Monday, July 5, 2021

दमकको कोभिड उपचार केन्द्रका लागी लायन्स कर्मीद्धारा दैनिक उपभोग्य सामाग्री वितरण

 


दमक। लायन्सकर्मीहरुले दमकको कोभिड उपचार केन्द्रका लागी दैनिक उपभोग्य सामाग्री वितरण गरेका छन् । दमक र लखनपुरका चार लायन्स क्लबमा आबद्ध लायन्सकर्मीहरुले कोभिड उपचार केन्द्रलाई खाना पकाउन प्रयोग गरिने ग्यास सिलिण्डर सहितका सामाग्री वितरण गरेको लायन्स क्लब अफ दमक लखनपुरका सचिव दिपक खड्काले जानकारी दिनुभयो ।

उनीहरुले दमक नगरपालिकाकी उप–प्रमुख गिता अधिकारी, डा. नविन ढकाल लगायतको टोलीलाइ ति सामाग्रीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा लायन्स क्लब अफ दमक लखनपुरका अध्यक्ष राजु खड्का, दमक एक्टिभकी अध्यक्ष कल्पना पोख्रेल, दमक गरिमाका अध्यक्ष नविन अग्रवाल, कमल प्रोफेशनलका फष्ट भिपी पुष्प पाठक कौशिक, लियो दिपिना भट्टराई, आइपीपी अनिस खड्का, लायन नेत्र चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो क्रममा यि चार लायन्स क्लबहरुले विभिन्न कार्यक्रम गर्दै सामाजिक कार्यलाई तिव्रता दिएका छन् । हिजो मात्र यि क्लबहरुले संयुक्त रुपमा दमकको हिमावीको सेनिटाइज गरेका थिए । उनीहरुको यो चौथो संयुक्त कार्यक्रम हो ।

आज मध्यरातीदेखि जोर विजोर प्रणालीमा सार्वजनिक यातायात संचालन गर्न पाइने ( आदेशको पूर्ण पाठ सहित)



 दमक। आज मध्यराती १२ बजेदेखि लागू हुनेगरी जोर विजोर प्रणालीका आधारमा सार्वजनिक यातायातका साधन संचालन गर्न यातायात व्यवसायीलाई अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय झापाद्धारा जारी आदेशमा झापा, मोरङ्ग,सुनसरी र इलाम सम्म यातायात संचालन गर्न पाईने जनाइएको छ । सम्पूर्ण जानकारीका लागि आदेशको पूर्ण पाठ तल हेर्नुहोला ।


Sunday, July 4, 2021

भर्‍याङबाट लडेर मृत्यु


 

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङलाम्हु गाँउपालिका -१ खरिखोला का ३३ बर्षीय रिन्जी पासाङ शेर्पाको भर्याङबाट लडेर मृत्यु भएको छ । 

सोताङ गाँउपालिका ५ स्थितमा रहेको बिरेन्द्र ज्योती माध्यामिक बिद्यालयको निर्माणाधिन भवनको मिस्त्री काम गरि सोही स्थानमा नै कोठामा बस्दै आएका रिन्जी आईतवार राती ११ बजे भर्याङबाट लडेर कंचटमा चोट लागी गम्भिर घाईते भएका थिए ।

 घाईतेलाई उपचारको लागी प्राथमिक स्वास्थ्य चौकी सोताङमा लगिएकोमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।

भिरबाट लडेर १३ बर्षीय बालकको मृत्यु

 


उदयपुर/  उदयपुरको रौतामाई नगरपालिका –४ माल्वासेका १३ बर्षीय बालक बिशाल सार्कीको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको जंरगेडाँडा भिरमा बाख्रा चराउन गएका बालकको आईतवार अपरान्ह पौने ५ बजेको समयमा सोही भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।  

दमक र लखनपुरका लायन्सकर्मीहरुले गरे हिमावीको सबै कक्षा कोठाको सेनिटाइज

 दमक। दमक र लखनपुरका लायन्सकर्मीहरुले दमकको हिमालय माविको आज सेनिटाइज गरेका छन् । उनीहरुले विद्यालयको सबै क्षेत्रको सेनिटाइज गरेको लायन्स क्लब अफ दमक लखनपुरका सचिव दिपक खड्काले जानकारी दिनुभयो ।

विद्यालयमा प्रशासन खुल्ला रहेको तथा धेरै विद्यार्थी भएको र विद्यार्थीहरु पनि आउन थालेकोले सेनिटाइज गरिएको दमक लखनपुरका अध्यक्ष राजु खड्काले बताउनु भयो । सो क्रममा विद्यालयको गेटदेखि नै सेनिटाइज गरिएको थियो । विद्यालयको अफिस, कक्षा कोठा सबै क्षेत्रको सेनिटाइज गरिएको भन्दै अध्यक्ष खड्काले साप्ताहिक कार्यक्रम अन्तरगत आज हिमावीमा सेनिटाइज गरिएको बताउनु भयो ।

सेनिटाइज कार्यक्रम लायन्स क्लब अफ दमक लखनपुर, लायन्स क्लब अफ दमक एक्टिभ, लायन्स क्लब अफ दमक गरिमाले संयुक्त रुपमा गरेका हुन् ।

No description available.

रिजन चियरपर्सन चन्द्र गजमेरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि जोन चियरपर्सन हेमसिंह अधिकारी, विद्यालयका प्रधानाध्यापक ओम प्रसाद आचार्य, लायन्स क्लब अफ दमक एक्टिभको अध्यक्ष कल्पना पोखरेल, गरिमाका अध्यक्ष नविन अग्रवाल, लिओका अध्यक्ष दीपना भट्टराई आइपीपी अनिस खड्का लगायतको उपस्थिति रहेको थियो । दमक लखनपुरका सेकेण्ड भाइस प्रेसिडेण्ट दयासागर आचार्यको संयोजनमा भएको कार्यक्रम सचिव दिपक खड्काले संचालन गर्नु भएको थियो ।

 

Friday, June 18, 2021

हिमानी कोष झापाद्धारा भद्रपुरमा राहत वितरण

 

उत्तम रिजाल,दमक। सामाजिक कार्यमा सक्रिय संस्था हिमानी कोषले आज झापाको भद्रपुर नगरपालिकाका २० विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । पूर्व युवराज्ञी हिमानी शाहको नेतृत्वमा रहेको सो संस्थाले नगर क्षेत्रका अपांग, वृद्धवृद्धा, एकल महिला तथा विपन्न समुदायका परिवारलाई राहत सामाग्री वितरण गरेको हो । हिमानी कोषले भद्रपुर ६ र ७ का २० परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । कोषले प्रति परिवार २५ केजी चामल वितरण गरेको उत्तम भट्टराईले जानकारी दिनुभयो ।

कोभिड–१९ महामारी पश्चात देशभर हिमानी कोषले राहत वितरणलाई तिब्र बनाएको छ । सोही अन्तरगत हिमानी कोषको सहयोगमा भद्रपुरका विपन्न परिवारलाई राहत चामल हस्तान्तरण गरिएको हिमानी कोष झापाकी अगुवा पुनमसिंह राजवंशीले बताउनु भयो । कोषले समयानुसार आवश्यकतालाई हेरेर थप सहयोग गर्ने पनि उहाँले बताउनु भयो ।



२०७८, असार ४

Monday, June 7, 2021

चुलाचुलीलाई ४ अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री प्रदान

 


उत्तम रिजाल, दमक/ कोरोना संक्रमितहरुलाई उपचारको लागि अभावका रुपमा रहेको अक्सिजन सिलिण्डरसहित इलामको चुलाचुली गाउँपालिकालाई आज विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । 

सो सामाग्री भुटानी शरणार्थी शिविर बेलडाँगीका शिविर प्रमुख सुरेन्द्र दाहालले प्रदान गर्नु भएको हो । उहाँले गाउँपालिकाका प्रमुख प्रदिपचन्द्र राईलाई सो सामाग्री प्रदान गर्नु भएको हो ।

अमेरिकामा रहेको ग्लोबल भुट्निज हिन्दु अर्गनाइजेशनका तर्फबाट सो अर्गनाइजेशनका अध्यक्ष कमल धिमालले पठाएका ती सामाग्री एक कार्यक्रमकाविच शिविरको कार्यालयबाट शिविर प्रमुख दाहालले प्रदान गर्नु भएको हो ।

चुलाचुलीलाई प्रदान गरिएका सामाग्रीमा ४ ओटा अक्सिजन सिलिण्डर, ४ ओटा अक्सिजन रेगुलेटर, २० ओटा सिराने सहित बेडसीट, एक अक्सिमिटर, १० लिटर सेनिटाइजर, एक हजार ओटा सर्जिकल मास्क र २० ओटा केएन ९५ मास्क छन् ।

No description available.

सहयोग हस्तान्तरण कार्यक्रममा शिविर व्यवस्थापन समितिका सल्लाहकार टिआर कालिकोटे लगायतको उपस्थिति रहेको थियो । ति सामाग्रीहरु कोरोना संक्रमित भुटानी शरणार्थी तथा शरणार्थी आसपासका संक्रमितहरुको उपचारमा सहयोग गर्ने उदेश्यले प्रदान गरिएको शिविर प्रमुख दाहालले जानकारी दिनुभयो ।

२०७८, जेठ २४

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...