Thursday, July 7, 2016

सेनाको ब्यारेक र बिओपी राख्न तयारी शुरु


२३ असार,काठमाडौं, २०७३ / चीनसँग जोडिएको कोरला नाकाको अवलोकन गर्न पुगेका तीन उपप्रधानमन्त्रीहरुले सीमानाको सुरक्षाका लागि तुरुन्तै सुरक्षा निकायका व्यारेक राख्न सरकारले तयारी थाल्ने बताएका छन् । उपप्रधामन्त्रीत्रय बिजयकुमार गच्छदार, भीम रावल र टोपबहादुर रायमाझीले सीमा क्षेत्रको भ्रमण गर्दै तुरुन्तै कोरला क्षेत्रमा सेनाको ब्यारेक र सीमा सुरक्षा बल राख्न सरकारले तयारी थाल्ने बताएका छन् ।

भ्रमण सकेर जोमसोममा आयोजित पत्रकार भेटघाटमा उपप्रधान तथा रक्षामन्त्री रावलले भन्नुभयो–जग्गा नापजांच भइसकेको रहेछ, ’अब हजार रोपनी क्षेत्रफलमा सेनाको ब्यारेक बस्नेछ । सरकारले कोरला नाका खोल्न उच्च प्राथमिकता दिएको बताउंदै उहाँले सुरक्षाका अंगहरु सिमानामा बसेपछि नाकामा नेपालीहरुको गतिबिधी बढ्ने बताउनुभयो । मन्त्रालयसंग ब्यारेक राख्ने खर्चका बिषयमा रक्षाले प्रस्ताव राख्ने र सैनिक जंगी अड्डा मार्फत ब्यारेक निर्माणको थालनी हुने, अर्को तर्फ सिमाना सुरक्षाको अधिकार पाएको बिओपी राख्न गृहमन्त्रालयसंग समन्वय गरेर सरकारले तुरुन्त काम शुरु गर्ने उहाँको भनाई थियो ।

उपप्रधान तथा भौतिक योजनामन्त्री गच्छदारले पोखरादेखि कोरलासम्म सडक निर्माणका लागि सरकारले ४ अर्ब रकम बिनियोजन गरिसकेको बताउनुभयो । तातोपानी, केरुङपछि कोरला नाका खोल्न सरकारले चीनसंग छिट्टै बार्ता गर्ने र त्यसका लागि सरकारले कोरला जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।


सरकारका तीन उपप्रधानमन्त्री सहितको टोलीले आज चीनसंग जोडिएको कोरला सिमानाको अबलोकन गरेको छ । टोलीमा पुर्बप्रधानमन्त्री माधबकुमार नेपाल, अर्थराज्यमन्त्री दामोदर भण्डारी, रक्षासचिब महेशप्रसाद दाहाल लगायत सम्बन्धित मन्त्रालयका अधिकारीहरु सहभागी छन् ।

कोइरालालाई आइसीयुमा सारियो




असार २३,काठमाडौं, २०७३ /  कांग्रेस महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्यमा सुधार देखिएको छ । कोइरालालाई अपरान्ह भेन्टिलेटरबाट निकालिएको उहाँका निजी सचिव भरत तिवारीले बताएका छन् । तिवारीका अनुसार अस्पताल पुगेका कांग्रेस सभापति देउवालाई देखेर कोइरालाले केही प्रतिक्रिया जनाउनुभएको थियो । स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएपछि भेन्टिलेटरबाट झिकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

भेन्टिलेटरबाट निकालिएर उहाँलाई आइसीयू मै राखिएको छ । आज बिहान अस्पतालले जारी गरेको प्रेस नोटमा समेत उहाँको रेस्पन्स राम्रो देखिएको बताइएको थियो । यस्तै चिकित्सकका अनुसार कोइरालालाई दिइएको रक्तचापको औषधीको मात्र र भेन्टीलेटरलाई बिस्तारै घटाउँदै लगिएको छ ।

पूर्वराजालाई शुभकामना दिन निर्मल निवासमा मन्त्रीहरुको लर्को

२३ असार, २०७३ / पूर्वराजा ज्ञानेन्द्र शाहको ७०औं जन्मोत्सवको अवसरमा शुभकामना दिन उपप्रधानमन्त्री कमल थापा लगायतका नेताहरु निर्मल निवास महाराजगन्ज पुगेका छन् ।
 

ज्ञानेन्द्रलाई शुभकामना दिन भूमिसुधार मन्त्री रामकुमार सुब्बा पनि निर्मल निवास पुगे ।यसैगरी शुभकामना दिन पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, पत्रकार युवराज घिमिरे, सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार लगायत निर्मन निवास पुगेका थिए । 

पूर्व राजा ज्ञानेन्द्रले जन्मोत्सवमा आउने शुभचिन्तकहरुलाई बिहान ११ बजेदेखि भेट दिएका थिए ।
बालबालिकादेखि युवकयुवती र बृद्धबृद्धा समेत शुभकामना दिन निर्मल निवास पुगेका थिए ।








स्वास्थ्य मन्त्रालयका ५२ कर्मचारी बर्खास्त

२३ असार, काठमाडौं / अनुशासन उल्लंघन गरेको अभियोगमा स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष ०७२/७३ मा ५२ जना कर्मचारीहरुलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहर हुनेगरी सेवाबाट बर्खास्त गरेको हो । 

बर्खास्तमा परेकाहरुमध्ये अधिकांश स्टाफ नर्स पेशामा आवद्ध छन् । विना जानकारी ६० दिनभन्दा लामो समय विदामा बसेपछि उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुनेगरी कारबाही गरेको उपसचिव बाबुराम गौतमले जानकारी दिए । मन्त्रालयले उनीहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७२ ९ख० को उपदफा १ अनुसार कारबाही गरेको हो ।

उक्त व्यवस्थाअनुसार विदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी सेवाबाट बर्खास्त गर्न सकिनेछ । 

 हेर्नुस् कारबाहीमा परेकाहरुको सूची



मेस्सीलाई स्पेनमा २१ महिना जेल सजाय

२२ असार, काठमाडौं /  स्पेनिस एक अदालतले कर छलीको अभियोगमा बार्सिलोनाका स्टार फुटबलर लिओनल मेस्सीलाई २१ महिना जेल सजाय सुनाएको छ । तर, उनी जेल जानु नपर्ने पनि हुनसक्छ । बार्सिलोनाको अदालतले कर छलीका तीन मुद्धामा मेस्सी र उनका बुबा जोर्जलाई समान २१ महिना पनि जेल सजाय सुनाइएको छ । साथै मेस्सीलाई २ मिलियन र जोर्जलाई डेढ मिलियन जरिवाना पनि तिर्न भनिएको छ । 

मेस्सी र उनका बुबामाथि २००७ देखि ०९ को अवधिमा ४.१ मिलियन युरो बराबरको कर नतिरेको अभियोग छ । मेस्सीको करियर कीर्तिमानी पाँच पटक फिफा बालोन डि’ओर विजेता तीन पटक यूईएफए उत्कृष्ट खेलाडी बार्सिलोनाबाट चार च्याम्पियन्स लिग, ८ स्पेनिस ला लिगाको उपाधि अर्जेन्टिनाका लागि सर्वाधिक ५५ गोल अर्जेन्टिनाका लागि चार फाइनल खेले पनि ठूलो उपाधि दिलाउन असफल हालै मात्र अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा तस्वीरको कपिराइटबाट आएको पैसा कर छलेर बेलिज र उरुग्वेमा जम्मा गरेको अभियोनकर्ताको दाबी छ । तर, अदालतमा उपस्थित भएका मेस्सीले यसबारे आफूलाई केही थाहा नभएको बताएका थिए । 

 जेल जानु  नपर्ने !

 स्पेनिस अनलाइन मार्काका अनुसार अदालतले २ वर्ष जेल सजाय सुनाइएपनि मेस्सी जेल जानु नपर्ने देखिन्छ । किनकी स्पेनिस कानुन अनुसार अपराधिक रेकर्ड नभएका व्यक्तिलाई २ वर्षभन्दा कम सजायमा जेल बस्नु पर्दैन । तर, आवधिक रुपमा अधिकारीहरु समक्ष उपस्थित हुनुपर्छ । 


 साथै अदालतको फैसलाविरुद्ध स्पेनको सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । बार्सिलोनाले आफ्नो पूर्ण समर्थन मेस्सी र उनको परिवारलाई रहेको बताएको छ ।

Tuesday, July 5, 2016

१९५० को सन्धि पुनरावलोकन गर्न नेपाल भारत तयार

२१ असार , २०७३ / सन् १९५० को सन्धि पुनरावलोकनका लागि नेपाल र भारत दुवै पक्ष तयार भएका छन् । काठमाडौंमा आज सम्पन्न नेपाल र भारतका प्रबुद्ध व्यक्ति समूह र ईपिजिको बैठक पछि सन् १९५० को सन्धि पुनरावलोकन गर्न तयार भएका हुन् । 
त्यसका लागि दुवै मुलुकका सम्बन्धित क्षेत्रका विज्ञहरुसंग छलफल गरि टुङ्गोमा पुगिने बैठकका सहभागिहरुले बताएका छन् । दुई दिनसम्म चलेको बैठक पछि त्यसको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालका तर्फबाट संयोजक भेषबहादुर थापाले जिम्मेवारी पुरा गर्नका लागि कार्यपत्र बनाई अघि बढ्ने निर्णय भएको बताउनु भयो । त्यस्तै, ईपिजिको बैठक प्रत्येक तीन महिनामा बस्ने पनि निर्णय भएको छ ।     

Monday, July 4, 2016

६२ हजार सिरीयाली भोकमरीको चपेटामा

२१ असार, २०७३ /  सिरियामा विभिन्न स्थानमा विद्रोही र सरकारी सेनाको घेराबन्दीमा परेका ६२ हजार भन्दा बढी नागरिक भोकमरीको चपेटामा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । इस्लामिक अतिवादी संगठन आइएसको कब्जामा रहेका कतिपय शहर मुक्त गर्ने क्रममा अहिले पनि सरकारी सेना र बिद्रोहीबीचको भिडन्त जारी रहेको छ । 

दोहोरो भिडन्तको चपेटामा परेका ती स्थानका हजारौ नागरिक खाद्यन्न, पानी, स्वास्थ्योपचार लगायतका आधारभुत आवश्यकताको अभावमा बाँचिरहेको राष्ट्रसंघले जनाएको छ । दमास्कसस्थित राष्ट्रसंघको कार्यलयले भोकमरीको मारमा परेका उनीहरुलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । 

सरकारी र बिद्रोही पक्षको लगातारको आक्रमणका कारण हजारौ सिरीयाली नागरिकले ज्यान गुमाएका छन् भने लाखौ विस्थापित भएका छन् । मुलुकमै रहेकाहरुले अत्यन्तै कष्टकर जीवन बिताइरहेकाले उनीहरुको उद्धार तथा राहतकालागि त्यहाँ कारर्यरत मानवीय सहायता सम्बन्धी संघसंस्थले पनि आपिल समेत गरेका छन् ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...