Wednesday, June 1, 2016

पूर्वराजाले देशभर धार्मिक यात्रा थाल्ने


                                           काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु
राष्ट्र नेपाल बनाउन करिव २५ जिल्लामा धार्मिक यात्रा गर्ने भएका छन् । दुई सातादेखि आफ्नै लगानीमा रहेको झापास्थित हिमालयन टी स्टेटमा रहेका पूर्वराजाले हिन्दुराष्ट्रका लागि धार्मिक यात्रा सुरु गर्ने योजना बनाएका छन् ।

हिमाल, पहाड र तराईका २५ जिल्लामा उनले धार्मिक यात्रा गर्ने तयारी गरेका छन् । जनकपुरको रामजानकी मन्दिरदेखि प्यूठानको स्वर्गद्धारीसम्म उनले धार्मिक यात्रा गर्ने स्रोतले बताएको छ । त्यही सिलसिलमा उनी मुगुको रारा पनि पुग्ने योजना  छ ।

पूर्वराजाको धार्मिक यात्राका लागि दजनौ मन्दिरहरुमा बिशेष कार्यक्रम र पुजा गरिने भएको छ । धार्मिक कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाहलाई पनि पूर्वराजाले सँगै लिने योजना बनाएका छन् । पूर्वराजपरिवका सदस्य मध्ये अलि बढि चर्चा र साहनुभूतिमा हिमानी पर्दछिन् । हिमानीको सहानुभूतिलाई नागरिक समक्ष राख्ने योजना पूर्वराजाले बनाएका छन् ।

त्यसैगरी पूर्वराजाको धार्मिक यात्रामा धार्मिक संगठनहरुको पनि सहभागिता हुने भएको छ । उनले २५ जिल्लाका २५ मन्दिरहरुमा पुजाआजा गर्ने भएका छन् । पुजाआजाका बेला सर्वसाधरणसँग भेट गर्ने कार्यक्रम रहेको उनी निकट स्रोतले बताएको छ ।

आफ्नो धार्मिक भ्रमणका बारेमा छलफल गर्न पूर्वराजाले अतिनिकट तीन ब्यक्तिलाई शुक्रबार झापा बोलाएका थिए । भरतकेशर सिंह, प्रभाकर सम्शेर र प्रभु समशेरलाई झापा बोलाएर पूर्वराजाले भ्रमण योजना तय गरेका हुन् । असारको खेति सकिएलगतै उनले धार्मिक यात्रा थाल्ने भएका छन् ।


No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...