Tuesday, May 24, 2016

विमानस्थलमा भेटियो माइक्रोवेभ भित्र साढे ३ किलो सुन

१२ जेठ /  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले मंगलवार राति साढे ३ किलो अवैध सुनसहित भारतीय मुलका सिंगापुरीयन नागरिक मारुगाइयन सेल्भमलाई पक्राउ गरेको छ ।
मालिन्दो एयरको ओडी ८०४ फ्लाइटबाट राति ८:३० मा आएका सेल्भमको साथमा रहेका एम्प्लिफायर र माइक्रोवेभमा ३७ पिस सुन लुकाएको अवस्थामा बरामद भएको हो ।
विमानस्थल भन्सारका प्रमुख भन्सार अधिकृत तुलसी चौलागाईंले भने 'भन्सारका साथीहरुले शंका लागि मार्क गरेपछि हामीले बाहिर निस्केपछि खोलेर जाँच गर्दा सोनीको म्याक्स एम्प्लिफायर र माइक्रोवेभ भित्र सुन भेटाएका हौं,' ।
अधिकृत चौलागाईंका अनुसार ई५५५८४२एच नम्बरको सिंगापुरको रहादानीवहाक सेल्भमलाई अहिले भन्सारको हिरासतमा राखिएको छ ।
'विदेशबाट आउने नेपालीलाई ५० ग्राम काँचाे सुन ल्याउन पनि छु्ट हुन्छ,' उनले भने, 'तर विदेशीलाई भने सो परिमाणकाे गरगहना मात्र ल्याउन छुट छ । बढी परिमाणको सुन, त्यो पनि लुकाइ छिपाइ ल्याउनु गैर कानुनी हो ।'


No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...