२७ असोज,काठमाडौं/ सभामुख सुवास नेम्वाङले आज राजीनामा दिने तयारी गरेका छन्। तीन बजे बस्ने व्यवस्थापिका संसदमा सभामुखको निर्वाचनका लागि कार्यतालिका पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।'सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेपछि पदमा बसिरहनु उचित हुँदैन भन्ने निष्कर्षमा सभामुखज्यू पुग्नु भएको छ,' सचिवालय स्रोतले भन्यो,'त्यसै कारण आज सभामुखज्यूको राजीनामा आउने संभावना बढेको छ।' संसद सचिवालयका अनुसार सभामुखको निर्वाचनको लागि बिहीबार उम्मेदवारी दर्ता गराउने र शुक्रबार निर्वाचन गर्ने तयारी रहेको छ। दलहरुबीच भएको सहमति अनुसार नयाँ सभामुख एमाओवादीले पाउने तय भएको छ।
तर एमाओवादीले कसलाई सभामुख बनाउने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन। संविधानको धारा २९९ (२) मा संसद बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान छ। सभामुख चयनको प्रक्रिया सुरु भएपछि आफू सो पदमा बस्नु उचित नहुने भन्दै नेम्वाङले राजीनामा दिने तयारी गरेका हुन्।
Tuesday, October 13, 2015
प्रधानमन्त्री अोलीद्वारा गुरूङको पार्थिव शरीरमा श्रद्धाञ्जली
२६ असोज,काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री ओली धुम्बाराहीस्थित राप्रपा नेपालको पार्टी कार्यालय पुगेका थिए।
राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले गुरूङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए। श्रद्धाञ्जलीका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, सभामुख सुवास नेम्वाङ, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइ लगायत नेताहरू र राप्रपा नेपालका नेता कार्यकर्ता पार्टी कार्यालय पुगेका थिए।
राप्रपा नेपालका केन्द्रिय सदस्य राजाराम बर्तौलाका अनुसार आजै गुरूङको पार्थिव शरीर ५ बजे अन्तिम दाहसंस्कारका लागि आर्यघाट लगिने छ।
प्याङ्क्रियाजको क्यान्सरको उपचारको क्रममा अमेरिकामा गुरूङको असोज १६ गते निधन भएको थियो।

भारतीय नाकामा केही सहज, ९० ट्यांकर इन्धन नेपाल आए
२६ असोज, काठमाडौं । वीरगञ्जबाहेक अन्य
नाकामा मंगलबार भारतीय पक्षले भन्सार जाँच केही सहज बनाएको छ । जसका कारण
अन्य दिन भन्दा धेरै मालबाहक गाडी नेपाल आएका छन् ।
काँकडडभिट्टा, बिराटनगर, भैरहवा,
नेपालगञ्ज र कैलाली नाकाबाट दिउँसो ३ बजेसम्म ३ सय भन्दा बढी मालबाहक गाडी
नेपाल प्रवेश गरेका छन् । जसमा ९० वटामा ईन्धन ट्यांकर समेत छन् ।
काँकडभिट्टा भन्सारबाट ४ बुलेट ग्यास
भित्रिएको मेची भन्सार प्रमुख भीम अधिकारीले जानकारी दिए । भारतमा मंगलबार
नै ३२ वटा ट्यांकर भारतीय आयल कर्पोरेशनको सिलगुढी डिपोमा तेल लिन गएकामा
२२ वटमा लोड दिएको जानकारी आफुले पाएको उनले बताए ।
बेलुकासम्म २२ वटै ट्यांकर तेल भरेर नेपाल
भित्रिने भन्सार प्रमुख अधिकारीको विश्वास छ । दिउँसोसम्म काँकडभिट्टा
नाकाबाट १ सय ४ वटा मालबाहक गाडी नेपाल आएका छन् ।
यसैगरी बिराटनगर नाकाबाट पनि १ सय भन्दा
बढी गाडी नेपाल भित्रिएका छन् । जसमा ४६ वटा इन्धन बोकेका ट्यांकर छन् ।
दिउँसोसम्म ३१ वटा डिजेल र पेट्रोल बोकेका ट्यांकर तथा १५ वटा ग्यास बुलेट
नेपाल आएको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । नाकामा
विस्तारै खुकुलो हुँदै गएको र भारतीय भन्सारबाट जाँचपास हुने क्रम चलिरहेको
उनले बताए ।
यसैगरी भैरहवा नाकाबाट पनि दिउँसोसम्म १
सय ५० भन्दा बढी मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् । सोमबारेदेखि सुचारु
भएको भैरहवा नाकाबाट दिउँसोसम्म ४ वटा डिजेल र एउटा ग्यास बुलेट नेपाल
भित्रिएका बेलहिया भन्सारका अधिकृत रविन्द्र प्याकुरेलले जानकारी दिए ।
नेपालगञ्ज नाकाबाट पनि दिउँसोसम्म १३
ट्यांकर डिजेल भित्रिएको छ । दिउँसोसम्म ४० वटा मालबाहक गाडी आएको र नाकामा
कुनै किसिमको अवरोध नरहेको जमुनाह भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी
दिए ।
यसैगरी कैलालीको गैरीफन्टा नाकाबाट
दिउँसोसम्म २२ वटा पेट्रोलियम ट्यांकर नेपाल भित्रिएका छन् । जसमा २० वटमा
डिजेल र २ वटामा पेट्रोल रहेको भन्सार प्रमुख हरिप्रसाद पाण्डले जानकारी
दिए । भारतीय आयल कर्पोरेशनको बनथरा डिपोमा सोमबार गएका ३० मध्ये २२
ट्यांकरमा तेल भरिएको हो । यसअघि बनथरा डिपोले पनि १० प्रतिशत ट्यांकरमा
मात्रै तेल दिँदै आएको थियो ।
यसैबीच वीरगञ्ज नाका सुचारु गर्न भारतीय
रक्सौल भन्सारका अधिकारीहरु पनि सकारात्मक देखिएको नेपाली अधिकारीहरुले
बताएका छन् । भारतीय भन्सार अधिकारीले नाकाको अवरोध हटे तत्त्कल मालबाहक
गाडी पठाउने बताएको वीरगञ्ज भन्सार प्रमुख मित्रलाल रेग्मीले बताए ।
‘कुनै पनि रुपमा नाकामा धर्ना बसेका मधेसी
मोर्चाका कार्यकर्ता त्यहाँबाट हटे तत्काल नाका सुचारु हुन्छ ।’ प्रमुख
रेग्मीले भने, ‘छलफलमा भारतीय अधिकारीले नाकामा आफ्नो तर्फबाट अवरोध नहुने
बताएका छन् ।’ रेग्मीले आन्दोेलनरत पक्षलाई मितेरी पुलको धर्नाबाट हटाउन
पहल गर्नुपर्ने बताए ।
आपूर्ति सहज बनाउन कूटनीतिक प्रयास सुरु भइसक्योः उपप्रधानमन्त्री थापा
२६ असोज, काठमाडौं । उपप्रधान तथा
परराष्ट्रमन्त्री कमल थापाले भारतसँग देखिएको पारवहन तथा आवागमनमा देखिएको
समस्या समाधान गर्न कूटनीतिक प्रयास सुरु भइसकेको बताएका छन् । केही दिनमै
जनताले राहतको अनुभव गर्ने उनले बताए ।
रिपोर्टर्स
क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा थापाले भने- पारवहन
असहजताले नेपाली जनताले दुःख पाइरहेका छन् । यो समस्याको समाधान सरकारको
पहिलो प्राथमिकता हो ।’
राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले अहिलेको समस्यालाई तीन ढंगबाट समाधान गर्न सरकार लागि परेको बताए ।
उनले भने-पहिलो राजनीतिक समस्याको रुपमा
रहेको मधेस आन्दोलनलाई बार्ता र सम्वादको माध्यमबाट समाधान गर्नुपर्छ ।
यसका लागि पहिलो मन्त्री परिषदको बैठकले आब्हान गरिसकेको छ । हामी घनिभुत
ढंगबाट बार्ता सम्वादलाई अघि बढाउँछौं ।’
दोस्रो पारवहन तथा आवागमनमा देखिएको
असहजता राजनीतिक समस्या समाधान र भारतसँग कुटनीतिक सम्वादबाट पहल गर्ने र
तेस्रो, दैनिक उपभोग्य वस्तु आपूर्ति समस्यामा देखिएको समाधानको लागि
मौज्दातमा अल्पकालीन, मध्यकालीन र दिर्घकालीन समस्या समाधान गर्न पहल सुरु
भइसकेको उनले बताए ।
परराष्ट्रमन्त्री थापाले नेपालको
असंलग्नता, पञ्चशील र संयुक्त राष्ट्र संघको बडापत्रमा आधारित पराष्ट्र
नीतिलाई प्रो एक्टिब र प्राग्मेटिक ढंगले अगाडि बढाउने बताए । उनले चीन र
भारतसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने दृढता ब्यक्त गरे ।
प्रधानमन्त्री निर्वाचनमा भाग लिएकोमा कुनै पछुतो छैन-मोर्चा
२६ असोज, काठमाडौं । तराई मधेसमा
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री निर्वाचनमा
भाग लिएकोमा कुनै पछुतो नलागेको बताएको छ ।
मंगलबार बसेको मोर्चाको बैठकपछि आयोजित
पत्रकार सम्मेलनमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने-हामीलाई कसैले
जवरजस्ती होइन, हामीले आफ्नो अधिकार प्रयोग गरेका हौं । कुनै पछुतो लागेको
छैन ।’
आइतबार व्यवस्थापिका संसदमा भएको
प्रधानमन्त्री निर्वाचनमा मधेसी मोर्चाले कांग्रेस उम्मेदवार सुशील
कोइरालालाई मतदान गरेको थियो । संविधानसभा बहिस्कार गरेको मधेसी मोर्चा
संसदमा भने उपस्थित भएर भोट हाल्नुलाई धेरैले संविधान स्वीका गरेको रुपमा
लिएका छन् ।तर, सुशील कोइराला सरकारकै पालामा सुरु
भएको मधेस आन्दोलनमा ५० भन्दा बढीको मृत्यु भएकाले उनलाई भोट हाल्नु
गद्दारी भएको भन्दै मधेसमै मधेसी मोर्चाको चर्को ओलाचना भएको छ ।
आन्दोलनकारीहरुले मधेसी मोर्चाका नेताहरुको पुत्ला समेत जनाएका छन् । मोर्चामा आवद्ध संघीय समाजवादी फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले, एमाओवादी र राप्रपा नेपालको सत्ता
साझेदारीलाई उग्रवामपन्थीदेखि राजावादी गठवन्धनको संज्ञा दिए । उनले
भने-‘मधेस आन्दोलन विरोधी र जनता अधिकार खोस्ने काम गर्नेहरुको अवसरवादी
जत्था हो । त्यसविरुद्ध मधेसी जनताको मतलाई प्रयोग गरेका हौं ।’
नयाँ संविधान अनुसार भएको प्रधानमन्त्री चुनावमा भाग लिएको मधेसी मोर्चाका नेताहरुले आफूहरुले नयाँ संविधान स्वीकार नगरेको दाबी समेत गरेका छन् ।
साथै जारी आन्दोलन नरोक्ने समेत बताएका
छन् । फोरम अध्यक्ष यादवले भने-‘हामी यो संविधान स्वीकार गर्दैनौं, यो
आन्दोलन जारी रहन्छ । अझ बढी सशक्त भएर अघि बढ्छ, र यो आन्दोलन खेर जाँदैन
।’
संविधानमा कमजोरी रहेको प्रमुख दलहरुले
समेत स्वीकार गरेको भन्दै उनले भने-‘आन्दोलनले उठाएको न्यायोचित मागलाई
संवैधानिक रुपमा वा संशोधन वा पुनर्लेखन नगरेसम्म यो संघर्ष जारी रहन्छ ।’
अन्तरिम संविधान प्राप्त जनताका अधिकार पनि खोसिएको भन्दै यादवले नयाँ
संविधानलाई प्रतिगमनकारी संविधानको संज्ञा दिए ।
आज घटनास्थपना, हिन्दुहरुको महान चाड दशैं सुरु
२६ असोज,काठमाडौं/ हिन्दू नेपालीहरूको महान् चाड बडादशं आजदेहि शुरु भएको छ । आज घरघरमा
घटस्थापना गरेपछि दशैं शुरु भएको मानिन्छ । आज हिन्दू धर्मावलम्बीहरूले
माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै
रोपेर जमरा राख्ने चलन छ । आ–आफ्ना पूजाकोठा वा दसैंघरमा विधिपूर्वक दियो,
कलश र गणेशको पूजा गर्ने र राखी पन्चरत्न चढाई शक्तिस्वरुपी दुर्गा
भवानीको आराधना गर्ने परम्परा छ । यसरी उमारिने जमरा विजयादशमीका दिन
मान्यजनहरूबाट टीका ग्रहण गर्दा टिकासँगै लगाउने गरिन्छ । दसैंको टीका
लगाउँदा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरालाई प्रयोग गरिन्छ ।
भगवान् श्री रामचन्द्रले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्तिप्राप्तिका लागि शक्तिस्वरुपा महामाया भगवतीको आह्वान गर्न घडा स्थापना गरी बालुवाको चौकीमा जौ छरी पूजा आराधना गरेको विश्वासमा जमरा राख्ने गरिएको हो । परम्पराअनुसार घटनास्थापनाको उपलक्ष्यमा आज हनुमानढोका दरबारमा रहेको दसैँ घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रिपूजाको शुभारम्भ हुन्छ । नवरात्रिको उपलक्ष्यमा बिहान घरघरमा र भगवतीका मन्दिरहरूमा चण्डी र भगवती स्त्रोत्र पाठ गर्ने गरिन्छ ।

मधेसी मोर्चाप्रति स्थानीय आक्रोशित
२६ असोज, महोत्तरी/ व्यवस्थापिका संसदमा आइतबार
प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहभागि भएपछि दुई महिनादेखि आन्दोलनरत
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताप्रति सर्वसधारणले असन्तुष्टि
व्यक्त गरेका छन्।
आइतबार मधसी मोर्चाले प्रधानमन्त्रीको चुनावमा नेपाली काँग्रेसका
उम्मेदवार सुशील कोइरालालाई समर्थन गर्ने निर्णय गरे लगतै जिल्लामा
मोर्चालाई समर्थन गरेका सर्वसाधारण आक्रोशित भएका छन्। दुई महिने लामो
आन्दोलन गरेका मधेसी मोर्चाको समर्थनमा रहेको सर्वसाधारण अहिले मोर्चाकै
रवैयाप्रति आक्रोश प्रकट गर्न थालेका हुन्।
अहिले महोत्तरीमा जताततै मधेसी मोर्चाकै प्रधानमन्त्रीको निर्वाचनमा सहभागि भएकै चियोचर्चा चल्ने गरेको छ। चिया पसल होस वा साना ठुला होटल र सार्वजनिक स्थल सवै ठाउँमा अहिले मधेसी मोर्चाप्रति आक्रोश व्यक्त गर्नेको संख्या उल्लेख्य रुपमा बढेको छ। राजनीतिमा आवद्ध भएका र नभएका सर्वसाधारणको संख्या मोर्चा विरुद्ध अभिव्यक्ति दिने थुप्रै छन।
महोत्तरीमा ६ जनाले आन्दोलनकै क्रममा ज्यान गुमाएका छन्। उनीहरुको शहादतको अवमुल्यन गर्दै मधेसी मोर्चाका नेता तथा सभासदहरु प्रधामन्त्रीको खेलमा सहभागि भएको स्थानीयको भनाइ छ । स्थानीय युवा , वुद्धजिवि वर्गमा अहिले मोर्चा प्रति ज्यादै नै असन्तुष्टि देख्न सकिन्छ।
प्रधानमन्त्री निर्वाचनमा पक्ष र विपक्ष दुवैमा मतदान गर्ने मधेस केन्द्रित दल सत्ता पक्षीय हुन पुगेको स्थानीय युवा शिवचन्द्र चौधरीले टिप्पणी गरे। यसले मधेसको मुद्दा नै आझेलमा पर्ने हो की आशंका पनि सर्वसाधारणको मनमा उब्जन थालेको युवा चौधरीको भनाइ छ
'वर्तमान मधेस आन्दोलन निर्णायक उत्कर्षमा पुगेको समयमा मधेसी मोर्चाका चार वटै घटक दल र फोरम लोकतान्त्रिकका विजय गच्छेदारले दुई महिनादेखि जारी आन्दोलन , सहिदहरु र मधेसी जनतालाई धोका दिएका छन,' स्थानीय युवा गजेन्द्र गुप्ता भने ।
जलेश्वर ५ स्थित एक चिया पसलमा भेटिएका मटिहानी स्थित याज्ञवलक्य संस्कृत क्याम्पसका प्राध्यापक ध्रुव राय भन्छन, 'मधेस आन्दोलन अगाडि बढिरहेको यो कदम अनपेक्षित थिएन ,यस अघि पनि उनीहरुले पहिलो र दोस्रो मधेस आन्दोलनमा देखाएको रवैया यसपटक पनि दोहरिएको मात्र हो। प्राध्यापक रायले भने, 'मधेस आन्दोलनलाई उचाईमा पुरयाउन नयाँ शक्तिको अत्यन्त आवश्यकता खड्किएको छ ।
'प्रधानमन्त्री निर्वाचनमा भाग लिएका मधेस केन्द्रित दल र नेताहरुले अब आन्दोलनमा रहि रहने नैतिक आधार नै गुमाएका छन्,'प्रध्यापक रायले भने, 'मधेस केन्द्रित दल प्रधानमन्त्रीको निर्वाचनमा सहभागि हुनु नै नेपालको संविधान २०७२ लाई अभूतपुर्व सफता प्राप्त गर्नु हो , यी मधेसी नेताका लागि मधेस आन्दोलनमा रहने नैतिक आधार समाप्त भएको छ ।'
संविधान निर्माणको प्रक्रिया बहिष्कार गर्दै हिँडेका मधेसकेन्द्रित दलले असोज ३ गते संविधान जारी भएकै दिन साँझ मधेसका सवै जिल्लामा साझ सात वजेदेखि ८ बजे सम्म ब्ल्याक आउट गरेका थिए। ४ गते मधेसका सवै जिल्लामा ब्यापक जनसहभागितामा जुलुस र नाला लगाएर नेपालको संविधान २०७२ को प्रतिलिपि जलाएका थिए ।
आफैंले जलाएको संविधान संशोधनसमेत हुन नपाई महोत्तरीमा ६ जना सहित देशको विभिन्न भुभागमा ४५ जनाको ज्यान गइसक्दा आन्दोलन निस्कर्षमा नपुग्दै मधेसी नेता र सांसदहरू सत्ताको बाँडफाँडमा सामेल भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको निर्णयप्रति स्थानीय थुप्रै नेता–कार्यकर्ता आक्रोशित छन् ।

Subscribe to:
Posts (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
काठमाडौं, २३ मंसिर , २०७३ / राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने विभागीय टिम एपीएफमा आबद्ध भएका छन् । अन्डर १९ राष्ट्रि...
-
२५ साउन/ अखण्ड मध्यपश्चिमको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाएको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ...