Friday, July 1, 2016

बुबाको सपना पुरा गर्ने योजनामा –रोहित

स्कुले जिवनमा बुबाको भनाई नमानेर बुबाको इच्छा विपरीत काम गर्दै हिड्ने झापा दमकका रोहित राई अहिले ब्रिटिस आर्मीमा कार्यरत छन् । उ बेला बुबाको मन दुखाएकोमा भगवानसँग क्षमा माग्ने उनी हाल बुबाको सपना पुरा गर्ने ध्याउन्नमा छन् ।  विक्रम संम्बत २०३१साल श्रावण १८ गते दमक १९ सानो बाह्रघरेमा जन्मिएका उनी बुबाको लयर बनाउने चाहाना पुरा गर्न छोडेर मन दुखाएकोमा आफुले जीवनमै कहिल्यै नभुल्ने गल्ति गरेको ठान्छन् ।  

८/९ बर्षको हङ्गकङ्ग बसाइपछि बेलायत पुगेका उनी २०६० सालमा ब्रिटिस आर्मीमा भर्ति भए । सो दिनलाई आफनो जिवनको टर्निङ्ग प्वाइन्ट मान्ने उनी विश्वका ३५ भन्दा बढी देश घुमिसकेका छन् ।
r4
आतंकबादका विरुद्ध ब्रिटिस आर्मीको फोर्समा रहेर उनले अफगानिस्तानमा आतंकबाद विरुद्ध कार्य गरिरहदा मृत्यसँग लडेर बाँचेको अनुभव सुनाउने उनी प्रजातन्त्र सेनानी स्व. मुगाधन राई तथा कृष्णकुमारी राइका १० औं सन्तानका रुपमा जन्मिएका हुन् ।
r 1
उनी अहिले बेलायतमा बसेर नेपालमा के गर्नेभनेर योजना बनाउ छन् । यसमा ब्रिटिस आर्मीका प्रशिक्षक खुकुरी ट्रेनर उनकै दाई राष्ट्र राईले साथ दिएका छन् ।
विद्यार्थी जिवनमा बुबाको मन दुखाएका उनी अहिले बुबाको चाहाना अनुसार लयर नबनेकोमा बुबाको आत्माको शान्तिका लागि भन्दै एक ट्रष्टका माध्यमबाट सामाजिक कार्यमा होमिएका छन् । बुबा आमाको नाममा परिवारका सबै सदस्य मिलेर खोलेको मुगाधन कृष्ण कुमारी राई मेमोरियल ट्रष्टका नामबाट उनले स्वदेश आए लगत्तै एक म्याराथुनको आयोजना पनि गरे । जसलाई उनले यस क्षेत्रमा रहेका दौड प्रति रुची राख्नेलाई सम्मान गर्न आयोजना गरिएको भनी प्रष्ट्याए ।
r2
म्याराथुन गर्नु अघि उनले पुर्व क्षेत्रमै पहिलो पटक च्यारिटी डान्सपार्टीको पनि आयोजना गरि मनोरञ्जन दिलाउने प्रयास गरे । उनी र राष्ट्र राईकै सहयोगमा शगरमाथा मल्टि मार्शल आर्ट एकेडेमी स्थापना गरि हाल प्रशिक्षक दीपक धिमालले निशुल्क तालिम पनि दिइरहेका छन्  ।
 r5
भविष्यमा विभिन्न क्षेत्रका गरिव विद्यार्थीहरुलाई आफ्नै लगानीमा अध्ययन गराउने उदेष्य रहेको बताउने उनी समाज नबनुन्जेल र नबदलुन्जेल मुलुक बन्न नसक्ने बताउँछन् ।
r6
समाज सेवा नै उत्तम जीवन भन्ने बुबाको विचारलाई ठ्याक्कै टिपेका उनी ब्रिटिस आर्मी पछिको जिवन समाज सेवामै समर्पित गर्ने योजनामा छन् ।

Wednesday, June 29, 2016

जोकोभिच र फेडेरर तेस्रो चरणमा



१६ असार, २०७३ विश्व नम्बर एक नोभाक जोकोभिच र रोजर फेडेरर, बर्षको तेस्रो ग्राण्डस्लाम ओपन टेनिस प्रतियोगिता विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेका छन् । 

फ्रान्सका एड्रिएन मान्नारिनोलाई ६–४, ६–३ र ७–६ ले पराजित गर्दै सर्बियाली जोकोभिचले अघिल्लो चरणमा आफ्नो स्थान पक्का गरेका हुन् । यस्तै गएराती नै भएको अर्को खेलमा तेस्रो बरियाता प्राप्त स्वीट्जरल्याण्डका फेडेररले बेलायती मार्कस विल्सलाई ६–०, ६–३ र ६–४ ले पराजित गरे । 

त्यस्तै पुरुष एकल तर्फका अन्य खेलमा चेकरिपब्लिकका थोमस बर्डिच, अष्ट्रियाका डोमिनिक थिम, अष्ट्रेलियाका बर्ननार्ड टोमिक, जर्मनी अलेक्जेण्डर भेरेभ पनि आ–आफ्नो खेलमा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।


सोहि प्रतियोगिताको महिला एकल तर्फ तेस्रो बरियाताकी पोल्याण्डकी एग्निएस्का राडवान्स्काले युक्रेनकी काटेरिना कोज्लोभालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाईन् । अन्य खेलमा स्विजरल्याण्डकी बेलिन्दा बेन्किक, चेकरिपब्लिककी पेट्रा भिटोभा, बेलायती जनाथन कोन्टा, रसियन अनास्तासिया पाब्लुचेन्को र क्यानाडाकी ईग्युईन बोउचार्डले पनि आ–आफ्नो खेल जित्दै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।  

मेसीद्धारा अन्तराष्ट्रिय फुट्बलबाट सन्यासको घोषणा



१३ असार / कोपा अमेरिका कप फुट्बलको फाइनलमा टाइब्रेकरमा आफ्नो पेनाल्टी बाहिरीए सँगै अर्जेन्टिनाका कप्तान तथा स्टार लियोनल मेसीले अन्तराष्ट्रिय फुट्बल बाट सन्यासको घोषणा गरेका छन् ।

 निर्धारीत र अतिरीक्त समय सम्म गोल रहित बराबरी भएपछि भएको टाइब्रेकरको पहिलो प्रहारमै मेसी चुकेका थिए । चिलीका आरटुरो भिडालको प्रहार अर्जेन्टायन गोलकिपरले उत्कृष्ट ढंगबाट बचावट गरेपनि मेसीको पहिलो प्रहार नै दाँया साइडको माथिल्लो पोल बार बाट बाहिरीएको थियो ।

 लगातार तीन पटक फाइनलमा पुगेर पनि उपाधि दिलाउन नसकेका मेसी त्यसपछि दबाबमा रहेका थिए । त्यसपछि उनी पटक पटक रुएका थिए । चिलीको पनि पहिलो प्रहार विफल भएकोले उनको असफलता पछि पनि आसामै रहेपनि लुकास विग्लीयाको प्रहार चीलीका गोलकिपरले बचावट गरेसँगै अर्जेन्टिना निसाश भएको थियो । त्यहि कारण मेसीले आँफुले राष्ट्रको लागि धेरै गरेको र अब केहि गर्न नसक्ने भन्दै सन्यासको घोषणा गरेका थिए । 

 क्लब फुट्बलमा स्पेनिस क्लब बार्सिलोनाका लागि दर्जनौ उपाधि दिलाएका उनले आफ्नो देशका लागि उपाधी दिलाउन नसकेपछि सन्यास लिनुलाई कतिपयले स्वभाबिक नै भनेका छन् । गत बर्ष सम्पन्न विश्वकप फुट्बलको फाइनमा पनि आशा गरिएको उपाधी अन्तीम समयमा जर्मनीलाई सुम्पिएको अर्जेन्टिनाका लागि यो त्यसलाई मलम लगाउने रुपमा लिइएको थियो । 

कोपा अमेरिकाको उपाधि चिलीलाइ,अर्जेन्टिना टाइब्रेकरमा पराजित




१३ असार    लगातार दोस्रो पटक अर्जेन्टिनालाई टाइब्रेकरमा पराजित गर्दै चिलीले कोपा अमेरिकाको उपाधि जितेको छ । 

नेपाली समयअनुसार आज बिहान भएको खेलमा अर्जेन्टिनाका कप्तान तथा पाँच पटकका फिफा बर्ष खेलाडी लियोनल मेसी पेनान्टि प्रहारमा चुकेपछि अर्जेन्टिना पराजित भएको हो ।

 र्निधारित र अतिरिक्त दुवै समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

अर्जेन्टिनाका  कप्तान मेसीले प्रहार गरेको बल पोल बार भन्दा माथि बाट बाहिरीएको थियो । 

सुरुमा पेनाल्टी प्रहार गरेका चिलीका आर्टुरो भिडालको बल अर्जेन्टिनी गोल किपरले उत्कृष्ट ढंगले रोके पनि अर्जेन्टिनाको लागि पहिलो पेनाल्टी प्रहार गरेका मेसीको बल बाहिरीएपछि उ अग्रता लिनबाट चुकेको थियो । 

त्यसपछि दबाबमा रहेका अजेन्टिनी लुकास बिग्लियाको पेनाल्टी चिलीका गोल किपरले रोक्दा चिलीका गाटो सिल्भाले गोल गर्दै विजयी बनाए । 



Thursday, June 16, 2016

जिल्ला स्तरीय बुद्धिचाल शुरु


२ असार,दमक /  झापाको दमकमा आजबाट जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । 

जिल्ला बुद्धिचाल संघको आयोजना तथा डाइनामिक चेस एकेडेमीको प्राविधिक सहयोग रहेको प्रतियोगितामा जिल्लाका नाम चलेका सहित अनरेटेडको पनि सहभागिता रहेको छ ।

दमकको दमक नगरपालिकाको भवनमा भइरहेको प्रतियोगितामा जिल्लाका ३४ खेलाडीको सहभागिता रहेको छ । 

नेपाल बुद्धिचाल संघका केन्दि«य अध्यक्ष भुपेन्द्र निरौला (निरज) को प्रमुख आतिथ्यमा शुरु भएको प्रतियोगितामा प्रमुख अतिथी निरौला र जिल्लाका अध्यक्ष विजय सुब्बाले गोटी नालेर संयुक्त रुपमा उद्घाटन गरिएको थियो । सात राउण्ड सम्म चल्ने प्रतियोगिता चार गते सकिने छ । 

फ्रान्स युरो कपको अन्तिम १६ मा

२ असार / युरो कप फुटबल खेलमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ । समूह ए अन्तरगत बुधबार भएको खेलमा फ्रान्सले अल्बानियालाई २-० ले हराएको हो । 


खेलको अन्त्यतिर एन्टोनी ग्रिजम्यान र दिमित्री पयेटले गरेको गोलको मद्धतमा फ्रान्सले अल्बानियालाई २–० गोल अन्तरले हराउन सक्यो । 
लगातार दोस्रो जितसँगै आयोजक फ्रान्स अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ । खेलको ९० औँ मिनेटमा फ्रान्सका ग्रिजम्यानले गोल गर्दै खेलमा अग्रता दिलाए । थपिएको अतिरिक्त सात मिनेटको अन्त्यतिर फ्रान्सका पयेटले गोल गरेपछि अल्बानिया २-० ले पछि पर्‍यो ।  
अल्बानियाले गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न सकेन । फ्रान्सले पहिलो खेलमा रोमानियालाई हराएको थियो । अल्वानिया स्विट्जरल्याण्डसँग पराजित भएको थियो । 

नौ ग्रेडिङमा एसएलसीकाे परीक्षाफल सार्वजनिक

भक्तपुर, २ असार / परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । एसएलसीको ८२ वर्षे इतिहासमा यसैवर्षदेखि ग्रेडिङ पद्धति लागू भएको  छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरिएको हो । 

नियमिततर्फ ९० देखि १०० प्रतिशत ल्याउने ए प्लसमा १६ हजार ४ सय ५४ जना, ८० देखि ९० प्रतिशत ए ग्रेडमा ४१ हजार ५ सय ७७ जना, ७० देखि ८० प्रतिशत बी प्लसमा ४८ हजार ६ सय ११ जना, ६० देखि ७० प्रतिशत बीमा ६३ हजार १ सय ८१ जना, ५० देखि ६० प्रतिशत सी प्लसमा ९४ हजार ७ सय १६ जना,४० देखि ५० प्रतिशत सी ग्रेडमा १ लाख ४ हजार २ सय ७८ जना, ३० देखि ४० प्रतिशत ल्याउने डी प्लसमा ५६ हजार ७ सय ६३ जना, २० देखि ३० डीमा ८ हजार जना र २० देखि  १० प्रतिशत इमा ११ जना छन् । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित भएको छ ।  
परीक्षामा कूल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमित तर्फ चार लाख ५२ हजार ८८१ र एक्ज्याम्टेड तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थीले परीक्षा दिएका थिए ।

कहाँ हेर्ने परीक्षााफल ?

अघिल्ला वर्षहरु जस्तै एसएलसीको नतिजा वेवसाइट, एसएमएस र टेलिफोनबाट थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । www.moe.gov.np, wwww.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको PSTN, CDMA, Postpaid, prepaid मार्फत  १६०० नं. डायल गरि प्राप्त सन्देश अनुसार नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरि SMS बाट पनि नतिजा थाहा पाउन CDMA, Postpaid, prepaid मोवाईल सेटको म्यासेजबक्समा गएर slc ˂space˃ सिम्वाेल नम्बर टाईप गरि  ३५५६६ मा एसएमएस पठाउन सकिनेछ ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...