Wednesday, January 6, 2016

सूर्यदर्शन कप फुट्बल हुदै

२२ पुस/  झापाको दमकमा सूर्यदर्शन कप फुट्बल प्रतियोगिता हुदैछ ।

विहीबार बाट शुरुहुने सो प्रतियोगिताको फाईनल खेल भने पर्सी शुक्रबार हुनेछ । 

प्रत्येक बर्ष आयोजना गर्दै आएको सो प्रतियोगितामा दश टिमको सहभागिता रहेको छ । 

उद्घाटन खेलमा मोवाईल व्यबसायी र रेडिमेट कपमडा व्यसायीको टिम प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै दोस्रो खेलमा मुद्रण व्यवसायी र जुत्ता चप्पल,तेस्रो खेलमा यातायात र मेची वितरक तथा मदिरा व्यवसायी , चौथो खेलमा औषधी व्यवसायी र गल्ला किराना प्रतिस्पर्धा गर्दा पाँचौ खेलमा सुनचाँदी व्यवसायी र तयारी पोशाकवीच प्रतिस्पर्धा हुनेछ ।   

Saturday, January 2, 2016

अध्यक्षमा पुन दाहाल

१८ पुस,दमक/ चुरे वातावरण संरक्षण पहिला समिति चुलाचुली इलामको अध्यक्षमा पुन निर्मला दाहाल सर्वसम्मत चयन भएकी छन् । शनिबार सम्पन्न चौथो साधारण सभाले उनीसँगै ९ सदस्यीय कार्यसमिती चयन गरेको छ । निर्वाचन मण्डलीका संयोजक प्रदिप चन्द्र राईका अनुसार उपाध्यक्षमा सरस्वती राई,सचिवमा तुलसा काफ्ले,सह—सचिवमा राधा बस्नेत,कोषाध्यक्षमा गीता बस्नेत भएका छन् । त्यस्तै सदस्यहरुमा माया दुलाल,यसोदा लामगादे,राजकुमारी तामाङ्ग,नन्दमाया सुवेदी चयन भएका छन् । अन्य दुई सदस्य भने पछि चयन गर्ने जनाइएको छ ।  सो समितीको सल्लाहकार समितीको संयोजक भने प्रदिप चन्द्र राई चयन भएका छन् । सात सदस्य रहेको सल्लाहकार समितीको सह–संयोजकमा डिल्लीराम चापागाई,सदस्यहरु देव बस्नेत,भिम नाथ भट्टराई,सन्त बहादुर विक,सोमनाथ अधिकारी र गीता भण्डारी चयन भएका छन् ।

बाह्र खेलाडीलाई फष्ट डान

1382175_879636252154609_1133593451421960128_n१७ पुस,दमक/ सगरमाथा मल्टि मार्सलका १२ खेलाडीलाई फष्ट डान प्रदान गरिएको छ ।

उनीहरुलाई नेपाल राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव राजकुमार कार्कीले सो टाइटल प्रदान गरेका हुन् । 

एकेडेमीले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई आज उक्त टाइटल प्रदान गरेको हो ।

टाइटल पाउनेहरुमा मन बहादुर कट्वाल,मिलन खतिवडा,टिका पराजुली,विरेन चौधरी,निरज चौहान,संदेश राई,महेश कुमाल,दिपर्शन पाण्डे,मन्दिप राई,निशान राई,आशा राई र यादव चौधरी रहेका छन् । कार्यक्रममा एकेडेमीका संस्थापक अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी दीपक धिमालले विश्वका कुनैपनि प्रतियोगिताबाट मेडल ल्याउने उदेश्यले एकेडेमी स्थापना गरेकाले एकेडेमीले अझै धेरै गर्न बाँकी रहेको बताए । उनले आफ्ना खेलाडी निकट भविष्यमै अमेरिका,बेलायत,क्यानडा जस्ता मुलुकमा प्रतिस्पर्धाका लागि जाने बताए ।

Wednesday, December 30, 2015

दमकमा टोपी दिवस मनाइने


दमक/ राष्ट्रिय टोपी दिवसको अभियान अन्तरगत दमकमा टोपी रयाली निकालीने भएको छ । जनवरी १ तारीक अर्थात मंसिर १७ गते शुक्रबारका दिन राष्ट्रिय टोपी दिवसको अभियान अन्र्तगत रयालिको आयोजना गर्न लागिएको हो । जिवन चत्र समाज नेपालको आयोजनामा हुन लागेको सो रयालीमा टोपी सहित सहभागिहुन आयोजकले सबैलाई आग्रह गरेको छ । मंसिर १७ गते विहान ७ बजे दमकको गणतन्त्र चौकमा कार्यक्रमको अयोजना गरिएको समाजका अध्यक्ष गणेश गौतमले जानकारी दिए । युवा पुस्ताहरुमा टोपीको महत्व घटदै जाँदा राष्ट्रिय पहिचान माथिनै संकट उत्पन्न भएको भन्दै सो दिन मुलुकका बिभिन्न स्थानमा कार्यक्रमको अयोजना गरिदै आएको छ ।

Tuesday, December 29, 2015

न्यानो कपडा वितरण

१४ पुस,दमक/  नेपाली कांग्रेस तोपगाछी गाँउ समितिले मंगलबार स्वीटर वितरण गरेको छ । कमला मदन आश्रित स्मृती उच्च मावि तोपगाछी ८ का विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गरेको हो । पार्टीले गएको तिहारमा संचालन गरेको देउसी भैलो कार्यक्रमबाट प्राप्त सहयोगको केहि रकमले विपन्न, दलित तथा सिमान्तकृत समुदायका २० जना बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । वितरण कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद महेन्द्रा कुमारी सुब्बाको प्रमुख उपस्थिती रहेको थियो । सो अवसरमा सांसद सुब्बाले मुलुकको आमुल परिवर्तनको मुख्य थलो शिक्षा क्षेत्र राजनीति मुक्त हुनपर्ने बताइन । आजका बाल बालिका भोलीको समुन्नत समाज निर्माणका संम्बाहक भएकाले उनिहरुलाई समय अनुकुल शिक्षा आवश्यक रहेको बताइन । नेपाली कांग्रेस गाँउ समिति सभापति पूर्णमान श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रमा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । गाउँ समिति सचिब लोकनाथ खनालले स्वागत गरेको कार्यक्रमा महासमिति सदस्य राजन बहादुर ढुङाना, झापा बाणिज्य संघ तोपगाछी शाखा अध्यक्ष पृथ्वीध्वज डाँगी, प्याब्सन झापाका कोषाध्यक्ष गौरीमान फागो विद्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहाल, नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि जिवन न्यौपाने लगायतले बोलेका थिए ।

Monday, December 28, 2015

वुद्धिचालतर्फको उपाधी युनिसलाई



१३ पुस,दमक/  दमक बहुमुखी क्याम्पसमा जारी खेल सप्ताह

अन्तरगत बुद्धिचाल तर्फको उपाधी युनिस पौडेलले जितेका छन् । उनले ४ दशमलव ५ अंक जोडे । सोमबार सम्पन्न पाँचौ तथा अन्तिम राउण्डमा पहिलो बोर्डमा खेलेका उनले दिपक भट्टराईलाई पराजित गरेपछि उपाधी जितेका हुन् । उपाधिका लागि जित्नै पर्ने दबाबमा रहेका उनले भट्राईको ब्लण्डर मिष्टेकमा क्विन खाएपछि जीत निश्चित गरेका थिए । भट्टराईले भने उपाधीका लागि खेल बराबरी मात्र गरेपनि पर्याप्त हुने थियो । तर क्विन गुमाए लगत्तै उनी निराश भए । यद्यपी उनी दोस्रो भने हुन सफल भए । भट्टराईले लगातार चार खेल जितेका थिए । त्यस्तै उपाधी जित्ने आशा गरिएका सविन आचार्य भने तेस्रो भए । लगातार तीन राउण्ड सम्म अपराजित रहेका उनी चौथो राउण्डको पराजयसँगै पाँचौ तथा अन्तिम राउण्डमा जित निकालेपछि तेस्रो भएका हुन् । प्रतियोगितामा चौथो स्थान हासिल गर्दै राकेश निरौलाले सान्तोना पुरस्कारको हकदार बनाए । दोस्रो देखी चौथो हुने सबैको समान चार अंक भएपनि प्रोगेसिव प्वाइण्टको आधारमा स्थान तय भएको थियो । प्रतियोगितमा कुल ३२ खेलाडीको सहभागिता रहेको थियो । कार्यक्रममा बुद्धिचाल खेल संयोजक विश्वराज अधिकारी,क्याम्पस संचालक समिती सदस्य तथा खेल उपसमिति संयोजक पदम जवेगु,सदस्य टंक प्रसाद भट्टराई,भवकृष्ण खतिवडा,राष्ट्रिय खेलाडी तथा प्रशिक्षक भुपेन्द्र निरौला निरज लगायतको उपस्थिती रहेको थियो ।

Friday, December 25, 2015

जेम्स कपमा पाँच खेलाडीको अग्रता


उत्तम रिजाल
१० पुस,दमक / दमकको झापा मोडल उच्च माविमा जारी
जेम्स कप खुला विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा पाँच खेलाडीले अग्रता लिएका छन् । शुक्रबार पहिलो दिन तीन राउण्ड सम्मको खेल सकिदा सम्म आयोजक झापा मोडलका कान्छा खेलाडी सुरेन सुब्बा र दिप्सन लिम्बु तथा सनसाइन उर्लाबारीका आदेश दाहाल,खुसी मुखिया र आशिष पाण्डे समान ३ अंकका साथ अग्र स्थानमा रहेका छन् । उनीहरुले आफ्ना तीनै खेल जितेका छन् । तेस्रो राउण्डमा पाँचौ बोर्डमा खेलेका कान्छा खेलाडी सुरेन सुब्बाले ग्लोबलका छत्र खड्का लाई पराजित गर्दा दोस्रो बोर्डमा खेलेका दिप्सनले सैलेश दुलाललाई माथ दिएका थिए । त्यस्तै पहिलो बोर्डमा खेलेका आदेशले सन्देश खड्कालाई , खुसीले आयोजकका आलोक गौतमलाई पाखा लगाएका थिए । त्यस्तै अन्य बोडमा प्रतिस्पधा गरेका खेलाडीहरु मध्ये प्रज्वल बस्नेत र सिद्धार्थ राईले तेस्रो राउण्डमा जित निकाल्दै साढे दुई अंक बनाउन सफल भए । दुई राउण्ड सम्म कम्जोर प्रदर्शन गरेका नविन आचार्य , मिशन दाहाल, उत्सब ओली , सुशान्त भण्डारी, समिर खड्का, श्रृजन खड्का र डिक्चेन लिम्बुले भने तेस्रो राउण्डमा जित निकाल्दै उपाधी आशा जिवितै राखेका छन् । उनीहरुको समान दुई अंक रहेको छ । पहिलो र दोस्रो राउण्डमा लज्जास्पद हार बेहोरेका सदिक्षा सिग्देल,स्मिता सुब्बा,आदित्य दाहाल,कृपा अधिकारी र जनम आचार्यले भने तेस्रो राउण्डमा जित हात पार्दै खाता खोलेका छन् । प्रतियोगितामा झापा र मोरङका गरी नौ विद्यालयका ५४ जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी झापा जिल्ला बुद्धिचाल संघका सचिव झमक प्रसाद प्याकुरेल,सनसाइन बोडिङ स्कुलका प्रिन्सिपल दिपक दंगाल,दमक पब्लिक लाइबेरीका अध्यक्ष भेषराज न्यौपाने,रोटरी क्लब दमकका अध्यक्ष नविन कुमार श्रेष्ठ,नेपाल राष्ट्रिय बाणिज्य संघ दमकका अध्यक्ष भरत चौलागाई ग्लोबल उच्च माविका शिक्षक गोपाल तामाङ , आरविटर तथा प्रशिक्षक भुपेन्द्र निरौला निरज लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथी तथा प्रमुख अतिथीहरुलाई कार्यक्रमका सभापती तथा झापा मोडलका प्रिन्सिपल सनम श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए । आज चार राउण्डका खेल हुने छन् । 

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...