Saturday, January 2, 2016

बाह्र खेलाडीलाई फष्ट डान

1382175_879636252154609_1133593451421960128_n१७ पुस,दमक/ सगरमाथा मल्टि मार्सलका १२ खेलाडीलाई फष्ट डान प्रदान गरिएको छ ।

उनीहरुलाई नेपाल राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव राजकुमार कार्कीले सो टाइटल प्रदान गरेका हुन् । 

एकेडेमीले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई आज उक्त टाइटल प्रदान गरेको हो ।

टाइटल पाउनेहरुमा मन बहादुर कट्वाल,मिलन खतिवडा,टिका पराजुली,विरेन चौधरी,निरज चौहान,संदेश राई,महेश कुमाल,दिपर्शन पाण्डे,मन्दिप राई,निशान राई,आशा राई र यादव चौधरी रहेका छन् । कार्यक्रममा एकेडेमीका संस्थापक अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी दीपक धिमालले विश्वका कुनैपनि प्रतियोगिताबाट मेडल ल्याउने उदेश्यले एकेडेमी स्थापना गरेकाले एकेडेमीले अझै धेरै गर्न बाँकी रहेको बताए । उनले आफ्ना खेलाडी निकट भविष्यमै अमेरिका,बेलायत,क्यानडा जस्ता मुलुकमा प्रतिस्पर्धाका लागि जाने बताए ।

Wednesday, December 30, 2015

दमकमा टोपी दिवस मनाइने


दमक/ राष्ट्रिय टोपी दिवसको अभियान अन्तरगत दमकमा टोपी रयाली निकालीने भएको छ । जनवरी १ तारीक अर्थात मंसिर १७ गते शुक्रबारका दिन राष्ट्रिय टोपी दिवसको अभियान अन्र्तगत रयालिको आयोजना गर्न लागिएको हो । जिवन चत्र समाज नेपालको आयोजनामा हुन लागेको सो रयालीमा टोपी सहित सहभागिहुन आयोजकले सबैलाई आग्रह गरेको छ । मंसिर १७ गते विहान ७ बजे दमकको गणतन्त्र चौकमा कार्यक्रमको अयोजना गरिएको समाजका अध्यक्ष गणेश गौतमले जानकारी दिए । युवा पुस्ताहरुमा टोपीको महत्व घटदै जाँदा राष्ट्रिय पहिचान माथिनै संकट उत्पन्न भएको भन्दै सो दिन मुलुकका बिभिन्न स्थानमा कार्यक्रमको अयोजना गरिदै आएको छ ।

Tuesday, December 29, 2015

न्यानो कपडा वितरण

१४ पुस,दमक/  नेपाली कांग्रेस तोपगाछी गाँउ समितिले मंगलबार स्वीटर वितरण गरेको छ । कमला मदन आश्रित स्मृती उच्च मावि तोपगाछी ८ का विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गरेको हो । पार्टीले गएको तिहारमा संचालन गरेको देउसी भैलो कार्यक्रमबाट प्राप्त सहयोगको केहि रकमले विपन्न, दलित तथा सिमान्तकृत समुदायका २० जना बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । वितरण कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद महेन्द्रा कुमारी सुब्बाको प्रमुख उपस्थिती रहेको थियो । सो अवसरमा सांसद सुब्बाले मुलुकको आमुल परिवर्तनको मुख्य थलो शिक्षा क्षेत्र राजनीति मुक्त हुनपर्ने बताइन । आजका बाल बालिका भोलीको समुन्नत समाज निर्माणका संम्बाहक भएकाले उनिहरुलाई समय अनुकुल शिक्षा आवश्यक रहेको बताइन । नेपाली कांग्रेस गाँउ समिति सभापति पूर्णमान श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रमा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । गाउँ समिति सचिब लोकनाथ खनालले स्वागत गरेको कार्यक्रमा महासमिति सदस्य राजन बहादुर ढुङाना, झापा बाणिज्य संघ तोपगाछी शाखा अध्यक्ष पृथ्वीध्वज डाँगी, प्याब्सन झापाका कोषाध्यक्ष गौरीमान फागो विद्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहाल, नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि जिवन न्यौपाने लगायतले बोलेका थिए ।

Monday, December 28, 2015

वुद्धिचालतर्फको उपाधी युनिसलाई



१३ पुस,दमक/  दमक बहुमुखी क्याम्पसमा जारी खेल सप्ताह

अन्तरगत बुद्धिचाल तर्फको उपाधी युनिस पौडेलले जितेका छन् । उनले ४ दशमलव ५ अंक जोडे । सोमबार सम्पन्न पाँचौ तथा अन्तिम राउण्डमा पहिलो बोर्डमा खेलेका उनले दिपक भट्टराईलाई पराजित गरेपछि उपाधी जितेका हुन् । उपाधिका लागि जित्नै पर्ने दबाबमा रहेका उनले भट्राईको ब्लण्डर मिष्टेकमा क्विन खाएपछि जीत निश्चित गरेका थिए । भट्टराईले भने उपाधीका लागि खेल बराबरी मात्र गरेपनि पर्याप्त हुने थियो । तर क्विन गुमाए लगत्तै उनी निराश भए । यद्यपी उनी दोस्रो भने हुन सफल भए । भट्टराईले लगातार चार खेल जितेका थिए । त्यस्तै उपाधी जित्ने आशा गरिएका सविन आचार्य भने तेस्रो भए । लगातार तीन राउण्ड सम्म अपराजित रहेका उनी चौथो राउण्डको पराजयसँगै पाँचौ तथा अन्तिम राउण्डमा जित निकालेपछि तेस्रो भएका हुन् । प्रतियोगितामा चौथो स्थान हासिल गर्दै राकेश निरौलाले सान्तोना पुरस्कारको हकदार बनाए । दोस्रो देखी चौथो हुने सबैको समान चार अंक भएपनि प्रोगेसिव प्वाइण्टको आधारमा स्थान तय भएको थियो । प्रतियोगितमा कुल ३२ खेलाडीको सहभागिता रहेको थियो । कार्यक्रममा बुद्धिचाल खेल संयोजक विश्वराज अधिकारी,क्याम्पस संचालक समिती सदस्य तथा खेल उपसमिति संयोजक पदम जवेगु,सदस्य टंक प्रसाद भट्टराई,भवकृष्ण खतिवडा,राष्ट्रिय खेलाडी तथा प्रशिक्षक भुपेन्द्र निरौला निरज लगायतको उपस्थिती रहेको थियो ।

Friday, December 25, 2015

जेम्स कपमा पाँच खेलाडीको अग्रता


उत्तम रिजाल
१० पुस,दमक / दमकको झापा मोडल उच्च माविमा जारी
जेम्स कप खुला विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा पाँच खेलाडीले अग्रता लिएका छन् । शुक्रबार पहिलो दिन तीन राउण्ड सम्मको खेल सकिदा सम्म आयोजक झापा मोडलका कान्छा खेलाडी सुरेन सुब्बा र दिप्सन लिम्बु तथा सनसाइन उर्लाबारीका आदेश दाहाल,खुसी मुखिया र आशिष पाण्डे समान ३ अंकका साथ अग्र स्थानमा रहेका छन् । उनीहरुले आफ्ना तीनै खेल जितेका छन् । तेस्रो राउण्डमा पाँचौ बोर्डमा खेलेका कान्छा खेलाडी सुरेन सुब्बाले ग्लोबलका छत्र खड्का लाई पराजित गर्दा दोस्रो बोर्डमा खेलेका दिप्सनले सैलेश दुलाललाई माथ दिएका थिए । त्यस्तै पहिलो बोर्डमा खेलेका आदेशले सन्देश खड्कालाई , खुसीले आयोजकका आलोक गौतमलाई पाखा लगाएका थिए । त्यस्तै अन्य बोडमा प्रतिस्पधा गरेका खेलाडीहरु मध्ये प्रज्वल बस्नेत र सिद्धार्थ राईले तेस्रो राउण्डमा जित निकाल्दै साढे दुई अंक बनाउन सफल भए । दुई राउण्ड सम्म कम्जोर प्रदर्शन गरेका नविन आचार्य , मिशन दाहाल, उत्सब ओली , सुशान्त भण्डारी, समिर खड्का, श्रृजन खड्का र डिक्चेन लिम्बुले भने तेस्रो राउण्डमा जित निकाल्दै उपाधी आशा जिवितै राखेका छन् । उनीहरुको समान दुई अंक रहेको छ । पहिलो र दोस्रो राउण्डमा लज्जास्पद हार बेहोरेका सदिक्षा सिग्देल,स्मिता सुब्बा,आदित्य दाहाल,कृपा अधिकारी र जनम आचार्यले भने तेस्रो राउण्डमा जित हात पार्दै खाता खोलेका छन् । प्रतियोगितामा झापा र मोरङका गरी नौ विद्यालयका ५४ जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी झापा जिल्ला बुद्धिचाल संघका सचिव झमक प्रसाद प्याकुरेल,सनसाइन बोडिङ स्कुलका प्रिन्सिपल दिपक दंगाल,दमक पब्लिक लाइबेरीका अध्यक्ष भेषराज न्यौपाने,रोटरी क्लब दमकका अध्यक्ष नविन कुमार श्रेष्ठ,नेपाल राष्ट्रिय बाणिज्य संघ दमकका अध्यक्ष भरत चौलागाई ग्लोबल उच्च माविका शिक्षक गोपाल तामाङ , आरविटर तथा प्रशिक्षक भुपेन्द्र निरौला निरज लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथी तथा प्रमुख अतिथीहरुलाई कार्यक्रमका सभापती तथा झापा मोडलका प्रिन्सिपल सनम श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए । आज चार राउण्डका खेल हुने छन् । 

Tuesday, December 15, 2015

अख्तियारविरुद्ध कनकमणि सर्वोच्चमा, विधिलाई मिचेर सम्पत्ति विवरण मागेको आरोप

 
कनकमणि दीक्षित२९ मंसिर, काठमाडौं । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

अख्तियारले आफूलाई बोलाएर सम्पत्तिविवरण माग्ने कार्य विधि र कानूनसम्मत नरहेको भन्दै उनले सर्वोच्चको ढोका ढक्ढक्याएका हुन् । अकुत सम्पत्तिको आरोपमा दीक्षितसहित २९ प्रभावशाली व्यक्तिहरुलाई अख्तियारले बयानका लागि बोलाएको थियो ।

गत बिहीहबार आफू अख्तियारमा पुग्दा कुनै आरोपबेगर एकाएक सम्पत्ति-विवरण फाराम थमाइएको उनले बताए । ‘देशको संवैधानिक अंग भएको हिसाबले म अख्तियारलाई सम्मान गर्छु । तर, उसका क्रियाकलापहरु पनि विधिसम्मत गर्नुपर्छ’ । उजुरीकर्ताको नाम नखुलाई उजुरीबारे अख्तियारले जानकारी दिनुपर्ने उनको माग छ । उनले भने-कुनै आरोप नलाइकन जोकसैलाई बोलाएर सम्पत्ति विवरण माग्ने अधिकार अख्तियारसित पनि छैन ।’
सर्वोच्चले अख्तियारको कदम विधिसम्मत ठहर्‍याए तुरुन्तै सम्पत्ति विवरण उपलब्ध गराउन तयार रहेको पनि दीक्षितले बताए । ‘मसित सम्पत्ति विवरण तयारै छ, कुनै पनि क्षण दिन सक्छु,’ उनले भने । वरिष्ठ पत्रकार दीक्षितलाई अख्तियारले साझा यातायातको अध्यक्षका हैसियतमा पत्र काटेको हो । अख्तियारप्रमुख लोकमान सिंहको नियुक्तिका बेला दीक्षित विरोधमा उत्रेका थिए ।

हाेहल्लाकाबीच संविधान संशोधन र पुननिर्माण प्राधिकरण विधेयक संसदमा टेवल


काठमाडौं / होहल्ला नाराबाजी र वेल घेराउकाबीच संविधान
संशोधन विधेयक र पुननिर्माण प्राधिकरण विधेयक संसदमा टेवल भएको छ। मंगलबार बसेको व्यसस्थापिका संसद बैठकमा मधेसी दलका सांसदको नाराबाजी, होहल्ला र वेल घेराउकाबीच दुवै विधेयक टेवल भएका हुन्।

संसद बैठक सुरु हुनासाथ मधेसी मोर्चा आबद्ध दलका सांसदले नाराबाजी र वेल घेराउ गरेका थिए। उनीहरुको अबरोधकाबीच सभामुख ओनसरी घर्तीले संसद बैठक सुचारु गरिन्। बैठकमा विधायन समितिकी सभापति गंगा चौधरीले पुननिर्माण प्राधिकरण विधेयकको प्रतिवेदन संसदमा टेवल गराएकी थिइन्। यसैगरी कानुन मन्त्री अग्नी खरेलले नेपालको पहिलो संविधान पहिलो संशोधन विधेयक संसदमा टुलव गराएका थिए।

संसदमा दुवै विधेयध टेवल भएपछि सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले नाराबाजी, होहल्ला र वेल घेराउ गरेपछि संसद बैठक चल्न नसक्ने नियम विपरित प्रमुख दलहरुले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै आफूहरुलाई पेलेर जान खोजेको बताए। व्यवस्थापिका संसद कार्यसंचालन नियमावलीमा बैठकमा एकजनामात्र सांसद उठेर विरोध गरेपनि संसद बैठक चल्न नसक्ने उल्लेख छ।

यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुननिर्माण प्राधिकरण विधेयक पारित गराउन सहयोग गर्ने निर्णय गरेको थियो। तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पुननिर्माण प्राधिकरण विधेयक र संविधान संशोधन विधेयकसँगसँगै पारित गर्नुपर्ने अडान राखेको थियो। जुन मागमा मोर्चा सहमत थिएन्। कांग्रेसले आफ्नो अडान नछोडेपछि दुवै विधेयक एकैपटक संसदमा टेवल गरिएको हो।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...