भक्तपुर, २ असार / परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । एसएलसीको ८२ वर्षे इतिहासमा यसैवर्षदेखि ग्रेडिङ पद्धति लागू भएको छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरिएको हो ।
नियमिततर्फ ९० देखि १०० प्रतिशत ल्याउने ए प्लसमा १६ हजार ४ सय ५४ जना, ८० देखि ९० प्रतिशत ए ग्रेडमा ४१ हजार ५ सय ७७ जना, ७० देखि ८० प्रतिशत बी प्लसमा ४८ हजार ६ सय ११ जना, ६० देखि ७० प्रतिशत बीमा ६३ हजार १ सय ८१ जना, ५० देखि ६० प्रतिशत सी प्लसमा ९४ हजार ७ सय १६ जना,४० देखि ५० प्रतिशत सी ग्रेडमा १ लाख ४ हजार २ सय ७८ जना, ३० देखि ४० प्रतिशत ल्याउने डी प्लसमा ५६ हजार ७ सय ६३ जना, २० देखि ३० डीमा ८ हजार जना र २० देखि १० प्रतिशत इमा ११ जना छन् । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित भएको छ ।
परीक्षामा कूल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमित तर्फ चार लाख ५२ हजार ८८१ र एक्ज्याम्टेड तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थीले परीक्षा दिएका थिए ।
कहाँ हेर्ने परीक्षााफल ?
अघिल्ला वर्षहरु जस्तै एसएलसीको नतिजा वेवसाइट, एसएमएस र टेलिफोनबाट थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । www.moe.gov.np, wwww.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको PSTN, CDMA, Postpaid, prepaid मार्फत १६०० नं. डायल गरि प्राप्त सन्देश अनुसार नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरि SMS बाट पनि नतिजा थाहा पाउन CDMA, Postpaid, prepaid मोवाईल सेटको म्यासेजबक्समा गएर slc ˂space˃ सिम्वाेल नम्बर टाईप गरि ३५५६६ मा एसएमएस पठाउन सकिनेछ ।
।
।