Friday, July 22, 2016

पल्सर स्पोर्टस अवार्ड आज


६ श्रावण, २०७३ काठमाडौं /  नेपाली खेलकुदमा सक्रिय युवा देखि पुराना पुस्ताका खेलाडी,प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७२ आज आयोजना हुँदैछ। अवार्डको सम्पूर्ण तयार पुरा भएको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।

अवार्डमा विभिन्न ८ विधामा पुरस्कार वितरण गरिने मञ्चले विज्ञप्तीमार्फत उल्खेल गरेको छ। मञ्चले बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड र लाइफ टाइभ एचिभमेन्ट अवार्ड प्रदान गर्नेछ। गत बर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलताका आधारमा महिला,पुरुष, युवा र प्रशिक्षकको मनोनयनमा रहेका ५/५ मध्येबाट एक जना विजेता बन्नेछन्। यी चार विधामा गत बर्ष भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद ९साग० का पदक विजेताको बाहुल्यता रहेको छ।
बर्षको उत्कृष्ट खेलाडी पुरुषमा फुटबलका नवयुग श्रेष्ठ र विकेश कुथु, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी र तेक्वान्दोका वीरबहादुर महरा छन्। महिलामा उसुकी नीमा घर्तीमगर, जुडोकी फुपू ल्हामु खत्री, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्कीबीच प्रतिस्पर्धा छ।


युवा खेलाडीमा नीमा, गौरिका, क्रिकेटका सन्दीप लामिछाने, जुडोकी मनिता श्रेष्ठ प्रधान र फुटबलका अञ्जन विष्ट मनोनयमा रहेका छन्। प्रशिक्षकमा फुटबलका राजु शाक्य र बालगोपाल महर्जन, उसुका प्रकाश महर्जन, जुडोका दलबहादुर गुरुङ र क्रिकेटका जगत टमाटा छन्।


पिपल्स च्वाइनमा भलिबलकी प्रतिभा माली, टेबल टेनिसकी नविता श्रेष्ठ , भारोत्तोलनकी तारादेवी पुन, क्रिकेटका सन्दीप र फुटबलका नवयुग मनोनयनमा छन्। फुटबलका नवयुग, क्रिकेटका सन्दीप, उसुकी निमा र पौडीकी गौरिका २/२ विधाको मनोयनमा छन्।

पिपल्स च्वाइस अवार्डको विजेताको घोषणा भने एमएमएस भोटिङ र फेसबुक लाइकका आधारमा सर्वाधिक मत प्राप्त गर्नेले एकजनाले जित्नेछन्। प्रदर्शनकै आधारमा दिइने पारा एथलिट अवार्डमा भने सोझै एक जना विजेताको नाम घोषाण गरिने मञ्चले जनाएको छ। खेलकुदमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति वा संस्थालाई स्पेशल अवार्ड प्रदान गरिनेछ। त्यस्तै आफ्नो जीवनभर नेपाली खेलकुद क्षेत्रमा सक्रिय रहने एकजनालाई लाइफ टाइम अवार्डबाट सम्मानित गरिने बताइएको छ।

बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष र पिपल्स च्वाइका विजेताले ट्रफीसहित पल्सर मोटरसाइकल प्राप्त गर्ने छन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ पाउनेछन्।

Monday, July 18, 2016

आज मुलुकभर गुरु पूर्णिमा मनाइदै

४ श्रावण , २०७३ /  आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । 

वैदिक कालदेखि नै गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो दिन गुरूप्रति शिष्यले सम्मान प्रकट गर्ने महत्वपूर्ण दिन पनि हो । आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरु पूर्णिमाको अवसरमा आज विद्यालय, क्याम्पसलगायतका शिक्षण संस्था विभिन्न कार्यक्रम आयोजना गरी गुरुप्रति  सम्मान प्रकट गर्ने  प्रचलन रहिआएको छ । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ऐतिहासिक मेरी लिवोनसंग खेल्दै

४ श्रावण, २०७३ /  आगामी बल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको तयारीका क्रममा बेलायतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ऐतिहासिक मेरी लिवोन क्रिकेट क्लबसंग अभ्यास खेल खेल्दैछ । एक सातादेखी बेलायतमा अभ्यासरत नेपाली टोली, आज बिश्वकै पुरानो क्रिकेट क्लब एमसीसीबिरुद्ध लर्डस्मा उत्रन लागेको हो ।

खेल एमसीसीको घरेलु मैदान लर्डसमा नेपाली समयानुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ । नेपाली टोलीले यसअघि ४ स्थानिय क्लबसँग अभ्यास खेल खेलेको थियो । सबै अभ्यास खेलमा नेपाली टोली बिजयी बनेको छ । पछिल्लो समय बलिङ र ब्याटिङमा उल्लेख्य सुधार गरेको नेपाली टोलीले ऐतिहासिक क्लब बिरुद्ध बिश्वकै सर्वाधिक चर्चित मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो ।  

नेपाली टोली भोली बेलायत–नेपाल दौत्य सम्बन्ध स्थापनाको दुई सय बर्ष पुगेको अबसरमा आयोजना हुने एक बिशेष कार्यक्रममा सहभागी भई पर्सी स्बदेश फर्कनेछ । नेदरल्याण्ड्सबिरुद्धको बल्र्ड क्रिकेट लिगको तयारीमा रहेको नेपाली टोली केहि दिनको घरेलु अभ्यासपछि यसै महिना नेदरल्याण्ड्स पुग्नेछ । बल्र्ड च्याम्पियन्सीप अन्तरगतको खेल भने आगामी साउन २९ र ३१ गते नेदरल्याण्ड्सको घरेलु मैदानमा हुदैछ ।  

संसदीय मान्यता अनुसार बैठक सञ्चालन गर्न सभामुखलाई ओलीको आग्रह

४ श्रावण, २०७३ /  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय मान्यताअनुसार बैठक सञ्चालन गर्न सभामुख ओनसरी घर्तीलाई आग्रह गर्नुभएको छ । बजेटसँग सम्बन्धित विधेयक पारितको प्रमुख एजेण्डा भएपनि गत शुक्रवारका लागि बोलाएको संसद बैठक सूचना टासेर पर्सि बिहीवारसम्मका लागि लागि भएको थियो । 


सरकारसँग छलफल नै नगरी सभामुख घर्तीले संसद बैठक स्थगित गरेको आरोप लागेपछि प्रधानमन्त्री ओलीले संसदीय अभ्यास भन्दा बाहिर नजान सभामुख घर्तीको ध्यानाकर्षण गराउनुभएको हो । संसद सचिवालयले पर्सि बिहीवारबाट तीन दिन सरकारबिरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचि तय गरिसकेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा एमाले अध्यक्ष समेत रहेका ओलीले बजेटसँग सम्बन्धित सम्पूर्ण विधेयक पारित गर्न सभामुखलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।  जवाफमा सभामुख घर्तीले अन्य दलका शीर्ष नेताहरुसँग छलफल गरेर आवश्यक निर्णय लिने बताउनुभएको थियो । 

कांग्रेस केन्द्रिय समिति बैठक सुरु

४ श्रावण , २०७३ /  नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक केहीबेरअघि सुरु भएको छ । नेकपा माओवादी केन्द्रसँग मिलेर सरकार बिरुद्ध व्यवस्थापिका संसदमा अविश्वास प्रस्ताव दर्ता गराएको कांग्रेसले समसामायिक बिषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । 

ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा सुरु बैठकमा अहिले सभापति शेरबहादुर देउवाले समसामयीक बिषयमा आफ्नो धारणा राखिरहनु भएको छ ।  बैठकले पर्सि बिहीवारबाट सुरु हुने अविश्वास प्रस्तावमाथिको छलफलमा पार्टीगत धारणा तय गर्नेछ । प्रधानमन्त्री केपि ओली बिरुद्ध संसदमा दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित गराउने बिषयमा बैठक केन्द्रित हुने केन्द्रीय सदस्य बिमलेन्द्र निधीले जानकारी दिनुभयो ।

सरकार परिवर्तनमा पार्टी भित्र देखिएको विवाद अन्त्यका लागि समेत बैठकमा छलफल हुनेछ ।    यस्तै बैठकमा भावी सरकारमा सहभागीता सम्बन्धमा पनि छलफल हुने छ । नेता निधीले प्रधानमन्त्रीको निर्वाचन तथा अब अवलम्वन गर्ने रणनिति लगायत अन्य समसामायिक राजनीतिक बिषयबारे समेत बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।  अर्का केन्द्रीय सदस्य गगन थापाले भने बैठकमा १० दिनदेखि आमरण अनशनमा बसेका प्रा।डा। गोबिन्द केसीको माग सम्बोधनका लागि गंभिर बन्न आवाज उठाउने जानकारी दिनुभयो । 

गोविन्द केसीले उठाएका माग तत्काल पूरा गर्न संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिको सरकारलाई निर्देशन

३ श्रावण ,२०७३ काठमाडौं / ९ दिनदेखि अनसनरत डा.गोविन्द केसीले उठाएका माग तत्काल पूरा गर्न संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकारलाई निर्देशन दिएको छ।


समितिको टोली त्रिवि शिक्षण अस्पतालमा अनसनरत केसीको अवस्था बुझ्न आज बिहान त्रिवि शिक्षण अस्पताल पुगेको थियो। डा.केसीसँग पहिला अनसन बस्दा तीन पटक भएका सम्झौता तत्काल कार्यान्वयन गर्न र अहिले उठाएका मागलाई तत्काल सम्बोधन गर्न समितिले निर्देशन दिएको हो।

 उहाँले उठाएका माग जायज छन्। ती मागहरुमा सरकारले विगतमा पनि सम्झौता गरेको छ। त्यसैले यो हामी सबै नेपाली जनताको विषय हो। यसलाई हामी सेलाएर जान दिँदैनौं
समिति सभापति सुशील श्रेष्ठ सहित ७ सांसदको टोलीले केसीका माग र स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। तत्काल सरकारले पहल नगरे सम्बन्धित व्यक्तिहरुलाई समितिमा बोलाएर छलफल गर्ने तथा संसदमा पनि यो विषयामा कुरा उठाउने उनले बताए।

‘उहाँले उठाएका माग जायज छन्। ती मागहरुमा सरकारले विगतमा पनि सम्झौता गरेको छ। त्यसैले यो हामी सबै नेपाली जनताको विषय हो। सभापति श्रेष्ठले भने यसलाई हामी सेलाएर जान दिँदैनौं ’,। डा.केसीले समग्र राष्ट्रका लागि माग उठाइरहेकाले ती कुरा सम्बोधन गराएर अनसन तोडाउन आफूले पहल गर्ने उनले बताए।

अनसनको ९ औं दिन अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका सांसदहरुलाई उपस्थित चिकित्साशास्त्र अध्ययन संस्थानका विद्याथीले नारा लगाएर व्यंग्य कसेका थिए। ‘सांसदको चिल्लो कार, कति गर्छौ भ्रष्ट्राचार तथा ‘सांसदज्यू ढिलो भएन’ भन्ने नारा सुनेका सांसदहरुले डा।केसीको पक्षमा उभिने प्रतिबद्धता जनाएर फर्किए।

पृथ्वी राजमार्गको मौवा खोलामा पहिरो, सवारी साधनमा क्षति


३ साउन २०७३,चितवन / पृथ्वी राजमार्गको मौवा खोलामा आज बिहान छ बजे पहिरो खस्दा पाँचवटा गाडीमा क्षति पुगेको छ। एकजना चालक घाइते भएका छन्। चितवन र धादिङको सीमाना मौवा खोलामा गएको पहिरोले लगभग ९० मिटर लामो टहराहरुमा पनि क्षति पुर्याएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घटनास्थल मुग्लिन बजारदेखि १७ किलो मिटर पूर्व धादिङतर्फ दोरेचोक–९ मा पर्छ ।


पहिरोमा परेर ना ५ ख ४११३ नम्बरको ट्रक क्षतिग्रस्त भएको छ। सो ट्रकका चालक नवलपरासी मध्यविन्दु नगरपालिका–४ घर भएका २४ वर्षीय मोहन चौधरी घाइते भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ। त्यस्तै लु १ ख ८६१४ नम्बरको ट्रक र ना ४ ख ९०९१ नम्बरको तरकारी बोक्ने मिनी ट्रकपनि पहिरोमा आएको ढुंगाले लागेर क्षतिग्रस्त भएका छन्।

पहिरोले ना ५ ख ४८४५ नम्बरको यात्रु बसमा पनि सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्रकहरु सोही ठाउँ रोकेर बसी रहेका थिए भने बस गुड्दै गरेको अवस्थामा पहिरोमा परेको थियो। पहिरोले गाडीहरुमा क्षति पुगे पनि यातायात आवागमनमा भने समस्या नपुर्याएको इलाका प्रहरी कार्यालय मुग्लिनको भनाइ छ ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...