Tuesday, December 29, 2015
न्यानो कपडा वितरण
Monday, December 28, 2015
वुद्धिचालतर्फको उपाधी युनिसलाई
१३ पुस,दमक/ दमक बहुमुखी क्याम्पसमा जारी खेल सप्ताह
अन्तरगत बुद्धिचाल तर्फको उपाधी युनिस पौडेलले जितेका छन् । उनले ४ दशमलव ५ अंक जोडे । सोमबार सम्पन्न पाँचौ तथा अन्तिम राउण्डमा पहिलो बोर्डमा खेलेका उनले दिपक भट्टराईलाई पराजित गरेपछि उपाधी जितेका हुन् । उपाधिका लागि जित्नै पर्ने दबाबमा रहेका उनले भट्राईको ब्लण्डर मिष्टेकमा क्विन खाएपछि जीत निश्चित गरेका थिए । भट्टराईले भने उपाधीका लागि खेल बराबरी मात्र गरेपनि पर्याप्त हुने थियो । तर क्विन गुमाए लगत्तै उनी निराश भए । यद्यपी उनी दोस्रो भने हुन सफल भए । भट्टराईले लगातार चार खेल जितेका थिए । त्यस्तै उपाधी जित्ने आशा गरिएका सविन आचार्य भने तेस्रो भए । लगातार तीन राउण्ड सम्म अपराजित रहेका उनी चौथो राउण्डको पराजयसँगै पाँचौ तथा अन्तिम राउण्डमा जित निकालेपछि तेस्रो भएका हुन् । प्रतियोगितामा चौथो स्थान हासिल गर्दै राकेश निरौलाले सान्तोना पुरस्कारको हकदार बनाए । दोस्रो देखी चौथो हुने सबैको समान चार अंक भएपनि प्रोगेसिव प्वाइण्टको आधारमा स्थान तय भएको थियो । प्रतियोगितमा कुल ३२ खेलाडीको सहभागिता रहेको थियो । कार्यक्रममा बुद्धिचाल खेल संयोजक विश्वराज अधिकारी,क्याम्पस संचालक समिती सदस्य तथा खेल उपसमिति संयोजक पदम जवेगु,सदस्य टंक प्रसाद भट्टराई,भवकृष्ण खतिवडा,राष्ट्रिय खेलाडी तथा प्रशिक्षक भुपेन्द्र निरौला निरज लगायतको उपस्थिती रहेको थियो ।
Friday, December 25, 2015
जेम्स कपमा पाँच खेलाडीको अग्रता
उत्तम रिजाल

जेम्स कप खुला विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा पाँच खेलाडीले अग्रता लिएका छन् । शुक्रबार पहिलो दिन तीन राउण्ड सम्मको खेल सकिदा सम्म आयोजक झापा मोडलका कान्छा खेलाडी सुरेन सुब्बा र दिप्सन लिम्बु तथा सनसाइन उर्लाबारीका आदेश दाहाल,खुसी मुखिया र आशिष पाण्डे समान ३ अंकका साथ अग्र स्थानमा रहेका छन् । उनीहरुले आफ्ना तीनै खेल जितेका छन् । तेस्रो राउण्डमा पाँचौ बोर्डमा खेलेका कान्छा खेलाडी सुरेन सुब्बाले ग्लोबलका छत्र खड्का लाई पराजित गर्दा दोस्रो बोर्डमा खेलेका दिप्सनले सैलेश दुलाललाई माथ दिएका थिए । त्यस्तै पहिलो बोर्डमा खेलेका आदेशले सन्देश खड्कालाई , खुसीले आयोजकका आलोक गौतमलाई पाखा लगाएका थिए । त्यस्तै अन्य बोडमा प्रतिस्पधा गरेका खेलाडीहरु मध्ये प्रज्वल बस्नेत र सिद्धार्थ राईले तेस्रो राउण्डमा जित निकाल्दै साढे दुई अंक बनाउन सफल भए । दुई राउण्ड सम्म कम्जोर प्रदर्शन गरेका नविन आचार्य , मिशन दाहाल, उत्सब ओली , सुशान्त भण्डारी, समिर खड्का, श्रृजन खड्का र डिक्चेन लिम्बुले भने तेस्रो राउण्डमा जित निकाल्दै उपाधी आशा जिवितै राखेका छन् । उनीहरुको समान दुई अंक रहेको छ । पहिलो र दोस्रो राउण्डमा लज्जास्पद हार बेहोरेका सदिक्षा सिग्देल,स्मिता सुब्बा,आदित्य दाहाल,कृपा अधिकारी र जनम आचार्यले भने तेस्रो राउण्डमा जित हात पार्दै खाता खोलेका छन् । प्रतियोगितामा झापा र मोरङका गरी नौ विद्यालयका ५४ जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी झापा जिल्ला बुद्धिचाल संघका सचिव झमक प्रसाद प्याकुरेल,सनसाइन बोडिङ स्कुलका प्रिन्सिपल दिपक दंगाल,दमक पब्लिक लाइबेरीका अध्यक्ष भेषराज न्यौपाने,रोटरी क्लब दमकका अध्यक्ष नविन कुमार श्रेष्ठ,नेपाल राष्ट्रिय बाणिज्य संघ दमकका अध्यक्ष भरत चौलागाई ग्लोबल उच्च माविका शिक्षक गोपाल तामाङ , आरविटर तथा प्रशिक्षक भुपेन्द्र निरौला निरज लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथी तथा प्रमुख अतिथीहरुलाई कार्यक्रमका सभापती तथा झापा मोडलका प्रिन्सिपल सनम श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए । आज चार राउण्डका खेल हुने छन् ।
Tuesday, December 15, 2015
अख्तियारविरुद्ध कनकमणि सर्वोच्चमा, विधिलाई मिचेर सम्पत्ति विवरण मागेको आरोप
अख्तियारले आफूलाई बोलाएर सम्पत्तिविवरण माग्ने कार्य विधि र कानूनसम्मत नरहेको भन्दै उनले सर्वोच्चको ढोका ढक्ढक्याएका हुन् । अकुत सम्पत्तिको आरोपमा दीक्षितसहित २९ प्रभावशाली व्यक्तिहरुलाई अख्तियारले बयानका लागि बोलाएको थियो ।
गत बिहीहबार आफू अख्तियारमा पुग्दा कुनै
आरोपबेगर एकाएक सम्पत्ति-विवरण फाराम थमाइएको उनले बताए । ‘देशको संवैधानिक
अंग भएको हिसाबले म अख्तियारलाई सम्मान गर्छु । तर, उसका क्रियाकलापहरु
पनि विधिसम्मत गर्नुपर्छ’ । उजुरीकर्ताको नाम नखुलाई उजुरीबारे
अख्तियारले जानकारी दिनुपर्ने उनको माग छ । उनले भने-कुनै आरोप नलाइकन
जोकसैलाई बोलाएर सम्पत्ति विवरण माग्ने अधिकार अख्तियारसित पनि छैन ।’
सर्वोच्चले अख्तियारको कदम विधिसम्मत
ठहर्याए तुरुन्तै सम्पत्ति विवरण उपलब्ध गराउन तयार रहेको पनि दीक्षितले
बताए । ‘मसित सम्पत्ति विवरण तयारै छ, कुनै पनि क्षण दिन सक्छु,’ उनले भने । वरिष्ठ पत्रकार दीक्षितलाई अख्तियारले
साझा यातायातको अध्यक्षका हैसियतमा पत्र काटेको हो । अख्तियारप्रमुख लोकमान
सिंहको नियुक्तिका बेला दीक्षित विरोधमा उत्रेका थिए ।
हाेहल्लाकाबीच संविधान संशोधन र पुननिर्माण प्राधिकरण विधेयक संसदमा टेवल

संशोधन विधेयक र पुननिर्माण प्राधिकरण विधेयक संसदमा टेवल भएको छ। मंगलबार बसेको व्यसस्थापिका संसद बैठकमा मधेसी दलका सांसदको नाराबाजी, होहल्ला र वेल घेराउकाबीच दुवै विधेयक टेवल भएका हुन्।
संसद बैठक सुरु हुनासाथ मधेसी मोर्चा आबद्ध दलका सांसदले नाराबाजी र वेल घेराउ गरेका थिए। उनीहरुको अबरोधकाबीच सभामुख ओनसरी घर्तीले संसद बैठक सुचारु गरिन्। बैठकमा विधायन समितिकी सभापति गंगा चौधरीले पुननिर्माण प्राधिकरण विधेयकको प्रतिवेदन संसदमा टेवल गराएकी थिइन्। यसैगरी कानुन मन्त्री अग्नी खरेलले नेपालको पहिलो संविधान पहिलो संशोधन विधेयक संसदमा टुलव गराएका थिए।
संसदमा दुवै विधेयध टेवल भएपछि सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले नाराबाजी, होहल्ला र वेल घेराउ गरेपछि संसद बैठक चल्न नसक्ने नियम विपरित प्रमुख दलहरुले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै आफूहरुलाई पेलेर जान खोजेको बताए। व्यवस्थापिका संसद कार्यसंचालन नियमावलीमा बैठकमा एकजनामात्र सांसद उठेर विरोध गरेपनि संसद बैठक चल्न नसक्ने उल्लेख छ।
यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुननिर्माण प्राधिकरण विधेयक पारित गराउन सहयोग गर्ने निर्णय गरेको थियो। तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पुननिर्माण प्राधिकरण विधेयक र संविधान संशोधन विधेयकसँगसँगै पारित गर्नुपर्ने अडान राखेको थियो। जुन मागमा मोर्चा सहमत थिएन्। कांग्रेसले आफ्नो अडान नछोडेपछि दुवै विधेयक एकैपटक संसदमा टेवल गरिएको हो।
धोतिको फेरो समाएर लिम्बुवान हुदैन् — प्रेमदीप

थाम्सुहाङ्गले भने अहिले अध्यक्ष कुमार लिङ्गदेनको काँधमा चढेर मधेस
आन्दोलन झापा,मोरङ्ग र सुनसरीमा आउने प्रयास गरिरहेको छ ।
उनले भने यो हामीलाई कहिल्यै मान्य हुन सक्दैन् । किनकी हाम्रो माग
झापा,मोरङ्ग,सुनसरी सहितका नौ जिल्ला भएकाले यि जिल्लामा दाबी गर्दै आएको
मोर्चासँग आँफुहरुको एकता हुनै सक्दैन ।
उनले यस बिषयमा भएको फरक र यथार्थ कुरा बाहिर ल्याउन नेतृत्वले नसकेको
भन्दै चाँडै यस विषयमा गहन निर्णय गरिने बताए ।
यता पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष खगेन्द्र माखिमले भने मधेसको
विरुद्धमा आँफुहरुको आन्दोलन नभएको भन्दै प्रदेश नम्बर एकमा मात्र विमती
रहेको बताए ।
के पार्टी फुटको संघारमा पुगेकै हो त भन्ने पत्रकारहरुको जिज्ञासामा
उपाध्यक्ष माखिमले पार्टी एकीकरण प्रक्रिया अझै नटुङ्गिएकोले फुट भन्न
नमिल्ले भन्दै अध्यक्ष ज्युले मिटिङ्ग नबोलाएकाले मात्र विमति रहेको बताए ।
पत्रकार सम्मेलनमा पार्टीले आइतबार देखी घोषणा गरेको अनिश्चितकालिन चक्का
जाम भने जनताको ठूलो समर्थन पाएको भन्दै फिर्ता लिएको र लिम्बुवान
प्राप्तिकालागी कार्यक्रमको स्वरुप परिवर्तन गरेको जनाएको छ ।
भावर प्रदेश कायम नगरे शसक्त आन्दोलन गर्ने न्यौपानेको चेतावनी
काठमाडौ–चुरे भावर राष्ट्रिय एकता पार्टी
नेपालका अध्यक्ष बद्री प्रसाद न्यौपानेले आफूहरुसँग २०६४ सालमा गरेको सम्झौता अनुसारको भावर प्रदेश कायम
नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा
आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष न्यौपानेले यस्तो चेतावनी दिएका हुुन् । उनले भने आफूहरुको मागलाई
बेवास्ता गरेर भावर प्रदेश दिन कन्जुस्याई गरे शसक्त आन्दोलन गर्ने छौ । 'मधेसी मोर्चा जस्तै हामीसँग पनि सरकारले ३, ५ र
९ बुँदे सम्झौता गरेर भावर प्रदेश दिने सहमति गरेको छ भन्दै अध्यक्ष न्यौपानेले अहिले मधेसी
मोर्चालाई मात्र प्रदेश दिएर हामीहरुको सम्झौता कार्यान्वयन नहुने हो भने
त्यसको परिणाम राज्यले भोग्नु पर्ने बताए ।'
न्यौपानेले सरकारसँग भएको सहमति कार्यान्वयन गर भन्दा अरुले परिचालन गरेको आरोप लगाएर आन्दोलनलाई बद्नाम गर्ने षडयन्त्र भईरहेको भन्दै त्यस्ता षडयन्त्रकारीहरुको पर्दाफास गर्ने बताए।
उनले मधेसी मोर्चाले प्रयास गर्दा गर्दै पनि आफूहरुकै आन्दोलनका कारण ढल्केवरदेखि पश्चिमको राजमार्ग बन्द नभएको र त्यसको फलस्वरुप राजधानीबासीहरुले अत्यावश्कीय बस्तु पाइरहेको दाबी गर्दै आफूहरुको मागमा राज्यले बेवास्ता गरे राजमार्ग ढप्प पारेर राज्यलाई हैसियत देखाई दिने चेतावनी दिए ।
न्यौपानेले भने,'एक महिनादेखि हामी शान्तिपूर्ण आन्दोलनमा छौ तर राज्यले हाम्रो माग सुनिरहेको छैन । अब दोस्रो चरणको आन्दोलनको लागि चुरे भावर कार्यकर्ता टाउकोमा कफन बाधेर निस्किसकेका छन, राज्यले यसको परिणाम भोग्नु पर्छ ।'
पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेता चन्द्र खनाल र सह अध्यक्ष कृष्ण गोपाल श्रेष्ठ र आन्दोलन परिचालन समितिका संयोजक तथा केन्द्रीय उपाध्यक्ष दिपमान लोप्चनले भावर प्रदेश स्थापना नहुन्जेलसम्म आन्दोलन नरोकिने स्पष्ट पार्दै सरकारले बेवास्ता गरे पहिलो चुरे भावर आन्दोलनलाई पनि विर्साउने गरी राज्यलाई झुकाउने दृढता ब्यक्त गरे ।
न्यौपानेले सरकारसँग भएको सहमति कार्यान्वयन गर भन्दा अरुले परिचालन गरेको आरोप लगाएर आन्दोलनलाई बद्नाम गर्ने षडयन्त्र भईरहेको भन्दै त्यस्ता षडयन्त्रकारीहरुको पर्दाफास गर्ने बताए।
उनले मधेसी मोर्चाले प्रयास गर्दा गर्दै पनि आफूहरुकै आन्दोलनका कारण ढल्केवरदेखि पश्चिमको राजमार्ग बन्द नभएको र त्यसको फलस्वरुप राजधानीबासीहरुले अत्यावश्कीय बस्तु पाइरहेको दाबी गर्दै आफूहरुको मागमा राज्यले बेवास्ता गरे राजमार्ग ढप्प पारेर राज्यलाई हैसियत देखाई दिने चेतावनी दिए ।
न्यौपानेले भने,'एक महिनादेखि हामी शान्तिपूर्ण आन्दोलनमा छौ तर राज्यले हाम्रो माग सुनिरहेको छैन । अब दोस्रो चरणको आन्दोलनको लागि चुरे भावर कार्यकर्ता टाउकोमा कफन बाधेर निस्किसकेका छन, राज्यले यसको परिणाम भोग्नु पर्छ ।'
पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेता चन्द्र खनाल र सह अध्यक्ष कृष्ण गोपाल श्रेष्ठ र आन्दोलन परिचालन समितिका संयोजक तथा केन्द्रीय उपाध्यक्ष दिपमान लोप्चनले भावर प्रदेश स्थापना नहुन्जेलसम्म आन्दोलन नरोकिने स्पष्ट पार्दै सरकारले बेवास्ता गरे पहिलो चुरे भावर आन्दोलनलाई पनि विर्साउने गरी राज्यलाई झुकाउने दृढता ब्यक्त गरे ।
Subscribe to:
Posts (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...

-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
काठमाडौं, २३ मंसिर , २०७३ / राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने विभागीय टिम एपीएफमा आबद्ध भएका छन् । अन्डर १९ राष्ट्रि...
-
२७ असोज,काठमाडौं/ सभामुख सुवास नेम्वाङले आज राजीनामा दिने तयारी गरेका छन्। तीन बजे बस्ने व्यवस्थापिका संसदमा सभामुखको निर्वाचनका लागि कार्...