Saturday, July 9, 2016

माओवादी केन्द्रका मजदुर संगठनबीच एकता


२५ असार , २०७३ /  करिव दुई महिना अघि विभिन्न १० वामपन्थी घटकसँग पार्टी एकीकरण गरेर बनेको नेकपा माओवादी केन्द्रले आज मजदुर संगठनको एकता गरेको छ । राजधानीमा एक कार्यक्रम गरी एकीकरणपछि बनेको मजदुर संगठनको नाम अखिल नेपाल ट्रेड युनियन महासंघ राखिएको छ । 


यस्तै तत्काललाई मजदुर संगठनको नेतृत्व तत्कालीन एकीकृत माओवादीको मजदुर संगठनका अध्यक्ष शालिकराम जमरकट्टेललाई नै दिइएको छ । कट्टेल नेतृत्वको ४ सय २१ सदस्ययीय केन्द्रीय समितिलाई राष्ट्रिय सम्मेलनले अनुमोदन गरेको हो ।

क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी महासंघ र क्रान्तिकारी ट्रेड युनियन विङस् महासंघको एकता भएको हो । यसैबीच एकता माधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशन पछि पार्टीको कार्यसमितिहरु चुस्त हुने बताउनुभयो ।

युरोकप बारे केहि जानकारी


असार २५, २०७३ /  
- युरो च्याम्पियनसिपको पहिलो गोल युगोस्लाभियाका मिलान गालिच (फ्रान्सविरुद्ध युरो–१९६० मा), पच्चीसौं गोल डेनमार्कका कार्ल बर्टेल्सेन (हंगेरी विरुद्ध युरो–१९६४ मा), पचासौं गोल चेकोस्लोभाकियाका डेनेक नेहेदा (नेदरल्यान्डविरुद्ध युरो–१९७६ मा), सयौं गोल फ्रान्सका एलाइन गिरेस्से (बेल्जियम विरुद्ध युरो–१९८४ मा), एकसय पचासौं गोल नेदरल्यान्डका मार्को भान बास्टेनको ह्याट्रिक गोल (र्इंगल्यान्ड विरुद्ध युरो–१९८८ मा), २ सयौं गोल डेनमार्कका किम भिल्फोर्ट (जर्मनी विरुद्ध युरो–१९९२ को अन्तिम गोल) तथा ५ सयौं गोल स्पेनका जाबी (रूसविरुद्धको युरो–२००८ को सेमिफाइनल खेलमा) ले गरेका थिए । 

- फर्नान्डो टोरेस र हुआँ माटा (स्पेन र चेल्सी २०१२), लुइस सुआरेज (इन्टर मिलन र स्पेन १९६४), हान्स भान बु्रकलेन, रोनाल्ड कोइमान, बेरी भान अर्ले र जेराल्ड भानेवर्ग (पीएसभी आइनहोभन र नेदरल्यान्ड १९८८) आदि खेलाडीले एउटै वर्ष युरो कप फाइनल र क्लबस्तरीय च्याम्पियन्स लिग खेलेर विजेता बन्ने सौभाग्य पाएका थिए । 
- सेप मायर, हान्स जर्ज स्वार्जेनबेक, फ्रेन्ज बेकनबाउर, उली होइनेस (वायर्न म्युनिख र पश्चिम जर्मनी १९७६), रिकार्डो कार्वाल्हो, नुनो भ्यालेन्टे, कोस्टिन्हा, मानिचे, डेको र पाउलो फेरेरा (एफसी पोर्टो र पोर्चुगल २००४) लगायतका अन्य १० खेलाडीले च्याम्पियन्स लिग जिते पनि त्यही सालको युरो कप जित्नबाट चुके । 
- युरो च्याम्पियनसिपको इतिहासमा सर्वाधिक छिटो गोल गर्ने खेलाडी रूसका दिमित्री किरिचेन्को हुन् । उनले युरो–२००४ को समूह चरणमा ग्रिसविरुद्ध केवल ६७ सेकेन्डमै गोल गरेका थिए । 


- समूह चरणमा समान अंक भए पनि गोल अन्तरका कारण अघि बढेको ग्रिसले फाइनलमा आयोजक पोर्चुगललाई हराई उपाधि नै जितेको थियो । यसअघि ग्रिसले पोर्चुगललाई युरो–२००४ को उद्घाटन खेलमा पनि पराजित गरेको थियो । क्वाटर फाइनलमा साविक विजेता फ्रान्सलाई हराएको थियो । यसरी ग्रिस साविक विजेता र आयोजक राष्ट्र दुवैलाई हराउने पहिलो टिम बन्यो ।


Thursday, July 7, 2016

सुनुवाई समितिमा यादवको नाममा सर्वसम्मती

२४ असार , २०७३ / संसदीय सुनुवाई बिशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा डा. अयोधीप्रसाद यादवलाई सर्वसम्मतीले अनुमोदन गरेको छ । 

Ayodhi-Prasad-Yadav
आज बिहान सिंहदरवारमा बसेको समिति बैठकले यादवमाथि सुनुवाई गर्दै नियुक्तीका लागि बाटो प्रसस्त गरेको हो । संवैधानिक परिषद्ले यादवलाई गत मंसिर २२ गते नियुक्ती सिफारिस गरेपनि सुनुवाई समिति गठन नहुँदा नियुक्ती प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
सुनुवाई लगत्तै बसेको समिति बैठकले उहाँको नाम अनुमोदन गर्दै सम्बन्धित निकायमा पत्रचार गरेको समिति सदस्य समेत रहेका कांग्रेस सांसद प्रकाशसरण महतले जानकारी दिनुभयो ।

बैठकमा कायमुकामयम प्रमुख निर्वाचन आयुक्त यादवले मुलुक संघीयतामा गईसकेकाले आयोगको क्षमता सोही अनुसार बिस्तार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कागजी मतपत्रको ब्यवस्थाले बिदेशमा रहेका नेपालीहरु मतदान गर्न छुट्ने गरेको तथा बदर मतको संख्या अत्यधिक हुने गरेको भन्दै उहाँले आफ्नो कार्यकालमा बिद्युतीय मतदानको ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बैठकको सुरुमै धारणा राख्दै समिति सभापति कुलबहादुर गुरुङले आगामी दिनको कार्ययोजनाबारे जानकारी गराउन यादवलाई बोल्ने समय दिनुभएको थियो । यादवले बिगतमा आफ्नो कामको फेहरिस्ता प्रस्तुत गर्दै नेपालमा हुने हरेक प्रकारका निर्वाचनलाई स्वच्छ, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक कानूनको निर्माण, आयोगको क्षमता बृद्धि लगायत बिषयमा बढी ध्यान दिने उल्लेख गर्नुभएको थियो ।

आफु बिरुद्ध परेका २ वटा उजुरी भने निराधार भएको दावी गर्नुभएको छ । सोक्रममा समिति सदस्यहरुले यादवमाथि बिभिन्न जिज्ञासा राखेका थिए । समितिको पर्सि आइतवार बस्ने बैठकले प्रधानन्यायाधीशमा नियुक्ती सिफारिस भएकी सुशीला कार्कीमाथि सुनुवाई गर्ने समय निर्धारण गर्ने सदस्य महतले जानकारी दिनुभयो । कार्की बिरुद्ध बिभिन्न ६ वटा उजुरी परेको समितिले जनाएको छ ।

सर्वोच्च अदालतका लागि ११ जना न्यायधीश र २२ मुलुकका लागि राजदूतमा सिफारिस भएकाहरुको सुनुवाई भने क्रमशस् गर्दै जाने समितिको तयारी छ । समितिले गत २० गतेसम्म उजुरी दिन गरेको आग्रहमा नियुक्ती सिफारिस भएका बिभिन्न ३५ जनामाथि ३० वटा उजुरी परेका थिए ।

जर्मनीलाई पराजित गर्दै फ्रान्स युरोकपको उपाधि नजिक

२४ असार , २०७३ / बिश्वबिजेता जर्मनीलाई पाखा लगाउँदै आयोजक फ्रान्स युरोकप फुटबलको उपाधि नजिक पुगेको छ । आज बिहान सम्पन्न दोश्रो सेमिफाईनलमा बिश्वबिजेता जर्मनीलाई २–० को हार चखाउँदै आयोजक फ्रान्स प्रतियोगीताको अन्तिम दुई प्रबेश गरेको हो । ठुला प्रतियोगीतामा फ्रान्सले सन् १९५८ यता जर्मनीलाई हराएको यो पहिलो पटक हो ।  
फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यान नायक बने । पहिलो हाफको ईन्ज्युरी समयमा ग्रीजम्यानले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सका लागि खाता खोलेका थिए । जर्मनीका कप्तान बाष्टिएन स्वाईन्स टाईगरले डिबक्समा हेण्ड गरेपछि पाएको पेनाल्टीको अबसरलाई ग्रीजम्यानले सदुपयोग गरेका थिए ।  
पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको फ्रान्सका लागी खेलको ७२ औ मिनेटमा ग्रीजम्यानले दोश्रो गोल गरे । जारी प्रतियोगीतामा उनले ६ गोल गर्दैै सर्बाधिक गोलकर्ताको सुचीको शिर्ष स्थानमा छन् ।
६८ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि जर्मनी प्रतियोगितामा अघि बढ्न भने सकेन । उसका ५ प्रहार फ्रान्सका गोलरक्षक हुगो लौरिसले बचाएका थिए । 
उपाधिका लागि फ्रान्सले पर्सि आइतवार पोर्चुगलसंग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल यस अघिनै वेल्समाथी २–० कै जित निकाल्दै अन्तिम दुई प्रबेश गरिसकेको छ। उपाधि भिडन्त पेरिसस्थित स्टेड डि फ्रान्समा हुनेछ ।  


सीटीईभिटीको भर्नाको मापदण्ड परिवर्तन, डी प्लस ल्याउनेले पनि पढ्न पाउने



२४ असार ,२०७३ /  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभिटी आफ्नो डिप्लोमा कोर्समा भर्ना हुने मापदण्ड परिवर्तन गरेको छ । परिषद्ले  एसएलसीमा अंग्रेजी, गणित र विज्ञान बिषयमा डी प्लस अंक ल्याउने विद्यार्थीले समेत आफ्नो डिप्लोमा कोर्समा भर्ना पाउने गरी भर्नाको मापदण्ड परिवर्तन गरेको हो । यसअघि डिप्लोमा तहको सबै विषय अध्ययनको लागि अंग्रेजी, गणित र विज्ञान बिषयमा सी चाहिने व्यवस्था थियो । एसएलसी पास भएका विद्यार्थीलाई लक्षित गर्दै सीटीईभिटीको राष्ट्रिय पाठ्यक्रम बोर्डको आज बसेको बैठकले भर्ना मापदण्ड परिवर्तन गरेको सदस्य सचिव रामहरि लामिछानेले जानकारी दिए ।

बैठकले स्वास्थ्य बिषयको डिप्लोमा कोर्सको लागि जीपीए कम्तीमा २, अंग्रेजी, गणित र विज्ञानमा सी चाहिने निर्णय यथावत राखेपनि अन्य बिषयमा पढ्न चाहनेको लागि भने मापदण्ड परिवर्तन गरेको छ ।
ईन्जिनियरिङतर्फ डिप्लोमा पढ्न अंग्रेजीमा डी प्लस, विज्ञान र गणितमा सी भए पुग्ने बैठकले निर्णय गरेको छ । यसअघि सबै तीनै बिषयमा कम्तिमा सी ल्याउनुपर्ने प्रावधान थियो ।

कृषि र वनमा डिप्लोमा कोर्स पढ्नको लागि अंग्रेजी, गणित र विज्ञानमध्ये २ वटामा सी र एउटामा डी प्लस भएपनि भर्ना पाइने निर्णय पाठ्यक्रम बोर्डले गरेको छ । होटल म्यानेजमेन्ट, उद्यमशीलता विकास र सोसल वर्कजस्ता बिषयमा डिप्लोमा कोर्सको लागि अंग्रेजी, गणित र विज्ञान तीनैमा डी प्लस भए पनि भर्ना पाइने निर्णय भएको परिषद्का सदस्य सचिव लामिछानेले बताए । एसएलसी दिएका धेरैभन्दा धेरै विद्यार्थीलाई समेट्न बोर्ड बैठकले यस्तो निर्णय गरेको उनले बताए । उनले भने ‘यो निर्णयपछि धेरै विद्यार्थीले एसएलसीपछिको शिक्षा पढ्न पाउनेछन्’, ।


इदउल फित्र धुमधामका साथ मनाईदै

२३ असार , २०७३ / इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल फित्र आज हर्सोल्लासका साथ  मनाईदैछ । आत्म संयम् र शुद्धिका लागि एक महिनासम्म गरिने रमदान उपवास सकिएको भोलिपल्ट इदउल फित्र मनाउने गरिन्छ । 

आज बिहानै नुहाई धुवाई गरी नयाँ तथा सफा लुगा लगाएर मुस्लिम समुदायका मानिसहरुले इदगाह, मस्जिद र खुला मैदानमा भेला भई सामुहिक नमाज पढ्ने गर्छन् । नमाज पढेपछि सबैले एक आपसमा गला मिलाई शुभकामना आदानप्रदान गर्छन् ।

दानको विशेष महत्व रहेको यो पर्वमा नमाज अघि मुस्लिम धर्मगुरु वा मस्जिदले तोकेको रकम हरेकले दान गर्ने परम्परा छ । सो रकम गरिब, असहाय र अनाथकालागि खर्च गरिन्छ । नमाजपछि तीनदिनसम्म इष्टमित्र, आफन्त, छरछिमेक तथा साथीभाईलाई बोलाएर सेवई, खजुर, मिठाई लगायतका परिकार खाने तथा खुवाउने  गरिन्छ । पर्वका अवशरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । 

यसैबीच, ईदउल फित्रको अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्नुभएको छ । धार्मिक तथा सांस्कृतिक विविधतायुक्त मुलुकको मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धनमा ईदउल फित्र जस्ता पर्वले महत्वपूर्ण योगदान गर्ने उहाँद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, नेपाली कंग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले पनि पर्व मनाई रहेका इस्लाम धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ ।  

वेल्सलाई पाखा लगाउँदै पोर्चुगल युरोकप फुटबलको फाइनलमा

२३ असार , २०७३ / गारेथ वेलको वेल्सलाई पाखा लगाउँदै पोर्चुगल युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । आज विहानका राती सम्पन्न खेलमा वेल्समाथि २–० को जित निकाल्दै पोर्चुगल उपाधि नजिक पुगेको हो । उपाधिका लागि अब पोर्चुगलले आज राती हुने  आयोजक फ्रान्स र बिश्व बिजेता जर्मनीबीचको दोस्रो सेमिफाईनलको विजेतासँग आगामी आईतवार प्रतिस्पर्धा गर्नेछ ।
लियोनमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि ५० औ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले हेडर मार्फत उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै नानीले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । बेल्जियमलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको वेल्सले ५६ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि गोल फर्काउन सकेन । युरोकपको डेब्यु म्याचमा नै सेमिफाईनलसम्मको यात्रा तय गरेको भन्दै उपस्थित दर्शकले भने वेल्सका खेलाडिलाई तालीले सम्मान गरेका थिए ।
पोर्चुगल विदेशी भुमीमा आयोजित कुनै पनि महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुग्दा वेल्स भने पहिलो पटक कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिताको फाईनलमा प्रवेश गर्न चुक्यो । सन् १९५८ को बिश्वकप फुटबलको क्बाटरफाईनलमा पुगे यता वेल्स महत्वपूर्ण प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।
५६ प्रतिशत खेल आफ्नो नियन्त्रणमा लिए पनि वेल्सले हार भने टार्न सकेन ।  प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाईनलमा आज राती आयोजक फ्रान्स र विश्व विजेता जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । 

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...