Monday, July 4, 2016

इटालीलाई टाईब्रेकरमा पराजित गर्दै जर्मनी युरोकपको सेमिफाईनलमा

१९ असार , २०७३ / इटालीलाई टाईब्रेकरमा पराजित गर्दै विश्वविजेता जर्मनी युरोकप फुट्बल २०१६ को सेमिफाईनलमा प्रवेश गरेको छ । निर्धारित र अत्तिरिक्त समय सम्म एक–एक गोलको बराबरी भएपछि भएको टाइब्रेकरमा जर्मनी ६–५ ले विजयी भएको हो । 

फ्रान्समा जारी प्रतियोगिताको आजबिहान सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफको २० औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा  जर्मनी डिफेन्डरले डिबक्समा हेण्ड गरेपछि पाएको पेनाल्टि सदुपयोग गर्दै इटालीले खेल बराबरीमा ल्याएको थियो । उसका लागी लियोनार्दो बोनुकीले शानदार गोल गरे । 

निर्धारित र अत्तिरिक्त समय बराबरीमा सकिएपछि टाईब्रेकरमा गएको खेलमा दुबै टोलीले १८ प्रहार गरेका थिए । जर्मनीका मेसुट ओजिल, थोमस मुलर  र बाष्टिएन स्वान्स टाईगर पेनाल्टिमा चुकेका थिए  । त्यस्तै ईटालीका सिमोन जाजा, ग्रान्जियानो पेले, माटेओ डार्मिएन,  र लियोनार्दो बोनुकीले टाईब्रेकरमा गोल गर्न सकेनन् ।

सेमिफाईनलमा जर्मनीले अब आज राती हुने खेलको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । अन्तिम क्वाटरफाइनलमा आज आयोजक फ्रान्स र आईसल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय अनुसार राती पौने एक बजेबाट शुरु हुनेछ । 

संविधान कार्यान्वयनका लागि सहमति जुटाउन सांसदद्वारा शीर्ष नेताको ध्यानाकर्षण

 १९असार , २०७३ / संविधानको पूर्ण कार्यान्वयनका लागि साझा सहमति निर्माण गर्न सांसदहरुले शीर्ष नेताको ध्यानाकर्षण गराएका छन् ।

    व्यवस्थापिका संसदको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस तथा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदले संविधान निर्माणका बेला जस्तै दलहरुले साझा सहमति कायम गरी अघि बढ्नुपर्ने बताएका हुन ।
    सहमति जुटाउन ढिलाई गरे संविधानको पूर्ण कार्यान्वयन असम्भव रहेको उनीहरुको भनाई छ ।
    बैठकमा बोल्दै कंग्रेस सांसद तेजुलाल चौधरीले असन्तुष्ट मधेश केन्द्रित दलको माग सम्बोधन नभए सरकारले घोषणा गरेको संविधान कार्यान्वयन कार्ययोजना सफल नहुने बताउनुभयो । सीमान्तकृत समुदायले आफ्नो एजेण्डा सम्बोधनका लागि संघर्ष जारी राख्दा सरकार उदासीन हुन नहुने उहाँको भनाई थियो ।
    यस्तै, नेकपा माओवादी केन्द्रकी सांसद निशाकुमारी शाहले संविधान कार्यान्वयनका लागि सरकारले घोषणा गरेको निर्वाचन सफल पार्न समेत असन्तुष्टहरुको माग सम्बोधन गर्नैपर्ने धारणा राख्नुभयो ।
    बैठकमा दीलशोभा पुन, प्रेम सुवाल, दीर्घलाल चौधरी लगायत सांसदले प्राकृतिक प्रकोपको क्षतिबारे जानकारी गराउँदै राहत तथा उद्दारमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।  

    Saturday, July 2, 2016

    बेल्जियमलाई पाखा लगाउँदै वेल्स युरो कपको अन्तिम चारमा




    १८ असार , बेल्जियममाथी शानदार जित निकाल्दै वेल्स युरोकप २०१६ को अन्तिम चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बेल्जियमलाई ३–१ गोल अन्तरले हराउँदै  वेल्स अन्तिम चार प्रवेश गरेको हो।  


    शुरुवाती अग्रता भने बेल्जियमले लिएको थियो । उसले पहिलो हाफको १३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । बेल्जियमका राड्जा नारिनगोलान्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल गरे । उनले हेडमार्फत शानदार गोल गरेका थिए । 




    त्यसपछि दुवै टिमबाट थप गोल हुन नसकेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा वेल्सले उत्कृष्ट प्रदर्शन गर्दै बेल्जियम माथी हाबी भयो। ५५ औं मिनेटमा हल रोब्सन कानुले र ८५ औं मिनेटमा साम भोक्सले गोल गरेसँगै उसले युरो २०१६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो।


    वेल्स १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल खेलेपछि कुनै पनि ठूलो प्रतियोगिताको सेमिफाइन पुगेको यो पहिलो पटक हो । अब वेल्सले आगामी बिहीबार राति पौने एक बजे अन्तिम दुई प्रबेशका लागी  पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।



    Friday, July 1, 2016

    पोल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल युरोकपको सेमिफाइनलमा

    १७ असार /  पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । उसले पोल्याण्डलाई  पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । यो सँगै पोर्चुगल युरोकपको सेमिफाइनलमा चौथो पटक पुगेको छ ।  

    निर्धारित समय र अतिरिक्त समय सम्म दुवै टिमले १–१ को बराबरी खेलेपछि भएको  पेनाल्टी सुटआउटमा पोल्याण्ड चुक्यो । पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टीलाई पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले रोकेका थिए । पोर्चुगलका रिकार्डो करिज्माले विजयी पेनाल्टी प्रहार गरे ।

    तर खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको पोल्यान्डका लेवान्डोस्कीले दोश्रो मिनेटमै गोल गरेर पोल्यान्डलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा यो उनको पहिलो गोल थियो। पोर्चुगलविरुद्ध पोल्यान्डले युरो इतिहासकै दोस्रो छिटो गोल गरेको छ। युरो इतिहासकै सबैभन्दा छिटो गोल भने ६७ सेकेन्डमा ग्रिसविरुद्ध रसियाका डिमिट्री किर्चेन्कोले सन् २००४ मा गरेका थिए।    

    खेलको ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले गोल गर्दै बराबरी गरेपछि पोल्याण्डले पहिलो हाफ सम्म बराबरी खेल्यो। त्यसपछि दोस्रो हाफमा पनि आफ्नो उत्कृष्ट खेललाई निरन्तरता दिएको उसले थप गोल भने गर्न सकेन् । पोर्चुगलका क्रिष्टिआनो रोनाल्डो सो खेलमा निक्कै फिका देखिएका थिए । 


    अब फाइनल प्रवेशका लागि पोर्चुगलले बेल्वियम र वेल्स मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्ने छ । यी दुई टिम शुक्रबार आमने सामने हुनेछन् । 



    बुबाको सपना पुरा गर्ने योजनामा –रोहित

    स्कुले जिवनमा बुबाको भनाई नमानेर बुबाको इच्छा विपरीत काम गर्दै हिड्ने झापा दमकका रोहित राई अहिले ब्रिटिस आर्मीमा कार्यरत छन् । उ बेला बुबाको मन दुखाएकोमा भगवानसँग क्षमा माग्ने उनी हाल बुबाको सपना पुरा गर्ने ध्याउन्नमा छन् ।  विक्रम संम्बत २०३१साल श्रावण १८ गते दमक १९ सानो बाह्रघरेमा जन्मिएका उनी बुबाको लयर बनाउने चाहाना पुरा गर्न छोडेर मन दुखाएकोमा आफुले जीवनमै कहिल्यै नभुल्ने गल्ति गरेको ठान्छन् ।  

    ८/९ बर्षको हङ्गकङ्ग बसाइपछि बेलायत पुगेका उनी २०६० सालमा ब्रिटिस आर्मीमा भर्ति भए । सो दिनलाई आफनो जिवनको टर्निङ्ग प्वाइन्ट मान्ने उनी विश्वका ३५ भन्दा बढी देश घुमिसकेका छन् ।
    r4
    आतंकबादका विरुद्ध ब्रिटिस आर्मीको फोर्समा रहेर उनले अफगानिस्तानमा आतंकबाद विरुद्ध कार्य गरिरहदा मृत्यसँग लडेर बाँचेको अनुभव सुनाउने उनी प्रजातन्त्र सेनानी स्व. मुगाधन राई तथा कृष्णकुमारी राइका १० औं सन्तानका रुपमा जन्मिएका हुन् ।
    r 1
    उनी अहिले बेलायतमा बसेर नेपालमा के गर्नेभनेर योजना बनाउ छन् । यसमा ब्रिटिस आर्मीका प्रशिक्षक खुकुरी ट्रेनर उनकै दाई राष्ट्र राईले साथ दिएका छन् ।
    विद्यार्थी जिवनमा बुबाको मन दुखाएका उनी अहिले बुबाको चाहाना अनुसार लयर नबनेकोमा बुबाको आत्माको शान्तिका लागि भन्दै एक ट्रष्टका माध्यमबाट सामाजिक कार्यमा होमिएका छन् । बुबा आमाको नाममा परिवारका सबै सदस्य मिलेर खोलेको मुगाधन कृष्ण कुमारी राई मेमोरियल ट्रष्टका नामबाट उनले स्वदेश आए लगत्तै एक म्याराथुनको आयोजना पनि गरे । जसलाई उनले यस क्षेत्रमा रहेका दौड प्रति रुची राख्नेलाई सम्मान गर्न आयोजना गरिएको भनी प्रष्ट्याए ।
    r2
    म्याराथुन गर्नु अघि उनले पुर्व क्षेत्रमै पहिलो पटक च्यारिटी डान्सपार्टीको पनि आयोजना गरि मनोरञ्जन दिलाउने प्रयास गरे । उनी र राष्ट्र राईकै सहयोगमा शगरमाथा मल्टि मार्शल आर्ट एकेडेमी स्थापना गरि हाल प्रशिक्षक दीपक धिमालले निशुल्क तालिम पनि दिइरहेका छन्  ।
     r5
    भविष्यमा विभिन्न क्षेत्रका गरिव विद्यार्थीहरुलाई आफ्नै लगानीमा अध्ययन गराउने उदेष्य रहेको बताउने उनी समाज नबनुन्जेल र नबदलुन्जेल मुलुक बन्न नसक्ने बताउँछन् ।
    r6
    समाज सेवा नै उत्तम जीवन भन्ने बुबाको विचारलाई ठ्याक्कै टिपेका उनी ब्रिटिस आर्मी पछिको जिवन समाज सेवामै समर्पित गर्ने योजनामा छन् ।

    Wednesday, June 29, 2016

    जोकोभिच र फेडेरर तेस्रो चरणमा



    १६ असार, २०७३ विश्व नम्बर एक नोभाक जोकोभिच र रोजर फेडेरर, बर्षको तेस्रो ग्राण्डस्लाम ओपन टेनिस प्रतियोगिता विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेका छन् । 

    फ्रान्सका एड्रिएन मान्नारिनोलाई ६–४, ६–३ र ७–६ ले पराजित गर्दै सर्बियाली जोकोभिचले अघिल्लो चरणमा आफ्नो स्थान पक्का गरेका हुन् । यस्तै गएराती नै भएको अर्को खेलमा तेस्रो बरियाता प्राप्त स्वीट्जरल्याण्डका फेडेररले बेलायती मार्कस विल्सलाई ६–०, ६–३ र ६–४ ले पराजित गरे । 

    त्यस्तै पुरुष एकल तर्फका अन्य खेलमा चेकरिपब्लिकका थोमस बर्डिच, अष्ट्रियाका डोमिनिक थिम, अष्ट्रेलियाका बर्ननार्ड टोमिक, जर्मनी अलेक्जेण्डर भेरेभ पनि आ–आफ्नो खेलमा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।


    सोहि प्रतियोगिताको महिला एकल तर्फ तेस्रो बरियाताकी पोल्याण्डकी एग्निएस्का राडवान्स्काले युक्रेनकी काटेरिना कोज्लोभालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाईन् । अन्य खेलमा स्विजरल्याण्डकी बेलिन्दा बेन्किक, चेकरिपब्लिककी पेट्रा भिटोभा, बेलायती जनाथन कोन्टा, रसियन अनास्तासिया पाब्लुचेन्को र क्यानाडाकी ईग्युईन बोउचार्डले पनि आ–आफ्नो खेल जित्दै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।  

    मेसीद्धारा अन्तराष्ट्रिय फुट्बलबाट सन्यासको घोषणा



    १३ असार / कोपा अमेरिका कप फुट्बलको फाइनलमा टाइब्रेकरमा आफ्नो पेनाल्टी बाहिरीए सँगै अर्जेन्टिनाका कप्तान तथा स्टार लियोनल मेसीले अन्तराष्ट्रिय फुट्बल बाट सन्यासको घोषणा गरेका छन् ।

     निर्धारीत र अतिरीक्त समय सम्म गोल रहित बराबरी भएपछि भएको टाइब्रेकरको पहिलो प्रहारमै मेसी चुकेका थिए । चिलीका आरटुरो भिडालको प्रहार अर्जेन्टायन गोलकिपरले उत्कृष्ट ढंगबाट बचावट गरेपनि मेसीको पहिलो प्रहार नै दाँया साइडको माथिल्लो पोल बार बाट बाहिरीएको थियो ।

     लगातार तीन पटक फाइनलमा पुगेर पनि उपाधि दिलाउन नसकेका मेसी त्यसपछि दबाबमा रहेका थिए । त्यसपछि उनी पटक पटक रुएका थिए । चिलीको पनि पहिलो प्रहार विफल भएकोले उनको असफलता पछि पनि आसामै रहेपनि लुकास विग्लीयाको प्रहार चीलीका गोलकिपरले बचावट गरेसँगै अर्जेन्टिना निसाश भएको थियो । त्यहि कारण मेसीले आँफुले राष्ट्रको लागि धेरै गरेको र अब केहि गर्न नसक्ने भन्दै सन्यासको घोषणा गरेका थिए । 

     क्लब फुट्बलमा स्पेनिस क्लब बार्सिलोनाका लागि दर्जनौ उपाधि दिलाएका उनले आफ्नो देशका लागि उपाधी दिलाउन नसकेपछि सन्यास लिनुलाई कतिपयले स्वभाबिक नै भनेका छन् । गत बर्ष सम्पन्न विश्वकप फुट्बलको फाइनमा पनि आशा गरिएको उपाधी अन्तीम समयमा जर्मनीलाई सुम्पिएको अर्जेन्टिनाका लागि यो त्यसलाई मलम लगाउने रुपमा लिइएको थियो । 

    समाजसेवामा रमाउने उप्रेती

      दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...