Tuesday, January 10, 2017

तराइको भु–भाग भारतमा मिलाउने षडयन्त्र भइरहेको केसीको दावी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले मुलुक बिभाजन गरेर तराइको भु–भाग भारतमा मिलाउने षडयन्त्र भइरहेको दावी गर्नुभएको छ । सोहि प्रयोजनका लागि संघियताको अवधारणा ल्याइएको जिकिर गर्दै अध्यक्ष केसीले पछिल्लो पटकको संविधान संशोधन विधेयकपनि त्यसकै निरन्तरता भएको दावी गर्नुभयो ।
उहाँले संघियता सबैका लागी घांडो भएको तर्क गर्दै निर्णय पुर्नविचार गर्नुपर्ने बताउनुभयो । पृथ्वीनारायण शाहको नेपाल एकिकरणमा रहेको योगदानको उच्च मुल्याङ्कन गर्नुपर्ने भन्दै उहाँले पृथ्वी जयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा नदिएकोमा असन्तुष्टि जनाउनुभयो । जिसस क्राइस्टको जन्मदिनमा विदा दिने तर राष्ट्र निर्माताको जन्मजयन्तीमा नदिने प्रवृत्ति गलत भएको भन्दै उहाँले आगामी दिनमा सच्चाएर अघि बढनुपर्ने बताउनुभयो । पृथ्वीनारायणलाई देखाएर उनका सन्ततीले मुलुकमा शासन गर्न नपाउने भन्दै अध्यक्ष केसीले दलहरुको असफलताका कारण प्रतिगामी शक्तिलाई फाइदा पुगिरहेको टिप्पणी गर्नुभयो । 

पुस २७, २०७३

आज पृथ्वी जयन्ती , नागरिक स्तरबाट मनाइँदै

आधुनिक नेपालका निर्माता राष्ट्र नायक श्री ५ वडामहारजधिराज पृथ्वी नारायण शाहाको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । गोरखा राज्यका तत्कालिन राजा पृथ्वीनारायण शाहले आफनो कार्यकालमा काठमाडौ उपत्यका सहित अन्य शक्तिशाली राज्यलाइ मिलाएर आधुनिक नेपालको निर्माण गर्न महत्वपुर्ण भुमिका खेल्नुभएको थियो ।
विक्रम सम्वत् १७७९ पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेको इतिहासकारको भनाइ छ ।  स साना राज्यमा छरिएको भू भागलाई सिङ्गो नेपाल बनाउन शाहले नेतृत्व गरेका थिए । दोस्रो जनआन्दोलनपछि लोकतन्त्रको स्थापना भएसंगै सरकारले पृथ्वी जयन्तीका दिन दिदै आएको सार्वजनिक बिदा कटौती गरेको छ ।
यद्यपी नागरिक समाज तथा केही दलले  भने पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा पनि मनाउने गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी नारायण शाहको शालिकमा माल्र्यापण, प्रभातफेरि र चियापान समारोह गर्दैछ । अपराह्न १ पछि भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरिएको सो पार्टीले जनाएको छ ।

२७ पुस , २०७३

Wednesday, January 4, 2017

अल्ट्रा म्याराथुन धाविका मिरा र उनका प्रशिक्षकलाई आज सम्मान गरिदैं


उत्तम रिजाल,  अल्ट्रा म्याराथुन धाविका मिरा राई र उनका प्रशिक्षक धर्म विक्रम मल्ल लाई आज सम्मान गरिदैं छ । उनीहरुलाई झापाको दमकमा नगद सहित सम्मान गर्न लागिएको हो । मिरालाई नगद २८ लाख तथा प्रशिक्षक मल्ललाई २ लाख सहित सम्मान गरिने छ। सरकार र नेताले उनको साहासिक यात्रा बुझ्न नसेके पनि झापा दमकका ब्रिटिस आर्मीका खुकुरी प्रशिक्षक राष्ट्र राईले उनलाई सम्मान गर्न लागेका हुन् । उनले अयोग्य भनि फालिएको तथा कम्जोर आर्थिक अबस्था भएको व्यक्तीले राष्ट्रको नाम विश्व सामु चिनाउँदा पनि त्यसको मुल्यांकन गर्न नसकेकाले उनी जस्ता राष्ट्रको नाम रोशन गर्नेका लागि केहि गर्नुपर्छ भन्ने भएर नै सम्मान गर्न लागिएको बताए ।
mirr
उनले मिरालाई राष्ट्रले नचिने पनि आँफुहरुले चिनेको बताए । खुकुरी प्रशिक्षक राईले ब्रिटेनमै उनले स्थापना गरेको शगरमाथा ताइकन्दो डोजाङ्ग युकेको पहलमा अन्य चार सहयोगी संस्थाकोे सहयोगमा उक्त रकम दिन लागेका हुन्। उनलाई किराँत राई यायोख्खा, जेन मार्शल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युके युथले सहयोग गरेको राईले बताए । खुकुरी प्रशिक्षक राईले मिरालाई खाडी मुलुक जान रोकेका गुरु धर्म विक्रम मल्ललाई पनि सम्मान गर्नुले राष्ट्रका लागि केहि योगदान दिन खोज्नेहरुलाई प्रेरणा मिल्ने बताए।
mira-r
बाह्र बर्षको कलिलै उमेरमा माओवादी सशस्त्र द्धोन्द्धमा बन्दुक बोकाइएकी उनी माओवादी शान्ति प्रक्रियामा आएसँगै अयोग्य लडाकुमा परिणत भएकी थिइन् । माओवादी सत्ता प्राप्तीमा लागिरहदा योग्य भएकी उनी त्यतिबेला अयोग्य भइन जतिबेला माओवादी अध्यक्ष प्रधानमन्त्री हुने निश्चित थियो । त्यही पदको आशामा बसेका प्रचण्ड लगायतका माओवादी नेताहरुले अनमीनले लडाकु प्रमाणीकरण गर्दा उनीसँगै सयौं लडाकु अयोग्यको बिल्ला भिर्न बाध्य भए । त्यस पश्चात खिन्न मन भएपछि खाडी मुलुक जाने सोचका साथ तयारी गरेकी उनी धर्म विक्रम मल्ल नामका एक गुरुबाट रोकिइन र दौडतर्फ लागिन् । जसको फलस्वरुप उनी अल्ट्रा म्याराथुन धाविका बनिन् र आँफू अयोग्य नभएको मात्र होईन् नेताको सत्ता र कुर्सी मोहका कारण अयोग्य बनाइएको प्रमाणित गर्न सफल भइन् ।
mira
प्रमाणिकरणमा अयोग्य भनिएपनि हरेश नखाई निरन्तरको मेहेनतले नेपाल र नेपालीको नाम विश्व सामु चिनाउन सकेको भन्दै उनको साहासिक कामको अहिले सर्बत्र चर्चा छ । सम्मान कार्यक्रम दमक रेडक्रस भवनमा गरि सम्मान गरिने शरगमाथा मल्टि मार्शल आर्टका अध्यक्ष तथा प्रशिक्षक दिपक धिमालले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको पनि उनले जानकारी दिए ।

२१ पुस, २०७३

Sunday, January 1, 2017

झापामा मिरालाई २८ लाखको सम्मान गरिने

उत्तम रिजाल
अल्ट्रा म्याराथुन धाविका मिरा राईलाई झापामा नगद २८ लाखको सम्मान गरिने भएको छ । सरकार र नेताले उनको साहासिक यात्रा बुझ्न नसेके पनि झापा दमकका एक ब्यक्तीले भने उनको उच्च सम्मान गर्ने तयारी गरेका छन् । 

ब्रिटिस आर्मीका खुकुरी प्रशिक्षक दमक १९ निवासी राष्ट्र राईले उनलाई सम्मान गर्न लागेका हुन् । उनले अयोग्य भनि फालिएको तथा कम्जोर आर्थिक अबस्था भएको  व्यक्तीले राष्ट्रको नाम विश्व सामु चिनाउँदा पनि त्यसको मुल्यांकन गर्न नसकेकाले राष्ट्रका लागि केहि गर्नुपर्छ भन्ने भएर नै सम्मान गर्न लागिएको बताए । उनले मिरालाई राष्ट्रले नचिने पनि आँफुहरुले चिनेको बताए । 

खुकुरी प्रशिक्षक राईले ब्रिटेनमै उनले स्थापना गरेको शगरमाथा ताइकन्दो डोजाङ्ग युकेको पहलमा अन्य चार सहयोगी संस्थाकोे सहयोगमा उक्त रकम दिन लागेको बताए । उनलाई किराँत राई यायोख्खा, जेन मार्शल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युके युथले सहयोग गरेको बताए । खुकुरी प्रशिक्षक राईले मिरालाई खाडी मुलुक जान रोकेका गुरु धर्म विक्रम मल्ललाई पनि नगद दुई लाखले सम्मान गर्ने बताए । 

बाह्र बर्षको कलिलै उमेरमा माओवादी सशस्त्र द्धोन्द्धमा बन्दुक बोकाइएकी उनी माओवादी शान्ति प्रक्रियामा आएसँगै अयोग्य लडाकुमा परिणत भएकी थिइन् । माओवादी सत्ता प्राप्तीमा लागिरहदा योग्य भएकी उनी त्यतिबेला अयोग्य भइन जतिबेला माओवादी अध्यक्ष प्रधानमन्त्री हुने निश्चित थियो । त्यही पदको आशामा बसेका प्रचण्ड लगायतका माओवादी नेताहरुले अनमीनले लडाकु प्रमाणीकरण गर्दा उनीसँगै सयांै लडाकु अयोग्यको बिल्ला भिर्न बाध्य भए । त्यस पश्चात खिन्न मन भएपछि खाडी मुलुक जाने सोचका साथ तयारी गरेकी उनी धर्म विक्रम मल्ल नामका एक गुरुबाट रोकिइन र दौडतर्फ लागिन् । जसको फलस्वरुप उनी अल्ट्रा म्याराथुन धाविका बनिन् र आँफू अयोग्य नभएको मात्र होईन् नेताको सत्ता र कुर्सी मोहका कारण अयोग्य बनाइएको प्रमाणित गर्न सफल भइन् ।


प्रमाणिकरणमा अयोग्य भनिएपनि हरेश नखाई निरन्तरको मेहेनतले नेपाल र नेपालीको नाम विश्व सामु चिनाउन सकेको भन्दै उनको साहासिक कामको अहिले सर्बत्र चर्चा छ । मिरालाई यहि २१ गते दमक रेडक्रस भवनमा एक कार्यक्रम गरि सम्मान गरिने छ । 

१७ पुस,२०७३

Thursday, December 22, 2016

राष्ट्र बचाउन सबै नेपाली जाग्नै पर्ने भाेः पूर्वराजा ज्ञानेन्द्र

काठमाडौंं– पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई अस्थिरता र अराजकताको आगोले जलाइ रहेको भन्दै राष्ट्रलाई कमजोर पार्ने र  राष्ट्रिय गौरव भेट्ने कार्य असैह्य भएको बताएका छन्।
बुधबार साँझ एक विज्ञप्ति जारी गरी पूर्व राजा शाहले  नेपालीबीच सामाजिक सद्भाव मेट्ने, तराई, पहाड र हिमालमाझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको भन्दै ती कार्य क्रान्तिकारी, परिवर्तनकारी वलिदानी आदि शब्द भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्न प्रयोग रिएको उल्लेख गरेका छन्।
 
‘नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन, सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तिस्व आफ्ना सन्ततीलाई सुम्पन प्रमुख र प्रखर रुपले जाग्नै परेको र लाग्नै परेको छ।’
यसअघि कुनै चाड विशेषका बेलामा मात्र वक्तव्य निकाल्ने पूर्व राजाले विना कुनै अवसरमा विज्ञप्ति निकालेका हुन्।
‘निषेधको राजनीति र प्रतिशोधनको मानसिकताबाट ग्रसित राष्ट्रिय आधारहरु किमार्थ बलिया हुन सक्दैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘इतिहास कलंकित गर्दै निश्चित स्वार्थ पूरा गर्न गरिएका कार्यहरु कदापि प्रशंसित हुन सक्दैनन्। माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लाञ्छित गरेर आधुनिकताको दुहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले गति लिन सक्दैन।’
नेपालको स्थायी सत्ता  भनेकै राष्ट्र र राष्ट्रवासी भएको उल्लेख गर्दै विज्ञप्तिमा यसलाई सवल पार्ने भाषा, धर्म, संस्कृति, इतिहास र त्यसले बोकेको आस्था र विश्वासलाई त्यसको बलियो जग भएको उल्लेख छ।
जनताका आस्थाहरु नढलेको उल्लेख गर्दै विज्ञप्तिमा पूर्व राजाले  उल्लेख गरेका छन्, ‘नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन, सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तिस्व आफ्ना सन्ततीलाई सुम्पन प्रमुख र प्रखर रुपले जाग्नै परेको र लाग्नै परेको छ।

संसद बैठक आठौं पटक स्थगित


७ पुस, २०७३  व्यवस्थापिका संसदको बैठक आज पनि सूचना टाँसेर स्थगित भएको छ । संविधान संशोधनको विषयमा असन्तुष्टि जनाउदै एमाले सहितका प्रतिपक्ष दलले अबरोध जारी राख्ने निर्णय गरेपछि बैठक आगामी आईतबार सम्मका स्थगित गरिएको हो ।
यो सहित ८ वटा बैठक लगातार स्थगित भएका छन् । एमाले लगायतका केहि प्रतिपक्षी दलले सरकारले गत मंसिर १४ गते दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म बैठक चल्न नदिने अडान राखेका छन ।
गत सोमवार निर्वाचनसम्बन्धि बिधेयक र संविधान संशोधन विधेयकलाई बैठकको कार्यसूचिमा राखिएको थियो । यस बीचमा सभामुख ओनसरी घर्तिले सहमतिको प्रयास गरेपनि सफल हुन सकेन ।
लगायतार बैठक स्थगित हुँदा निर्वाचनसंग सम्बन्धित विधेयक अघि बढ्न सकेको छैन भने अख्तियारका लिम्बित प्रमुख लोकमानसिंह कार्कीबिरुद्धको महाअभियोग प्रस्ताव समेत अलपत्र परेको छ ।

काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि सात सदस्यीय समिति गठन


७ पुस, २०७३  सरकारले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद बैठकले समितिलाई द्रुतमार्ग नेपाल आफैले निर्माण गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी एक महिनामा प्रतिवेदन बुझाउने कार्यदेश दिएको छ ।
द्रुतमार्ग निर्माणमा यसअघि नै तयार गरिएको डिपिआर उपयोग गर्न सकिने वा नयाँ बनाउने, निर्माण कार्यमा जनताको लगानी वा अरु उपायको खोजी गर्नेबारे सिफारिस गर्ने अधिकार पनि समिितलाइ दिइएको छ । द्रुतमार्ग निर्माणको ठेक्का लिएको भारतको इन्फ्रास्टक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेज कम्पनीसँगको सम्झौता तोडेर सरकारले आफ्नै लगानीमा बनाउने निर्णय गरेको थियो । यस्तै बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरण पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरेको छ ।
बैठकले नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा रोवसकुशुम सुवेदीलाई नियुक्त गर्दै मानव कृतिम अंग प्रत्यारोपण सहजीकरणका लागि एक संस्थाको स्थापना गर्ने निर्णय गरेको सरकारका प्रबक्ता संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
यस्तै सरकारले राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहन स्वरुप ७५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षको नाम परिवर्तन गरी त्यसलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गर्ने निर्णय पनि सरकारले गरेको छ । बैठकले चार जना सचिवको सरुवा पनि गरेको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई सञ्चार मन्त्रालयमा, सञ्चारका दिनेशकुमार थपलियालाई प्रधानमन्त्री कार्यालयमा, भूमि सुधारका मोहन सापकोटालाई सहकारी तथा गरिवी निवारण मन्त्रालयमा र मध्य पश्चिमका क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवाकोटालाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको हो ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...