Tuesday, September 15, 2015

हिन्दुवादीहरुको आन्दोलनसँग झुके प्रधानमन्त्री


हिन्दु राष्ट्र हुनुपर्ने माग सहित आन्दोलनमा रहेका हिन्दुवादीहरुको आन्दोलनसँग प्रधानमन्त्री शुशील कोइराला झुकेका छन् । हिजो मात्र संविधान सभामा हिन्दु राष्ट्र पक्षको प्रस्ताव अस्विकृत भएको थियो । त्यस लगत्तै आमरण अनशनमा बसेका युवाहरुको जीवनको वेवास्ता गरेको भन्दै हिन्दु युवाहरु सहितको हिन्दुवादीहरुले वानेश्वरमा निकालेको विशाल विरोध र्याली तथा हिन्दु वादीहरुको आजको दवावले प्रधानमन्त्री कोइरालाले संविधानमा धर्म निरपेक्ष नराख्ने प्रतिवद्धता जनाएका हुन् । 

प्रधानमन्त्री र मन्त्री बन्न शैक्षिक योग्यता आवश्यक नपर्ने



 नेपालमा प्रधानमन्त्री र मन्त्री बन्न कुनै पनि शैक्षिक योग्यता आवश्यक नपर्ने भएको छ । धारा ७८ मा प्रधानमन्त्री र मन्त्री हुन न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण गरेको हुनु पर्ने संशोधन प्रस्ताव फिर्ता भएपछि त्यस्तो ब्यवस्था हुने भएको हो । अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले दर्ता गराएको संशोधन प्रस्ताव आजको बैठकको शुरुमा आफ्ना बाँकि संशोधन प्रस्ताव अभिलेखमा रहने गरी फिर्ता लिएपछि प्रधानमन्त्री र मन्त्रीको योग्यताको प्रस्ताव मस्यौदाबाट हटेको हो ।

झापाको तीन बेग्लाबेग्लै स्थानमा बम,दुई वटा विष्फोट

 झापाको तीन बेग्लाबेग्लै स्थानमा राखिएको तीन वटा बममध्ये दुई वटा विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयबाट प्राप्त जानकारीअनुसार बम गौरादहको चर्च, दमकको चर्च र सुरुङ्गाको चर्चमा राखिएको थियो। दमकको चर्चमा राखिएको बम गएराति ११ः३० बजे विष्फोट भएको थियो । विष्फोटबाट चर्च र मानवीय क्षति नभएको उपरीक्षक ज्ञवालीले जानकारी दिए। यसैगरी सुरुङ्गाको चर्चमा राखिएको बमलाई निस्क्रिय गर्ने क्रममा सुरुङ्गा प्रहरी चौकीकै परिसरमा मंगलबार बिहान ७ः४० बजे भएको विष्फोटबाट प्रहरी सहायक निरीक्षक बेदनाथ यादव, प्रहरी हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल सामान्य घाइते भई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ। घाइते खतरामुक्त रहेको प्रहरी उपरीक्षक  ठाकुरप्रसादज्ञवालीले जानकारी दिए। घटनाका विषयमा र बम कसले राखेको हो त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी बताएको छ। रासस

संचारकर्मीसँग प्रधानमन्त्री कोइराला आक्रोशित

काठमाडौं/  राष्ट्रपति डा. रामबरण यादवसँग भेट गरेपछि प्रधानमन्त्री सुशील कोइराला निकै आक्रोशित देखिए। मंगलबार राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुगेका प्रधानमन्त्री कोइराला राष्ट्रपति कार्यालयबाट बाहिरिने क्रममा आक्रोशित भएका हुन्।
राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घण्टा भेटवार्ता भएको थियो । भेटवार्तापछि संचारकर्मीसँग प्रधानमन्त्री कोइराला आक्रोशित रुपमा प्रस्तुत भए। प्रधानमन्त्रीलाई संचारकर्मीले भेटवार्ताका विषयमा प्रतिक्रिया माग गरेका थिए। संचारकर्मीले प्रधानमन्त्रीलाई संविधान कहिले आउँछ भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्रीले आक्रोशित हुँदै भने,'संविधान कहिले आउँछ भन्ने कुरा सभामुखलाई सोध्नुस।'
PM koirala comming out after meeting with President 02
शीतल निवासबाट बाहिरिने क्रममा प्रधानमन्त्री । तस्बिर केशव थाेकर
प्रधानमन्त्री आक्रोशित भएपछि संचारमकर्मीले प्रधानमन्त्रीलाई रिसाएजस्तो देखियो नी भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रधामन्त्रीले आफ्नो बोली नै यस्तै भएको बताएका थिए। राष्ट्रपतिसँग के विषयमा छलफल भयो भन्ने संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने,'के के के कुरा भयो तपाइहरुलाई सबै बताउँ ?'  राष्ट्रपतिसँग भेटगरी बाहिर निस्कने क्रममा राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतले प्रधानमन्त्रीसँग केहीबेर भला कुसारी गरेका थिए। 

भारत र अमेरिकाद्धारा संविधान निर्माण प्रगतिको स्वागत

काठमाडौं/  भारत र अमेरिकाले नेपालमा संविधान सभाबाट हासिल भएको
संविधान निर्माण प्रगतिको स्वागत र प्रशंसा गरेका छन्। दुवै मुलुकले सोमबार राति विज्ञप्ति जारी नयाँ संविधानको दिशामा नेपालमा भइरहेको प्रगतिमा खुशी व्यक्त गरेका हुन्।

संविधान निर्माणका लागि नेपाली नेताहरुले प्रदर्शन गरेको परिपक्व र बुद्धिमानी व्यवहारको दक्षिणी छिमेकी भारतले सरहना गरेको छ।

भारतले सधैँ नेपालमा शान्ति, स्थायित्व, एकता र विकासमा सहयोग गर्दै आएको छु, भारतीय विदेश मन्त्रालयले सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, दुई देशकयता नेपालमा हिंसा, अस्थिरता, आन्तरिक द्वन्द्व र राजनीतिक विवादको पनि हामी साक्षी छौं, जसले नकारात्मक परिणमहरु समेत दिएका छन्।

राजनीतिक वा प्राकृतिक सबैखाले संकटमा नेपाललाई सहयोग गर्नु भारतले आफ्नो कर्तव्य ठान्ने विज्ञप्तिमा उल्लेख छ। विदेश मन्त्रालयले तराई हिंसाको नाम उल्लेख नगरी नेपालका केही भागमा भइरहेका आन्दोलन तथा संघर्षले चिन्तित भएको जनाएको छ । भारत मात्र होइन यस्तो अवस्थामा संसारका कुनै पनि मानवतावादी देश चिन्तित हुन्छन्, विज्ञप्तिमा उल्लेख छ। भारतले संघर्षका नाउँमा नेपाली नागरिक होस् वा सरकारी कर्मचारी सबै घटनामा बगेको रगत नेपालीकै भएकोु बताएको छ।

भारतले आधुनिक नेपाल निर्माणका लागि स्थायी तथा मजबुत संविधान आवश्यक भएको औंल्याएको छ। उसले भनेको छ, नेपाली नेतृत्वले त्यस्तो संविधान निर्माण गर्न कुनै कसर बाँकी छाड्ने छैनन्।

संविधान सभामार्फत् नयाँ संविधान जारी हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बेला सोमबार राति नै अमेरिकी विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै नयाँ संविधान नेपालले नेपालको विकासमा आधारशीला खडा गर्ने विश्वास व्यक्त गरेको छ।

विदेश मन्त्रालयका प्रवक्ता किर्वाइले वक्तव्य जारी गरेका हुन्। नेपालमा संविधान लेखन र जारी गर्ने प्रक्रियाको अन्तिम घडिमा आइपुग्दा भइरहेका बहसहरुलाई अमेरिकाले नजिकबाट हेरिरहेको छु, विज्ञप्तिमा भनिएको छ, संयुक्त राज्य अमेरिकाले लोकतान्त्रिक संक्रमण अन्त्य गर्ने र आर्थिक विकासको आधारशीला खडा गर्ने यो प्रक्रियाको महत्वलाई बुझेको छ।

संविधानमा सकेसम्म धेरैको समर्थन हुनुपर्ने र यसले लैङ्गिक समानता र मौलिक जस्ता आधारभूत स्वतन्त्रताका हकहरु समेट्नुपर्ने अमेरिकाले उल्लेख गरेको छ। तराईमा भइरहेको हिंसाको नाम नलिइकनै अमेरिकाले भनेको छ, हामी सबै नागरिकलाई शान्तिपूर्ण र अहिंसात्मक हिसाबले आफ्ना कुरा राख्न र सुरक्षाकर्मीलाई संयम अपनाउन अनुरोध गर्छौं ।

राजसंस्था राख्नुपर्ने प्रस्ताव संविधानसभाबाट अस्वीकृत


२९ भदौ काठमाडौं/  संविधानसभाबाट राजसंस्था  राख्नुपर्ने प्रस्ताव

बहुमतले अस्वीकृत भएको छ। मंगलबार बसेको संविधानसभाको बैठकमा संविधानसको परिमार्जित विधेयकमाथिको संशोधन प्रस्तावमाथिको मतदानका क्रममा राजसंस्थालाई निरन्तरता दिने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था राख्ने प्रस्ताव बहुमतले अस्वीकार गरेको हो।  यसैबीच मंगलबारसम्म संविधानको परिमार्जित विधेयकमाथिको मतदानका क्रममा ६५ धारा पारित भइसकेका छन्। मंगलबार विहान सबा दश बजेबाट सुरु भएको बैठकले आठवटा धारा पारित गरेको हो।

यसैबीच संविधानसभाको बैठक स्थगित गरेको करिव दुई मिनेटको लागि व्यवस्थापिका संसदको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री नरहरि आचार्यले भूकम्पबाट क्षतिग्रस्त संरचना निर्माणको लागि पूननिर्माण विधेयक संसदमा पेश गरेका छन्। व्यवस्थापिका संसदको अर्को बैठक साँझ सात बजे बस्ने गरी स्थगित भएको छ।

खुल्ला मञ्चमा अनशनकारी हिन्दुवादीले पत्रकार सम्मेलन गर्दै

२९ भदौ , आगामी संविधानमा नेपाललाई हिन्दु राष्ट्र लेख्न
माग गर्दै विगत १६ दिन देखि आमरण अनशन बसेका चार युवाहरुको माग सम्बोधन नभएकोले आज त्यस विषयमा जानकारी दिन उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार संमेलन अनशन स्थल खुल्ला मञ्चमै गरिने आयोजक राष्ट्रि हिन्दु युवा मञ्चले जनाएको छ । मुलुकै भरी सनातन देखि नै मानि आएको हिन्दु राष्ट्र हुनुपर्ने भनि आएको आवाजको बेवास्ता गरेको र बहु संख्यक जनताले हिन्दु राष्ट्र हुनु पर्ने भनेर आवाज उठाउँदै अमरण अनशन तथा शान्तिपुर्ण आन्दोलन गरिरहेपनि हिजो मात्र संविधान सभा बाट हिन्दु राष्ट्र हुनुपर्छ भन्ने प्रस्ताव अस्विकृत भएको थियो । हिन्दुवादीहरुले मुलुक विखण्डनको बाटोतर्फ लगेको र आँफुहरुको मागको वेवास्था गरेका कारण आजबाटै थप शशक्त आन्दोलनको तयारी सहीत आन्दोलन थप चर्काउने बताइएको छ । संविधान सभाबाट हिन्दु राष्ट्र अस्विकृत भएको दिन नै मुलुकका विभिन्न स्थानका चर्चहरुमा बम विष्फोट भएकाले आन्दोलनले अर्कै रुप लिने देखिएको छ । 

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...