Tuesday, April 4, 2017

कांग्रेसले पनि देशका मुख्य–मुख्य स्थानमा सभा गर्ने

काठमाडौं  नेपाली कांग्रेसले पनि देशका मुख्य–मुख्य स्थानमा सभा गर्ने भएको छ ।  सात प्रदेशको केन्द्रहरुमा मूख्य चुनावी सभा गर्ने निर्णय कांग्रेसले गरेको हो । निर्वाचन परिचालन समितिको बैठकले सभा गर्ने ठाउँ र मिति पनि टुंगो लगाएको छ ।
nepali-Congress-flag
प्रदेश नम्बर ७ बाट सभाको शुरुवात गरिने जनाइएको छ । त्यस क्षेत्रको सभा कैलालीमा चैत २७ गते गरिने छ ।प्रदेश नम्बर ५ को सभा तुलसीपुरमा २८ गते र २९ गते रुपन्देहीमा तथा प्रदेश ४ को सभा भने पोखरामा २० गते गरिने छ ।

प्रदेश नम्बर २ को ३१ गते जनकपुरमा र १ को वैशाख २ गते झापामा गर्ने गरिनेछ ।प्रदेश नम्बर ३ र ६ को सभा स्थान र मिति भने पछि तय गरिने उक्त समितिले जनाएको छ । सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुलाई आमसभामा समन्वय र सहयोग पु¥याउन पनि कांग्रेसले भनेको छ ।

यसैगरी कांग्रेसले समन्वय उपसमितिहरु पनि बनाएको छ । आर्थिक स्रोत परिचालन, प्रचार/प्रसार, सुरक्षा, मतदाता शिक्षा तथा सचेतना, निर्वाचन अनुगमन र निर्वाचन आयोग समन्वय उपसमिति गठन गरिएको हो ।

२२ चैत्र, २०७३

मन्त्रिपरिषद बैठक बिहीबार , आईजीपी पनि टुँगो लाग्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवावीच आईजीपी नियुक्तीबारे सहमति भएको छ। नेपाल प्रहरीको नयाँ आईजीपी विवादलाई लिएर मन्त्रिपरिषदको बैठक बस्न सकिरहेको थिएन् । हिजोमात्रै प्रधानमन्त्री दाहाल सभापति देउवावीच भएको छलफलले अब बस्ने क्याबिनेटमै आईजीपी टुँगो लगाउने सहमति भएको सूत्रहरुले जनाएका छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार आउने बिहीबार बस्ने क्याविनेटबाटै प्रहरी महानिरीक्षक नियुक्ति हुने भएकोछ । त्यस्तै उपप्रधानमन्त्रीको मयार्दाक्रमका विषयमा पनि दाहाल र देउवाबीचमा विवाद उत्पन्न भएको भनेर चर्चा भएको थियो। तर उपप्रधानमन्त्रीको मर्यादाक्रममा प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवावीच खासै विवाद नभएको खुल्न आएको छ ।

राप्रपा अध्यक्ष कमल थापा उपप्रधान सहित संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनेसँगै अर्का उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले आफू नै पहिलो नम्बरमा हुनुपर्ने अडान लिएका थिए । जसका कारण मन्त्रिपरिषदको बैठकसमेत प्रभावित बन्दै आएको थियो ।

थापालाई सरकारमा सहभागी गराउनुपुर्व नै प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवावीच थापालाई नै पहिलो नम्बर दिने सहमति भएको थियो । दुई उपप्रधानमन्त्री वरियताक्रमलाई लिएर विवाद उत्पन्न भएपछि दुई साता बढी समय बितिसक्दा पनि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन ।

पार्टीका नेता विमलेन्द्र निधिलाई मर्यादाक्रमअनुसार पहिलो स्थानमा राख्नुपर्ने देउवाको दबाब छैन । सभापति देउवा निधिसँग रुष्ट छन् । प्रधानमन्त्री दाहालले मर्यादाक्रमअनुसार पहिलो स्थानमा थापालाई नै राख्न खोजिरहेका छन् ।
देउवाको दबाबमा सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेका जयबहादुर चन्दको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री दाहाल मर्यादाक्रमअनुसार पहिलो स्थानमा रहेकालाई नियुक्ति गर्न चाहन्छन् । तर, देउवाले भने प्रहरी नियमावली नै संशोधन गर्न प्रधानमन्त्रीलाई दबाब दिँदै आएको स्रोते जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन पनि दुई चरणमा गर्नुपर्ने विकल्प अघि सारेका छन्। नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँगको आन्तरिक बैठकमा दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने विकल्प अघि सारेका हुन्। मधेशी मोर्चासँगको आन्तरिक छलफलमा प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचनमा भाग लिनको लागि आग्रह गरेका छन् ।

२२ चैत्र, २०७३

आज चैते दशैं, दुर्गा भवानीको पूजा आराधाना गरी मनाईदै

चैते दशैं पर्व आज दुर्गा भवानीको पूजा आराधाना गरी हिन्दु धर्मावलम्बीले मनाउँदैछन् । चैत र असोजमा गरी वर्षमा दुईपटक गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रा उल्लेख छ । अशोजमा मनाईने वडा दशैँ भन्दा कम महत्वको मानिएपनि चैते दशैंको दिन पनि देवीको मन्दिरमा बलि दिने र पुजा आरधना गर्ने गरिन्छ ।
 
Chaite Dashain
आज दिन काठमाडौंका दक्षिणकाली, शोभा भगवती, गुह्येश्वरी, नक्शाल भगवती, संकटा, कालिकास्थान लगायतका शक्तिपिठमा दर्शनार्थीको घुईचो लागेको छ । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाईने चैते दशैंमा विभिन्न शक्तिपिठहरुमा पशुवली दिने गरिन्छ ।
 
आजकै दिन मर्यादा पुरुषोत्तम श्रीरामले १४ वर्ष वनवास सकाएर आयोध्या फर्किएको धार्मिक बिश्वास छ । रावणको दानवीय व्यवहारबाट संसारलाई जोगाउन भगवान रामले रावणको बध गरेको विश्वास गरिन्छ । रावणमाथि विजय प्राप्त गरेको सम्झनामा समेत चैते दशैं मनाउने परम्परा छ ।
 
२२ चैत्र, २०७३

Sunday, April 2, 2017

संविधान संशोधनमा दबाब दिन संघीय गठबन्धनले काठमाडौंमा शक्ती प्रर्दशन गर्ने

परिमार्जन सहितको संविधान संशोधनमा दबाब दिन संघीय गठबन्धनले आज काठमाडौंमा शक्ती प्रर्दशन गर्ने जनाएको छ । संविधान संशोधन र स्थानीय निर्वाचनमा सहमती जुटाउने दलहरुका पछिल्ला प्रयास निश्कर्षविहीन भएपछि सरकारलाई दबाब दिने उद्धेश्य सहित मधेशी मोर्चा सहितको गठबन्धनले काठमाडौंमा शक्ति प्रर्दशन गर्न लागेको हो ।
Baneshower-Jhadap
रत्नपार्कको शान्तिवाटीकामा दिउँसो २ बजे सूरु हुने प्रर्दशन रत्नपार्क, भद्रकाली हुदै न्युरोडमा पुगेर सभामा परिणत हुने राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनभुयो । सभालाई गठबन्धन आबद्ध २५ वटै दलका प्रमुख सहित गठबन्धन संयोजक उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।
संघीय आयोग मार्फत सिमांकनको बिषय टुङ्गो लगाउने र बाकी विषयमा संशोधन अघि बढ्ने सरकारको प्रस्तावमा मधेशी मोर्चाले स्थानीय निर्वाचनको मिति सार्न अनुरोध गरेपछि जारी गतिरोध लम्बिने संकेत देखिएको छ । बैशाख ३१ गतेका लागी तय भएको स्थानीय निर्वाचनमा निर्धारित मितिमै सम्पन्न गर्ने गरि सत्तारुढ दल तथा प्रतिपक्षी एमालेले मधेशी मोर्चालाई सहमतीमा ल्याउने प्रयास जारी राखेका छन ।
२१ चैत्र, २०७३

मतदाता परिचय पत्रको छपाई सुरु

स्थानीय तह निर्वाचनका लागि मतदाता परिचय पत्रको छपाई सुरु भएको छ । निर्वाचन आयोगले स्विकृत गरेको १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताको नामावली अनुसार मतदाता परिचय पत्रको छपाई कार्य सूरु भएको हो ।

परिचय पत्र छाप्ने जिम्मेवारी पाएको नेपालकै निजी कप्पनी ओमनी समुहले आवश्यक उपकरण आयोग परिसरमा जडान गरेर काम सुरु भएको हो । निर्वाचन आयोगको कार्यालयमा सुरु परिचय पत्र छपाईका लागि सरकारले आवश्यक सुरक्षा ब्यवस्था मिलाएको छ ।  

करिब २० दिन भित्र परिचय पत्र छाप्ने तयारी गरेको आयोगले मतदाता नामावली र परिचयपत्र छपाई बैशाख १० गते भित्र सबै जिल्लामा पुर्‍याईसक्ने लक्ष्य राखेको छ ।  स्थानीय तह निर्वाचनका लागि आयोगले स्वीकृत गरेको मतदाता नावामाली अनुसार मतदाता संख्या पछिल्लो दोस्रो संविधान सभा निर्वाचन भन्दा १९ लाखले बढी छ ।  

तराईका ६ जिल्लाको मतदान केन्द्र टुङ्गो लागाउन बाँकी रहेकाले ती बाहेकाका ६९ जिल्लाको मतदाता नामावली मतदान केन्द्र अनुसार छापिनेछ । फागुन ९ सम्म नाम दर्ता भएका मतदाताको पुर्नसंरचनापछिको नयाँ ठेगाना र मतदान गर्ने केन्द्र राखेर परिचयपत्र छापिने आयोगले जनाएको छ ।  

२१ चैत्र, २०७३

भूकम्प प्रभावित १७ जिल्लामा आजदेखी अनुदान वितरण सुरु हुँदै

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागी आजदेखी अनुदान बापतको पहिलो किस्ता वितरण सुरु गर्दैछ ।

लाभग्राही सूचीमा समावेश भएकालाई प्राधिकरणले दिने तीन लाख अनुदानमध्ये पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ वितरण गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले आज कास्कीको लुम्लेबाट अनुदान वितरण शुरु गर्न लाग्नु भएको हो । कास्कीका ३४ गाविस तथा नगरपालिकामा २ हजार २ सय ३८ घरधुरी मध्ये लुम्लेमा १ सय ६२ घरधुरी लाभग्राही सूचिमा समावेश छन् ।

भूकम्म प्रभावित अर्घाखाँची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की गरी अहिले सम्म ५ सय ८६ गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूचि प्राप्त भइसकेको छ । बाँकी १ सय ७७ गाविस तथा नगरपालिकाको तथ्याङ्क एकीकृत गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ । 

२१ चैत्र , २०७३

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई रिहा

निर्वाचन आयोगमा धर्ना दिन गएका बेला पक्राउ परेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई रिहा हुनुभएको छ । प्रहरीले केहीबेरअघि भट्टराई सहित पक्राउ परेका सांसद गंगा चौधरी, क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, पुर्व–गृह राज्यमन्त्री रिजवान अन्सारी, हिसिला यमी, परशुराम तामाङ लगायतलाई रिहा गरेको हो ।

रिहा भएलगत्तै पत्रकार सम्मेलन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले हिरासतमा आफुहरुमाथि दुव्र्यवहार भएको बताउनुभयो । सो क्रममा उहाँले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेपनि त्यसको अनुभुति गर्न नपाएको बताउनुभयो । चुनाव चिन्ह नपाएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने भट्टराईको भनाई थियो ।

पक्राउ गर्नुको कारणबारे प्रश्न गर्दै चुनाव चिन्ह नपाएसम्म बाहिर नजाने अडान राखेपछि आफूहरुलाई प्रहरीले लछारपछार पारेको सांसद गंगा चौधरीले बताउनुभयो । त्यसअघि भट्टराईसहितका नेताले रिहा हुन अस्वीकार गर्दै हिरासतमै धर्ना दिएका थिए ।

निर्वाचन आयोगको कार्यालय अगाडी धर्ना दिने क्रममा पुर्व–प्रधानमन्त्री भट्टराई सहितका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर पुलिस क्लवमा राखेको थियो । यस्तै, पुलिस क्लव बाहिर नाराबाजी गरिरहेका भट्टराई तथा पक्राउ परेका अन्य नेता आवद्ध दलका समर्थकमाथि भने प्रहरीले लाठी चार्ज गर्दा केही घाइते भएका छन् ।

त्यसअघि, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य हिरासतमा रहेकालाई भेट्न पुलिस क्लब पुग्नुभएको थियो । नयाँ शक्ति लगायतका पार्टीले स्थानीय तह निर्वाचनमा चुनाव चिन्ह माग गर्दै आज निर्वाचन आयोगको कार्यालय घेराउ कार्यक्रम राखेका थिए ।
निर्वाचन आयोगमा विधिवत दर्ता भएका पार्टीलाई चिन्ह नदिइएपछि ती दलले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र समेत बुझाएका थिए । उनीहरुले भोली ७५ वटै जिल्लाका निर्वाचन कार्यालय अगाडी धर्ना दिने बताएका छन् ।

२० चैत्र, २०७३ 

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...