Saturday, November 7, 2015

नेपाल र पाकिस्तान भिड्दै

२२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय टोलीले टेस्ट वरियतामा दोस्रो स्थानमा रहेको मुलुक पाकिस्तानको टोलीसँग आज प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानको राष्ट्रिय टोलीबाट खेल्दै आएका अनुभवि क्रिकेटरहरुसित भिड्ने यो मौका नेपालका लागि अभुतपूर्व हो ।

Nepal-and-Pakistanसंयुक्त अरब इमरेट्सको आवधावीस्थित शेख जायद रंगशालामा ५० ओभरको खेल सुरु हुँदैछ । ईंग्ल्याण्डसितको टेस्ट तथा एकदिवसीय श्रृंखलाका लागि पाकिस्तानी टोली यूएईमा छ । तीन म्याचको टेस्ट श्रृंखला पाकिस्तानले २-० ले कब्जा गरेको थियो । चार म्याचको एक दिवसीय श्रृंखला बुधबारदेखि सुरु हुनेछ ।
टेस्ट र एकदिवसीय श्रृंखलाको बीचमा नेपालले पाकिस्तानी टोलीसँग भिड्ने अवसर पाएको हो । यस म्याचलाई पाकिस्तानले ईंग्ल्याण्डसितको एकदिवसीयका लागि र नेपालले विश्व क्रिकेट लिगका लागि अभ्यास खेलका रुपमा लिएका छन् ।
एशियन क्रिकेट काउन्सिलले एशोसियट्स राष्ट्र नेपालका लागि टेस्ट वरियताको शक्तिशाली टिमविरुद्ध खेल्ने मौका जुराइदिएको हो ।
पाकिस्तानको राष्ट्रिय टिम नभनिए तापनि ईंग्ल्याण्डसितको श्रृंखलाका लागि टोलीमा परेका खेलाडीहरुले नै नेपालविरुद्ध खेल्नेछन् । पाकिस्तानको टोलीमा रहेका १६ सदस्यमध्ये अन्तिम ११ मा को-को हुन्छन् भन्ने चाहिँ खेल अघि मात्रै थाहा हुनेछ ।
आबुधावीको पिच विशेषगरी स्पिनरहरुलाई मद्दत गर्ने भएकाले नेपालले बलिङमा राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ । बसन्त रेग्मी र शक्ति गौचन नेपालका मुख्य हतियारका रुपमा रहने छन् । विश्व वरियताको दोस्रो स्थानमा रहेका पाकिस्तानी स्पिनर यासिर शाहलाई नेपाली ब्याट्सम्यानहरुले कसरी सामना गर्छन् भन्ने हेर्नलायक हुनेछ ।

नेपालका खेलाडी

महबुब आलम, बिक्रम सोब, नरेश बुढाऐर, महेश क्षेत्री, शक्ति गौचन, इरशाद अहमद, करण केसी, पारस खड्का, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, बसन्त रेग्मी, सागर पुन, सोमपाल कामी, सरद भेषवाकर

पाकिस्तानी खेलाडी

अहमद सेहजाद, अनवर अलि, अजहर अलि, बबर आजम, बिलाल आसिफ, मोहम्मद हाफिज, मोहम्मद इरफान, मोहम्मद रिजवान, राहत अलि, सरफराज अहमद, सोएब मलिक, वाहब रियाज, यासिर शाह, युनिस खन, जाफर गोहर, अमेर यामिन


एमाओवादीसँग एकता गर्ने वैद्य माओवादीको जोड


२२ कात्तिक, काठमाडौं /  मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले

एकीकृत नेकपा माओवादीसँगको एकतामा मुख्य जोड दिएको छ ।
पष्चबलआइतबार परि थापा नेतृत्वको नेकपा एकीकृतसँगको एकतापछि एमाओवादीसँगै एकता गरी अघि बढ्नुपर्नेमा अधिकांश नेताहरुले जोड दिएका छन् ।
वैद्य माओवादीको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा बोल्ने अधिकांशले नेकपा एकीकृतसँगको एकतापछि माओविचार मान्ने पार्टीहरुसँगको एकतालाई पनि मूर्तरुप दिनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा सूर्य सुवेदी, मायाप्रसाद शर्मा, शावित्री काफ्ले, दिनेश शर्मा, दीलिप प्रजापति, मौसम लिम्बु, महेश्वर दाहाल लगायतले एमाओवादीलगायत माओविचार मान्ने दलहरुसँगको एकता प्रक्रियालाई मूर्त रुप दिन नेतृत्वलाई सुझाव दिएको बैठकमा सहभागी एक नेताले बताए ।
नेकपा एकीकृतसँगको एकता प्रक्रिया शुरु भइसकेकाले यतिमा मात्रै रोकिन नहुनेमा उनीहरुको जोड थियो ।

नेकपा एकीकृतसँगको एकता अधिवेशन आज


नेकपा-माओवादी र नेकपा एकीकृतको संयुक्त अधिवेशन 
आजदेखि शुरु हुने भएको छ । एकता अधिवेशनको तयारीका लागि शनिवार पोलिटब्युरो बैठक बसेको थियो । पोलिटब्युरो बैठकमा पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी केन्द्र वा नेकपा माओवादी एकीकृत राख्ने भन्नेबारे छलफल भए पनि निश्कर्ष ननिस्किएको माओवादीले जनाएको छ ।

संयोजक तय गरी आयोजक समिति बन्ने


नेकपा-माओवादीले संयुक्त एकता अधिवेशनबाट दुवै पार्टी केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाउने भएको छ ।
महाधिवेन आयोज समितिका लागि एकजना संयोजक तय गरी अरु महाधिवेशन आयोजक समिति बनाउने दुई पार्टीबीच छलफल भएको छ ।
१५१ सदस्यीय केन्द्रीय समिति रहेको नेकपा-माओवादीमा नेत्रविक्रम चन्द ‘विप्लव’ विभाजित भएपछि बैकल्पिक केन्द्रीय सदस्यलाई पनि बढुवा गर्दै १ सय २५ सदस्य केन्द्रीय समिति बनाइएको छ । एक पदीय संरचना रहेको नेकपा एकीकृतमा भने २९ सदस्य केन्द्रीय समिति छन् । दुबै पार्टीका केन्द्रीय सदस्य गाभेर १ सय ५४ सदस्य केन्द्रीय सदस्य बन्नेछ ।

संसद चल्न नदिने मधेसी मोर्चाको रणनीति

२२ कात्तिक, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले संसद पनि चल्न नदिने रणनीति बनाएको छ । प्रधानमन्त्री, सभामुख र राष्ट्रपति निर्वाचनपछि व्यवस्थापिका संसदको बैठक आइतबार विहान ११ बजे बोलाइएको छ । बैठकमा मधेसी मोर्चामा आवद्ध चार दलका सभासदहरु पनि सहभागी हुने भएका छन् ।

संविधान घोषणाका क्रममा बाहिरिएको मधेसी मोर्चा प्रधानमन्त्री निर्वाचनमा संसदमा फर्किएको थियो । तर, त्यसपछिका चुनावमा भाग लिएन । मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी पार्टीका संसदीय दलका नेता अशोक राईले सडक र सदनमा संघर्ष गर्ने आफूहरुको नीति भएको अनलाइनखबरलाई बताए । सदन अवरुद्ध हुन सक्ने संकेत गर्दै उनले भने(अधिकारका लागि हामी सडकमा संघर्षरत छौं । अब सदनलाई पनि प्रयोग गर्छौं ।’मोर्चामा आवद्ध तमसपाका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोली सदस्य रामेश्वर रायले पनि सडकमा आन्दोलन गरिरहेकाले सदनमा पनि गर्ने बताए । यद्यपि आइतबारको बैठकमा नै अवरुद्ध गर्ने नगर्नेबारे मोर्चाका नेताहरुले प्रष्ट पारेका छैनन् । राईले भने(‘हामी मधेस आन्दोलनबारे आफ्ना कुरा राख्छौं । सरकार र सदनको मुड हेर्छौ र त्यही निर्णय हुन्छ ।’

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि मधेसको समस्या समाधानका लागि एमाले नेतृत्वको सरकारलाई दबाव दिने तयारी गरेको छ । उसले आफ्नो नेतृत्वको अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक ल्याउन दबाव दिने तयारी गरेको छ । 

Monday, November 2, 2015

मन्त्री मण्डलले भने हामी भारतको गुलाम होइनौं



 
१६ कार्तिक, विराटनगर /   बिना बिभागीय मन्त्री सत्यनारायण मण्डलले नेपाली जनता भारतको गुलाम नभएको बताएका छन्। मन्त्री मण्डलले भने - हामी भारतका गुलाम होइनौं, नेपाली जनताले आफ्नो भविष्य आफैँ निर्धारण गर्छ। भारतले बिना बर्दीको मानिस पठाएर मधेसमा जारी आन्दोलनलाई उचालेको आरोप समेत लगाएका छन्। विराटनगरमा आज सञ्चारकर्मीसित कुरा गर्दै मन्त्री मण्डलले नयाँ संविधानमा भारतीय चासो पूरा नभएपछि बिना बर्दीको मानिस पठाएर आन्दोलन उक्साएको बताए।

भारतले पछिल्लो समय नेपालमाथि नव उपनिवेश लाद्न खोजेको आरोप लगाउँदै उनले सीमा नाकामा भइरहेको आन्दोलनमा भारतको साथ र सहयोग रहेको बताए। प्रदेशको सीमाकंनमा हाम्रो पनि असहमति छ, उनले भने, तर, मधेसका अरु सबै माग नयाँ संविधानले सम्बोधन गरिसकेको छ। सीमाकंनको असहमति विज्ञहरुको सल्लाहमा टुग्याउनुपर्ने बताए।

प्रहरीको गोली लागेर वीरगन्जमा भारतीय नागरिककाे मृत्यु


१६ कार्तिक /  प्रहरीको गोली लागेर वीरगन्जमा एक भारतीय नागरिककाे मृत्यु भएकाे छ। वीरगन्ज नाकाको शंकराचार्य गेट नजिक भएको झडपमा प्रहरीको गोलीबाट रक्साैलका अाशिसकुमार रामकाे मृत्यु भएको अस्पतालले जनाएकाे छ।  उनको टाउकोमा गोली लागेको छ। उनको साथमा दुईवटा भारतीय नम्बरफो मोबाइल सेट बरामद भएपछि उनकाे पहिनाच खुलेकाे हाे। उनकाे माेवाइलबाट मामालाइ फाेन गर्दा उनकाे पहिचान खुलेकाे हाे।
प्रहरीको गोली लागेर वीरगन्जमा भारतीय नागरिककाे मृत्यु
झडपमा प्रदर्शनकारीले चलाएको ढुंगा लागेर रातोमाटो गण मकवानपुरमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्ण चौधरी र इनरवा प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सुवेदीसहित १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्। चौधरीको मुखमा ढुंगा लागेर दात भाँच्चिएको छ भने सुवेदीको हात र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
आन्दोलनकारी प्रहरीलाई चारैतिरबाट घेरेका कारण घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्‍याउन सकिएको छैन।
- See more at: http://www.nagariknews.com/breaking-news/story/47988.html#sthash.n2qA33Oo.dpuf

सत्तारुढ दलहरुवीच दुई मन्त्रालयमा विवाद


१६ कार्तिक,काठमाडौँ /  सत्तारुढ दलहरु नेकपा एमाले, फोरम (गणतान्त्रिक) र राप्रपा नेपालवीच दुई मन्त्रालय कस्ले लिने भन्नेमा विवाद उत्पन्न भएको छ ।

स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कस्ले राख्ने भन्ने विषयमा नेकपा एमाले र मधेसी जनअधिकार फोरम नेपाल( लोकतान्त्रिक) वीच मतभेद भएको छ । फोरमले सो मन्त्रालय आफूले पाउनु पर्ने अडान राखेको छ ।
त्यस्तै सङ्घीय मामिला तथा स्थानीय निकाय मन्त्रालय बारेमा नेकपा एमाले र राप्रपा नेपाल वीच विवाद रहेको छ ।

दुबै दलले त्यो मन्त्रालयमा आ आफ्नो दावी गरेका छन । यी दुई मन्त्रालयको विवाद टुङगो नलाग्दा सरकार विस्तारमा ढिलाई भईरहेको बताईएको छ । यस विषयमा नेकपा एमालेले आज छलफल गर्दैछ । एमाले स्थायी कमिटीको आज बस्ने बैठकमा विकसित राजनीतिक परिस्थिति र समसामयिक विषय, सरकारका काम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने भएको छ ।

उपप्रधानमन्त्री थापा अाज जेनेभा प्रस्थान गर्दै

१६ कार्तिक,काठमाडौं /  उपप्रधानमन्त्री तथा परराष्टमन्त्री कमल थापा स्वीट्जरल्याण्डको जेनेभामा हुने हृयुमन राइट्स काउन्सिलको बैठकमा सहभागी हुन अाज त्यसतर्फ प्रस्थान गर्दैछन्। थापाले मधेसी मोर्चासँगको वार्ता सकारात्मक बनेको र प्रधानमन्त्री केपी शर्मा अोलीले अन्तराष्ट्रिय मञ्चमा नेपालको पछिल्लो अवस्थाबारे अवगत गराउनु अावश्यक देखिएको भन्दै जेनेभा जान मन्त्री थापालाइ निर्देशन दिएको बताइएको छ। थापाले सोही निर्देशन पालन गर्दै त्यसतर्फ जान लागेको ट्विट मार्फत जनाएका छन्। 

मधेसी मोर्चासँगको वार्ताका लागि सरकारी वार्ता टोलीको संयोजक रहेका कारण मुख्य दायित्व छाडेर विदेश जानु उचित नहुने भन्दै थापाले यसअघि भ्रमण रद्द गरेको जनाएका थिए।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...