Sunday, October 4, 2015

आपूर्ति सुचारु पार्न भारतीय भन्सार प्रमुख सहमत, तेल प्राथमिकतामा

 काठमाडौं/  डेढ हप्तादेखि ठप्प रहेको विराटनगर भन्सार नाका पूर्ववत सञ्चालन गर्न दुई देशका भन्सार प्रमुखहरु, ट्रान्सपोर्टर र भन्सार एजेन्टहरु सैद्धान्तिक रुपमा सहमत भएका छन्।
विराटनगर भन्सारका प्रमुख कृष्ण बस्नेत तथा उनका भारतीय समकक्षी प्रनेस गुप्ता सहभागी बैठकले भारतीय क्षेत्रमा रोकिएका पेट्रोल ट्याङ्कर लगायत मालबाहक गाडी सकेसम्म छिटो नेपाल पठाउने निर्णय गरेको छ। बैठकले ४ बुँदे निर्णय गर्दै एक्कासि नाका खुल्दा हुने चाप व्यवस्थापन गर्न विराटनगर भन्सारमा हेल्प डेस्क स्थापना गर्ने निर्णय पनि गरेको छ।

भारतीय पक्ष आपूर्ति सहज पार्न सैद्धान्तिक रुपमा सहमत भए पनि आइतबार अपरान्हसम्म कुनै गाडी नेपाल भित्रिएका छैनन्। बैठकपछि पत्रकार सम्मेलन हुँदैछ त्यसपछि गाडी छोड्ने सम्भावना छु, नेपाली पक्षबाट बैठकमा सहभागी एक जना प्रतिनिधिले नागरिकन्युजसँग भने।

बैठकमा दुवै देशका ट्रान्सपोर्टर, भन्सार एजेन्ट सहभागी थिए। मोरङ व्यापार संघ, उद्योग संगठन मोरङका प्रतिनिधि समेत बैठकमा थिए। यो बाहेक दुवै मुलुकका स्थानीय सुरक्षा प्रमुखहरु बैठकमा सहभागी थिए। भन्सार नाका पूर्वत सञ्चालन गर्ने निर्णय भए पनि मधेसी मोर्चाका कार्यकर्ताले जोगबनी नाकामा धर्ना जारी राखेका छन्। भन्सार नाकाको दुई नम्बर ढाटमा उनीहरु पाल टाँगेर बसिरहेका छन्।

ओलीलाई प्रधानमन्त्रीको उमेद्वार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले केपी ओलीलाई प्रधानमन्त्रीको उमेद्वार बनाउने निर्णय गरेको छ ।आइतबार विहान बसेको पार्टी संसदीय दलको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सर्बसम्मत निर्णय गरेको हो ।

सहमतीय आधारमा ओलीलाई प्रधानमन्त्री बनाउन एमालेले अन्य दलहरुसँग छलफलका लागि ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।
कार्यदलमा अध्यक्ष केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्षद्वय विद्या भण्डारी र वामदेव गौतम रहेको सचिव प्रदीप ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए ।
गत शुक्रबार राष्ट्रपति डा. रामवरण यादवले ७ दिनभित्र सहमतीको आधारमा नयाँ सरकार गठन गर्न दलहरुलाई समयसीमा दिएका थिए । राष्ट्रपतिले दिएको समयसीमा भित्र सहमति नभए बहुमतीय प्रक्रिया सुरु गर्ने संवैधानिक व्यवस्था छ ।

जसको बहुमत उसकै सरकार बनाउने अभियानमा कांग्रेस एमाले





काठमाडौं /  सहमतिको सरकार बन्ने सम्भावना नभएपछि अब दलहरु अबबहुमतिय बाटोमा लागेका छन् । राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकारका लागि शुक्रबार सात दिनको समय दिए पनि दलहरूले त्यसतर्फ घनीभूत छलफल सुरु गरेका छैनन् । प्रमुख दल कांग्रेस एमाले जसको बहुमत उसकै सरकारका रुपमा अघि बढेका छन् ।
यसअघि कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँदा भएको सातबुँदे र २५ जेठमा १६ बुँदे सहमति गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँँ सरकार बनाउने ‘भद्र सहमति’ भए पनि ओली आफैँले आफ्नो नाममा सहमतिका लागि औपचारिक रूपमा कुनै पहल गरेका छैनन् ।
राष्ट्रिय सहमति भनेर पाँच सय ९८ कै सहमति नहुन सक्छ, तर एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने कुरामा कांग्रेस, एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक यसअघि नै सहमत भइसकेको एमाले उपसचिव विष्णु पौडेलले दाबी गरे ।





उपल्लो मुस्ताङमा चीनतिरबाट पेट्रोल, नाका खोल्न तिब्बत इच्छुक

१७ असोज/   चीनतिरबाट पेट्रोलियम पदार्थ ल्याउन लागि उत्तरी मुस्ताङको कोरल्ला नाका प्रयोग गर्न सकिने देखिएको छ। दुई सरकारको तहमा निर्णय भए अन्य सामग्री समेत यो नाकाबाट सहजै आपूर्ति गर्न सकिन्छ। उपल्लो मुस्ताङमा सञ्चालन हुने सवारी साधनले चीनको स्वशासित क्षेत्र तिब्बतबाट पेट्रोल लिँदै आएका छन्।

नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन्। मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको लोमान्थाङमा भएको वार्ताका क्रममा छिटो नाका खोल्नका लागि इच्छुक देखिएका हुन् ।

वार्ताका क्रममा नाका सञ्चालन गराउन चीन सरकारले नै निर्णय गर्नुपर्ने र त्यसका लागि आफूहरुले पहल गर्ने तिब्बती अधिकारीहरुले आश्वासन दिएको सीमा प्रशासन कार्यालय मुस्ताङका प्रमुख कृष्णराज ढकालले जानकारी दिए।
तत्काल नाका सञ्चालनका लागि तिब्बती अधिकारी इच्छुक देखिनुभयो सीमा प्रशासन कार्यालय प्रमुख ढकालले भने – त्यसका लागि बेइजिङबाट नै निर्णय गर्नुपर्ने भएकाले दुईपक्षीय सरकारले गर्नुपर्छ भन्ने राय आयो केन्द्रले चीन सरकारसँग सहमति गर्नुपर्छु नेपालका परराष्ट्र सचिव र चीनका रातदूतका बीचमा सन् २००३ मा यो नाका सञ्चालन गर्नका लागि सम्झौता भएको थियो।

सन् २०१२ मा पनि यस्तै सम्झौता भए पनि नाका सञ्चालन हुन सकेको छैन। कोरल्ला नाकाबाट पोखरा २०० किमी टाढा छ भने भारतसँगको सुनौली नाकासम्म मुस्ताङ–म्याग्दी–पर्वत–स्याङ्जा–पाल्पा हुँदै जम्मा ३४४ किमी पर्छ।

अहिले मुस्ताङका लागि मात्रै भए पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने प्रयास थालिएको हो। कोरल्ला नाका तत्काल सञ्चालन गर्न सकिने व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सञ्चालन गर्न आवश्यक देखेर तिब्बती पक्षको धारणा बुझ्न मुस्ताङका सीमा प्रशासकलाई खटाइएको थियो। नाकामा तिब्बतले तारबार र ढोकासमेत लगाएका कारण प्रारम्भिक चरणमा ढोका खोलेर आवागमन सहज बनाउनका लागि प्रयास भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताए।

सडकको पहुँचसमेत पुगेको र भत्केको सडक मर्मतका लागि मुस्ताङमा सुरक्षाकर्मी र स्थानीयवासी समेत कुटोकोदालो बोकेर लाग्न तयार भएर बसेको प्रजिअ बरालले बताए। ुसबै हिसाबले महत्वपूर्ण हुने यो नाका खुलाउनका लागि हाम्रोतर्फबाट पहल भइरहेको छ। दुई देशका बीचमा सम्झौता भइसकेकाले अब सञ्चालनका लागि कूटनीतिक पहल गरे मात्रै पुग्छ, उनले भने – चीनलाई सुरक्षाको प्रत्याभूति दिएर नाका खोल्न सकिन्छ।
अहिले त्यहाँ धेरै समयपछि सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय राखिएको छ भने नेप्चुङमा भन्सार कार्यालयसमेत सञ्चालनमा आइसकेको छ ।

नाका सञ्चालन गर्न र सुक्खा बन्दरगाह बनाउनका लागि अहिले सीमा क्षेत्रमा जग्गा अधिग्रहणको काम अघि बढाइएको छ। भन्सार, सुरक्षा निकायका लागि ५०० रोपनीभन्दा बढी जमिन अधिग्रहणका लागि काम भइरहेको उनले जानकारी दिए।

वि.सं ०६२र६३ अघिसम्म यो नाका खुला थियो। दुवै देशका सीमा क्षेत्रका नागरिक सजिलै आवतजावत गर्न र दैनिक उपभोग्य सामान किनबेच गर्न सक्थे। त्यसपछि चिनियाँ पक्षले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएपछि नाका बन्द भएको मुस्ताङका पत्रकार तिलक विश्वकर्माले बताए। चिनियाँ पक्षले सीमा क्षेत्रमा सेना नै परिचालन गरेर नेपालीलाई प्रवेशमा रोक लगाएको धार्मिक दृष्टिले पनि यो नाका महत्वपूर्ण रहेको छ । रासस

Monday, September 21, 2015

हिन्दु यूवा मञ्चद्धारा धर्म यूद्धको घोषणा

धर्म निरपेक्ष लेखिएको धारा च्यातियो



काठमाडौ, ४ असोज । हिन्दु राष्ट्र स्थापनाको माग राख्दै लामो
१७ दिन सम्म राजधानीको खुल्ला मञ्चमा आमरण अनसन कार्यक्रम आयोजना गरेको मञ्चले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले आफूहरुसँग सहमति गरेर ३६ घण्टा भित्र हिन्दु राष्ट्र कायम गर्ने प्रतिबद्धता ब्यक्तगरे पनि धोका दिएर धर्म निरपेक्ष संविधान जारी गरेको भन्दै त्यसलाई उल्टाउन दिर्घकालिन धर्म यूद्धको घोषणा गरिएको स्पष्ट पारिएको हो ।
पत्रकार सम्मेलनमा नै मञ्चले धर्म निरपेक्ष लेखिएको धारा ४, धर्म परिवर्तनको ब्यवस्था गरिएको धारा २६ लाई च्यातेर यूद्धको घोषणा गरिएको थियो ।
पत्रकार सम्मे.लनमा बोल्दै राष्ट्रिय हिन्दु युवा आन्दोलन नेपालका संयोजक सागर कटुावालले षडयन्त्रमुलक रुपमा हिन्दु राष्ट्र हटाईएको भन्दै आफूहरु अब हिन्दु राष्ट्र पुन स्थापित नहुन्जेलसम्म हिन्दुबादी संघ सस्थाहरुलाई गोलबन्द गरेर धर्म यूद्धमा जाने चेतावनी दिए । यद्यपि उनले आफूहरुको आन्दोलन अहिंसात्मक हुने स्पष्ट पारे ।
राष्ट्रिय हिन्दु यूवा मञ्च नेपालका संयोजक प्रेमनिधी भारद्धाजले धर्म निरपेक्षता मुलुकप्रतिको गद्दारी भएको भन्दै संविधान पारित गर्दा तालिबजाउने सभासदहरुलाई समेत गद्दार घोषणा गरे । उनले सबै हिन्दुबादीहरुलाई एकजुट बनाएर धर्म यूद्ध गर्ने बताए ।
समयदेखि आन्दोलनरत राष्ट्रिय हिन्दु युवा मञ्च नेपालले धर्म निरपेक्ष संविधान बहिस्कार सहित धर्म यूद्धको घोषणा गरेको छ ।

प्रधानमन्त्रीद्धारा बार्तामा आउन असन्तुष्ट पक्षलाई पुनःआब्हान



काठमाडौ, ४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट
संविधान जारी भएको खुसीयालीमा सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई संबोधन गर्दै उनले भने–संविधान जारी भएपछि एकताको अवसर झनै बढेको छ । तराई मधेस, थारु, जनजातिको असन्तोष र सरोकारलाई सहमति,सहकार्य र मेलमिललको बाटोबाट समाधानको बाटोमा हिड्न सकिन्छ । त्यसकोलागि म सधै पहल गर्छु र बार्ताको लागि आब्हान गर्छु ।

प्रधानमन्त्रीले असन्तुष्टहरुले भने जस्तो सामाजिक न्यायको हकमा समानुपातिक समावेशीता राख्ने, सीमांकन संबादबाट हल गर्न सकिने स्पष्ट पारे ।
उनले अब देश विकास र पुर्ननिर्माणमा जुट्नु पर्ने आवश्यकता भएको भन्दै त्यसकोलागि भारत र चिनसहित अन्तर्राष्ट्रियमित्रहरुसँग मिलेर अगाडि बढ्ने बताए । २००७ सालदेखिको जनताको चाहना पुरा भएकोले यो सबैको खुसीको कुरा भएकोले अब सबै मिलेर यसको कार्यान्वयन गर्नु पर्ने अवस्था रहेको बताए ।

झापामा हवाई फायर

 
४ असोज/  नयाँ संविधानको विरोध गर्दै झापाको बिर्तामोडमा असन्तुष्ट पक्षले आज पनि प्रर्दशन जारी राखेका छन् । बिर्तामोडस्थित मुक्तिचौकमा प्रर्दशनकारीले आज दिउँसो संविधान जलाउने तयारी गरेपछि त्यसलाई रोक्न खोज्ने प्रहरीमाथि ढुङ्गा प्रहार गरेको र त्यसको प्रतिकारमा प्रहरीले हवाई फायर गरेको हो ।

संविधान जारी भएको खुसियालीमा प्रमुख तीन दलसहित स्थानीय जनताले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिर्तामोडमा सयौं सर्वसाधारण आइरहेका बेला प्रर्दशनकारीले संविधानको प्रति जलाउन खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । सोही क्रममा प्रहरीमाथि आक्रमण भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

केही प्रदर्शनकारीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको प्रर्दशनकारीको नाम भने खुल्न सकेको छैन । संविधानको विरोध गर्दै आइतबारदेखि अरुण पूर्वका नौ जिल्लामा सङ्घीय लिम्बूवान पार्टी नेपाल सहित ३३ दलीय सङ्र्घष समितिले आम हडतालको आयोजना गरेको छ । आम हडतालका कारण पूर्वमा लामो तथा छोटो दूरीका कुनै पनि सवारीका साधन सञ्चालनमा आउन नसकेको अञ्चल प्रहरी कार्यालय मेचीले जनाएको छ । रासस

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...