Tuesday, September 15, 2015

संचारकर्मीसँग प्रधानमन्त्री कोइराला आक्रोशित

काठमाडौं/  राष्ट्रपति डा. रामबरण यादवसँग भेट गरेपछि प्रधानमन्त्री सुशील कोइराला निकै आक्रोशित देखिए। मंगलबार राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुगेका प्रधानमन्त्री कोइराला राष्ट्रपति कार्यालयबाट बाहिरिने क्रममा आक्रोशित भएका हुन्।
राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घण्टा भेटवार्ता भएको थियो । भेटवार्तापछि संचारकर्मीसँग प्रधानमन्त्री कोइराला आक्रोशित रुपमा प्रस्तुत भए। प्रधानमन्त्रीलाई संचारकर्मीले भेटवार्ताका विषयमा प्रतिक्रिया माग गरेका थिए। संचारकर्मीले प्रधानमन्त्रीलाई संविधान कहिले आउँछ भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्रीले आक्रोशित हुँदै भने,'संविधान कहिले आउँछ भन्ने कुरा सभामुखलाई सोध्नुस।'
PM koirala comming out after meeting with President 02
शीतल निवासबाट बाहिरिने क्रममा प्रधानमन्त्री । तस्बिर केशव थाेकर
प्रधानमन्त्री आक्रोशित भएपछि संचारमकर्मीले प्रधानमन्त्रीलाई रिसाएजस्तो देखियो नी भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रधामन्त्रीले आफ्नो बोली नै यस्तै भएको बताएका थिए। राष्ट्रपतिसँग के विषयमा छलफल भयो भन्ने संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने,'के के के कुरा भयो तपाइहरुलाई सबै बताउँ ?'  राष्ट्रपतिसँग भेटगरी बाहिर निस्कने क्रममा राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतले प्रधानमन्त्रीसँग केहीबेर भला कुसारी गरेका थिए। 

भारत र अमेरिकाद्धारा संविधान निर्माण प्रगतिको स्वागत

काठमाडौं/  भारत र अमेरिकाले नेपालमा संविधान सभाबाट हासिल भएको
संविधान निर्माण प्रगतिको स्वागत र प्रशंसा गरेका छन्। दुवै मुलुकले सोमबार राति विज्ञप्ति जारी नयाँ संविधानको दिशामा नेपालमा भइरहेको प्रगतिमा खुशी व्यक्त गरेका हुन्।

संविधान निर्माणका लागि नेपाली नेताहरुले प्रदर्शन गरेको परिपक्व र बुद्धिमानी व्यवहारको दक्षिणी छिमेकी भारतले सरहना गरेको छ।

भारतले सधैँ नेपालमा शान्ति, स्थायित्व, एकता र विकासमा सहयोग गर्दै आएको छु, भारतीय विदेश मन्त्रालयले सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, दुई देशकयता नेपालमा हिंसा, अस्थिरता, आन्तरिक द्वन्द्व र राजनीतिक विवादको पनि हामी साक्षी छौं, जसले नकारात्मक परिणमहरु समेत दिएका छन्।

राजनीतिक वा प्राकृतिक सबैखाले संकटमा नेपाललाई सहयोग गर्नु भारतले आफ्नो कर्तव्य ठान्ने विज्ञप्तिमा उल्लेख छ। विदेश मन्त्रालयले तराई हिंसाको नाम उल्लेख नगरी नेपालका केही भागमा भइरहेका आन्दोलन तथा संघर्षले चिन्तित भएको जनाएको छ । भारत मात्र होइन यस्तो अवस्थामा संसारका कुनै पनि मानवतावादी देश चिन्तित हुन्छन्, विज्ञप्तिमा उल्लेख छ। भारतले संघर्षका नाउँमा नेपाली नागरिक होस् वा सरकारी कर्मचारी सबै घटनामा बगेको रगत नेपालीकै भएकोु बताएको छ।

भारतले आधुनिक नेपाल निर्माणका लागि स्थायी तथा मजबुत संविधान आवश्यक भएको औंल्याएको छ। उसले भनेको छ, नेपाली नेतृत्वले त्यस्तो संविधान निर्माण गर्न कुनै कसर बाँकी छाड्ने छैनन्।

संविधान सभामार्फत् नयाँ संविधान जारी हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बेला सोमबार राति नै अमेरिकी विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै नयाँ संविधान नेपालले नेपालको विकासमा आधारशीला खडा गर्ने विश्वास व्यक्त गरेको छ।

विदेश मन्त्रालयका प्रवक्ता किर्वाइले वक्तव्य जारी गरेका हुन्। नेपालमा संविधान लेखन र जारी गर्ने प्रक्रियाको अन्तिम घडिमा आइपुग्दा भइरहेका बहसहरुलाई अमेरिकाले नजिकबाट हेरिरहेको छु, विज्ञप्तिमा भनिएको छ, संयुक्त राज्य अमेरिकाले लोकतान्त्रिक संक्रमण अन्त्य गर्ने र आर्थिक विकासको आधारशीला खडा गर्ने यो प्रक्रियाको महत्वलाई बुझेको छ।

संविधानमा सकेसम्म धेरैको समर्थन हुनुपर्ने र यसले लैङ्गिक समानता र मौलिक जस्ता आधारभूत स्वतन्त्रताका हकहरु समेट्नुपर्ने अमेरिकाले उल्लेख गरेको छ। तराईमा भइरहेको हिंसाको नाम नलिइकनै अमेरिकाले भनेको छ, हामी सबै नागरिकलाई शान्तिपूर्ण र अहिंसात्मक हिसाबले आफ्ना कुरा राख्न र सुरक्षाकर्मीलाई संयम अपनाउन अनुरोध गर्छौं ।

राजसंस्था राख्नुपर्ने प्रस्ताव संविधानसभाबाट अस्वीकृत


२९ भदौ काठमाडौं/  संविधानसभाबाट राजसंस्था  राख्नुपर्ने प्रस्ताव

बहुमतले अस्वीकृत भएको छ। मंगलबार बसेको संविधानसभाको बैठकमा संविधानसको परिमार्जित विधेयकमाथिको संशोधन प्रस्तावमाथिको मतदानका क्रममा राजसंस्थालाई निरन्तरता दिने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था राख्ने प्रस्ताव बहुमतले अस्वीकार गरेको हो।  यसैबीच मंगलबारसम्म संविधानको परिमार्जित विधेयकमाथिको मतदानका क्रममा ६५ धारा पारित भइसकेका छन्। मंगलबार विहान सबा दश बजेबाट सुरु भएको बैठकले आठवटा धारा पारित गरेको हो।

यसैबीच संविधानसभाको बैठक स्थगित गरेको करिव दुई मिनेटको लागि व्यवस्थापिका संसदको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री नरहरि आचार्यले भूकम्पबाट क्षतिग्रस्त संरचना निर्माणको लागि पूननिर्माण विधेयक संसदमा पेश गरेका छन्। व्यवस्थापिका संसदको अर्को बैठक साँझ सात बजे बस्ने गरी स्थगित भएको छ।

खुल्ला मञ्चमा अनशनकारी हिन्दुवादीले पत्रकार सम्मेलन गर्दै

२९ भदौ , आगामी संविधानमा नेपाललाई हिन्दु राष्ट्र लेख्न
माग गर्दै विगत १६ दिन देखि आमरण अनशन बसेका चार युवाहरुको माग सम्बोधन नभएकोले आज त्यस विषयमा जानकारी दिन उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार संमेलन अनशन स्थल खुल्ला मञ्चमै गरिने आयोजक राष्ट्रि हिन्दु युवा मञ्चले जनाएको छ । मुलुकै भरी सनातन देखि नै मानि आएको हिन्दु राष्ट्र हुनुपर्ने भनि आएको आवाजको बेवास्ता गरेको र बहु संख्यक जनताले हिन्दु राष्ट्र हुनु पर्ने भनेर आवाज उठाउँदै अमरण अनशन तथा शान्तिपुर्ण आन्दोलन गरिरहेपनि हिजो मात्र संविधान सभा बाट हिन्दु राष्ट्र हुनुपर्छ भन्ने प्रस्ताव अस्विकृत भएको थियो । हिन्दुवादीहरुले मुलुक विखण्डनको बाटोतर्फ लगेको र आँफुहरुको मागको वेवास्था गरेका कारण आजबाटै थप शशक्त आन्दोलनको तयारी सहीत आन्दोलन थप चर्काउने बताइएको छ । संविधान सभाबाट हिन्दु राष्ट्र अस्विकृत भएको दिन नै मुलुकका विभिन्न स्थानका चर्चहरुमा बम विष्फोट भएकाले आन्दोलनले अर्कै रुप लिने देखिएको छ । 

संविधान जारी गर्ने समारोहमा उपस्थित हुन राष्ट्रपतिलाई निमन्त्रणा




२९ भदौ,काठमाडौँ/   नेपालको संविधान २०७२ जारी गर्ने भव्य समारोहमा उपस्थित हुन राष्ट्रपति डा रामवरण यादवलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले औपचारिक रुपमा निमन्त्रणा पत्र दिएका छन्। अध्यक्ष नेम्वाङले मंगलबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभई राष्ट्रपति डा यादवलाई लिखितरुपमा निम्तो दिएका हुन्। संविधानसभाले असोज ३ गते आइतबार साँझ ५ बजे संविधान जारी गर्ने समय तय गरेको छ । यसका लागि संविधानसभा सचिवालयले भव्य र आकर्षण समारोहको तयारी गर्दैछ।
निम्तो दिएपछि अध्यक्ष नेम्वाङले सञ्चारकर्मीलाई भने-"असोज ३ गते आइतबार ५ बजे संविधान जारी गर्ने समारोहमा उपस्थित हुनका लागि मैले राष्ट्रपति डा यादवलाई औपचारिक रुपमा लिखित निम्तो दिएँ ।" उनले संविधानसभाले संविधानको धारा पारित गर्नेक्रम जारी रहेको र भदौ मसान्तभित्रमा यो क्रम पूरा हुने जानकारी दिए।  जवाफमा राष्ट्रपति डा यादवले संविधान जारी हुने भव्य समारोहमा आफू उपस्थित हुनका लागि चाँडै खबर गर्ने जानकारी दिनुभएको अध्यक्ष नेम्वाङले बताए। सञ्चारकर्मीको एक जिज्ञासामा अध्यक्ष नेम्वाङले भने-"मलाई पूर्ण विश्वास छ राष्ट्रपति सो समारोहमा उपस्थित हुनुहुनेछ ।" रासस

Sunday, September 13, 2015

हिन्दु आमरण अनशनकारीलाई प्रधानमन्त्रीको पत्र

२७ भदौ,काठमाण्डौ/   गत १४ गते देखी आमरण अनशनमा बसेका राष्ट्रिय हिन्दु युवा मञ्च नेपालका चार आमरण अनशनकारीहरुको अबस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री शुशिल कोईरालाले संबन्धित पक्षलाई बार्ताका लागी लिखित पत्र पठाएका छन् ।  अनशनकारीलाई पठाएको प्रधानमन्त्री शुशिल कोेइरालाद्धारा हस्ताक्षरीत पत्रमा मञ्चका संयोजक प्रेमनिधि भारद्धाजलाई सम्बोधन गरिएको छ । गएराति अबेर पठाइएको पत्रमा कोइरालाले आज कुनै निश्चित स्थानमा बार्ता बस्ने भन्दै पत्र पठाएपनि वार्ता स्थल भने खुलाइएको छैन् । पत्रमा देशको विभिन्न स्थानमा हिंसात्मक घटना घटिरहेको यस विषम परिस्थतिमा त्यसलाई मध्यनजर गर्दै वार्ताबाट नै समस्याको समाधान खोज्न भन्दै बार्तामा आउन भनिएको छ । अनशनकारीको तर्फबाट पनि बार्तामा जाने तयारी गरिएको छ । यस विषयमा कसरी अगाडी बढ्ने भन्ने बारे अहिले छलफल भइरहेको छ । ढिलै भएपनि सरकारले वार्तामा बोलाएकाले आन्दोलन हिंस्रक नहुने देखिएको छ । हिजो हजारौको संख्यामा संविधानसभाको निषेधित क्षेत्र तोडेर प्रदर्शन भएपछि सरकारको तर्फबाट औपचारीक पत्र आएकोले यसलाई सरकारले गंभिर रुपमा लिएको बताइएको छ । अनशनमा बसेका कम जोशीको अबश्था गंभिर रहेको छ भने अर्का अनशनकारी खेम आचार्यको पनि अबस्था नाजुक बन्दै गएको छ । गंभिर अबस्थामा रहेका जोशीको अहिले वीर अस्पतालमा उपचार भैरहेको छ । अबस्था गंभिर भएपनि जोशीले हिन्दु राष्ट्र लेख्ने प्रतिबद्धता नआए सम्म अनशन नतोड्ने बताएका छन् । उनले बरु आँफु आफ्नो प्राण त्याग गर्न सक्ने तर हिन्दु राष्ट्र हुने ग्यारेण्टि नभए सम्म अनशन नतोड्ने भन्दै राष्ट्र बचाउने यस अभियानमा साथ दिन आवहान समेत गरेका छन् । 

संधिवानसभामा दलको हैसियतले बोल्ने आज अन्तिम दिन- दाहाल

२७ भदौ/  एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संधिवानसभामा दलको हैसियतले बोल्ने आज अन्तिम दिन भएको बताएका छन्। आइतबार संविधानसभाको बैठकलाई सम्बोधन गर्दै दाहालले हजारौंको बलिदानबाट गठन भएको संविधानसभामार्फत संधिवान जारी गर्ने अन्तिम अवस्थामा पुगेको बताए।
दाहालले नेपाल सार्वभौम सत्ता सम्पन्न नेपाली जनता भनेर संविधानमा देखिनु गर्वको विषय भएको बताए। उनले धेरै प्रयासका बाजदूत पहिलो संधिवानसभाबाट संधिवान जारी गर्न नसकेको भन्दै दोस्रो संधिवानसभाबाट पनि संविधान जारी गर्न नदिने ठुलो षड्यन्त्र भएको दाबी गरे।
उनले नेपाली जनता संविधान बनाउन सक्षम छैनन भन्ने षड्यन्त्र भइरहेको र नेपाललाई असफल पार्नेकामलाई असफल पार्नसमेत संविधान जारी गर्नुको विकल्प नभएको बताए। देश भित्र बारिह नेपाल भूमरीमा रुमल्लिएको देख्न चाहनेलाई परास्त गर्न आफूहरुले ठूलो त्याग गर्दै संविधान जारी गर्ने ठाउँमा आइपुगेको बताए।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...