निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले कानुनमन्त्री र सरकारका कानुनी सल्लाहकारसँग छलफल गरिरहनु भएको छ ।
कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधिक्ता रमन श्रेष्ठलाई राजधानीको वालुवाटारस्थित सरकारी निवासमा बोलाएर प्रधानमन्त्री दाहालले निर्वाचनको मिति र संविधान संशोधन विधेयकमा राय माग्न लाग्नु भएको हो । आज अपरान्ह बस्ने मन्त्रीपरिषद् बैठकमा निर्वाचनको मिति घोषणा प्रस्ताव लैजाने तयारी भएपछि प्रधानमन्त्रीले त्यसको कानुनी बाटो बारे छलफल थाल्नु भएको हो ।
छलफलमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशसरण महत, शहरी बिकास मन्त्री अर्जुनरसिंह केसी पनि सहभागी हुनु भएको वालुवाटार स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री महतसँग बिभिन्न मुलुकमा राजदूत नियुक्तीमा भईरहेको ढिलाईबारे छलफल गर्नुभएको थियो । संसदीय समितिले चाडो राजदूत नियुक्ति प्रक्रिया सुरु गर्न निर्देशन दिएपछि मन्त्री महत परराष्ट्र सचिव शंकरदास बैरागी सहित वालुवाटार पुग्नु भएको थियो ।
प्रधानमन्त्री दाहालले आजै बिहान अर्थ सचिव शान्तराम सुवेदी र गर्भनर चिरञ्जीवी नेपालसँग समेत पछिल्लो आर्थिक अवस्थाबारे छलफल गर्नु भएको थियो ।
२० माघ, २०७३
No comments:
Post a Comment