Monday, July 18, 2016

गोविन्द केसीले उठाएका माग तत्काल पूरा गर्न संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिको सरकारलाई निर्देशन

३ श्रावण ,२०७३ काठमाडौं / ९ दिनदेखि अनसनरत डा.गोविन्द केसीले उठाएका माग तत्काल पूरा गर्न संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकारलाई निर्देशन दिएको छ।


समितिको टोली त्रिवि शिक्षण अस्पतालमा अनसनरत केसीको अवस्था बुझ्न आज बिहान त्रिवि शिक्षण अस्पताल पुगेको थियो। डा.केसीसँग पहिला अनसन बस्दा तीन पटक भएका सम्झौता तत्काल कार्यान्वयन गर्न र अहिले उठाएका मागलाई तत्काल सम्बोधन गर्न समितिले निर्देशन दिएको हो।

 उहाँले उठाएका माग जायज छन्। ती मागहरुमा सरकारले विगतमा पनि सम्झौता गरेको छ। त्यसैले यो हामी सबै नेपाली जनताको विषय हो। यसलाई हामी सेलाएर जान दिँदैनौं
समिति सभापति सुशील श्रेष्ठ सहित ७ सांसदको टोलीले केसीका माग र स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। तत्काल सरकारले पहल नगरे सम्बन्धित व्यक्तिहरुलाई समितिमा बोलाएर छलफल गर्ने तथा संसदमा पनि यो विषयामा कुरा उठाउने उनले बताए।

‘उहाँले उठाएका माग जायज छन्। ती मागहरुमा सरकारले विगतमा पनि सम्झौता गरेको छ। त्यसैले यो हामी सबै नेपाली जनताको विषय हो। सभापति श्रेष्ठले भने यसलाई हामी सेलाएर जान दिँदैनौं ’,। डा.केसीले समग्र राष्ट्रका लागि माग उठाइरहेकाले ती कुरा सम्बोधन गराएर अनसन तोडाउन आफूले पहल गर्ने उनले बताए।

अनसनको ९ औं दिन अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका सांसदहरुलाई उपस्थित चिकित्साशास्त्र अध्ययन संस्थानका विद्याथीले नारा लगाएर व्यंग्य कसेका थिए। ‘सांसदको चिल्लो कार, कति गर्छौ भ्रष्ट्राचार तथा ‘सांसदज्यू ढिलो भएन’ भन्ने नारा सुनेका सांसदहरुले डा।केसीको पक्षमा उभिने प्रतिबद्धता जनाएर फर्किए।

पृथ्वी राजमार्गको मौवा खोलामा पहिरो, सवारी साधनमा क्षति


३ साउन २०७३,चितवन / पृथ्वी राजमार्गको मौवा खोलामा आज बिहान छ बजे पहिरो खस्दा पाँचवटा गाडीमा क्षति पुगेको छ। एकजना चालक घाइते भएका छन्। चितवन र धादिङको सीमाना मौवा खोलामा गएको पहिरोले लगभग ९० मिटर लामो टहराहरुमा पनि क्षति पुर्याएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घटनास्थल मुग्लिन बजारदेखि १७ किलो मिटर पूर्व धादिङतर्फ दोरेचोक–९ मा पर्छ ।


पहिरोमा परेर ना ५ ख ४११३ नम्बरको ट्रक क्षतिग्रस्त भएको छ। सो ट्रकका चालक नवलपरासी मध्यविन्दु नगरपालिका–४ घर भएका २४ वर्षीय मोहन चौधरी घाइते भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ। त्यस्तै लु १ ख ८६१४ नम्बरको ट्रक र ना ४ ख ९०९१ नम्बरको तरकारी बोक्ने मिनी ट्रकपनि पहिरोमा आएको ढुंगाले लागेर क्षतिग्रस्त भएका छन्।

पहिरोले ना ५ ख ४८४५ नम्बरको यात्रु बसमा पनि सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्रकहरु सोही ठाउँ रोकेर बसी रहेका थिए भने बस गुड्दै गरेको अवस्थामा पहिरोमा परेको थियो। पहिरोले गाडीहरुमा क्षति पुगे पनि यातायात आवागमनमा भने समस्या नपुर्याएको इलाका प्रहरी कार्यालय मुग्लिनको भनाइ छ ।

Sunday, July 17, 2016

ताप्लेजुङको तापेथोक र लेलेपमा भीषण पहिरो , २१ जना अलपत्र

२ श्रावण , २०७३ /  लगातारको बर्षापछि ताप्लेजुङको तापेथोक र लेलेप गाविसमा भीषण पहिरो खस्दा २१ जना अलपत्र परेका छन् । तापेथोक गाबिसको चारैतिर पहिरो खसेपछि बीचमा रहेको बस्तीका ६ परिवारका २१ जना फसेका हुन् । 

उनीहरुको उद्धारका लागि लेलेप र तापाथोक चौकीबाट गएको प्रहरी टोली अझै सो स्थानमा पुग्न सकेको छैन । सञ्चारसम्पर्क समेत हुन नसकेको प्रहरी नायव उपरिक्षक रामवहादुर केसीले बताउनुभयो । ती गाविसमा पुग्ने अधिकांश बाटो पहिरोले बगाएकाले समस्या भएको छ । 

उद्धारका लागी छिमेकी लेलेप गाविसवाट बिभिन्न बाटो हुँदै दर्जन बढी युवा त्यसतर्फ लागेका छन् । चारैतिरै पहिरो गएको तथा बीचमा पर्ने घुन्सा नदीको पुल समेत भत्काएकाले सो क्षेत्रमा जान नसकिएको लेलेपका व्यापारी ग्यावु शेर्पाले बताउनुभयो ।

माओवादी हेडक्वार्टर बैठक बस्दै, प्रधानमन्त्री कानूनविद्सँग परामर्शमा

२ श्रावण , २०७३ /  पछिल्लो राजनीतिक अवस्थाको समिक्षा गर्न नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक आज बस्दैछ । अपरान्ह ३ बजे लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बस्ने बैठकमा नयाँ सरकार गठनमा देखिएका अड्चनबारे छलफल हुने बताइएको छ । 


मुलुकको समसामियीक अवस्थाको समिक्षाका साथै केही सांगठनिक बिषयमा समेत छलफल गर्न बैठक बोलाइएको माओबादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । पछिल्लो पटक कंग्रेससँग गठबन्धन बनाएको माओबादी केन्द्रले प्रधानमन्त्री ओलीलाइ तत्काल राजिनामा दिन आग्रह गरिरहेको छ । प्रधानमन्त्री पनि परामर्शमा नयाँ सरकार गठनका लागि संवैधानिक व्यवस्था पालना गर्दै मार्गप्रशस्त गर्न कंग्रेस र माओवादी केन्द्रले आग्रह गरेपछि प्रधानमन्त्री केपी ओलीले आज कानुनविज्ञहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

नयाँ सरकार गठनका लागि संवैधानिक बाटो नभएको बताउनुभएका ओलीले कसरी अघि बढ्ने भन्ने विषयमा आज अपरान्ह कानुनविद्सँग परामर्श गर्न लागेको उहाँको सचिवालयले जनाएको छ  । कंग्रेस र माओवादी केन्द्रले हिजो कानुनविदहरुसँग परामर्श गरी नया सरकार गठनका लागि संवैधानिक जटिलता नरहेको निष्कर्ष निकालेका थिए । उनीहरुले  अनावश्यक भ्रम सिर्जना नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।


विप्लव माओवादीका ७० कार्यकर्ता पक्राउ

२ श्रावण , २०७३ /  सर्लाहीमा सुकुम्वासी बस्तीमा सरकारले दमन गरेको विरोधमा चक्काजाम गर्न खोज्ने विप्लव माओवादीका ७० जना कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरीले उपत्यकाबाट ४३, चितवनबाट ७ जना र रुपन्देहीको वुटवलबाट २० जना कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चक्काजाम गर्ने खोज्ने क्रममा केही कार्यकर्ताले शहरी विकास कार्यालयको बसमा तोडफोड समेत गरेका छन् ।






comunist

विप्लव माओवादीले आज काठमाडौं उपत्यकासहित देशभर बिहान नौ बजेदेखि दश बजेसम्म चक्काजाम आह्वान गरेको थियो ।
सरकारले सुरक्षाकर्मी परिचालन गरि सर्लाहीमा सुकुम्वासी बस्तीमा दमन गरेकाले देशव्यापी आन्दोलनका कार्यक्रम अन्र्तगत आज चक्काजाम गरिएको केन्द्रीय सदस्य सुदीप मल्लले बताउनुभयो । उहाँले आगामी १० गतेसम्म विभिन्न बिरोधका कार्यक्रम गरिने बताउनुभयो ।
माओवादी बिप्लव समुहले गत शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरि आगामी साउन १० गतेसम्म विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो ।

Saturday, July 16, 2016

टर्कीमा सेनाको एक समुहले गरेको कु को प्रयास असफल

१ श्रावण , २०७३ /  टर्कीमा सेनाको एक समुहले गरेको कु को प्रयास असफल भएको छ । सेनाप्रमुखलाई बन्धक बनाई एक समुहले आज बिहान सत्ता आफ्नो नियन्त्रणमा लिएको दावी गरेको थियो । सेनाको सो समुहले राष्ट्रिय टेलिभिजनमा वक्तव्य जारी गर्दै सत्ता आफ्नो कब्जामा लिएको घोषणा गरेको थियो । 


राष्ट्रपति रिजेप तैयप एर्दोआनले अंकारामा आफ्ना समर्थकलाइ सम्बोधन गर्दै कु को प्रयास पुर्ण रुपमा असफल भएको घोषणा गर्नुभएको हो । बन्धक बनेका सेना प्रमुखलाई समेत उद्धार गरिएको छ । कु प्रयासका क्रममा राजधानी अंकारा, ईस्तानाबुल लगायत मुख्य शहरमा सरकार समर्थित प्रदर्शनकारी र बिद्रोही सैनिकबीच झडप भएका थिए । दुई पक्षको भिडन्तमा १७ प्रहरी अधिकारी सहित ६० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सरकार समर्थित सुरक्षाकर्मीले बिद्रोहमा संलग्न झण्डै ८ सय जनालाई नियन्त्रणमा लिएका छन । 

त्यस्तै बिद्रोही सेनाका केहीले आत्मासमर्पण गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति एर्दोआनले सबै संयन्त्रमा सरकारी नियन्त्रण कायम राखेको बताउनुभएको छ । उहाँले लोकतन्त्रको रक्षाका लागी सडकमा आउन समेत सर्वसाधरण नागरिकलाई आह्वान गर्नुभएको छ । कु को प्रयासका क्रममा विद्रोही सैनिकले मुख्य बिमानस्थल नियन्त्रणमा लिनुका साथै संसद भवनमा आक्रमण गरेका थिए । बम प्रहारबाट संसद भवनमा ठुलो क्षती पुगेको टर्किस अधिकारीहरुले बताईएका छन् ।

बिद्रोही सेनाले हेलीकोप्टरबाट समेत बमबारी गरेको अधिकारीहरुले जनाएका छन् । राजधानी अंकारा लगायतका मुख्य शहरमा अहिले पनि सामान्य झडप जारी छ । विद्रोही सैनिकले केहि स्थानमा कव्जा गरेर आक्रमण जारी राखेका हुन । अंकाराको विमानस्थलबाट हुने सवै उडान रद्द गरिएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन सहित अमेरिका, बेलायत रुस लगायतले पनि टर्कीको पछिल्लो घटनाक्रमप्रति चिन्ता जनाउदै शान्ती र स्थिरताका लागी अपिल गरेका छन्  ।

कुबेतमा घरेलु कामदारको तलबमा बृद्धि

 १ श्रावण , २०७३ /  कुबेतले घरेलु कामदार हाउसमेडको न्युनतम तलबमा बृद्धि गरेको छ । उसले ४० कुबेती दीनारबाट ६० कुबेती डिनार झन्डै २१ हजार रुपैयाँ पुर्‍याएको हो ।


श्रोत देशहरुले हाउसमेडको तलब तथा सुरक्षाको विषयप्रति चिन्ता जनाउँदै पठाउन रोक लगाइरहेको अबस्थामा कुबेत सरकारले नयाँ तलबमान तोकेको हो । आन्तरिक मन्त्री शेख मोहमद खालिद अल सबाहले नयाँ तलबमान सार्बजनिक गरेका थिए ।

कुबेतस्थित नेपाली दुताबासले यसअघि नै नेपाली घरेलु कामदारको न्युनतम तलब ६० डिनार ९२०० डलर० दिने भएपछि मात्रै कामदार आपूर्ति गर्न स्वीकृति दिने गरेको थियो । नेपालले कुबेतमा हाउसमेड पठाउन दुई बर्षदेखि नै बन्द गरेको भएपनि तेश्रो बाटो हुदै तस्करी हुने गरेको छ ।

नेपालले संस्थागत रुपमा हाउसमेड पठाउनको लागि नयाँ निर्देशिका तय गरेको छ । जसमा कुबेतको लागि ३ सय अमेरिकी डलर अर्थात झन्डै ९० केडी हुनुपर्ने उल्लेख छ ।‘गन्तब्य देशले जति तोक्छ । त्यति नै लागु हुन्छ । कि हामीले हाम्रा कामदारलाई यति भन्दा नदिने हो भने पठाउँदैन भन्न सक्नुपर्छ, कुबेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले भने, ‘होइन भने कुबेतसँग द्धिपक्षीय श्रम सम्झौता गर्नु पर्छ ।’

नेपालले हाउसमेड सम्बन्धी दुई पक्षीय श्रम सम्झौता गरेपछि मात्रै घरेलु कामदार आपूर्ति गर्ने कुबेतलाई जानकारी दिएको छ । त्यसको लागि कुबेत र नेपालबीच श्रम सम्झौताको आन्तरीक तयारीमा जुटेको छ । तस्करीको शैलीमा कुबेत पुगेका घरेलु कामदार र रोजगारदाताबीच सम्झौता भए अनुसार तलब लिइरहेको छ । यस्तो अबस्थामा कुबेतले ल्याएको नयाँ मापदण्डले उनीहरुलाई ठूलो राहत मिलेको छ ।

कुबेतले तलबमानसँगै उनीहरुले पाउने अरु सेवासुविधाको विषय पनि सार्बजनिक गरेको छ । जसमा साप्ताहिक बिदा, बार्षिक ३० दिन बिदा, आराम सहित १२ घण्टा काम, बार्षिक एक महिना उपदान दिनुपर्ने उल्लेख छ ।
नेपाली दुताबासका अनुसार हाल कुबेतमा करिब २६ हजार नेपाली घरेलु कामदार कार्यरत छन् 

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...