Tuesday, July 26, 2016

बाढीमा फसेकाहरुको हेलिकप्टरबाट उद्दार [फोटो फिचर]

११ श्रावण, २०७३ /  राप्ती नदीमा आएको भिषण बाढीमा फसेका होलिया चौफेरी गाउँका चार सय बढी सर्वसाधारणहरुलाई सेनाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । डुबानमा परेका फत्तेपुर क्षेत्रका एक सय बढी सर्वसाधारणहरु बिस्थापित भएका छन् । उद्दार गरिएका चौफेरीका स्थानीयलाई होलियाको सुरक्षित स्थानमा राखिएको छ । फत्तेपुरका बिस्थापितरहरु पनि सुरक्षित स्थानमा सरेका छन् ।

















कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

११ श्रावण, २०७३ /  काठमाडौं– रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा नेपालसँगको समन्वयमा कोरियाको मानव संसाधन विकास विभागले रोजगार अनुमति प्रणालीअन्गर्तत लिएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
सन् २०१७ मा दक्षिण कोरियाका लागि आवश्यक नेपाली कामदार लैजान गरिएको उक्त परीक्षाको नतिजा एचआरडी कोरियाले मंगलबार सार्वजनिक गरेको हो। नतिजाअनुसार कुल ३ हजार ५ सय १७ जना भाषा परीषामा उत्तीर्ण भएका छन्। यस मध्ये २ हजार १ सय ४० जना कृषि तथा पशुपालनतर्फ र १ हजार ३ सय ७७ जना उत्पादनमूलक उद्योगतर्फ काम गर्न चाहनेहरु रहेको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए। यस मध्ये ३ सय ३४ महिला र ३ हजार १ सय ८३ जना पुरुष रहेका छन्।

परीक्षाको नतिजा  http://www.dofe.gov.np  मा हेर्न सकिने छ।

यस नतिजामा उत्तीर्ण भएकाहरुले कामका लागि कोरिया जान स्वास्थ्य परीक्षणमा राम्रो नतिजा आउनु पर्ने हुन्छ। स्वास्थ्य परीक्षणमा सफल हुनेहरुले रोजगार आवेदन फारम भर्न पाउँछन् । त्यस्तै, आफूसँग भएको सीपको परीक्षण गराउन चाहनेले परीक्षण पनि गराउन सक्ने व्यवस्था रहेको उनले बताए। सन् २०१६ का लागि भाषा परीक्षा उत्तीर्ण गरेका ८ हजार ४ सय ९० मध्ये ५ हजार ७ सय जना कोरिया पुगिसकेको उनले जानकारी दिए।


राष्ट्रपतिद्वारा जारी 'बाधा अड्काउ फुकाउ' आदेश स‌ंसदद्वारा अनुमाेदन

११ श्रावण,२०७३ /  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा जारी गरेको बाधा अड्काउ फुकाउ आदेश मंगलबार व्यवस्थापिका संसदले बहुमतले पारित गरेको छ ।
राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा जारी गरेको बाधा अड्काउ फुकाउ आदेश सभामुख औनसरी घर्तीमगरले व्यवस्थापिका संसदमा प्रस्ताव गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजिनामा दिएसँगै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न ओलीले राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ आदेश जारी गर्न सिफारिस गरेका थिए ।

संसदको पहिलो बैठकको विशेष समयमा बोल्दै सांसदहरुले देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण कष्टकर समय गुजारी रहेका मानिसहरुका लागि राहतको कार्यक्रम तत्काल ल्याउन सरकारलाई आग्रह गरेका छ । यस्तै सांसदहरुले विपद् व्यवस्थापनका लागि यथेष्ठ तयारी नगरेकोमा पनि सरकारको आलोचना समेत गरेका थिए ।


बेवारिसे झोलामा १० लाख नगद र पेस्तोल

११ श्रावण ,२०७३ /  दार्चुलाको घुसा गाविस वडा नम्बर ८ धनबोरा ठाउमा मंगलबार एक थान पेस्तोल सहित वेवारिसे सामान फेला परेको छ । खण्डेश्वरीका स्थानीय कमल रोकायले वेवारिसे अवस्थामा २ झोला देखेपछि प्रहरीलाई खबर गरेको हो । 
खण्डेश्वरी प्रहरी चौकीले उक्त जानकारी पाएपछि वेवारिसे अवस्थामा झोला रहेको स्थानमा असई कैलाश दत्त भट्ट नेतृत्वमा प्रहरी टोली पुगी वेवारिसे अवस्थामा भेटिएका २ झोलामा १ थान अवैध पेस्तोल सहित ९ लाख ९९ हजार नगद रुपैया र अन्य सामान फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पेस्तोलमा लाग्ने ५ राउन गोली, १ थान चक्कु, एक तोला यार्सागुम्बा, १ किलोग्राम सतुवा, यार्सागुम्बा जोक्ने तराजु, ४ थान ढक, सिक्का ४ थान, क्याल्कुलेटर, पेन, छाता, एक पोका औषधी र यार्सागुम्बा संकलन परिचय पत्र समेत फेला परेको छ । 

आफ्गानिस्तानमा सुरक्षा कारवाहीमा आईएस उच्च नेतासहित १२० मारिए

११ श्रावण, २०७३ /  अफ्गानिस्तानमा सुरक्षाफौजको कारावाहीमा इस्लामिक अतिवादी संगठन आईएसका उच्च नेतासहित १ सय २० लडाकुको मृत्यु भएको छ । 
अफ्गानिस्तानको नान्गार्हारमा भएको कार्बाहिका क्रममा आईएसको अफ्गानिस्तान–पाकिस्तान क्षेत्र हेर्ने प्रमुख साद ईमारतीसहित १ सय २० जना मारिएका हुन् । अफ्गानिस्तान र पाकिस्तानमा सक्रिय आईएसका संस्थापक मध्ये एक ईमारतीको अगुवाईमा सरकार तथा तालेवान बिद्रोही विरुद्ध थुप्रै आक्रमण भएको थियो । काबुलमा केहि दिन अघि आईएसले गराएको बम आक्रमणमा ८० जनाको मृत्यु भएपछि अफ्गान सुरक्षाफौजले कारवाही अभियान तीब्र बनाएको छ ।

अबिरल वर्षापछिको बाढी पहिरोले २६ जनाको मृत्यु

११ श्रावण, २०७३ /  अबिरल वर्षापछिको बाढी पहिरोले मुलुकका बिभिन्न स्थानमा जनधनको ठुलो क्षति पुगेको छ । बाढी पहिरोका कारण गएराति यता कम्तिमा २६ जनाको मृत्यु भएको छ । करिब १ दर्जन बेपत्ता भएका छन् । थुप्रै राजमार्ग अवरुद्ध भएका छन् । 
गएरातिदेखिको अवरिल वर्षाका कारण विभिन्न नदीमा आएको बाढी तथा पहिरोका कारण प्यूठानमा मात्र ९ जनाको मृत्यु भएको छ । त्यहा पहिरोले पुरिएर ४ जना बेपत्ता छन् । पुजा गाविस १ मा पहिरो गइ घर भत्कदा स्थानीय ४५ वर्षीय सुपारी मल्न र उनका १० वर्षीय छोरा मुकेशको मृत्यु भएको छ । प्रहरी चौकी पुजा लिवासेबाट गएको टोलीले पहिरोबाट उनीहरुको शव निकालेको जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जीतसिंह राठौरले जानकारी दिनुभयो । यस्तै, खबाङ ३ सुत्लाबाङमा पहिरोले पुरिएर घर भत्किदा दविले विक र उनकी श्रीमती दोवन्तीको मृत्यु भएको छ । 

उनीहरुको शव पहिरोबाट निकालिएपनि सँगै पहिरोमा परेका एक बालक भने बेपत्ता रहेको स्थानीयले बताएका छन् । पहिरोका कारण खबाङका १९ परिवार बिस्थापित भएका छन् । प्यूठानकै झिमरुक खोलाले बगाएर पाँच जनाको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । यस्तै, लुङ–६ बाहानेमा घर भत्किदा पुरिएर स्थानीय शोभा रिजाल बेपत्ता भएकी छन् । बाहानेकै सिमलबुटामा बसन्ता केसीको घर भत्कदा डेरा गरि बस्ने २५ वर्षीय कालि परियार र  ११ वर्षीय  किरण थापा पुरीएर वेपत्ता भएका छन् । 

यस्तै विजुवारमा निर्माणाधिन प्यूठान नगरपालिका भवन नजिक एक शव खोलाले बगाएर ल्याएको छ । अन्दाजी ४५ वर्षीय पुरुषको परिचय खुलेको छैन । त्यस्तै प्यूठानकै बाग्दुला पुल नजिक झिमरुक खोला किनारमा २ बालबालिका तथा रम्दी खोला किनारमा २ महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत भएको छैन ।  पाल्पाको गोठादी र दोभान गाविसमा पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ । गोठादी ५ मा मध्यराती खसेको पहिरोले घर पुर्दा एकै परिवारका ताम बहादुर कनौजे, खगीसरा कनौजे र यशोदा कनौजेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दोभान गाविसको झुम्सामा घर पुरिदा १६ वर्षिया अस्मि विकको मृत्यु भएको छ । झुम्सामा पहिरोका कारण घरभित्रै ३ जना पुरिएको स्थानीयलाइ उद्यृत गर्दै सहकर्मी माधव अर्यालले जनाएका छन् । पाल्पाको दोभान र अर्गली गाविसको रिडीमा १ दर्जनभन्दा वढी घर पुरिएका छन । झुम्सा पानी मिल नजिकै खसेको पहिरोले सिद्दार्थ राजमार्ग समेत अवरुद्ध भएको छ ।  यस्तै, गुल्मीका दुई स्थानमा गएको पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । ५ घर र ३ झोलुङ्गे पुल बाढीले बगाएको छ । 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हस्तिचौर गाविस १ मल्दीमा आज विहान गएको पहिरोले भिमबहादुर दर्जीको घर बगाउँदा उनकी ६२ वर्षिया दिदी कालिका, ४९ वर्षिया श्रीमती तुलसी र १९ वर्षिया बुहारी अस्मिताको मृत्यु भएको हो । यस्तै बिशुखर्क ९ पदमपानीमा गएको पहिरोले स्थानीय गोपाल बहादुर रानाको घर बगाउँदा उनका ९ वर्षिय छोरा सुजन र ७ वर्षिया छोरी सिमानाको मृत्यु भएको छ ।  यस्तै, मकवानपुरको भिमफेदी ५ सोलाभञ्याङमा पहिरो खस्दा एकै परिबारका ३ जनाको मृत्यु भएको छ । पहिरोले २७ बर्षिय तेजबहादुर रुम्बा, उनकी पत्नी पार्बती र ६ बर्षिय छोरा बिकासको मृत्यु भएको प्रहरीले जनाएको छ ।  खोलाले बगाएर तथा पानीमा डुबेर उदयपुरमा दुई जनाको मृत्यु भएको छ । 

उदयपुरको रामपुर २ स्थित गुहे खोलाले बगाउँदा स्थानीय कालीमाया राईको मृत्यु भएको हो । यसैगरी तपेश्वरी १ का मानबहादुर प्रधानका १३ वर्षीय छोरा ऋतु प्रधानको घरनजिकै जमेको खोल्साको पानीमा डुबेर मृत्यु भएको छ । मोरङको टंकीसिनवारी ३ का १८ वर्षीय कृष्ण खड्काको पौडी खेल्ने क्रममा सिंघिया खोलामा डुबेर मृत्यु भएको छ । बाग्लुङको राजकुत ७ मा बर्षाले घर भत्किदा ८ बर्षीया बालिका दुही तामाङको मृत्यु भएको छ । उनकी आमा शुशिला गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।  

अर्घाखाँचीको ठाडा गाविस–५ मैदानमा पहिरोले घर पुरि‘दा १७ वर्षीय शारदा घर्तीको मृत्यु भएको छ । उनकी १६ वर्षीय बहिनी बालकुमारी घर्ती गंभिर घाइते भएकी छिन ।  लगातारको बर्षापछि खसेको पहिरोले रामेछापको भुजि गाविस–२ मा ३ घर पुरिएका छन्  । पहिरोका कारण दर्जन भन्दा बढी घर जोखिममा परेका छन् । भूकम्पले कमजोर भएका पहाडबाट खसेको पहिरोले रामेछापको दुरागाउं, भुजी , पुरानोगाँउ र कुभुुकास्थली गाविस पहिरोको उच्च जोखिममा परेको स्थानिय प्रशासनले जनाएको छ । पहिरोले बाटो समेत अवरुद्ध भएपछि घटनास्थलमा उद्धारका लागि जान समस्या परेको छ ।  

कास्कीको हेम्जामा पहिरो खसेपछि पोखरा बागलुङ सडकखण्ड गएरातिदेखि अवरुद्ध बनेको छ । यस्तै सेती नदीमा आएको बाढीका कारण पोखरा १ कसेरीका ३० र रामघटका १० परिवार विस्थापित भएका छन् । सेतीनदी किनारका सुकुम्वासी वस्तीका बासिन्दा भने राती नै सुरक्षित स्थानमा सरेको सहकर्मी लालप्रसाद शर्माले जनाएका छन् ।  यस्तै कालिगण्डकी नदीमा आएको बाढीका कारण स्याङजाको सेतीवेडीका १५ घर डुवानमा परेका छन् । बाढीका कारण १ सय ४० मेगावाटको कालिगण्डकी जलविद्युत आयोजना पनि जोखिममा परेको छ । बुटवलको तिनाउ नदीमा आएको बाढीले कम्तीमा १५ घर बगाएको छ । २ सय बढी घर डुवानमा परेका छन् । बाढीले बुटलस्थित तिनाउ नदिको झोलुंगे पुल पनि बगाएको छ । 

 पहिरोका कारण सुर्खेत नेपालगञ्जको रत्न राजमार्ग अवरुद्ध भएको छ । सडक खण्डका बिभिन्न स्थानमा पहिरो खसेपछि दाङ तुलसीपुर सडक खण्डपनि पुर्णरुपमा अबरुद्ध भएको हाम्रा सहकर्मीले जनाएका छन् । बर्दिया गुलरियास्थित रानीपुर नगरपालिकामा बाढीले १ दर्जन वढी घर डुवानमा परेका छन । दाङका बिभिन्न खोलामा बाढी आएपछि घोराही–तुलसीपुर सडक खण्ड अबरुद्ध भएको छ । 

सुनसरीका बिभिन्न गाविसका सयौ घर डुवानमा परेका छन्  यस्तै स्थानीय खोलामा पानीको बहाव बढेसंगै सडक छिरेको पानीका कारण  लमजुङ सदरमुकाम बेसीसहरदेखि तनहुँको डुम्रेसम्मको मुख्य सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि आज बिहानैदेखि सवारी साधन संचालन हुन सकेका छैनन् ।

सौर्य उर्जाबाट सञ्चालित पहिलो विमान सफल अवतरण

११ श्रावण, २०७३ /  सौर्य उर्जाबाट सञ्चालित पहिलो विमानले पृथ्वीको परिक्रमा पुरा गरेको छ । गत बर्षको मार्च ९ तारिख युनाइटेड अरब इमिरेट्सको अबुधाबीबाट आफ्नो उडान थालेको विमानले पुनस् अबुधाबीमा अवरतण गरेपछि यात्रा पुरा गरेको हो । 

पृथ्वीको परिक्रमाका क्रममा विमानले ४ वटा महादेश, ३ वटा समुन्द्र र २ वटा महासागर गरी ३५ हजार किलोमिटरको दुरी पार गरेको छ । कारको जत्रो तौल भएको सो विमानमा बोइङ ठद्धठ को पंखा जडान गरिएको थियो । विमानमा १७ हजार सौर्य ब्याट्रि प्रयोग गरिएको थियो ।   

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...