Wednesday, October 19, 2016

संविधान संशोधन प्रक्रियाबारे धारणा सार्वजनिक गर्न सरकारसँग तमलोपाको माग

३ कार्तिक , २०७३ , काठमाडौं   तराई मधेस लोकतान्त्रिक पार्टीे तमलोपाले संविधान संशोधन प्रक्रियामा भइरहेको ढिलासुस्ती बारे आफ्नो धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । 

विगतमा भएको ३ बुँदे सहमति अनुसार संविधान संशोधन गर्न उदासिनता देखाएको भन्दै तमलोपाले सरकारको धारणा  सार्वजनिक गर्न माग गरेको हो । पार्टीको जिल्ला अध्यक्ष, केन्द्रीय पदाधिकारी, सांसद एव केन्द्रीय सदस्यहरुको राजधानीमा आज बसेको संयुक्त बैठकले संविधान संशोधनको प्रक्रियामा ढिलासुस्ती देखाएकाले सरकारको नियतमाथि शंका उत्पन्न भएको ठहर गरेको छ ।

 बैठक पछि पार्टी अध्यक्ष  महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा संविधान संशोधन प्रक्रिया प्रारम्भ गर्न सरकारसँग माग गरिएको छ । यस्तै, तमलोपाले प्रस्तावित पूनर्संरचना विभेदकारी भएको ठहर गरेको छ । विज्ञप्तीमा पूनर्संरचनामा स्थानीय तहको संख्या तराई मधेसमा कुल संख्याको मात्र ३० प्रतिशत रहेकाले षड्यन्त्रपूर्ण भएको भनिएको छ । 

तराई मधेसको प्रस्तावित तहको न्यून संख्या एवं प्रकृति पनि विगतको विभेदकारी मानसिकता र नीतिको निरन्तरता भएको तमलोपाले जनाएको छ ।

साउदी अरबका राजकुमारलाई मृत्युदण्डको सजाय

 ३ कार्तिक , २०७३   आफ्नै साथीको हत्या गरेको अभियोग  पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दिइएको छ ।
तीन वर्षअघि  विवादको क्रममा आफ्नै साथीको गोली हानी हत्या गरेको अभियोग लागेका अल–काबिरलाई साउदीको एक अदालतले दोषी ठहर गरेको थियो । राजकुमारलाई राजधानी रियादको एक अज्ञात स्थलमा मृत्युदण्ड दिइएको साउदीको गृहमन्त्रालयले पुष्टी गरेको छ । 

यद्यपी राजकुमार अल–काबिरलाई कसरी  मृत्युदण्ड दिइयो भन्ने बारेमा केही खुलाइएको छैन । पीडित परिवारले क्षतिपूर्ति लिन अस्वीकार गर्दै अभियुक्तलाई सजाय दिन अपील गरेपछि अदालतले राजकुमारलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो । राजकुमार अल–काबिर यो वर्ष फाँसीको सजाय पाउने एक सय ३४ औं व्यक्ति रहेको गृहमन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

साउदी अरेबियामा मृत्युदण्डको सजाय सामान्य भएपनि राजपरिवारका सदस्यलाई नै मृत्युदण्ड दिएको बिरलै पाइन्छ । साउदी अरेबियाको गृहमन्त्रालयले यो निर्णयले सरकार न्यायप्रति प्रतिबद्ध छ भन्ने कुरामा जनताको भरोसा र विश्वास मिल्ने जनाएको छ ।  विश्वकै सवै भन्दा कडा कानुन भएको मुलुक मध्ये साउदी अरेबियामा लागू औषध तस्कर र हत्यारालाई मृत्युदण्ड दिने कानुनी व्यवस्था छ ।

त्रिदेशीय साझेदारीका लागि चीन तयार

२ कार्तिक , २०७३   उत्तरी छिमेकी चीनले नेपाल र भारतसँग मिलेर आफू त्रिदेशीय साझेदारीका लागि तयार रहेको बताएको छ । 

ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री र चीनका राष्ट्रपति सी जिनपिङबीच अनौपचारिक सम्वादपछि फेरि बहसमा आएको त्रिदेशीय साझेदारीको बिषयलाई सकारात्मक भन्दै चीनले आफू त्यसका लागि तयार भएको बताएको हो । 

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुवा चुनयिङले भन्नुभयो– ‘नेपाल र भारत चीनको असल छिमेकी हुन् । तीन पक्षको सकारात्मक सम्वादले तीन देशको आर्थिक र सामाजिक विकासलाई प्रोत्साहन मात्र गर्दैन, क्षेत्रीय स्थिरता र विकासमा समेत योगदान पुर्‍याउने विश्वास लिएका छौं ।’ प्रवक्ता चुनयिङले साझा विकास अघि बढाउन भारत र नेपालवीच त्रिदेशीय समझदारी अभिवृद्धि कसरी गर्न सकिन्छ भनेर खोजी गर्न इच्छुक रहेको बताउनुभयो ।

Tuesday, October 18, 2016

बालिका माथि कार्यालय हाता भित्रै निर्घात कुटपिट


२ कार्तिक, २०७३ / ईलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत महिला प्रहरी सहायक निरिक्षक प्रेमकुमारी पाख्रीनले एक बालिका माथि कार्यालय हाता भित्रै निर्घात कुटपिट गरेकि छिन् । 

पैसा चोरी गरेको आरोपमा कार्यालयमा ल्याई सोधपुछ गर्ने बाहानामा उर्लाबारी तरुण चौकमा बस्दै आएकि १४ बर्षिया बालिका साबित्रा फुयल माथि निर्घात कुटपिट भएको हो । सोही ठाउकी तारा चम्लगाइले आफ्नो ८० हजार चोरी भएको भन्दै ठाडो उजुरी दिएको भरमा बालिका लाई प्रहरीले सोधपुछ गर्ने भन्दै कार्यालय हाताभित्रै कुटपिट गरेको हो । 

बालिकालाई हिजो दिउसो १२ बजे तिर कार्यालयमा लगेर प्र.स.नि. पाख्रीनले गाली गलौज सहित पाईप र बुटले हिर्काएको पिडित बालिका फुयलले बताईन । आफुले पैसा नचोरेको भन्दा भन्दै तैले नै चोरीस भनेर आफु माथि अन्धाधुन्ध कुटपिट भएको उनले बताईन । बालिकाको कुम , कम्मर मुनी , पाखुरा र तिघ्रामा निलडाम रहेको छ । घटना हिजो भए पनि बालिकाले डरले आज मात्र परिवारमा कुटपिट भएको बताए पछि सार्वजनिक भएको हो । 

घटना सार्वजनिक भए पछि ईलाका प्रहरी कार्यालय उर्लाबारीले गल्ती भएको भन्दै सार्वजनिक रुपमा माफि मागेको छ । कार्यालयका सई मोती बहादुर कटुवालले कुटपिटमा संलग्न महिला प्रहरी सहायक निरिक्षक पाख्रीन लाई बिभागिय कारबाहीका लागि सिफारिस गरेसकेको र प्रहरी नियमावली अनुसार कारबाही हुने आश्वासन दिनुभयो । 

कुटपिटमा संलग्न पाख्रीन लाई स्थानीयले भेट गर्ने भनेपछि प्रहरीले लुकाएको थियो । घाईते बालीकाको स्वास्थ्य उपचार ईलाका प्रहरी कार्यालयले नै गरिदिने भएको छ ।

संसदमा अख्तियार प्रमुख कार्कीको चर्को आलोचना

२ कार्तिक, २०७३  /  व्यबस्थापिका संसदको आजको बैठकमा सांसदहरुले अदालतको अवहेलना गरेको भन्दै अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको चर्को आलोचना गरेका छन । 

सांसदहरुले प्रमुख आयुक्त कार्कीले अदालति आदेशको खुल्लमखुल्ला अवज्ञा गर्दा पनि दलहरुले बचाउ गरिरहेकोमा पनि आपत्ती जनाएका छन । कंग्रेस सांसद राधेश्याम अधिकारीले सर्बोच्च अदालतलाई म्याद तामेल गर्न नदिइएकोप्रति इङ्गित गर्दै कानुनी राज्यको उपहास भएको बताउनु भयो ।

 उहाँले संबैधानिक ओहोदाका प्रमुखबाट यस्तो काम गर्नु गराउनु झनै आपत्तिजनक विषय भएको भन्दै यसले राम्रो संकेत नगरेको टिप्पणी गर्नुभयो । अदालतको गरिमा जोगाउनका लागि पनि यस विषयलाई गम्भीरताका साथ लिनुपर्ने उहाँको भनाई थियो । सांसद अधिकारीले महाअभियोग सिफारिस समिति बन्न नसकेको भन्दै सभामुखको ध्यानाकर्षण समेत गराउनुभयो । 

एमालेका सांसद रेवतीरमण भण्डारीले सादा पोशाकका प्रहरी समेत परिचालन गरेर अदालतको म्याद तामेल हुन नदिनुले राज्य नै गुण्डागर्दीमा उत्रिएको आरोप लगाउदै यसवारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो । थरुहट पार्टीकी सांसद गंगा चौधरी सत्गौवाले लोकमानसिंह कुन लोकका यमराज हुन भन्ने प्रश्न गर्दै उनलाई राजनीतिक दलका नेताले नै संरक्षण गरेको जिकिर गर्नुभयो ।

संविधान संसोधनको छाट छैन, दाहालले फेरी भाका सारे


२ कार्तिक, २०७३ / काठमाडौं र प्रधानमन्त्री पुष्पकमल दाहालले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउने बताइरहेका बेला छठ अगाडि संविधान संशोधन नहुने भएको छ।

प्रधानमन्त्रीले सबै दलसँगको सहमतिमा संविधान संशोधन प्रस्ताव गराउने इच्छा व्यक्त गरेका कारण छठ अगाडि संविधान संशोधन प्रस्ताव गर्दा नहुने भएको हो।

‘परिस्थितिजन्य’ कारण भन्दै तिहार अगाडि पनि संशोधन दर्ता नहुने भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। ‘संविधान संशोधन गर्न कम्तिमा दुई तिहाइ बहुमत चाहिन्छ अहिले प्रधानमन्त्रीले सबैसँग छलफल गरी दुई तिहाइ मत पुग्ने गरी प्रस्ताव दर्ता गराउने तयारीमा हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘सबैको सहमति जुटाउन केही समय लाग्न सक्छ।’

प्रधानमन्त्रीमा निर्वाचित भएपछि दाहालले आफ्नो सरकारको पहिलो काम संविधानलाई सर्वस्वीकार्य बनाउने बताएका थिए। मधेसी दलसमेतको भित्रि सहमतिमा दाहाल प्रधानमन्त्री भएका कारण संविधान नै बहिष्कार गरेर आन्दोलनमा होमिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा स्वाभाविक नरम बन्यो। मोर्चाले संविधान संसोधन हुने सर्तमा वर्तमान सरकारलाई बाहिरै बसेर समर्थन गरेको छ।  

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका थिए। सो समयमा पनि संशोधन प्रस्ताव दर्ता हुन सकेन। पछि दाहालले दसैं अगाडि नै प्रस्ताव दर्ता हुने बताएका थिए। दसैं अगाडि पनि संशोधन प्रस्ताव दर्ता हुन नसकेपछि प्रधानमन्त्रीले तिहार अगाडि नै संशोधन प्रस्ताव दर्ता गर्ने बताउँदै आएका छन्। ‘परिस्थितिजन्य’ कारण भन्दै तिहार अगाडि पनि संशोधन दर्ता नहुने भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

यसैबीच सभामुख ओनसरी घर्ती स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर व्यवस्थापिका संसद सम्बन्धी सम्मेलनमा सहभागी हुन शुक्रबार जेनेभा जाने भएकी छन्। कात्तिक ७ देखि ११ सम्म हुने सम्मेलनमा सभामुख जान लागेकी हुन्। जसका कारण संविधान संशोधन दर्ता पर सर्ने निश्चित छ। तर मधेसी मोर्चाले भने तिहारपछि कुर्न नसकिने जनाएको छ। मोर्चाका नेता एवं सद्भावना अध्यक्ष राजेन्द्र महतोले आफूहरुलाई प्रधानमन्त्रीले दुई पटकसम्म झुक्याइसकेको भन्दै तिहारपछि कुर्न नसकिने बताए।

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका थिए। सो समयमा पनि संशोधन प्रस्ताव दर्ता हुन सकेन। पछि दाहालले दसैं अगाडि नै प्रस्ताव दर्ता हुने बताएका थिए। दसैं अगाडि पनि संशोधन प्रस्ताव दर्ता हुन नसकेपछि प्रधानमन्त्रीले तिहार अगाडि नै संशोधन प्रस्ताव दर्ता गर्ने बताउँदै आएका छन्।
‘संविधान संशोधन गरी मधेसको माग पूरा गर्ने सर्तमा हामीले वर्तमान सरकारलाई समर्थन गरेका हौं,’ महतोले भने, ‘भारत जानु अगाडि संशोधन प्रस्ताव गर्दा गर्ने भनेर प्रधानमन्त्री आफैंले भन्नु भएको हो। अहिले तिहार अगाडि दर्ता गर्ने भन्नु भएको छ। तर हामी तिहारपछिसम्म कुर्न सक्दैनौं।’

मोर्चाका माग

मधेसी मोर्चाले मुख्य रुपमा सीमाकंनको विषयमा असहमति जनाउँदै आएको छ। मोर्चाले तराइका २२ जिल्ला पहाडमा गाभ्न नहुने अडान लिँदै आएको छ। मोर्चाले तराइमा बढीमा दुई प्रदेश हुनुपर्ने अडान राखेको छ।

नागरिकताका विषयमा पनि मोर्चाले असन्तुष्टि व्यक्त गरेको  छ।  मोर्चाले विशेष गरी अंगीकृत नागरिकताधारीले राज्यका उच्च पदमा पुग्न नपाउने व्यवस्थाप्रति आपत्ति जनाउँदै आएको छ। त्यसमा पनि मोर्चा केही लचक भइ अंगीकृत नागरिकले राष्ट्रपति र प्रधानमन्त्री बन्न नपाउने गरी बाँकी पदमा भने योग्य मान्नुपर्ने प्रस्ताव गरेको छ।
यसैगरी मोर्चाले प्रत्यक्ष तर्फका १६५ निर्वाचन क्षेत्रलाई कायम राख्दै त्यसमा गैर निर्वाचन क्षेत्र तोक्नुपर्ने माग गरेको छ। ११० समानुपातिक सिटबाट एक तिहाइ महिलालाई कोटा छुट्याउनु पर्ने संविधानको व्यवस्था विभेदकारी भएको भन्दै मोर्चाले  प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक तिहाइ महिलाकालागि र समानुपातिक व्यवस्थामार्फत पनि एक तिहाइ महिलाकालागि छुट्याउन माग गरेको छ।

राष्ट्रिय सभा गठनका सन्दर्भमा सात प्रदेशबाट समान ८(८ जना प्रतिनिधित्व हुने व्यवस्था अन्यायपूर्ण भएको भन्दै ११ लाख जनसंख्या भएको प्रदेश र ५५ लाख जनसंख्या भएको प्रदेशबाट समान प्रतिनिधित्व हुँदा अन्याय हुने भन्दै कम्तिामा १ र बढीमा आठ प्रदेशको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ। मोर्चाले सर्वोच्च अदालत लगायतका न्यायलयमा समानुपातिक समावेशीताको आधारमा न्यायाधीश नियुक्ती हुनुपर्ने र समानुपातिक समावेशीको आधारमा न्यायपरिषदको गठन हुनुपर्ने माग गरेको छ।

कांग्रेसको आफ्नै दाउ

संविधान संशोधन गर्ने विषयमा कांग्रेसभित्र दुईमत छैन। तर के– के विषयमा संशोधन गर्ने भन्ने विषयमा ४ गतेदेखि सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल हुनेछ। कांग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइरालाले संविधान संशोधन गर्ने विषयमा कांग्रेसभित्र एकमत रहेपनि कुन कुन विषयमा संशोधन गर्ने भन्ने विषय केन्द्रीय समितिमा छलफल हुने बताए।

‘संविधान कार्यान्वयन गर्न र सर्वस्वीकार्य बनाउन पनि  संविधान संशोधन गर्नुपर्छ,’ उनले भने, ‘तर कुन कुन विषयमा संशोधन गर्ने केन्द्रीय समितिमा छलफल हुन्छ।’ स्रोतका अनुसार संविधान जारी आफ्नो नेतृत्वमा भएको भन्दै कार्यान्वयन पनि आफ्नै नेतृत्वमा गर्नुपर्ने पक्षमा कांग्रेस छ। नौ/नौ महिना आलोपालो सरकारको नेतृत्व गर्ने कांग्रेस माओवादीबीच सहमति भएको छ। जसअनुसार अबका करिव सात महिनापछि कांग्रेस नेतृत्वमा सरकार गठन हुन्छ।

‘अहिलेसम्मका हरेक परिवर्तन कांग्रेस नेतृत्वमा भएका छन्,’ एक कांग्रेस नेताले भने, ‘संविधान जारी पनि कांग्रेस नेतृत्वमा नै भएको हो। यसको कार्यान्वयन गर्ने जिम्मा पनि कांग्रेसले लिनुपर्छ।’
कांग्रेस केन्द्रीय सदस्य कोइरालाले संविधान संशोधन गर्नु हुन्न भन्ने एमाले र नगरी हुन्न भन्ने मधेसी मोर्चालाई एकै ठाउँमा ल्याउन कांग्रेसले मियोको काम गर्नुपर्ने बताए।
संशोधनको औचित्य पुष्टि हुनुपर्छः एमाले
प्रमुख प्रतिपक्ष एमालेले भने संविधानलाई गतिशील दस्तावेज भन्दै समय सापेक्ष बनाउन संशोधन गर्न सकिने जनाएको छ। तर, त्यसकालागि आधार र औचित्य पुष्टि हुनुपर्ने एमालेको अडान छ।

सरकारले अहिलेसम्म केकालागि, कुन कुन विषयमा संशोधन गर्ने भनेर आफूहरुसँग कुनै छलफल नगरेको एमाले नेताहरूको भनाइ छ। आफूहरुसँग कुनै छलफल नै नगरी एमालेलाई संशोधन विरोधीका रुपमा चित्रण गरिएकोमा एमालेको आपत्ति छ।

‘एमालेलाई संविधान संशोधन विरोधीका रुपमा प्रस्तुत गरिएको छ,’ पूर्व सभामुख एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘हाम्रो संविधानमा नै संशोधन गर्न लचिलो प्रक्रियाको रुपमा व्याख्या गरिएको छ। आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने कुरामा एमाले द्विविधामा छैन।’
औपचारिकता पूरा गर्न मात्र संविधान संशोधन गर्न नसकिने उनको भनाइ छ। सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराउने तयारी गरिरहेको बताएपनि त्यसकालागि आफूहरुसँग कुनै छलफल नगरेको नेम्वाङले बताए।

‘संशोधनकालागि सत्तापक्षले पहल र प्रयास गर्नुपर्ने हो,’ उनले भने, ‘अहिले सत्तापक्षले पहल र प्रयास गरेको हामीलाई जानकारी छैन।’ ९० प्रतिशतले हस्ताक्षर गरी जारी भएको संविधान संशोधन गर्ने विषयको औचित्य पुष्टि हुनुपर्ने उनले जनाए। ‘अहिले संविधान संशोधनको माग गर्ने दलका नेताहरुले पहिलो पटक संविधान संशोधन हुँदा मधेसी, आदिवासी लगायतका समस्या समाधान भयो भनेको मैले सुनेको थिएँ,’ उनले भने, ‘सबै समस्या समाधान भइसकेपनि फेरि किन संशोधन आवश्यक पर्यो रु त्यसको आधार र औचित्य पुष्टि हुनुपर्छ।’

सरकारले अहिलेसम्म केकालागि, कुन कुन विषयमा संशोधन गर्ने भनेर आफूहरुसँग कुनै छलफल नगरेको उनले जनाए। आफूहरुसँग कुनै छलफल नै नगरी एमालेलाई संशोधन विरोधीका रुपमा चित्रण गरेको भन्दै नेम्वाङले आपत्ति जनाए। उनले भने ‘हामीलाई संशोधन विरोधी भन्नेहरुले एमालेले संविधान संशोधनको कुन मस्यौदामा विरोध गर्यो त्यो देखाउनुपर्छ,’ ।

भारतीय राष्ट्रपति मुखर्जीको १९ गते जनकपुर भ्रमण

२ कार्तिक, २०७३ /   धनुषा-  भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही १९ गते हुने जनकपुर भ्रमणको तयारी र स्वागतको विषयमा सर्वदलीय बैठकको आयोजना गरिएको छ । 
जिल्ला प्रशासन कार्यालय धनुषाले आयोजना गरेको सर्वदलीय बैठकमा राष्ट्रपतिको जनकपुर भ्रमणको दिनमा सर्वसाधारणलाई आफ्नो घरबाट बाहिर निस्केर स्वागत तथा नेपाल भारतको संयुक्तरुपमा झन्डा फहराएर स्वागत गर्ने निर्णय गरिएको छ । जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरमा नागरिक अभिनन्दन गर्ने समेत निर्णय भएको छ । यसका लागि आआफ्नो स्तरबाट तयारी थाल्न समेत निर्णय भएको छ ।

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईं, राजनीतिक दलका अतिरिक्त बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, जनकपुर उपमहानगरपालिका, जिल्ला विकास समिति धनुषाका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो ।

 
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आउन लागेका  मुखर्जीको जनकपुर, लुम्बिनी र पोखरा भ्रमणको तयारी छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आउन लागेका  मुखर्जीको जनकपुर, लुम्बिनी र पोखरा भ्रमणको तयारी छ ।

जनकपुर जाने पक्का भएको र अन्य दुई ठाउँको भने तयारी भइरहेको जानकारी दिइएको छ । मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ ल्याइने गरी रुट मिलाइएको बताइएको छ ।

यसअघि २०७१ मा नेपालमा भएको सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उक्त ठाउँमा जान  चाहेकाे तर सुरक्षाको कारण देखाउँदै उहाँको भ्रमण रद्द गरिएको थियो । राष्ट्रपति मुखर्जी आगामी कात्तिक १७ देखि १९ सम्म नेपाल भ्रमणमा अाउने भएका हुन्।
यसअघि नेपालका राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भए पनि भण्डारीको भ्रमण एक्कासि स्थगित भएपछि मुखर्जीको भ्रमण पनि अनिश्चित बनेको थियो ।

सत्ता परिवर्तन भएर बनेका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको वातावरण बनेको हो । मुखर्जी जनकपुर आउने विषयमा केही साता पूर्व नै भारतीय अधिकारीले जनकपुर आएर विभिन्न स्थलको अवलोकन गरिसकेका थिए ।

सुरक्षा लगायतको विषयमा जानकी मन्दिरमा पुगेर स्थलगत अनुगमन समेत गरिसकिएको छ । राष्ट्रपति मुखर्जीले केही योजनाको शिलान्यास समेत गर्ने कार्यक्रम रहेको छ ।  उनी  आएपछि जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

जानकी मन्दिरमा पूजापाठ पछि  उनी नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने बताइएको छ । नागरिक अभिनन्दनपछि उहाँले हुलाकी सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...