भक्तपुर, २ असार / परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । एसएलसीको ८२ वर्षे इतिहासमा यसैवर्षदेखि ग्रेडिङ पद्धति लागू भएको छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरिएको हो ।
परीक्षामा कूल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमित तर्फ चार लाख ५२ हजार ८८१ र एक्ज्याम्टेड तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थीले परीक्षा दिएका थिए ।
कहाँ हेर्ने परीक्षााफल ?
अघिल्ला वर्षहरु जस्तै एसएलसीको नतिजा वेवसाइट, एसएमएस र टेलिफोनबाट थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । www.moe.gov.np, wwww.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको PSTN, CDMA, Postpaid, prepaid मार्फत १६०० नं. डायल गरि प्राप्त सन्देश अनुसार नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरि SMS बाट पनि नतिजा थाहा पाउन CDMA, Postpaid, prepaid मोवाईल सेटको म्यासेजबक्समा गएर slc ˂space˃ सिम्वाेल नम्बर टाईप गरि ३५५६६ मा एसएमएस पठाउन सकिनेछ ।
।
।
No comments:
Post a Comment