Friday, September 1, 2017

दमकको ओम सत्य साई ट्रेडसमा भिषण आगलागी, २ करोड भन्दा बढीको लत्ता कपडा जले


झापाको दमक ६ स्थित वेलडाँगी रोडको ओम सत्य साईराम ट्रेडसमा भिषण आगलागी हुँदा २ करोड भन्दा बढीको लत्ता कपडा जलेर नष्ट भएको जनाइएको छ । रेनुका पराजुली प्रबन्ध निर्देशक रहेको यस ट्रेडर्समा २ करोड भन्दा बढीका सामान जलेको संचालक गणेश पराजुलीले बताउनु भयो ।
विद्युत सर्टभई आगो लागेको हुन सक्ने जनाइएको छ । ढेड घण्टाको प्रयासमा आगोलाई स्थानीयवासी, प्रहरी र दमक नगरपालिकाको दुईवटा दमकलले नियन्त्रणमा लिएको छ । प्रहरीले भने यसको विवरण संकलन गर्ने कार्य जारीरहेको जनाएको छ । 

२०७४ भदौ, १६

Monday, May 15, 2017

मुस्ताङमा मतगणना तीब्र, केही वडामा एमाले बिजयी

मुस्ताङमा स्थानीय तह निर्वाचनको मतगणना आज बिहानैदेखि भइरहेको छ । ५ वटै गाउँपालिकामा धमाधम गणना कार्य चलिरहेको प्रमुख निर्बाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो । 
पछिल्लो मत परिणाम अनुसार, काग्रेसबाट बागी उम्मेदवार बनेकाहरु आधिकारिक कांग्रेस उम्मेदवारलाइ उछिनेका छन् । कांग्रेसलाइ आफ्नै बागी उम्मेदवारका कारण मत परिणाममा असर पर्ने धेरैको अनुमान छ ।  स्वतन्त्र भनिएका उम्मेदवार कांग्रेसका बागी हुन् ।

कांग्रेसको मत बिभाजनका कारण यहांका केहि गाउँपालिका वडामा एमाले बिजयी भएको छ । बाह्गाउँ मुक्तिक्षेत्रको ५ नं वडाका अध्यक्ष सहित ४ जना सदस्य एमाले बिजयी भएको निर्बाचन अधिकृत बन्धु बांस्तोलाले बताउनुभयो । 

२ बजेसम्मको मतपरिणाम अनुसार, ५ गाउँपालिका मध्ये तिनवटामा एमालेका अध्यक्षले अग्रता लिएका छन् । थासाङ गाउँपालिकामा एमाले, घरपझोङमा एमाले, बाह्गाउँ मुक्तिक्षेत्रमा एमाले, दालोमे गाउँपालिकामा स्वतन्त्र र लोमान्थाङ गाउँपालिकामा एमाले अगाडी देखिएको छ । 

जेष्ठ १, २०७४   


Sunday, May 14, 2017

पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजा

पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजा

 नेपाली कांग्रेसनेकपा एमालेमाओवादी केन्द्रराप्रपाफोरम-नयाँ शक्तिअन्य
  
जित
अग्रता१४२५११००००

चार महानगरपालिकाको मत परिणाम

काठमाडौंललितपुरभरतपुरपोखरा
राजुराज जोशी००००चिरीबाबु महर्जन३६७देवी ज्ञवाली००००रामजी कुँवर००००
बिद्यासुन्दर शाक्य००००हरिकृष्ण व्यञ्जनकार३०९रेणु दाहाल००००मानबहादुर जिसी००००
सर्वोत्तम डंगोल००००दिनेश महर्जन (दीपेश)११२ब्रद्रि तिमल्सिना००००गीता गुरूङ००००
पवित्र बज्राचार्य००००मदन महर्जन००००सूर्यप्रसाद तिमित्सिना००००हुमबहादुर तमु००००
साझा पार्टीकिशोर थापा००००साझा पार्टीरमेश महर्जन००००      
विकेकशीलरञ्जु दर्शना००००        

मनाङको नेस्याङमा पनि एमालेकै उम्मेदवार बिजयी

हिमाली जिल्ला मनाङको नेस्याङ गाउँपालिकामा पनि एमालेकै उम्मेदवार प्रमुखमा विजयी भएका छन् । नेस्याङ गाउँपालिकाको उपप्रमुखमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । 

नेस्याङ गाउँपालिकाका निर्वाचन अधिकृत उद्बीर नेपालीका अनुसार कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् । यस्तै, उपप्रमुखमा एमालेकी मिङ्खु गुरुङले ६११ मत प्राप्त गरी विजयी भएका छन् । 

उनका प्रतिद्धन्द्धी कांग्रेसकी छिरिङ ओङ्मा गुरुङले ५०५ मत प्राप्त गरेका नेपालीले बताए । यस्तै, वडा नं। १ बाट वडाअध्यक्षमा एमालेकै भुजुङ गुरुङ, २ मा कृष्णबहदुर बस्नेत, ४ मा कर्मटसी घले र ८ मा टसी फुन्जो गुरुङ निर्वाचित भएका छन् । 

वडा नं। ५ बाट कांग्रेसका कर्मछिरिङ गुरुङ र ६ बाट राप्रपाका सोनाम गुरुङ निर्वाचित भएका छन् । नेस्याङमा कूल मतदाता २८२५ रहेकोमा ११८४ मत खसेको थियो । वडा नं। ३, ७ र ९ मा भने यसअघि नै निर्विरोध भइसकेका छन् । 


जेष्ठ १, २०७४

मनाङको चामे गाउँपालिकामा एमाले विजयी

स्थानीय तह चुनावमा हिमाली जिल्ला मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन् ।

प्रतिद्धन्द्धी कांग्रेसकी अनिता लामालाई ४१ मत अन्तरले हराउँदै एमालेका घले विजयी भएका हुन् । मतगणना आइतबार राती सकिएपनि निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गरेको छैन । घलेले २१४ मत पाए भने लामाले १७३ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा कांग्रेसका मुनिन्दजंग गुरुङ विजयी भएका छन् । उनले १६९ मत प्राप्त गरे भने एमालेकी टिकनदेवी गुरुङले १६० मत प्राप्त गरिन् । कूल ५११ मतदाता रहेको चामे गाउँपालिकामा ३९६ मत खसेको थियो ।

जेष्ठ १, २०७४ 

कालिकोटको माल्कोटमा मतपेटिका खोसेर जलाइयो

कालिकोटको नरहरिनाथ गाउपालिका अन्र्तगत पर्ने माल्कोटको नन्दादेवी मावि मतदान केन्द्रमा आइतवार बेलुकी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले निर्वाचन टोलीमाथि ढुंगामुडा गरी मत पेटिका खोसेर जलाइ दिएका छन् । 

८ सय ७९ मतदाता रहेको माल्कोटमा दिउसो १२ बजेसम्म ५ सय ५० मत खसे पनि त्यसपछि मतदान गर्न कोही नआएको र बेलुकी ५ बजे मतदान केन्द्र बन्द गरेर गाउपालिकाको केन्द्र कुमालगाउ तर्फ आउने बेला विप्लव कार्यकताले ढुंगामुढा गरी मतपेटिका खोसेर जलाएका हुन् । 

प्रहरीले हवाइ फायरिग गरे पनि निर्वाचन टोलीलाई घेराउ गरी मतपेटिका नियन्त्रणमा लिएर जलाएको प्रजिअ गिरीधारी सुवेदीले बताए । ‘मतपेटिका खोसेर जलाएका हुन् ।’ प्रजिअ सुवेदीले भने ‘निर्वाचन टोलीलाई रेस्क्यु गरेर कुमाल गाउ तर्फ ल्याएदैछ ।’ उनकाअनुसार ४ स्थानीय र दुई प्रहरी घाइते भएका छन् । संचार सम्पर्क गर्न नसकिएकोले घाइतेको नाम खुल्न नसकेको प्रजिअ सुवेदीले बताए । 

विप्लव समुहका कार्यक्रताले ढुंगामुढा गरेपछि प्रहरीले दुई राउड हवाई फाएर गरेको थियो । दोहोरो झडपमा परि प्रहरी तर्फ २ र बिप्लप समुहका ४ गरी जम्मा ६ जना घाईते भएका छन् । बिप्लप समुहले मतदान अधिकृत सहित मतदान कार्यका लागि घटीएको टोलीलाइ बिद्यालयमा घेरा बन्दी गरेका थिए । प्रहरीले घेरा तोड्न गोली चलाउन खोज्दा राइफल नपड्केको र बिप्लप माओवादीले मसाल जुलुस सहित मतपेटीका कब्जागरी लगेको एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा बताए । 

प्रहरीकाअनुसार सुरक्षा अति संवेदनशील मानिएको माल्कोटमा मतदान सकेर फकिर्ने क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले सुरक्षाकर्मी माथि आक्रमण गरेका थिए । प्रहरीले सुरुमा हवाइ फायरिंग गरे पनि पछि बन्दुक नपडकिएको भन्ने जानकारी आउको छ । यसबारे कालिकोटका प्रहरी प्रमुख डिएसपी योगेन्द्रकुमार खड्कासग सम्पर्क गर्न खोज्दा मोवाइन विजी मोडमा राखेकाले सम्पर्क हुन सकेन । 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीको प्रभाव क्षेत्र मानिएको माल्कोटमा सुरक्षा ब्यवस्था कडा पारिएको स्थानीय प्रशासनको दावी भए पनि मतपेटिका खोसेर जलाउदासम्म नेपाली सेना, सशस्त्र कता थिए भन्ने पनि एकिन भएको छैन । प्रजिअ सुवेदीले गोली नेपाल आर्मीले नै चलाएको दावी गरे । ‘म अहिले टेन्सनमा छु ।’ प्रजिअ सुवेदीले भने नेपाल आर्मी र विप्लव माओवादी बीच गोली चलेको हो, क्षतिबारे जानकारी प्राप्त भएको छैन ।


वैशाख ३१, २०७४ 

७१ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

पहिलो चरणअन्तर्गत आज सम्पन्न भएको मतदानमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । ३४ जिल्लाका २ सय ८१ मतदानस्थलबाट प्राप्त प्रारम्भिक विवरणअनुसार कम्तिमा ७१ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिनुभयो । 

मतदान सकिएपछि निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले तनावका कारण ३ वटा केन्द्रमा मतदान स्थगित भएको जानकारी दिनुभयो । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४, कालिकोटको कालिका गाउँपालिकाको बालाचौर आधारभूत बिद्यालयमा रहेको केन्द्र र दोलखाको मेलुङ गाउँपालिकाको सत्येशवर माविमा रहेको केन्द्रमा मतदान स्थगित भएको आयोगले जनाएको छ । 

ती केन्द्रमा आयोगले पुनस् मिति तोकी मतदान गरिने प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान सकिएपछि मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । मतपेटिका संकलन कार्य सकिएपछि मतगणना शुरु गरिने आयोगले जनाएको छ ।


वैशाख ३१, २०७४ 

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...