दमक। आज मध्यराती १२ बजेदेखि लागू हुनेगरी जोर विजोर प्रणालीका आधारमा सार्वजनिक यातायातका साधन संचालन गर्न यातायात व्यवसायीलाई अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय झापाद्धारा जारी आदेशमा झापा, मोरङ्ग,सुनसरी र इलाम सम्म यातायात संचालन गर्न पाईने जनाइएको छ । सम्पूर्ण जानकारीका लागि आदेशको पूर्ण पाठ तल हेर्नुहोला ।
Monday, July 5, 2021
Sunday, July 4, 2021
भर्याङबाट लडेर मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङलाम्हु गाँउपालिका -१ खरिखोला का ३३ बर्षीय रिन्जी पासाङ शेर्पाको भर्याङबाट लडेर मृत्यु भएको छ ।
सोताङ गाँउपालिका ५ स्थितमा रहेको बिरेन्द्र ज्योती माध्यामिक बिद्यालयको निर्माणाधिन भवनको मिस्त्री काम गरि सोही स्थानमा नै कोठामा बस्दै आएका रिन्जी आईतवार राती ११ बजे भर्याङबाट लडेर कंचटमा चोट लागी गम्भिर घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागी प्राथमिक स्वास्थ्य चौकी सोताङमा लगिएकोमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।
भिरबाट लडेर १३ बर्षीय बालकको मृत्यु
उदयपुर/ उदयपुरको रौतामाई नगरपालिका –४ माल्वासेका १३ बर्षीय बालक बिशाल सार्कीको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको जंरगेडाँडा भिरमा बाख्रा चराउन गएका बालकको आईतवार अपरान्ह पौने ५ बजेको समयमा सोही भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
दमक र लखनपुरका लायन्सकर्मीहरुले गरे हिमावीको सबै कक्षा कोठाको सेनिटाइज
दमक। दमक र लखनपुरका लायन्सकर्मीहरुले दमकको हिमालय माविको आज सेनिटाइज गरेका छन् । उनीहरुले विद्यालयको सबै क्षेत्रको सेनिटाइज गरेको लायन्स क्लब अफ दमक लखनपुरका सचिव दिपक खड्काले जानकारी दिनुभयो ।
विद्यालयमा प्रशासन खुल्ला रहेको तथा धेरै विद्यार्थी भएको र विद्यार्थीहरु पनि आउन थालेकोले सेनिटाइज गरिएको दमक लखनपुरका अध्यक्ष राजु खड्काले बताउनु भयो । सो क्रममा विद्यालयको गेटदेखि नै सेनिटाइज गरिएको थियो । विद्यालयको अफिस, कक्षा कोठा सबै क्षेत्रको सेनिटाइज गरिएको भन्दै अध्यक्ष खड्काले साप्ताहिक कार्यक्रम अन्तरगत आज हिमावीमा सेनिटाइज गरिएको बताउनु भयो ।
सेनिटाइज कार्यक्रम लायन्स क्लब अफ दमक लखनपुर, लायन्स क्लब अफ दमक एक्टिभ, लायन्स क्लब अफ दमक गरिमाले संयुक्त रुपमा गरेका हुन् ।
रिजन चियरपर्सन चन्द्र गजमेरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि जोन चियरपर्सन हेमसिंह अधिकारी, विद्यालयका प्रधानाध्यापक ओम प्रसाद आचार्य, लायन्स क्लब अफ दमक एक्टिभको अध्यक्ष कल्पना पोखरेल, गरिमाका अध्यक्ष नविन अग्रवाल, लिओका अध्यक्ष दीपना भट्टराई आइपीपी अनिस खड्का लगायतको उपस्थिति रहेको थियो । दमक लखनपुरका सेकेण्ड भाइस प्रेसिडेण्ट दयासागर आचार्यको संयोजनमा भएको कार्यक्रम सचिव दिपक खड्काले संचालन गर्नु भएको थियो ।
Friday, June 18, 2021
हिमानी कोष झापाद्धारा भद्रपुरमा राहत वितरण
उत्तम रिजाल,दमक। सामाजिक कार्यमा सक्रिय संस्था हिमानी कोषले आज झापाको भद्रपुर नगरपालिकाका २० विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । पूर्व युवराज्ञी हिमानी शाहको नेतृत्वमा रहेको सो संस्थाले नगर क्षेत्रका अपांग, वृद्धवृद्धा, एकल महिला तथा विपन्न समुदायका परिवारलाई राहत सामाग्री वितरण गरेको हो । हिमानी कोषले भद्रपुर ६ र ७ का २० परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । कोषले प्रति परिवार २५ केजी चामल वितरण गरेको उत्तम भट्टराईले जानकारी दिनुभयो ।
कोभिड–१९ महामारी पश्चात देशभर हिमानी कोषले राहत वितरणलाई तिब्र बनाएको छ । सोही अन्तरगत हिमानी कोषको सहयोगमा भद्रपुरका विपन्न परिवारलाई राहत चामल हस्तान्तरण गरिएको हिमानी कोष झापाकी अगुवा पुनमसिंह राजवंशीले बताउनु भयो । कोषले समयानुसार आवश्यकतालाई हेरेर थप सहयोग गर्ने पनि उहाँले बताउनु भयो ।
२०७८, असार ४
Monday, June 7, 2021
चुलाचुलीलाई ४ अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री प्रदान
उत्तम रिजाल, दमक/ कोरोना संक्रमितहरुलाई उपचारको लागि अभावका रुपमा रहेको अक्सिजन सिलिण्डरसहित इलामको चुलाचुली गाउँपालिकालाई आज विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
सो सामाग्री भुटानी शरणार्थी शिविर बेलडाँगीका शिविर प्रमुख सुरेन्द्र दाहालले प्रदान गर्नु भएको हो । उहाँले गाउँपालिकाका प्रमुख प्रदिपचन्द्र राईलाई सो सामाग्री प्रदान गर्नु भएको हो ।
अमेरिकामा रहेको ग्लोबल भुट्निज हिन्दु अर्गनाइजेशनका तर्फबाट सो अर्गनाइजेशनका अध्यक्ष कमल धिमालले पठाएका ती सामाग्री एक कार्यक्रमकाविच शिविरको कार्यालयबाट शिविर प्रमुख दाहालले प्रदान गर्नु भएको हो ।
चुलाचुलीलाई प्रदान गरिएका सामाग्रीमा ४ ओटा अक्सिजन सिलिण्डर, ४ ओटा अक्सिजन रेगुलेटर, २० ओटा सिराने सहित बेडसीट, एक अक्सिमिटर, १० लिटर सेनिटाइजर, एक हजार ओटा सर्जिकल मास्क र २० ओटा केएन ९५ मास्क छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा शिविर व्यवस्थापन समितिका सल्लाहकार टिआर कालिकोटे लगायतको उपस्थिति रहेको थियो । ति सामाग्रीहरु कोरोना संक्रमित भुटानी शरणार्थी तथा शरणार्थी आसपासका संक्रमितहरुको उपचारमा सहयोग गर्ने उदेश्यले प्रदान गरिएको शिविर प्रमुख दाहालले जानकारी दिनुभयो ।
२०७८, जेठ २४
Sunday, June 6, 2021
शिविर प्रमुखद्धारा दमक र मिक्लाजुङ्गलाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण
उत्तम रिजाल, २३ जेठ ,दमक/ कोरोना भाइरस संक्रमितले अक्सिजन अभाबमा मृत्युबरण गरिरहेको अबस्थामा झापाको दमक स्थित भुटानी शरणार्थी शिविरका शिविर प्रमुख सुरेन्द्रराज दाहालले दुई स्थानीय तहका लागि ८ ओटा अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नु भएको छ ।
वहाँले झापाको दमक नगरपालिकालाई दमक कोभिड उपचार केन्द्रका लागि ३ ओटा र मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिकाको आइसोलेशन तथा उपचारकेन्द्रको लागि ५ ओटा गरी ८ ओटा ठूलो साइजको अक्सिजन सिलिण्डर सहित अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमै सहयोग हस्तान्तरण गर्दै शिविर प्रमुख दाहालले भुटानी शरणार्थीहरु तथा अन्य कोरोना संक्रमितहरुले अक्सिजनको अभावमा मृत्युवरण गर्नु नपरोस भनेर सहयोग हस्तान्तरण गरेको बताउनु भयो । त्यस्तै शिविर सचिव कृष्ण सुब्बाले शिविर भित्रका कोहिपनि संक्रमित भए उनीहरुलाई उपचार गर्न तथा शिविर बाहिरका अन्य संक्रमितको उपचारमा अक्सिजनको अभाब हुन नदिन दाताबाट प्राप्त स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनु भयो ।
सोक्रममा दमक नगरपालिकालाई ३ ओटा, मिक्लाजुङ्ग गाउँपालिकालाई ५ ओटा अक्सिजन रेगुलेटर पनि सहयोग गरिएको छ । त्यस्तै मिक्लाजुङ्गलाई सिराने सहितको ३० बेड सीट र दमकलाई २० बेड सीट तथा एक/एक हजार सर्जिकल मास्क, २०/२० ओटा केएन ९५ मास्क प्रदान गर्नुभयो । त्यस्तै मिक्लाजुङ्गलाई एक ओटा अक्सिमिटर र दश लिटर सेनिटाइजर पनि दिइएको छ ।
ती स्वास्थ्य सामाग्रीहरु मिक्लाजुङ्ग गाउँपालिकाका लागि गाउँपालिका प्रमुख देवीप्रसाद आचार्य र दमक नगरपालिकाका लागि उप–प्रमुख गिता अधिकारीलाई हस्तान्तरण गरिएको छ ।
क्याम्प सचिव कृष्ण सुब्बाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा क्याम्पका सल्लाहकार टिकाराम कालीकोटे, शसस्त्र प्रहरीबल बेलडाँगी बेस क्याम्पका प्रमुख गोपाल पोखरेल, लगायतको उपस्थिति रहेको थियो । सो सहयोग ग्लोबल भुट्निज हिन्दु अर्गनाइजेशनको तर्फबाट अध्यक्ष कमल धिमालले पठाएका थिए । उनी अमेरिकामा बस्दै आएका छन् ।
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
काठमाडौं, २३ मंसिर , २०७३ / राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने विभागीय टिम एपीएफमा आबद्ध भएका छन् । अन्डर १९ राष्ट्रि...
-
२५ साउन/ अखण्ड मध्यपश्चिमको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाएको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ...