Sunday, April 2, 2017

संविधान संशोधनमा दबाब दिन संघीय गठबन्धनले काठमाडौंमा शक्ती प्रर्दशन गर्ने

परिमार्जन सहितको संविधान संशोधनमा दबाब दिन संघीय गठबन्धनले आज काठमाडौंमा शक्ती प्रर्दशन गर्ने जनाएको छ । संविधान संशोधन र स्थानीय निर्वाचनमा सहमती जुटाउने दलहरुका पछिल्ला प्रयास निश्कर्षविहीन भएपछि सरकारलाई दबाब दिने उद्धेश्य सहित मधेशी मोर्चा सहितको गठबन्धनले काठमाडौंमा शक्ति प्रर्दशन गर्न लागेको हो ।
Baneshower-Jhadap
रत्नपार्कको शान्तिवाटीकामा दिउँसो २ बजे सूरु हुने प्रर्दशन रत्नपार्क, भद्रकाली हुदै न्युरोडमा पुगेर सभामा परिणत हुने राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनभुयो । सभालाई गठबन्धन आबद्ध २५ वटै दलका प्रमुख सहित गठबन्धन संयोजक उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।
संघीय आयोग मार्फत सिमांकनको बिषय टुङ्गो लगाउने र बाकी विषयमा संशोधन अघि बढ्ने सरकारको प्रस्तावमा मधेशी मोर्चाले स्थानीय निर्वाचनको मिति सार्न अनुरोध गरेपछि जारी गतिरोध लम्बिने संकेत देखिएको छ । बैशाख ३१ गतेका लागी तय भएको स्थानीय निर्वाचनमा निर्धारित मितिमै सम्पन्न गर्ने गरि सत्तारुढ दल तथा प्रतिपक्षी एमालेले मधेशी मोर्चालाई सहमतीमा ल्याउने प्रयास जारी राखेका छन ।
२१ चैत्र, २०७३

मतदाता परिचय पत्रको छपाई सुरु

स्थानीय तह निर्वाचनका लागि मतदाता परिचय पत्रको छपाई सुरु भएको छ । निर्वाचन आयोगले स्विकृत गरेको १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताको नामावली अनुसार मतदाता परिचय पत्रको छपाई कार्य सूरु भएको हो ।

परिचय पत्र छाप्ने जिम्मेवारी पाएको नेपालकै निजी कप्पनी ओमनी समुहले आवश्यक उपकरण आयोग परिसरमा जडान गरेर काम सुरु भएको हो । निर्वाचन आयोगको कार्यालयमा सुरु परिचय पत्र छपाईका लागि सरकारले आवश्यक सुरक्षा ब्यवस्था मिलाएको छ ।  

करिब २० दिन भित्र परिचय पत्र छाप्ने तयारी गरेको आयोगले मतदाता नामावली र परिचयपत्र छपाई बैशाख १० गते भित्र सबै जिल्लामा पुर्‍याईसक्ने लक्ष्य राखेको छ ।  स्थानीय तह निर्वाचनका लागि आयोगले स्वीकृत गरेको मतदाता नावामाली अनुसार मतदाता संख्या पछिल्लो दोस्रो संविधान सभा निर्वाचन भन्दा १९ लाखले बढी छ ।  

तराईका ६ जिल्लाको मतदान केन्द्र टुङ्गो लागाउन बाँकी रहेकाले ती बाहेकाका ६९ जिल्लाको मतदाता नामावली मतदान केन्द्र अनुसार छापिनेछ । फागुन ९ सम्म नाम दर्ता भएका मतदाताको पुर्नसंरचनापछिको नयाँ ठेगाना र मतदान गर्ने केन्द्र राखेर परिचयपत्र छापिने आयोगले जनाएको छ ।  

२१ चैत्र, २०७३

भूकम्प प्रभावित १७ जिल्लामा आजदेखी अनुदान वितरण सुरु हुँदै

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागी आजदेखी अनुदान बापतको पहिलो किस्ता वितरण सुरु गर्दैछ ।

लाभग्राही सूचीमा समावेश भएकालाई प्राधिकरणले दिने तीन लाख अनुदानमध्ये पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ वितरण गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले आज कास्कीको लुम्लेबाट अनुदान वितरण शुरु गर्न लाग्नु भएको हो । कास्कीका ३४ गाविस तथा नगरपालिकामा २ हजार २ सय ३८ घरधुरी मध्ये लुम्लेमा १ सय ६२ घरधुरी लाभग्राही सूचिमा समावेश छन् ।

भूकम्म प्रभावित अर्घाखाँची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की गरी अहिले सम्म ५ सय ८६ गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूचि प्राप्त भइसकेको छ । बाँकी १ सय ७७ गाविस तथा नगरपालिकाको तथ्याङ्क एकीकृत गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ । 

२१ चैत्र , २०७३

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई रिहा

निर्वाचन आयोगमा धर्ना दिन गएका बेला पक्राउ परेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई रिहा हुनुभएको छ । प्रहरीले केहीबेरअघि भट्टराई सहित पक्राउ परेका सांसद गंगा चौधरी, क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, पुर्व–गृह राज्यमन्त्री रिजवान अन्सारी, हिसिला यमी, परशुराम तामाङ लगायतलाई रिहा गरेको हो ।

रिहा भएलगत्तै पत्रकार सम्मेलन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले हिरासतमा आफुहरुमाथि दुव्र्यवहार भएको बताउनुभयो । सो क्रममा उहाँले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेपनि त्यसको अनुभुति गर्न नपाएको बताउनुभयो । चुनाव चिन्ह नपाएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने भट्टराईको भनाई थियो ।

पक्राउ गर्नुको कारणबारे प्रश्न गर्दै चुनाव चिन्ह नपाएसम्म बाहिर नजाने अडान राखेपछि आफूहरुलाई प्रहरीले लछारपछार पारेको सांसद गंगा चौधरीले बताउनुभयो । त्यसअघि भट्टराईसहितका नेताले रिहा हुन अस्वीकार गर्दै हिरासतमै धर्ना दिएका थिए ।

निर्वाचन आयोगको कार्यालय अगाडी धर्ना दिने क्रममा पुर्व–प्रधानमन्त्री भट्टराई सहितका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर पुलिस क्लवमा राखेको थियो । यस्तै, पुलिस क्लव बाहिर नाराबाजी गरिरहेका भट्टराई तथा पक्राउ परेका अन्य नेता आवद्ध दलका समर्थकमाथि भने प्रहरीले लाठी चार्ज गर्दा केही घाइते भएका छन् ।

त्यसअघि, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य हिरासतमा रहेकालाई भेट्न पुलिस क्लब पुग्नुभएको थियो । नयाँ शक्ति लगायतका पार्टीले स्थानीय तह निर्वाचनमा चुनाव चिन्ह माग गर्दै आज निर्वाचन आयोगको कार्यालय घेराउ कार्यक्रम राखेका थिए ।
निर्वाचन आयोगमा विधिवत दर्ता भएका पार्टीलाई चिन्ह नदिइएपछि ती दलले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र समेत बुझाएका थिए । उनीहरुले भोली ७५ वटै जिल्लाका निर्वाचन कार्यालय अगाडी धर्ना दिने बताएका छन् ।

२० चैत्र, २०७३ 

मधेशी मोर्चासँग सहमति नभएपनि अब निर्वाचन रोकिँदैन् : खनाल

काठमाडौं।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले मधेशी मोर्चासँग सहमति नभएपनि अब निर्वाचन नरोकिने स्पष्ट पारेका छन् ।
 
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सल्लाहकार खनालले पछिल्लो समय मधेशी मोर्चासँग सहमतिको प्रयास भैरहेको बताउँदै भने,‘मोर्चासँग सहमतिको प्रयास भैरहेको छ, विगतका दिनभन्दा अहिले सहमति नजिक पुगेका छौं, सहमति नै भैहाल्यो भन्ने कुरा होईन, तर कुरा मिल्ने स्थिति बनेको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै खनालले प्रधानमन्त्री दाहालले समस्या समाधानको लागि आफ्नो ठाउँबाट सक्दो पहल गरिरहेको उल्लेख गरे । उनले भने,‘सरकारले सहमतिको प्रयास गरिरहेको छ, प्रधानमन्त्रीले त झनै यसको लागि गम्भिर पहलकदमी लिनुभएको छ, बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मोर्चालाईपनि सहमतिमा ल्याएर अघि बढाउने हाम्रो चाहना हो ।’

उनले मधेशी मोर्चाका नेताहरुले स्थानीय तहमा पनि जनसंख्याका आधारमा संख्या थप्नको लागि आग्रह गरेको उल्लेख गर्दै भने,‘अहिले जनसंख्याको आधारमा संख्या थप्नतिर लागियो भने, तोकिएकै मितिमा चुनाव हुन गाह«ो छ, त्यसैले चुनाव अब रोक्नुहुँदैन् ।’ यद्यपी उनले मोर्चासँग पनि सहमतिको प्रयास जारी राख्ने बताए ।

मोर्चासँग ५ बुँदे सहमतिको प्रयास भैरहेको भएपनि यसको लागि सत्तारुढ दल काँग्रेस र राप्रपा, र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगपनि पनि छलफल हुने उनको भनाई थियो । उनले आजभोलि मै यसबारेमा प्रमुख दलहरुवीच छलफल हुने जानकारी दिए । उनले सहमति भए फाष्ट ट्रयाकबाट संविधान संशोधन प्रस्ताव टुँगो लगाईने स्पष्ट पारे ।

२० चैत्र, २०७३

राजधानीका ६ स्थानमा निषेधित क्षेत्र घोषणा, निर्वाचन आयोग घेराउ गर्न रोक

काठमाडौं   स्थानीय प्रशासनले निर्वाचन आयोगसहित राजधानीका ६ स्थान वरपर धर्ना जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।
KTM-CDO
नयाँ शक्ति पार्टी नेपालसहितका दलले निर्वाचन आयोग घेराउ थालेकै दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र घोषणा गरेको हो । अब आयोगको केन्द्रीय कार्यालय बहादुर भवनको उत्तरतर्फ केशरमहल चोक र दक्षिणतर्फ ज्याठागल्ली मोडलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यस्तै शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन बानेश्वर, सिंहदरबार र उपराष्ट्रपति निवास क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । निषेधित क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ जस्ता आन्दोलनका कार्यक्रम गर्न पाइने छैन ।

२० चैत्र, २०७३

लिग लिडर चेल्सीको अप्रत्यासित हार

लिग लिडर चेल्सीले अप्रत्यासित हार ब्यहोरेपछि इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ । गए राति आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा उ  क्रिस्टल प्यालेससंग २–१ ले पराजित भयो । खेलको ५ औ मिनेटमा सेस फाब्रिगासको गोल मार्फत अग्रता लिएपनि त्यसको ६ मिनेटमा २ गोल खाएको थियो ।
wilfried-zaha-crystal-palace-chelsea-premier-league-goal-celeb_3921145
खेलपछि चेल्सी प्रशिक्षक एन्टोनी कोन्टेले अप्रत्यासित हारले प्रिमियर लिगको उपाधि यात्रा अझ रोचक बनेको प्रतिक्रिया दिए । लिगमा ९ खेल बाँकी रहदा लण्डन क्लब, दोस्रो स्थानको टोटनह्याम भन्दा ७ अंकले अघि छ । अर्को खेलमा टोटनह्यामले वर्नलीलाई २–० ले पराजित गरेको छ । त्यस्तै, लिभरपुलले एर्भटनलाई ३–१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।
s fabregas-chelsea-premier-league_3921229
शीर्ष चार भित्र पर्न संघर्षरत म्यानचेष्टर युनाईटेडले भने वेष्ट ब्रोमसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ । पछिल्लो नतिजाले शीर्ष चारभित्र पर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने म्यान युको सम्भावना कम्जोर बनेको छ । ९ खेल बाँकी छदा म्यान यु चौथो स्थामा रहेको म्यान्चेष्टर सिटी भन्दा ४ अंकले पछाडी छ । २० चैत्र, २०७३

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...