दमक। झापाको गौरीगञ्ज गाउँपालिकाका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिकाबाट पठाइएका ३७ जनाको पीसीआर परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको क्वारेन्टाइन फोकल पर्सन अनुप शर्माले जानकारी दिनु भयो ।

संक्रमण पुष्टि भएकाहरुलाई गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पताल पठाइएको फोकल पर्सन शर्माले
जानकारी दिनु भयो । योसँगै गौरीगञ्जमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २२ पुगेको छ ।
No comments:
Post a Comment