भारतीय क्षेत्रमा प्रवेश गरेसँगै वीरगञ्ज क्षेत्र तनावग्रस्त बनेको हो। आन्दोनलरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुको धर्नाका कारण ४० दिनदेखि अवरुद्ध विरगंज नाका प्रहरीले बल प्रयोग गरेर खोलेको छ ।

आज विहानै प्रहरीले धर्नामा रहेका मोर्चाका कार्यकर्ताहरुलाई बल प्रयोग गरेर धर्ना स्थलबाट लखेटेपछि नाका खुलेको हो । नाकामा सुतिरहेका धर्नाकारीहरुलाई विहान ४ बजे प्रहरीले लखेटेको हो । अहिले सो क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले भारतबाट नेपाल सामान ल्याएर खाली रहेका ट्रकहरु भारत तर्फ फिर्ता गराउन थालिएको छ । त्यसपछि रक्सौलमा थन्किएर बसेका मालवाहक सवारी साधनहरु नेपाल भित्राउने तयारी भईरहेको छ । तर अहिलेसम्म भारततर्फबाट सामान बोकेका सवारी साधन नेपाल आईसकेका छैनन ।

कोइराला यसै साता अमेरिका जाने


१६ कार्तिक /  नेपाली काग्रेसका सभापति सुशील कोइराला यसै साता अमेरिका जाने भएका छन । उनी नियमित स्वास्थ्य जाँचको लागि अमेरिका जान लागेका हुन ।

उनी आफ्ना सहयोगीहरु मृदुला कोइराला र अतुल कोइरालालाई साथमा लिएर त्यसतर्फ जान लागेको कोइराला निकट स्रोतले जनाएको छ । कोइरालाको जिब्रोको क्यान्सरको उपचार गरिएको थियो । अहिलेको अमेरिका यात्रामा त्यसैको फलोअप चेक गराईने छ ।

१० दिनसम्म अमेरिकामा रहने कोइरालाले त्यहाँ रहँदा संयूक्त राष्ट्र संघका महासचिव बान कि मुन सहित अमेरिकी नेताहरुलाई भेट्ने तयारी गरिएको छ । कोइराला यसअघि संयूक्त राष्ट्र संघको महासभामा माग लिन जाँदा नै उपचार गर्ने योजनामा रहेकोमा नेपालको असहज अवस्थाका कारण उनले आफ्नो भ्रमण रद्द गरेका थिए ।

Thursday, October 15, 2015

एमाओवादीका ६ मन्त्रीको टुंगो आज लाग्ने


२९ असोज, काठमाडौं /  एकीकृत नेकपा माओबादिले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको आज टुंगो लगाउने भएको छ । एकीकृत माओबादिका तर्फबाट सहभागि हुने ६ जना मन्त्रीहरुको टुंगो आज पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले लगाउने नेता दीनानाथ शर्माले  बताउनुभयो ।
एकीकृत नेकपा माओवादीका गृहमन्त्रीको टुङ्गो लागेपनि अरु मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेमा विवाद देखिएको छ । यसअघि गृहमन्त्री वा उपप्रधानमन्त्रीको दावी गरिरहनु भएका टोपबहादुर रायमाझिले कम्तिमा तीनजना आफ्नो सिफारिसका मन्त्री बन्नुपर्ने बताउनुभएको छ । हिजो माओबादीले सभामुखमा ओन्सरी घर्तिमगर र उपप्रधान तथा गृहमन्त्रालयमा कृष्णबहादुर महराले प्रतिनिधित्व गर्ने निर्णय गरिसकेको छ ।

राप्रपा नेपालले यादवलाई उपसभामुखको उम्मेद्वार बनाउने

२९ असोज, काठमाडौं / राप्रपा नेपालले उपसभामुखमा उम्मेद्वारी दिने भएको छ । आज बिहान बसेको राप्रपा नेपालको हाइकमान्ड बैठकले सांसद गंगाप्रसाद यादवलाई उपसभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

सत्तारुढ दलसँग बिहीबार भएको छलफल अनुसार सभाुमखका लागि एमाओवादी उम्मेद्वार ओनसरी घर्तीलाई मतदान गर्ने र उपसभामुखमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको श्रेष्ठले बताए ।
यादव राप्रपा नेपालको समानुपाति सांसद तथा पार्टीको केन्द्रीय सदस्य हुन् ।

सभामुखका लागि आज निर्वाचन हुँदै

२९ असोज, काठमाडौं / व्यवस्थापिका संसदको सभामुख र उपसभामुख चयनका लागि आज मतदान हुँदैन । दलहरुको सहमतिका आधार सभामुख र उपसभामुख चयन गर्न नसकेपछि बहुमतका आधार चयन गर्न निर्वाचन हुन लागेको हो ।

संसद सचिवालयले निर्वाचनको कार्यतालिका समेत तयार पारेको छ । उक्त तालिका अनुसार बिहान साढे ११ बजेदेखि दुई बजेसम्म सभामुख र उपसभामुखको लागि उम्मेद्वारी दर्ता गर्नुपर्ने र तीन बजेदेखि निर्वाचन गर्ने तयारी रहेको छ । उपसभामुख चयनका लागि भने पाँच बजेपछि निर्वाचन हुनेछ । संविधानको धारा २९९ मा सहमतिका आधारमा सभामुख र उपसभामुख चयन गर्न नसके बहुमतका आधारमा निर्वाचन गर्ने व्यवस्था गरिएको छ ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...