भदौ ९ , नवलपरासी / आन्दोलनकारीले
निषेधाज्ञा तोड्न खोजेपछि नवलपरासीको परासीमा गोली चलेको छ ।
प्रर्दशनकारीले भूमही-भैरहवा वाइपास रोडको बाल गोविन्द पेट्रोल पम्पबाट
निषेधाज्ञा तोड्न खोज्दा प्रहरीसँग झडप भएको हो । झडपको क्रममा प्रहरीले गोली चलाएको हो
। गोली लागेर दुई जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर
नवलपरासीको सनई -९ का ५० वर्षका बिहड धोबी र रामग्राम-५ का ४५ वर्षकी मुना
जयसवाल घाइते भएका छन् । भैरहवामा उपचारतर दुवैको अवस्था गम्भीर रहेको
अस्पतालले जनाएको छ । प्रहरीले निषेधाज्ञा नतोड्न आग्रह गर्दा
नमानेकाले झडप भएको र अश्रुग्यास, हवाइफायर गर्दा पनि नभएपनि गोली चलाउनु
परेको सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले बताए ।
'जनतालाई उकास्न ५० लाख दिने घोषणा गर्ने दलले आन्दोलन क्रममा भएको घटनाको जिम्मेवारी दिनुपर्दैन,' बुधबारबाट सुरु भएको संविधानको परिमार्जित मस्यौदामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष बिजुक्छेले भने,'आन्दोलनका क्रममा टिकापुरमा भएको घटनाको ५० लाख दिने भनेर जनता उकास्ने दलले जिम्मेवारी लिनुपर्छ ।'
उनले आन्दोलनमा निशस्त्र प्रहरी पठाउनु र आन्दोलनकारीबीचमा सशस्त्र व्यक्ति रहेको थाहा नपाउने प्रशासनको कमजोरी भएको बताए। सरकारले पुरा गर्न सक्ने माग पहिला नै पुरा गर्नुपर्ने भन्दै आन्दोलनपछि मात्र माग पुरा गर्ने परिपाठी गलत भएको उनको भनाइ थियो ।