आधुनिक नेपालका निर्माता राष्ट्र नायक श्री ५ वडामहारजधिराज पृथ्वी नारायण शाहाको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । गोरखा राज्यका तत्कालिन राजा पृथ्वीनारायण शाहले आफनो कार्यकालमा काठमाडौ उपत्यका सहित अन्य शक्तिशाली राज्यलाइ मिलाएर आधुनिक नेपालको निर्माण गर्न महत्वपुर्ण भुमिका खेल्नुभएको थियो ।
विक्रम सम्वत् १७७९ पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेको इतिहासकारको भनाइ छ । स साना राज्यमा छरिएको भू भागलाई सिङ्गो नेपाल बनाउन शाहले नेतृत्व गरेका थिए । दोस्रो जनआन्दोलनपछि लोकतन्त्रको स्थापना भएसंगै सरकारले पृथ्वी जयन्तीका दिन दिदै आएको सार्वजनिक बिदा कटौती गरेको छ ।
यद्यपी नागरिक समाज तथा केही दलले भने पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा पनि मनाउने गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी नारायण शाहको शालिकमा माल्र्यापण, प्रभातफेरि र चियापान समारोह गर्दैछ । अपराह्न १ पछि भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरिएको सो पार्टीले जनाएको छ ।
२७ पुस , २०७३
No comments:
Post a Comment