Saturday, August 8, 2015

एसेज श्रृंखला अन्तरगतको चौथो टेस्टमा इङ्गल्याण्डको शानदार जित



एसेज श्रृंखला अन्तरगतको चौथो टेस्टमा एक इनिङ्ग र ७८ रनको शानदार

अन्तरको जित हातपार्दै इङ्गल्याण्डले अष्ट्रेलिया विरुद्धको पाँच टेस्ट म्याचको श्रृंखला ३–१ ले जितेको छ । पहिलो इनिङ्गमा १८ दशमलव ३ ओभरमा मात्र ६० रनमा समेटिएर फलोअनमा परेको अष्ट्रेलिया दोस्रो इनिङ्गमा ७२ दशमलव ४ ओभरमा २ सय ५३ रनमै समेटिएपछि इङ्गल्याण्डले शानदार जित हातपारेको हो । पहिलो इनिङ्गमा मित्सेल जोनसनले सर्बाधिक १३ र कप्तान माइकल क्लार्कले १० रन जोडेका थिए भने अन्य ब्याट्समेनले दोहारो अंकको रन जोड्न सकेनन् । सोक्रममा अतिरिक्त रन स्वरुप अष्ट्रेलियाले १४ रन पाएको थियो । त्यसपछि फलोअनमा रहेर दोस्रो इनिङ्ग शुरुगरेको टोलिका लागी ओपनर डेविड वारनरले ६४,क्रिस रोजर्सले ५२ र एडम भोगेसले ५१ रन जोडेपनि अन्य ब्याट्समेनले आसातित प्रदर्शन गर्न नसक्ता टोलिले लज्जासपद हार बेहोर्यो । 



इङ्गल्याण्डले भने पहिलो इनिङ्गमा जोइ रुटको सर्बाधिक एक सय ३० र जोनी बैर्सटोको ७४ रनको मद्दतमा ८५ दशमलव २ ओभरमा ९ विकेट गुमाएर ३ सय ९१ रन बनाएपछि इनिङ्ग समाप्तिको घोष्णा गरेको थियो । खेलको म्यान अफ दी म्याच इङ्गल्याण्डका तिब्रगतिका बलर स्टुआर्ट ब्रोएड भए ।   

साउन मसान्तभित्र नयाँ संविधान जारी हुने नेम्बाङको दावी


२३ साउन, काठमाडौ/   संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले यही साउन मसान्तभित्र
नयाँ संविधान जारी हुने बताएका छन् । प्रदेशको सिमाकंन लगायतका कतिपय विषयमा अझै सहमति नभएका बेला नेम्वाङले त्यस्तो दावी गरेका छन् ।
'संविधानको मस्यौदालाई लिएर सर्वोच्च अदालतदेखि अल्पसंख्यक राउटे समुदायसम्म पुगेका छौं,' अग्रगामी संविधान जारी हुने उल्लेख गर्दै सभाध्यक्ष नेम्बाङले भने, 'अबिले आएको प्रारम्भिक मस्यौमात्र हो । यसमा जनताको रायसहित परिमार्ज भएर यही साउन मसान्तभित्र संविधान जारी गर्न निरन्तर लागीरहेका छौं ।'
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आयोजना गरेको 'आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७२' (आइभिए अवार्ड) प्रदान गर्दै सभामुख नेम्बाङले उक्त विचार व्यक्त गरेका हुन् । 'उतिखेर केही व्यक्तिले हाताहाती चाहिन्छ भनेपछि दलहरु एकजुट हुनसकेनन् तर अहिले प्रमुख दलहरु एकमत छन्,' गएको संविधानसभाको अन्तिम क्षणमा जस्तो दलहरु तितरवितर नरहेको उल्लेख गर्दै उनले भने, 'अहिलेसम्मको उपलब्धीलाई बेवास्ता गर्दै पल्लो हाँगाको चरा समात्छु भन्दा हातमा भएको चरासमेत गुम्नसक्छ । त्यसैले दलका नेताज्यूहरुलाई अवसर गुम्न नदिन पटकपटक ध्यानाकर्षण गराएको छु ।' नेम्बाङले संविधानमा 'पूर्ण प्रेस स्वतन्त्रता' उल्लेख हुने बताएका छन् ।

अखण्ड सुदूरपश्चिमको बन्दले यात्रु अलपत्र


२३ साउन, धनगढी/ अखण्ड सुदूरपश्चिमको माग गर्दै आह्वान गरिएको हडतालका कारण गन्तव्यतर्फ जाने यात्रुको बिचल्ली भएको छ ।
बन्दका कारण शनिबार दोस्रो दिन पनि धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेपछि भारतलगायत विभिन्न ठाउँबाट आएका सयौँ यात्रु धनगढी बसपार्कमा अलपत्र परेका हुन् ।
बन्दबाट कैलालीका धनगढी, अत्तरिया, टीकापुर, लम्कीलगायत क्षेत्रका पसल, उद्योगधन्दा, कलकारखाना, शिक्षण संस्था सबै ठप्प हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएको छ । बन्द आह्वानकर्ताले आज पनि बिहानैदेखि प्रदर्शन जारी राखेका छन् ।
बन्दका कारण पर्याप्त मात्रमा होटलसमेत नखुल्दा एउटै कोठामा आफूहरुले ठेलमठेल गरेर बस्नुपरेको भारतको पुनाबाट आएर धनगढी बसबिसौनीमा अलपत्र परेका कैलाली, लम्कीका ललित विष्टले गुनासो गर्नुभयो । धनगढीको बसबिसौनीका होटलमा झन्डै दुई सय यात्रु गन्तव्यतर्फ जान नपाई अलपत्र परेको अर्का यात्रु बलबहादुर धामीले बताए ।
बन्दका कारण दैनिक मजदुरी गरेर गुजारा गर्नेहरु पनि मर्कामा परेका छन् । व्यापार व्यवसाय ठप्प भएपछि दैनिक उपभोग्य वस्तुसमेत नपाउँदा समस्या भएको उपभोक्ताको गुनासो छ ।
यता थारु सम्बद्ध पार्टी तथा सङ्घसङ्गठनले पनि विज्ञप्ति जारी गरी अखण्ड सुदूरपश्चिमबाट कैलाली कञ्चनपुरलाई अलग गरी थरुहट प्रदेशमा गाभ्नुपर्ने बताउँदै आन्दोलन थालेपछि सर्वसाधारण दोहोरो मारमा परेका छन् । रासस

कैलाली र कञ्चनपुरको विषयमा जनमत संग्रह गर्न सिचाई मन्त्री साउदको प्रस्ताव

२३ साउन,काठमाडौ/  सिचाई मन्त्री
एनपी साउदले कैलाली र कञ्चनपुरलाई कुन प्रदेशमा राख्ने भन्ने विषयमा विवाद नगरी त्यहीका जनताको भावना बुझ्न जनमत संग्रह गर्नु पर्ने प्रस्ताव गरेका छन । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले यस्तो प्रस्ताव राखेका हुन। उनले भने–बाहिरको मानिसहरुलाई कैलाली र कञ्चनपुर कहाँ बस्ने भन्ने निर्णय गर्ने अधिकार कस्ले दियो रु यो कसैको राजनीतिक विर्ता होईन । त्यहीका जनतालाई निर्णय गर्ने अधिकार दिऔ । बाहिरको मानिसले त्यहाँको निर्णय गर्नु उपनिबेश हो । मन्त्री साउदले आफू कञ्चनपुरको थारुबाहुल्य क्षेत्रबाट विजय भएर आएको सभासद भएकोले त्यहाँका जनताले पनि सेती र महाकालीमै रहनु पर्ने जनमत दिएको भन्दै राना थारुहरुको लागि संविधानमै ब्यवस्था गर्नु पर्ने र आरक्षणको ब्यवस्था गर्नु पर्ने माग गरे ।

उनले सुदुरपश्चिमका नौ जिल्ला एकै ठाँउमा हुनु पर्ने दावी गर्दै भने–सुदुरपश्चिममा थप्न सकिन्छ तर घटाउन सकिदैन । त्यो हामीलार्ई स्विकार्य छैन । कैलाली र कञ्चनपुर पहिचान र सामथ्र्यको दृष्टिकोणले पनि एक ठाँउमा छन ।

संविधान आई हाल्ने स्थिति भयो भनि त्यसलाई रोक्ने विभिन्न समूहले विवाद खडा गरेको आरोप लगाउँदै अब छिटो संविधान आउने विश्वास ब्यक्त गरे ।

नेकपा एमालेका नेता प्रकाश ज्वालाले सीमांकनको नाममा संविधान नल्याउने खेल भईरहेको दावी गर्दै सीमांकन अहिले टुङग्याउन नसकिने भएकोले आयोग बनाएर संविधान जारी गर्नु पर्ने धारणा राखे ।

उनले भने– एउटा सानो विषयको मुल्यमा संविधान नल्याउने कुरा स्विकाय नहुने भन्दै यस्तो यो घातक हुने टिप्पणी गरे ।

मधेसले पहाडलाई छुनै नहुने अतिवाद मुलुकको लागि बेठिक भएको भन्दै हिमाल, पहाड र तराईलाई छुट्याएर प्रदेश बन्नै नसक्ने ठोकुवा गरे ।

उनले सीमांकन चार दलका शिर्ष नेताले नभई विज्ञहरुले टुङग्याउने विषय भएको भन्दै छिटो सीमांकन गर्ने नाममा काम गरे कालान्तरमा यसले समस्या ल्याउने ठोकुवा गरे ।

ज्वालाले आफूहरु सीमांकनसहितको संविधान जारी गर्ने पक्षमा रहेपनि अहिले सम्भव नभए विवादित पाँच जिल्लाको विषय विज्ञलाई दिने गरी बाँकी मिलेका सीमा सहित संविधान जारी गर्न सकिने धारणा राखे ।

एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले अखण्डताले संघीयताको भावनालाई नसमेटने भएकोले आफू अखण्डको पक्षमा नरहेको भन्दै संविधानसभाले अनुमोदन गरेको पहिचान र सामथ्र्यको आधारमा संघीयता बनाउँदा १३ प्रदेश बनाउन उपयूक्त हुने बताए ।

उनले कैलाली कञ्चनपुर थारुबाहुल्य भएको थरुहट र सुनसरी मोरङ झापा मधेसमा हुनु पर्ने भन्दै पूर्व र पश्चिममा क्लस्टर छुट्याएर प्रदेश निर्माण गर्नु पर्ने बताए ।

रायमाझीले पहिचान र सामथ्र्यको नयाँ परिभाषाको आवश्यकतामा जोड दिदै अखण्ड सुदुरपश्चिम हुने भए लुम्बिनी अन्चललाई पनि अविभाजित राख्नु पर्ने माग गरे ।

उनले भने–अवध, मगरात र तमुवान एकै ठाँउमा बनाईयोस । बाँके बर्दिया, कैलाली र कञ्चनपुरलाई एकै ठाँउमा राख्नु पर्छ । हामीले भने अनुसारको प्रदेश भएन भने निरन्तर छलफल र बहसमा रहन्छौ तर संविधान छिटो आउनु पर्छ भन्ने पक्षमा छौ ।

क्रिकेट संघको विवाद आफैं नमिलाए हस्तक्षेप गर्ने रापेख सदस्य सचिवको चेतावनी

 २३ साउन/  राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार
विष्टले क्रिकेट एशोसियसन अफ नेपाल क्यानलाई आन्तरिक विवाद समाधान गर्न तीन महिनाको समय दिएका छन् । उनले तीन महिना भित्र विवाद आफैं नमिलाए हस्तक्षेप गर्ने चेतावनी समेत दिएका छन् ।

पोखराको सहारा क्लवद्वारा सञ्चालित सहारा एकेडेमीको अवलोकनपछि सदस्य सचिव विष्टले राज्यको ढुकुटीबाट तलब खाएर काम नगर्ने खेलकुद संघसंस्थाका कर्मचारी तथा पदाधिकारीलाई कार्वाही गर्ने चेतावनी समेत दिएका छन् । उनले भने ‘पदमा बसेपछि दायित्व पूरा गर्नुपर्छ, त्यहाँ बसेर राजनीति गर्न पाईंदैन, म राम्रो गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्छु, कसैले पदमा बसेर काम नगर्ने अनि राजनीति गरेमा मलाई सहृय हुँदैन ।’ उनले एकेडेमीको दिगो व्यवस्थापनका लागि सहयोग गर्ने आश्वासन दिए । उनले भने,‘सहारा क्लवको कामबाट म निकै प्रभावित भएको छु, यो राज्यले गर्ने कार्य हो तर तपाईंहरुले गरिरहनुभएको छ, यसको दिगो व्यवस्थापनका लागि म दिल खोलेर सहयोग गर्न तयार छु ।’एकेडेमीमा हाल १५ जिल्लाका २६ जना वालकहरु छन् । भूकम्पबाट प्रभावित थप ४ जना वालकहरु लाई एकेडेमीमा राख्ने क्लवले जनाएको छ ।

Friday, August 7, 2015

राष्ट्रिय झण्डा बोकेर क्रान्तिकारी विद्यार्थी लिपुलेकतर्फ

 
२३ साउन, काठमाडौ/   नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले दिएको नेपालको राष्ट्रिय झण्डा बोकेर
Lipulek-akhil1 अखिल क्रान्तिकारीका विद्यार्थीहरु लिपुलेकतर्फ लागेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालको नेतृत्वमा ४२ जनाको केन्द्रीय टोली शनिवार बिहान काठमाडौबाट दार्चुलातर्फ हिँडेको हो ।

चितवन, बुटवल, कोहलपुर र धनगढीमा छलफल तथा अन्तरक्रिया गरी दार्चुला पुग्ने कार्यक्रम रहेको क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले बताए ।
टोलीमा चितवनमा कोचिला तथा लिम्बुवानका तथा बुटवलबाट अवध तथा मगराँत र कोहलपुरबाट थारुवान र भेलीकर्णालीका विद्यार्थी प्रतिनिधि थप भई १ सय ४७ जना प्रतिनिधि दार्चुला पुग्ने अधिकारीले बताए ।
साउन २६ गते दार्चुला सदरमुकाममा वृहत्त सभा गरी जिल्ला प्रशासनको स्वीकृति लिएर उनीहरु लिपुलेकतर्फ जाने छ । भारत र चीनलाई खबरदारी गर्दै लिपुलेकमा झण्डा गाड्न हिँडेको टोलीलाई नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले शुक्रवार राजधानीमा एक कार्यक्रम गरी राष्ट्रिय झण्डा दिएर विदाइ गरेका छन् । विदाइका क्रममा बैद्यले छिमेकीहर चोर भएपछि हैरान हुनुपरेको बताएका थिए ।
Lipulek-akhil
भारत र चीनबीच भएको लिपुलेक सम्झौता खारेजीका लागि दबाब दिन क्रान्तिकारीले देशब्यापीरुपमा हस्ताक्षर अभियान पनि सञ्चालन गरेको जनाएको छ ।
लिपुलेकबाट फर्किएपछि देशभरबाट १० लाख हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको क्रान्तिकारीका अध्यक्ष ढकालले बताए ।

राष्ट्रिय झण्डा बाकेर क्रान्तिकारी विद्यार्थी लिपुलेक हिँडे

बैद्यले भने-छिमेकी चोर भएपछि हैरान भइयो

२०७२ साउन २३ गते ११:०७ मा प्रकाशित
 0  1
 0
२३ साउन, काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले दिएको नेपालको राष्ट्रिय झण्डा बाकेर अखिल क्रान्तिकारीका विद्यार्थीहरु लिपुलेकतर्फ लागेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालको नेतृत्वमा ४२ जनाको केन्द्रीय टोली शनिवार बिहान काठमाडौबाट दार्चुलातर्फ हिँडेको हो ।
Lipulek-akhil1
चितवन, बुटवल, कोहलपुर र धनगढीमा छलफल तथा अन्तरक्रिया गरी दार्चुला पुग्ने कार्यक्रम रहेको क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले बताए ।
टोलीमा चितवनमा कोचिला तथा लिम्बुवानका तथा बुटवलबाट अवध तथा मगराँत र कोहलपुरबाट थारुवान र भेलीकर्णालीका विद्यार्थी प्रतिनिधि थप भई १ सय ४७ जना प्रतिनिधि दार्चुला पुग्ने अधिकारीले बताए ।
साउन २६ गते दार्चुला सदरमुकाममा वृहत्त सभा गरी जिल्ला प्रशासनको स्वीकृति लिएर उनीहरु लिपुलेकतर्फ जाने छ ।
भारत र चीनलाई खबरदारी गर्दै लिपुलेकमा झण्डा गाड्न हिँडेको टोलीलाई नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले शुक्रवार राजधानीमा एक कार्यक्रम गरी राष्ट्रिय झण्डा दिएर विदाइ गरेका छन् । विदाइका क्रममा बैद्यले छिमेकीहर चोर भएपछि हैरान हुनुपरेको बताएका थिए ।
Lipulek-akhil
भारत र चीनबीच भएको लिपुलेक सम्झौता खारेजीका लागि दबाब दिन क्रान्तिकारीले देशब्यापीरुपमा हस्ताक्षर अभियान पनि सञ्चालन गरेको जनाएको छ ।
लिपुलेकबाट फर्किएपछि देशभरबाट १० लाख हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको क्रान्तिकारीका अध्यक्ष ढकालले बताए ।
- See more at: http://www.onlinekhabar.com/2015/08/309212/#sthash.sPkDGykG.dpuf

अन्तराष्ट्रिय बुद्धिचालमा भूपेन्द्र तेस्रो



२२ साउन,दमक/  झापा दमकका फिडे क्यान्डिडेट मास्टर भूपेन्द्र निरौला निरज भारतको सिलिगुडिमा सम्पन्न पहिलो रतनलाल केडिया मेमोरियल अन्तराष्ट्रिय बुद्धिचालमा तेस्रो भएका छन् । प्रतियोगिताको अन्तिम तथा नौ औ राउण्डमा २०५९ रेटेड निरौलाले भारतका २०२४ रेटेड कौस्तभ चटर्जीसंग बराबरी खेल्दै तेस्रो स्थान हासिल गरेका हुन् । उनले ७ अंक प्राप्त गरे । काठमाण्डौमा सम्पन्न एशियन जोनल ३.२ चेस च्याम्पियनसीपमा दशौ स्थान हासिल गर्दै क्यानिडेट मास्टरको उपाधि हासिल गरेका उनले त्यस पछि आफ्नो खेललाइ अझ स्तरीय बनाएका उनले सो प्रतियोगितामा शानदार प्रदर्शन गरेका थिए । प्रतियोगिताको प्रथम र दोस्रो स्थान भने भारतिय खेलाडी क्रमश २२२३ रेटेड देवार्सी मुखर्जी र २२३७ रेटेड अर्पन दासले हात पारे । दुबैले समान ७.५ अंक जोडेका थिए । प्रथम दोस्रो र तेस्रो स्थान हातपारेका खेलाडीले क्रमश भारतिय रुपैया ४० हजार,२५ हजार र १५ हजार तथा ट्रफी प्राप्त गरे । त्यस्तै सोहि प्रतियोगिताको १७०० दखी १९९९ रेटेड क्याटोगेरी तर्फ नेपाली खेलाडी १८६९ रेटेड तिर्थराज सुब्बा दोस्रो तथा १९०२ रेटेड झापा दमककै प्रकाश नेपालले तेस्रो स्थान  हातपारे ।
प्रतियोगितामा भारत,बंगलादेश,भुटान र नेपालका गरि २२० जना खेलाडीको सहभागिता रहेको थियो । 

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...