दमक/ नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या १९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार मङ्गलबार थप ३ सय ११ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
विभिन्न २७ प्रयोगशालामा ४ हजार ३२ जनामा गरिएको परीक्षणमा थप ३ सय ११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै नेपालमा कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्या १९ हजार ६३ पुगेको छ । जसमध्ये सङ्क्रमितको सङ्ख्या ५ हजार १ सय ३९ रहेको छ । यता, नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या १३ हजार ८ सय ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय २१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
No comments:
Post a Comment