Sunday, March 12, 2017

रङहरुको पर्व होली पहाडी जिल्लामा उत्साहका साथ मनाइयो

रङहरुको पर्व होली उपत्यका सहित पहाडी जिल्लामा आज आपसी सद्भाव, उत्साह र हर्सोल्लासका साथ मनाइएको छ । असत्यमाथि सत्यको जितको प्रतिकका रुपमा यो पर्ब मनाउने गरिन्छ । राजधानीका विभिन्न स्थानमा सामुहिक कार्यक्रम आयोजना गरेर होली खेलिएको छ । 

पहाडी जिल्लामा आज मनाइएको होली तराईमा भने भोली मनाइदैछ । सरकारले पहाडी जिल्लामा आज र तराई मधेसमा भोली सार्वजनिक बिदा दिएको छ । होलीका क्रममा अहिलेसम्म कुनै अपृय घटना नभएको प्रहरीले जनाएको छ । 

काठमाण्डौको बसन्तपुरमा एक साता अघि विधिपूर्वक चिर ठड्याएपछि होली पर्व शुरुवात भएको थियो । असत्यमाथि सत्यको जीतको सुचकका रुपमा ठड्याइएको चीरलाई आज टुँडीखेलमा विर्सजन गर्ने चलन छ । 

यसैबीच होलीको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीमा खुसीका रङहरु छर्दै हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् भन्ने कामना गर्नुभएको छ । होलीले नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै संस्कृति एवम् परम्पराको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गर्नुभएको छ ।
२९ फागुन,२०७३

Wednesday, February 1, 2017

निर्वाचन मिति घोषणाको तयारीमा प्रधानमन्त्री, छलफल जारी

निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले कानुनमन्त्री र सरकारका कानुनी सल्लाहकारसँग छलफल गरिरहनु भएको छ । 

कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधिक्ता रमन श्रेष्ठलाई राजधानीको वालुवाटारस्थित सरकारी निवासमा बोलाएर प्रधानमन्त्री दाहालले निर्वाचनको मिति र संविधान संशोधन विधेयकमा राय माग्न लाग्नु भएको हो । आज अपरान्ह बस्ने मन्त्रीपरिषद् बैठकमा निर्वाचनको मिति घोषणा प्रस्ताव लैजाने तयारी भएपछि प्रधानमन्त्रीले त्यसको कानुनी बाटो बारे छलफल थाल्नु भएको हो । 

छलफलमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशसरण महत, शहरी बिकास मन्त्री अर्जुनरसिंह केसी पनि सहभागी हुनु भएको वालुवाटार स्रोतले जनाएको छ ।  यसअघि प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री महतसँग बिभिन्न मुलुकमा राजदूत नियुक्तीमा भईरहेको ढिलाईबारे छलफल गर्नुभएको थियो । संसदीय समितिले चाडो राजदूत नियुक्ति प्रक्रिया सुरु गर्न निर्देशन दिएपछि मन्त्री महत परराष्ट्र सचिव शंकरदास बैरागी सहित वालुवाटार पुग्नु भएको थियो ।  

प्रधानमन्त्री दाहालले आजै बिहान अर्थ सचिव शान्तराम सुवेदी र गर्भनर चिरञ्जीवी नेपालसँग समेत पछिल्लो आर्थिक अवस्थाबारे छलफल गर्नु भएको थियो । 
 २० माघ, २०७३

संसदले निर्वाचनसम्बन्धी थप विधेयक आज पारित गर्दै

ब्यवस्थापिका संसदले आज निर्वाचनसम्बन्धी थप विधेयक पारित गर्दैछ । राज्यब्यवस्था समितिले हिजोको बैठकमा प्रतवेदन सहित प्रस्तुत गरेको स्थानीय तह निर्वाचनसम्बन्धी विधेयक छलफल पछि पारित गर्न लागेको हो । समिति सभापति दिलबहादुर घर्तीले विधेयकमाथिको दफावार छलफलका क्रममा प्राप्त सुझाव र सहमतिलाई समेटेर प्रतिवेदन हिजोको बैठकमा पेस गर्नुभएको थियो ।

nepali-constituent-assembly-24012017093802-1000x0
दिउँसो एक बजे बस्ने संसद बैठकले सो विधेयक सामान्य छलफलपछि पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । योसँगै संसदले निर्वाचनसम्बन्धी चार वटा विधेयकलाई अन्तिम टुंगो लगाउनेछ । राजनीतिक दलसम्बन्धी विधेयक भने राज्यब्यवस्था समितिमा छलफल कै क्रममा छ । समितिको आज बस्ने बैठकले सो विधेयकमा रहेको थ्रेसहोल्डमा कायम रहेको विवाद अन्त्यको प्रयास आज पनि गर्ने समिति सदस्य रामेश्वर फुँएलले जानकारी दिनुभयो । यद्यपी बैठकको समय भने निर्धारण भएको छैन ।
संसदले यसअघि निर्वाचन कसुर तथा सजाय, मतदाता नामावली र निर्वाचन आयोगको काम, कर्तब्य र अधिकारसम्बन्धी तीन वटा विधेयक पारित गरिसकेको छ । थप चार वटा विधेयक संसदमा दर्ता हुन बांकी छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रतिनिधिसभा सदस्य निर्वाचन, प्रदेश सभा निर्वाचन र निर्वाचन क्षेत्र निर्धारण आयोगसम्बन्धी विधेयकको मस्यौदा तयार हुन सकेको छैन ।
२० माघ, २०७३

Saturday, January 28, 2017

नुनको मूल्य बढाउने तयारी, किलोको २५ रुपैयाँ पुर्‍याउन प्रस्ताव,३५ करोड पाए नबढ्ने

रविन्द्र घिमिरे,


१५ माघ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सरकारसमक्ष नुनको मूल्य बढाउन प्रस्ताव गरेको छ । सरकारले आफूलाई ३५ करोड अनुदान दिए भाऊ नबढाइने साल्ट ट्रेडिङको शर्त छ ।
नून आयात लागतभन्दा मूल्य निकै सस्तो भएको भन्दै साल्ट ट्रेडिङले प्रतिकिलो ७ रुपैयाँसम्म मूल्य बढाउन प्रस्ताव गरेको हो । यदि साल्ट ट्रेडिङले माग गरेअनुरुप मूल्य बढाउने निर्णय भएमा अब नुनको मूल्य १८ रुपैयाँबाट बढेर प्रतिप्याकेट २५ रुपैयाँ हुनेछ ।

आपूर्ति मन्त्रालयमा साल्ट ट्रेडिङले नुनको मूल्य लागतभन्दा कम हुँदा संस्थानलाई वर्षमा ३५ करोड रुपैयाँ घाटा भइरहेको जानकारी गराएको छ । तर, सरकारले यसबारे औपचारिक निर्णय भने गरेको छैन ।
आयोडिनयुक्त नुनको मूल्य बढाउन साल्ट ट्रेडिङले प्रस्ताव ल्याएकाले त्यसबारे अध्ययन भइरहेको आपूर्ति मन्त्रालयका सहसचव तथा प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘नुन उपभोग्य वस्तु भएकाले यसको मूल्य बढाउनुअघि आवश्यक अध्ययन गर्नुपर्छ’ श्रेष्ठले भने,’यसको आवश्यकता, औचित्य हेरेर आवश्यक निर्णय हुन्छ ।’

किलोमा ५ रुपैयाँ घाटा
नुनको मूल्य बढाउन मुख्य सचिवको अध्यक्षतामा रहेको केन्द्रीय अनुगमन समितिले निर्णय गर्नुपर्छ । साल्ट ट्रेडिङलाई नुनकै कारण करोडौंको घाटा भइरहेकाले मूल्यवृद्धिको बाध्यता सिर्जना भएको प्रवक्ता कुमारराज भण्डारीले अनलाइनखबरसँग बताए ।
उनले खरिद तथा आयात लागत बढेकाले मूल्य बढाउनुपरेको भन्दै नागरिकलाई न्युनतम् मूल्यमा नुन उलपब्ध गराउन आफूहरु प्रतिवद्ध रहेको दावी गरे । साल्ट ट्रेडिङलाई नुन किलोमा झण्डै ५ रुपैयाँ घाटा छ ।

‘अहिले नुन भित्र्याउँदा प्रतिप्याकेट २१ रुपैयाँसम्म लागत परिरहेको छ । तर, डिलरलाई १६ रुपैयाँ ५० पैसामा नुन दिइरहेका छौं । १८ रुपैयाँ ५० पैसासम्म उपभोक्ता मूल्य छ ।’ राजभण्डारीले भने,’नुनको मूल्य अस्वभाविक रुपमा बढ्नु हुँदैन । तर, संस्थान नै घाटामा बसेर नुन कारोबार गर्न नसकिने अवस्था आएकाले प्रस्ताव अघि बढाइएको हो ।’
‘३५ करोड पाए बढ्दैन’
उनले सरकारले घाटा बराबरको अनुदान साल्ट ट्रेडिङलाई उपलब्ध गराए मूल्य बढाइरहनु नपर्ने बताए । ‘वर्षको ३५ करोड रुपैयाँ सरकारले साल्ट ट्रेडिङलाई अनुदान दिने हो भने नुनको मूल्य बढाउनैपर्छ भन्ने पनि छैन’ राजभण्डारीले भने,’ मूल्य बढाउनभन्दा राज्यले अनुदानबाटै यसलाई पूर्ति गर्न सके राम्रो हुन्छ ।’
साल्ट ट्रेडिङका अनुसार अहिले ढिके नुनमा पनि उसलाई किलोको ३ रुपैयाँ घाटा छ । डिलरहरुले साल्ट ट्रेडिङसँग किलोको २ रुपैयाँ कमिसन लिने गरेका छन् । अब यसलाई बढाउन दबाव आइरहेको र ५० पैसा बढाउने गरी नयाँ मूल्य प्रस्ताव गरिएको हो ।
साल्ट ट्रेडिङले प्रस्ताव गरेेअनुसार मूल्य बढेमा उसलाई किलोको १.५० रुपैयाँ नाफा हुनेछ । यसअघि नुनको मूल्य १५ रुपैयाँबाट १८ रुपैयाँ बनाइएको थियो ।
अहिले नेपालमा वाषिर्क १ लाख ६० हजार मेटि्रक टन नुनको खपत हुन्छ । यसमा आयोडिनयुक्त नुनको हिस्सा ६० प्रतिशत छ भने ढिके नुनको प्रयोग ४० प्रतिशत हाराहारीमा छ ।
 
२०७३ माघ १५ 

Sunday, January 15, 2017

कञ्चनजंघा हस्पिटल एक सय वेडको भूकम्प प्रतिरोधीे भवन बनाउदै

बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलले भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माणलाई तीब्रता दिएको छ । बिर्तामोड – ९ सैनिकमोड स्थित दुई विगाह क्षेत्रफल जग्गामा कञ्चनजंघा हस्पिटलले अहिले एक सय वेड क्षमताको हस्पिटल निर्माण गरिरहेको छ । 

१९औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहेका बेला भूकम्प सुरक्षा दिवसको अवसरमा भएको छलफलमा हस्पिटलका मेडिकल डाइरेक्टर डा. सीपी यादवले २५ करोड रुपैयाँको लागतमा निर्माण हुने हस्पिटलको भूकम्प प्रतिरोधी फाउण्डेशनको काम भइरहेको जानकारी दिए । हस्पिटलका अर्का सञ्चालक डा. नित्यप्रसाद(एनपी) खनालका अनुसार ४ जना अनुभवी इञ्जिनियरको प्रत्यक्ष निगरानीमा हस्पिटलको भवन निर्माण भइरहेको छ । ०७२ बैशाखको शक्तिशाली भूकम्पपछि भूकम्प प्रतिरोधी मापदण्ड पूरा गरी बन्दै गरेको झापाको पहिलो भवन कञ्चनजंघा हस्पिटलको भएको इञ्जिनियर नितेष कोइराला बताउँछन् । 

उनीसहित हस्पिटलको तर्फबाट इञ्जिनियर सपोज घिमिरे र निर्माण कम्पनीको तर्फबाट इञ्जिनियरहरु प्रभात मिश्र र रामबाबु यादव प्रत्यक्ष निगरानीका लागि खटिएका छन् । काठमाडौंको इजी इन्फ्र प्रालिले हस्पिटलको निर्माण कार्यको जिम्मेवारी लिएको छ । भूकम्पका कारण घर भवन भत्किएर धेरै मानिसको ज्यान गइरहेका बेला हरेक सार्वजनिक तथा निजी घर भवन भूकम्प प्रतिरोधी क्षमताका बनाइनु पर्नेमा हस्पिटलका मेडिकल डाइरेक्टर डा. सीपीको जोड छ । भूकम्प प्रतिरोधी मापदण्ड अपनाएर भइरहेको कञ्चनजंघा हस्पिडलको भवन निर्माण कार्यको अवलोकन गरिदिन डा.सीपी र डा. नित्यप्रसादले सरोकारवाला सवैमा आग्रह पनि गरेका छन् ।

भूकम्प प्रतिरोधका लागि हस्पिटलको माटोमुनिको भागमा तीन तह ८ सुते रड विछ्याएर अढाईफिट मोटो ढलान गरिएको र त्यसमाथि चार फिटसम्म माटोले पुरेर ग्राउण्ड लेभल कायम गरिने इञ्जिनियरले बताएका छन् । दुईवटा ब्लकमा निर्माण भइरहेको भवन २४ सय स्क्वायरफिटको रहने र दुई/दुई फिट मोटाइ चौडाईका ९६ वटा पिलर रहने बताइएको  छ । लिफ्ट सुविधासहितको भवन १० तलासम्म निर्माण गर्ने क्षमता भए पनि ५ तला मात्र निर्माण गरिने बताइएको छ । 

हस्पिटलसँगै सो भवनमा स्वास्थ्यकर्मीका लागि आवश्यक युनिभर्सिटीस्तरका विभिन्न तालिम केन्द्रसहित स्थापना गरिने बताइएको छ । गौरावती राजवंशी, रामकुमार सिंह राजवंशी, डा. सीपी, डा. नित्यप्रसाद र धिरज थपलियाकोे साझेदारी रहेको कञ्चनजंघा हस्पिटल उक्त भवनमा ०७५ बैशाख १ गतेबाट सञ्चालनमा आउने बताइएको छ । हस्पिटल हाल बिर्तामोड – १ मा सञ्चालनमा रहेको छ । 

२ माघ,२०७३

Friday, January 13, 2017

संविधान संशोधन विधेयक पारित नभएसम्म चुनावको मिति घोषणा नगर्न मोर्चाको दबाब

मधेसी मोर्चाले संविधान संशोधन विधेयक पारित नभएसम्म चुनावको मिति घोषणा नगर्न सत्तारुढ कांग्रेस र माओवादी केन्द्रलाई दबाब दिएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मोर्चाका नेताहरुले संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म चुनावको वातावरण बन्न नसक्ने अडान राखेका हुन् । 
मोर्चाको दबाबपछि कांग्रेस र माओवादी पनि तत्काल चुनावको मिति घोषणा नगर्ने मनस्थितिमा पुगेका छन् । यसअघि बिहीबार राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक हप्ताभित्र चुनावको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको भन्दै सहयोग गर्न एमालेसँग आग्रह गर्नुभएको थियो । 
चुनावकै तयारीबारे छलफल गर्न प्रधानमन्त्रीको पहलमा मोर्चासित छलफल भएको हो । बैठकमा आफूहरुले संशोधन विधेयक पारित र निर्वाचनसँग सम्बन्धित कानुन तयार भएपछि मात्रै मिति घोषणा गर्न प्रस्ताव गरेको र यसमा सत्तारुढ दल सहमत भएको वैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो
। यस्तै गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमति गरेर छिटै संशोधन विधेयकमा छलफल हुने जानकारी दिनुभयो ।
२९ पुस,२०७३

मध्यरातमा ८० न्यायाधीश नियुक्त

न्याय परिषदले उच्च अदालतमा रिक्त ८० जना न्यायाधीश नियुक्ति गरेको छ । गएराति बसेको न्याय परिषद बैठकले विवादका बिच न्यायाधीश नियुक्त गरेको हो । न्यायपरिषदका सदस्य रामप्रसाद सिटौला र वरिष्ठतम् न्यायधीश बैजनाथ उपाध्यायले बैठक बहिष्कार गर्नुभएको थियो । 
प्रधानन्यायाधीश सुशीला कार्की, कानुनमन्त्री अजय शंकर नायक र माओवादीद्वारा परिषद सदस्य नियुक्त पदम वैदिक सहभागी बैठकले न्यायाधीश नियुक्ति गरेको हो । ५ सदस्यीय परिषदले बहुमतको आधारमा न्यायधीश नियुक्ति गरेपनि यसले विवाद बढाउने देखिएको छ । 

                                                                                २९ पुस,२०७३

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...