उर्जामन्त्री जनार्दन शर्माले रोल्पा र रुकुमका जनताको माग अनुसार नै पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याएको बताउँदै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने आश्वासन दिनुभएको छ ।
बिहीबारदेखि अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको अर्घाखाँची महोत्सवको उद्घाटन गर्न हेलिकप्टर चढेर सन्धिखर्कमा आएका नेता शर्माले प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा प्रदेश विभाजन जनताको चाहनाअनुसार नै भएको दाबी गर्दै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने आश्वासन दिनुभएको हो ।
उर्जामन्त्री शर्माले एमालेसँग संविधान संशोधनको बिषयमा मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्ने सहमति पनि भएको बताउनुभयो । उहाँले सरकार पक्षले संविधान संशोधनको पक्षमा र प्रतिपक्षले विपक्षमा मत हालेर प्रक्रियामा गई टुंगाउने र छिटो भन्दा छिटो सहमतिमा निर्वाचनको मिति तोक्ने सहमति भएको बताउनुभयो ।
‘सबै राजनीतिक दलहरुसँग सहमतिद्वारा मिति तोक्न सरकारले प्रयत्न गरिरहेको छ, विवादका बिचबाट एउटा सहमतिका बिचमा सरकार अगाडी बढेको छ, टेवुल गर्नका लागि सहमतिमा संसद खुलेको छ’ उहाँले भन्नुभयो । उहाँले गणतन्त्र, संघीयता र प्राप्त उपलब्धीलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने समेत बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका शर्माले सबै क्षेत्रलाई समेटेर लैजाने गरी संविधान संशोधनको प्रस्ताव दर्ता भएको बताउनुभयो । मन्त्री शर्माले नेपाललाई लोडसेडिङ मुक्त बनाउन जनताको साथ र समर्थन पाएको पनि सुनाउनुभयो ।
२८ पुस,२०७३
No comments:
Post a Comment