२२ कार्तिक / चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ लिन पुगेको थप नेपाली ट्याङ्कर आज फर्किदैछन् । हिजो तिब्बतको केरुङ पुगेका ट्याङकर आज तेल भरेर फर्किने आयल निगमले जनाएको छ । नेपाल आयल निगमका २७ वटा ट्याङकर तेल लिन गएका छन् । केरुङ गएका ३४ खाली ट्याङ्करमध्ये सातवटाले पेट्रोलियम पदार्थ बोकी हिजो काठमाण्डु आएको र आज बाँकी ट्याङ्कर पेट्रोलियम पदार्थ भरेर आउने नेपाल आयलन निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । भारतीय नाकाबाट भने तेल आउने क्रम अवरुद्ध भएको छ । भारतले गप कडाई गरेपनि केहीदिन यता मालवाह गाडी मात्रै केही रुपमा आएका छन् ।
झडपमा प्रदर्शनकारीले चलाएको ढुंगा
लागेर रातोमाटो गण मकवानपुरमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्ण चौधरी र
इनरवा प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सुवेदीसहित १० जनाभन्दा बढी
सुरक्षाकर्मी घाइते भएका छन्। चौधरीको मुखमा ढुंगा लागेर दात भाँच्चिएको छ
भने सुवेदीको हात र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
आन्दोलनकारी प्रहरीलाई चारैतिरबाट घेरेका कारण घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याउन सकिएको छैन।