Sunday, April 30, 2017

महाअभियोग प्रस्ताव, अधिनायकवाद शासनको पूर्व अभ्यास : एमाले

प्रमुख प्रतिपक्षी एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथी महाअभियोग लगाउने कंग्रेस र माओवादीको प्रस्ताव अधिनायकवादी शासनको पुर्व अभ्यास भएको बताएको छ । 
 
सरकार एकपछि अर्को गर्दै राज्यका सबै अंगमा हस्तक्षप गर्दै अघि बढेको उल्लेख गर्दै एमालेले त्यस्ता अलोकतान्त्रिक कदमको बिरुद्धमा उत्रने चेतावनी दिएको छ । एमाले सचिव योगेश भट्टराईले एक निडर र व्यवसायिक प्रधानन्यायाधीशमाथि लगाईएको महाअभियोग प्रस्ताव लोकतान्त्रिक राज्य व्यवस्थामाथिको नाङ्गो हस्तक्षेप गरेको बताउनुभयो ।
 
महाअभियोगको प्रस्तावको विपक्षमा उत्रने बताउँदै सचिव भट्टराईले कंग्रेस माओबादी इतिहासमा ठुलो मुल्य चुनाउनुपर्ने उल्लेख गर्नुभयो । यसैबीच, प्रधानन्यायाधीस कार्कीमाथी महाअभियोग लगाउने कंग्रेस र माओबादीको कदमको सत्तारुढ दल राप्रपाले पनि बिरोध गरेको छ । राप्रपाले प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव न्यायिक स्वतन्त्रतामाथिको गम्भिर आक्रमण भएको बताएको छ । 
 
पार्टी अध्यक्ष कमल थापाले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत् प्रधानन्यायाधिस कार्कीबिरुद्ध कंग्रेस माओबादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । त्यस्तै नयाँ शक्ति नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राज्यका सबै अंग एकपछि अर्को भत्काएर देशलाई असफल बनाउन लागेकै हो त ? भन्दै प्रश्न गर्नुभएको छ ।
 
महाअभियोगको हतियार दुरुपयोग हुदै गए लोकतन्त्र असुरक्षामा पर्ने उहाँको भनाई छ । त्यस्तै साझा पार्टीले महाअभियोग प्रस्ताव दर्तालाई लोकतन्त्रकै उपहार भएको ठहर गरेको छ । साझा पार्टीले आज विज्ञप्ति जारी गर्दै न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई अक्षुण राख्न महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको छ । यस्तो कार्यबाट लोकतन्त्र पनि संस्थागत नहुने र मुलुकलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन पनि नसकिने विज्ञप्तिमा उल्लेख छ ।
 
२०७४, वैशाख १७

गृहमन्त्री विमलेन्द्र निधी द्धारा पदबाट राजीनामा ।

गृहमन्त्री विमलेन्द्र निधी द्धारा प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रति असन्तुष्ट जनाउँदै पदबाट राजीनामा ।

वैशाख १७, २०७४

प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सिंहदरबारस्थित संसद सचिवलायमा नेपाली कंग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । 
 
 
महाअभियोग प्रस्तावमा कंग्रेसका १८९ र माओवादीका ६० गरेर २ सय ४९ सांसदले हस्ताक्षर गरेका छन् । कंग्रेसका तर्फबाट मिनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत सर्मथक रहेका छन् । 
 
 प्रहरी महानिरिक्षकको बढुवा सम्बन्धी विवादमा प्रधानन्यायाधीश कार्कीले कार्यपालिकाको क्षेत्राधिकार उल्लङ्घन गरेको भन्दै महाअभियोग दर्ता गराएको कंग्रेसका सांसद विश्वकर्माले जानकारी दिनुभयो । कार्कीले कार्यपालिकाको क्षेत्राधिकार नाघेकाले प्रधानन्यायाधीश पदका लागि योग्य नभएको विश्वकर्माले बताउनुभयो । 
 
एक तिहाई भन्दा बढी सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएसंगै प्रधानन्यायाधीश कार्की स्वत: निलम्बनमा पर्नु भएको छ । आगामी जेठ २४ गते प्रधानन्यायाधीश कार्कीले अवकाश पाउँदै हुनुहुन्छ ।
 
 
वैशाख १७, २०७४


संविधान संशोधनको पक्षमा मतदान गर्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
 
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बिहान बसेको संसदीय दलको बैठकले पछिल्लो पटक सरकारले व्यवस्थापिका–संसद्मा ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो । 
बैठकले वर्तमान अवस्थामा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको नेता दिपक बोहराले जानकारी दिनुभयो । पार्टी एकीकरण भएपछि राप्रपाको सासंद संख्या ३७ पुगेपनि आजको बैठकमा २७ जना मात्रै उपस्थित थिए । 
 
 
वैशाख १७, २०७४ 


पहिलो चरणको निर्वाचन बैसाख ३१ मै हुने प्रमको दावी

स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने नहुने अन्यौल बढीरहेका समय प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो चरणको निर्वाचन बैसाख ३१ मै हुने दावी गर्नुभएको छ ।
 
 नयाँ बानेश्वरस्थित संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनप्रति आशंका नगर्न सम्वद्ध सबैमा आग्रह गर्नुभयो । आसन्न स्थानीय तहको निर्वाचनका लागि पर्सी नोमिनेशन गरेर सबै दलले निर्वाचनको वातावरण बनाउने दाहालको भनाई थियो । 
 
दललाई निर्वाचनको वातावरण बनाउन संसद बैठक २१ गतेसम्म स्थगित गरिएको भन्दै प्रधानमन्त्री दाहालले संघीय गठबन्धन पनि निर्वाचनमा सहभागी हुने दाबी गर्नुभयो । राजनैतिक वातावरण बनाउन सबैपक्षसँग थप वार्ता र छलफल आबश्यक रहेको भन्दै उहाँले संविधान संसोधनको बिषय संसदको आगामी बैठकले टुंगो लगाउने जानकारी दिनुभयो । 


वैशाख १७, २०७४

विश्व चर्चित स्वीस आरोहीको लडेर मृत्यु

विश्वकै चर्चित आरोही स्वीज्रल्याण्डका उली स्टेकको सगरमाथा आरोहणका क्रममा आज मृत्यु भएको छ । दोश्रो शिविर /क्याम्प टु नजिकै खोंचमा खसेर उनको घटनास्थलमै मृत्यु भएको हो । 
 
आरोहण अभ्यासका लागि क्याम्प टु देखि क्याम्प थ्री तर्फ जानुपर्नेमा उनी नुप्चे हिमालतिर अघि बढेका थिए । हिमालयन उद्दार संघका आधारशिविर प्रमूख लाक्पानुर्बु शेर्पाका अनुसार उनी बाटो बिराएर नुप्चेतिर जाने क्रममा लडेको हुनसक्ने आशंका गरिएको छ । उनको शव उद्दार गरि हेलिकप्टर मार्फत लुक्ला ल्याईसकिएको छ । 
लुक्लामा प्रहरी मुचुल्का उठाई आजै साँझसम्म राजधानी पठाइने प्रहरीले जनाएको छ । ४१ वर्षिय उलीले पटक पटक विभिन्न हिमाल आरोहण गरेकै कारण ‘स्वीस मेसिन’ उपनाम दिइएको थियो । उनले यसअघि पनि सगरमाथा आरोहण गरिसकेका थिए ।
 
वैशाख १७, २०७४


Thursday, April 20, 2017

इलाममा यस्ता छन् सिफारिसमा परेका एमाले उम्मेदवारहरु

इलाम   एमालेले इलामले नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका अधिकाँश उम्मेदवारहरुको टुङ्गो लगाएको छ । एमाले इलामले दिएको जानकारी अनुसार इलाम नगरपालिकाको प्रमुखमा महेश बस्नेत सर्वसम्वत सिफारिस भएका छन् ।  उपप्रमुखमा तारा गुरुङ, सुशिला नेम्बाङ् र टीका भारद्धजको नाम सिफासिर गरेको छ । चुलाचुली गाउँपालिकाको अध्यक्षमा प्रदीपचन्द्र राई,ओमनारायण खनाल  र नारायण लावतीको नाम सिफरिस गरिएको छ भने, उपप्रमुखमा निर्मला दाहाल, मीना राई र गीता भट्टराईको नाम सिफारिस गरिएको एमाले जनाएको छ । 

त्यसैगरि देऊमाई नगरपालिकाको प्रमुख सूर्य पोख्रेल सर्वसम्मत भएका छन् भने उपप्रमुखमा पविमायाँ राई सर्वसम्मत भएकिछिन् । त्यस्तै सूर्योदय नगरपालिकाको प्रमुखमा आरबी राई, काजीमान कागते, सोनाम छिरिङ् र याम सुवेदीको नाम सिफारिस गरिएको छ भने उपप्रमुखमा दुर्गा भट्टराई, चित्रकला भट्टराई र सावित्रा गड्तौलाको नाम सिफारिस गरिएको छ ।
त्यस्तै माई नगरपालिकाको प्रमुखमा रत्न अधिकारी, दिपक थेवे, ध्रुब श्रेष्ठ, मेघनाथ गिरी र मोहन देवानको नाम सिफरिस गरिएको छ भने उपप्रमुखमा बिष्णुमायाँ आचार्य, हिमा भण्डारी र लक्ष्मी लावतीको नाम सिफारिस गरिएको छ । सिफारिसको अन्तिम निर्णय भोली बस्ने नगर संगठन सचिवाय कमिटीको बैठकले गर्नेछ ।

माङ्सेबुङ्ग गाउँपालिकाको अध्यक्षमा हेमन्त राई र उपाध्यक्षमा सुनिता योङ्हाङ सर्वसम्मत भएकाछन् । त्यस्तै फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा दिपेन्द्र खनाल, नरेन्द्र लिम्बु र प्रेमराज लिम्बुको नाम सिफारिस गरिएको छ भने उपाध्यक्षमा सरस्वती राई, विमलादेवी शर्मा र गायत्रा रेग्मीको नाम सिफारिसमा परेको छ ।
त्यस्तै सन्दकपुर गाउँपालिकाको अध्यक्षमा उदय राई र उपाध्यक्ष शोभा पराजुली सर्वसम्मत भएकाछन् । माईजोगमाई गाउँपालिकाको अध्यक्षमा जितबहादुर राई, याम अधिकारी र शिखरनाथ सापकोटाको नाम सिफारिस गरिएको छ भने, उपाध्यक्षमा सावित्रा भट्टराई र यमुना घिमिरेको नाम सिफारिस गरिएको छ ।

रोङ्ग गाउँपालिकाको अध्यक्षमा बृहस्पति खतिवडा, मेहेरमान तामाङ्ग, दौलत राई र तेजराज (राजन) बरालको नाम सिफारिस गरेको छ भने, उपाध्यक्ष्मा बिष्णु खवास, कमला तामाङ्ग र सीता न्यौपानेको नाम सिफारिस गरेको छ । ती नामहरुको अन्तिम टुङ्गो प्रदेश कमिटीको बैठकले लगाउनेछ ।

२०७४,बैसाख ७

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...