Saturday, November 7, 2015

संसद चल्न नदिने मधेसी मोर्चाको रणनीति

२२ कात्तिक, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले संसद पनि चल्न नदिने रणनीति बनाएको छ । प्रधानमन्त्री, सभामुख र राष्ट्रपति निर्वाचनपछि व्यवस्थापिका संसदको बैठक आइतबार विहान ११ बजे बोलाइएको छ । बैठकमा मधेसी मोर्चामा आवद्ध चार दलका सभासदहरु पनि सहभागी हुने भएका छन् ।

संविधान घोषणाका क्रममा बाहिरिएको मधेसी मोर्चा प्रधानमन्त्री निर्वाचनमा संसदमा फर्किएको थियो । तर, त्यसपछिका चुनावमा भाग लिएन । मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी पार्टीका संसदीय दलका नेता अशोक राईले सडक र सदनमा संघर्ष गर्ने आफूहरुको नीति भएको अनलाइनखबरलाई बताए । सदन अवरुद्ध हुन सक्ने संकेत गर्दै उनले भने(अधिकारका लागि हामी सडकमा संघर्षरत छौं । अब सदनलाई पनि प्रयोग गर्छौं ।’मोर्चामा आवद्ध तमसपाका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोली सदस्य रामेश्वर रायले पनि सडकमा आन्दोलन गरिरहेकाले सदनमा पनि गर्ने बताए । यद्यपि आइतबारको बैठकमा नै अवरुद्ध गर्ने नगर्नेबारे मोर्चाका नेताहरुले प्रष्ट पारेका छैनन् । राईले भने(‘हामी मधेस आन्दोलनबारे आफ्ना कुरा राख्छौं । सरकार र सदनको मुड हेर्छौ र त्यही निर्णय हुन्छ ।’

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि मधेसको समस्या समाधानका लागि एमाले नेतृत्वको सरकारलाई दबाव दिने तयारी गरेको छ । उसले आफ्नो नेतृत्वको अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक ल्याउन दबाव दिने तयारी गरेको छ । 

Monday, November 2, 2015

मन्त्री मण्डलले भने हामी भारतको गुलाम होइनौं



 
१६ कार्तिक, विराटनगर /   बिना बिभागीय मन्त्री सत्यनारायण मण्डलले नेपाली जनता भारतको गुलाम नभएको बताएका छन्। मन्त्री मण्डलले भने - हामी भारतका गुलाम होइनौं, नेपाली जनताले आफ्नो भविष्य आफैँ निर्धारण गर्छ। भारतले बिना बर्दीको मानिस पठाएर मधेसमा जारी आन्दोलनलाई उचालेको आरोप समेत लगाएका छन्। विराटनगरमा आज सञ्चारकर्मीसित कुरा गर्दै मन्त्री मण्डलले नयाँ संविधानमा भारतीय चासो पूरा नभएपछि बिना बर्दीको मानिस पठाएर आन्दोलन उक्साएको बताए।

भारतले पछिल्लो समय नेपालमाथि नव उपनिवेश लाद्न खोजेको आरोप लगाउँदै उनले सीमा नाकामा भइरहेको आन्दोलनमा भारतको साथ र सहयोग रहेको बताए। प्रदेशको सीमाकंनमा हाम्रो पनि असहमति छ, उनले भने, तर, मधेसका अरु सबै माग नयाँ संविधानले सम्बोधन गरिसकेको छ। सीमाकंनको असहमति विज्ञहरुको सल्लाहमा टुग्याउनुपर्ने बताए।

प्रहरीको गोली लागेर वीरगन्जमा भारतीय नागरिककाे मृत्यु


१६ कार्तिक /  प्रहरीको गोली लागेर वीरगन्जमा एक भारतीय नागरिककाे मृत्यु भएकाे छ। वीरगन्ज नाकाको शंकराचार्य गेट नजिक भएको झडपमा प्रहरीको गोलीबाट रक्साैलका अाशिसकुमार रामकाे मृत्यु भएको अस्पतालले जनाएकाे छ।  उनको टाउकोमा गोली लागेको छ। उनको साथमा दुईवटा भारतीय नम्बरफो मोबाइल सेट बरामद भएपछि उनकाे पहिनाच खुलेकाे हाे। उनकाे माेवाइलबाट मामालाइ फाेन गर्दा उनकाे पहिचान खुलेकाे हाे।
प्रहरीको गोली लागेर वीरगन्जमा भारतीय नागरिककाे मृत्यु
झडपमा प्रदर्शनकारीले चलाएको ढुंगा लागेर रातोमाटो गण मकवानपुरमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्ण चौधरी र इनरवा प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सुवेदीसहित १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्। चौधरीको मुखमा ढुंगा लागेर दात भाँच्चिएको छ भने सुवेदीको हात र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
आन्दोलनकारी प्रहरीलाई चारैतिरबाट घेरेका कारण घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्‍याउन सकिएको छैन।
- See more at: http://www.nagariknews.com/breaking-news/story/47988.html#sthash.n2qA33Oo.dpuf

सत्तारुढ दलहरुवीच दुई मन्त्रालयमा विवाद


१६ कार्तिक,काठमाडौँ /  सत्तारुढ दलहरु नेकपा एमाले, फोरम (गणतान्त्रिक) र राप्रपा नेपालवीच दुई मन्त्रालय कस्ले लिने भन्नेमा विवाद उत्पन्न भएको छ ।

स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कस्ले राख्ने भन्ने विषयमा नेकपा एमाले र मधेसी जनअधिकार फोरम नेपाल( लोकतान्त्रिक) वीच मतभेद भएको छ । फोरमले सो मन्त्रालय आफूले पाउनु पर्ने अडान राखेको छ ।
त्यस्तै सङ्घीय मामिला तथा स्थानीय निकाय मन्त्रालय बारेमा नेकपा एमाले र राप्रपा नेपाल वीच विवाद रहेको छ ।

दुबै दलले त्यो मन्त्रालयमा आ आफ्नो दावी गरेका छन । यी दुई मन्त्रालयको विवाद टुङगो नलाग्दा सरकार विस्तारमा ढिलाई भईरहेको बताईएको छ । यस विषयमा नेकपा एमालेले आज छलफल गर्दैछ । एमाले स्थायी कमिटीको आज बस्ने बैठकमा विकसित राजनीतिक परिस्थिति र समसामयिक विषय, सरकारका काम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने भएको छ ।

उपप्रधानमन्त्री थापा अाज जेनेभा प्रस्थान गर्दै

१६ कार्तिक,काठमाडौं /  उपप्रधानमन्त्री तथा परराष्टमन्त्री कमल थापा स्वीट्जरल्याण्डको जेनेभामा हुने हृयुमन राइट्स काउन्सिलको बैठकमा सहभागी हुन अाज त्यसतर्फ प्रस्थान गर्दैछन्। थापाले मधेसी मोर्चासँगको वार्ता सकारात्मक बनेको र प्रधानमन्त्री केपी शर्मा अोलीले अन्तराष्ट्रिय मञ्चमा नेपालको पछिल्लो अवस्थाबारे अवगत गराउनु अावश्यक देखिएको भन्दै जेनेभा जान मन्त्री थापालाइ निर्देशन दिएको बताइएको छ। थापाले सोही निर्देशन पालन गर्दै त्यसतर्फ जान लागेको ट्विट मार्फत जनाएका छन्। 

मधेसी मोर्चासँगको वार्ताका लागि सरकारी वार्ता टोलीको संयोजक रहेका कारण मुख्य दायित्व छाडेर विदेश जानु उचित नहुने भन्दै थापाले यसअघि भ्रमण रद्द गरेको जनाएका थिए।

चीनले दिएको तेल लिएर १२ वटा टयाङ्कर आज काठमाडौँ आउँदै


१६ कात्तिक,काठमाडौं /  चीनले दिएको अनुदानको तेल भर्न हिजो रसुवागढी नाकाबाट केरुङ गएका १२ वटा टयाङ्कर आज काठमाण्डु फर्किंदैछन् । तीनवटा ट्याङ्कर तेल बोकेर अस्ति नेपाल भित्रिएको र हिजो गएका नौवटा ट्याङ्कर टिमुरेस्थित भन्सार क्षेत्रमा ल्याइएका छन् ।

नेपाल आयल निगमका प्रवक्ता दीपक बरालका अनुसार आज एकैसाथ १२ वटा ट्याङ्कर काठमाडौँ आउने र थप चार वटा भने फेरि तेल भर्न केरुङ पठाइनेछ ।

 चीनले नेपाललाई दिएको अनुदानको पेट्रोलियम पदार्थको तीन करोड ६४ लाख भन्सार नेपाल आयल निगमले भन्सार कार्यालयलाई बुझाइसकेको भन्सार अधिकृत श्याम बस्नेतले जानकारी दिनुभयो ।

वीरगञ्ज तनावग्रस्त, ५० राउन्ड अश्रुग्यास प्रहार,५ सय भारतीय गाडी भारतीय क्षेत्रमा प्रवेश

१६ कार्तिक /  मधेसी मोर्चाका आन्दोलनकारी हटाएर  सुरक्षाकर्मीले केही बेर वीरगञ्ज नाका खुलाएसँगै वीरगञ्ज तनावग्रस्त भएको छ। बस पार्क क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ। सो ठाउँको स्थितिलाइ नियन्त्रणमा लिन प्रहरीले ५० राउन्डभन्दा बढी अश्रुग्यास चलाएको छ। वीरगञ्जमा अलपत्र करिब ५ सय भारतीय गाडी भारतीय क्षेत्रमा प्रवेश गरेसँगै वीरगञ्ज क्षेत्र तनावग्रस्त बनेको हो। आन्दोनलरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुको धर्नाका कारण ४० दिनदेखि अवरुद्ध विरगंज नाका प्रहरीले बल प्रयोग गरेर खोलेको छ ।

आज विहानै प्रहरीले धर्नामा रहेका मोर्चाका कार्यकर्ताहरुलाई बल प्रयोग गरेर धर्ना स्थलबाट लखेटेपछि नाका खुलेको हो । नाकामा सुतिरहेका धर्नाकारीहरुलाई विहान ४ बजे प्रहरीले लखेटेको हो । अहिले सो क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले भारतबाट नेपाल सामान ल्याएर खाली रहेका ट्रकहरु भारत तर्फ फिर्ता गराउन थालिएको छ । त्यसपछि रक्सौलमा थन्किएर बसेका मालवाहक सवारी साधनहरु नेपाल भित्राउने तयारी भईरहेको छ । तर अहिलेसम्म भारततर्फबाट सामान बोकेका सवारी साधन नेपाल आईसकेका छैनन ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...