नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले संविधान संशोधनमार्फत तराई र पहाडलाई अगल बनाएर दुई राष्ट्रियता बनाउन खोजिएको आरोप लगाउनुभएको छ ।
पहिलो चरणमा ५ नम्वर प्रदेशको पहाडी जिल्लालाई तराईबाट अलग गराउने र पछि अन्य प्रदेशमा जोडिएको पहाडी जिल्लालाई पनि अलग गराएर समग्र मधेस एक प्रदेश बनाउँदै देशलाई विभाजन गर्ने अभियानका साथ संविधान संशोधनको प्रस्ताव आएको नेता पोखरेलले दाबी गर्नुभयो ।
प्रेस चौतारी पाल्पाले बुधवार तानसेनमा गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिपक्षको विरोधका बावजुद पनि सरकारले विधेयक पेश गर्नु संसदीय मूल्य र मान्यता विपरित भएको बताउनुभयो । जालझेल गरी पेश भएको विधेयक कुनै हालतमा पास हुन नदिने उहाँको अडान छ ।
अहिले सरकारले चुनावका कुरा गरेर जनता अल्मल्याउने काम गरेको भन्दै उहाँले निर्वाचनमा भाग लिन एमाले आतुर भएको उल्लेख गर्नुभयो । उहाँले त्यस अघि पार्टी सरकारमा सहभागी नहुने पनि बताउनुभयो ।
वर्तमान सरकारले स्थानीय निर्वाचन गराउन नसके देशमा संवैधानिक संकट निम्तिने भएकोले चुनाव सम्वन्धी हरेक क्रियाकलापमा एमाले जति बेला पनि साथ दिन तयार रहेको नेता पोखरेलको भनाई छ ।
२७ पुस,२०७३
No comments:
Post a Comment