Thursday, July 6, 2023

समाजसेवामा रमाउने उप्रेती


 दमक।  जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । २०३८ सालमा ईलाममा जन्मिनु भएका उप्रेती नेपालमा हुँदा फुटबल खेल्ने गर्नु हुन्थ्यो ।

हाल अमेरिकामा दैनिकी चलाउदै आउनुभएका उप्रेती समाजसेवामा रमाउनु हुन्छ ।

चितवनबाट कृषि जेटिए र मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीबाट भेटेरिनरी जेटिए अध्ययन पुरा गर्नु भएका उप्रेती अमेरिका गएको १५ बर्ष भयो ।

अमेरिकामा दैनिकी चलाउने उप्रेतीको सोचाई भने हर क्षण नेपाल कै लागि हुन्छ । उहाँ फुर्सदको समयमा आफ्ना दौतरीहरुलाई सम्झनु हुन्छ । र योजना बनाउनु हुन्छ । उप्रेतीले बनाएका थुप्रै योजनाहरु छन् ।

उहाँको योजना बमोजिम नै नेपाल आए लगत्तै नेपाली रेफ्रीहरुलाई फुटबल खेलाउन सहज होस भनेर आफ्ना खेल मैदानमा सँगै फुटबल खेल्ने सहपाठी तथा रेफ्री लिला बाँसकोटालाई रेडियो ब्लुतुथ कम्युनिकेशन दिनुभयो । उहाँले यतिमा मात्रै चित्त बुझाउनु भएन् । उप्रेतीले एउटा गतिलो चेन्जिङ बोर्ड समेत उपलब्ध गराउनुभयो ।

उप्रेतीले यतिमा मात्रै आफुलाई रोक्नु भएन्। उहाँले मोरङको एउटा क्लबलाई डिजिटल चेन्जिङ बोर्ड र नेपालको राष्ट्रिय फुटबल टोलीका लागि खेलाडीहरूको पोजिशन पत्ता लगाउने ईण्डिकेटर समेत प्रदान गर्नुभयो । उप्रेती जहाँ जहाँ जानुहुन्छ त्यहाँ केहीनकेही सहयोग गरिहाल्नु हुन्छ ।

उहाँ नेपाली खेलकुद माथि उठाउने सपना बोकेर हिडिरहनु भएको छ। भविष्यमा कुनैपनि कमि नहोस भनेर दैनिक सोच्ने उप्रेती नेपाली फुटबल विकासका लागि मात्र नभई समाजसेवाका लागि पनि उतिकै खर्चने गर्नुहुन्छ ।

उप्रेतीको सपना छ कि, बुबा आमा नभएका कोहीपनि पढ्नबाट बन्चित नहुन् । यदि कोही त्यस्तो भए आफू पढाईदिने उद्घोष गर्ने उहाँ निकट भविष्यमा ग्रामिण क्षेत्रका लागि एम्बुलेन्स प्रदान गर्ने सोचमा पनि हुनुहुन्छ ।

डिल्लीराम उप्रेती र कृष्णमाया उप्रेतीका एक मात्र सन्तान उप्रेतीको समाजसेवा र नेपाली फुट्बल विकास प्रतिको चाहाना पूरा होस् , शुभकामना ।

Friday, December 23, 2022

एभनिर एफसी जय हुमागाई स्मृति गोल्डकपको सेमिफाईनलमा

उत्तम रिजाल, झापा।  क्यामरुनको एभनिर एफसी झापाको दमकमा जारी प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । उसले बिवाईसी बेलडाँगीलाई पाँच शुन्यले पराजित गर्दै सेमिफाईनल प्रबेश गरेको हो । खेलको शुरुवातदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको एभनिरले दोश्रो मिनेटमै अग्रता लिएको थियो ।

उसका गिनीले गोल गर्दै खाता खोलेका थिए । त्यसपछि टिम्बा टिम्बाले १७ औं मिनेटमा गोल गर्दै खेलमा एभनिरलाई दुई शुन्यको अग्रता दिलाए । टिम्बाले हेड मार्फत दर्शनीय गोल गरेका थिए । त्यसपछि झनै आक्राम देखिएको उसले २७ औं मिनेटमा स्टेफनको गोलबाट अग्रता तेब्बर बनाएको थियो ।

उता बिवाईसीका खमिर गिल्शन कन्दङ्गवा १३ औ मिनेटमा गोल गर्न चुके भने राहुल राईले ३१ औं मिनेटमा वान भर्सेस वानमा पनि गोल गर्न नसक्दा पहिलो हाफमा बिवाईसी तीन शुन्यले पछि परेको थियो । पहिलो हाफमा तीन शुन्यले पछि परेको बिवाईसीले दोश्रो हाफमा केहि सुधारिएको खेल प्रदर्शन गरेपनि एभनिरका सोङ्गलाई रोक्न सकेन् ।

सोङ्गले दोश्रो हाफको ३६ औं र ३७ औं मिनेटमा गोल गर्दै एभनिर एफसीलाई पाँच शुन्यको जित दिलाए । नेपालका चर्चित खेलाडीहरु देवेन्द्र तामाङ्ग,सुनिल खड्का, पुजन उपरकोटी, रुपेश केसी, अशोक खबास, बर्तमान राई एन्जल गुरुङ्ग लगायतका खेलाडी मैदानमा उत्रिएपनि बिवाईसी एभनिर विरुद्ध निरीह देखिएको थियो ।

जितसँगै एभनिरले सिरहाको सल्हेस युवा क्लबसँगको भेट पक्का गरेको छ । खेलको म्यान अफ द म्याच विजयी टिमका जर्सी नम्बर २२ का स्टेफन भए । उनले नगद पाँच हजार हात पारे । शनिवार अन्तिम चार प्रबेशका लागि युकेएफसी दार्जेलिङ्ग र उपाधि दाबेदार बिवाईएससी मिनिसोटा अमेरिका आमनेसामने हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ५ लाख हात पार्नेछ भने उपविजेताले नगद ३ लाख हात पार्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार र विधागततर्फका उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार प्राप्त गर्ने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल, भारत, अमेरिका र क्यामरुनका गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको आयोजना जय हुमागाई मेमोरियल ट्रष्टले गरेको हो ।

Wednesday, December 21, 2022

सल्हेस युवा क्लब सिरहा प्रथम जय हुमागाई गोल्डकपको सेमिफाइनलमा

 


उत्तम रिजाल,झापा।  सल्हेस युवा क्लब सिरहा झापाको दमक-३ स्माथित भुटानी शरणार्थी शिविरमा जारी प्रथम जय हुमागाई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।

आज सम्पन्न उद्घाटन खेलमा झापाको विर्तामोड युनाइटेड फुटबल क्लबलाई टाईब्रेकरमा ४-२ ले पराजित गर्दै सल्हेसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

निर्धारित समय सम्म गोल रहित बराबरी भएपछि खेल टाईब्रेकर सम्म पुगेको थियो । टाईब्रेकरमा सल्हेसका लगातार चार पेनाल्टी गोलमा परिणत भएको थियो भने विर्तामोडका शुरुवाति दुई पेनाल्टी बाहिरिएको थियो । सल्हेसका फोडे फोफोना, रितिक खड्का, सिमान्त थापा र अजय मार्टिनले गोल गरेका थिए ।

पराजित विर्तामोडकातर्फबाट बिक्रम तामाङ र पदम भट्टराईले मात्र गोल गरेका थिए। खेलको म्यान अफ द म्याच विजयी टिमका जर्सी नम्बर २ का सिमान्त थापा भए। उनले नगद ५ हजार प्राप्त गरे । भोलि अन्तिम चार प्रबेशका लागि भुटानी शरणार्थी शिविर पथरी र शान्तिनगर एफसी सुनसरी आमने-सामने हुनेछन् । प्रतियोगिताको विजेताले नगद ५ लाख र उप-विजेताले नगद ३ लाख प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार हात पार्दा विधागततर्फका उत्कृष्ट खेलाडीले नगद ७ हजार हात पार्ने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल, भारत, क्यामरुन र अमेरिकाका गरि ८ टिमको सहभागिता रहेेको यस प्रतियोगिताको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले उद्घाटन गर्नु भएको थियोे ।

सो क्रममा स्वर्गीय जय नारायण हुमागाईको प्रतिमा स्तभको प्रमुख अतिथि न्यौपानेले अनाबरण पनि गर्नु भएको थियोे । सो खेल मैदान करिब ३५  लाख लगानीमामा स्वर्गीय हुमागाईका सुपुत्र शिव हुमागाई र उनको परिवारले निर्माण गरेको हो । त्यहाका दुई तीन वटा रुख हटाईएमा हुमागाई परिवारले अन्तरास्ट्रिय स्तरको प्याफिटसहितको रंगशाला बनाईदिने  पनि बताएका छन् ।

Monday, December 19, 2022

भुटानी शरणार्थी शिविर दमकमा गोल्डकप हुने


झापा। झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा यहि पुस ६ गतेदेखि १३ गते सम्म प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिता संचालन हुने भएको छ । सो को तयारी पुरा भएको पनि आयोजकले जनाएको छ । पत्रकार मञ्च दमकमा सोमबार प्रत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । करिब ३३ लाख ५० हजार खर्च लाग्ने अनुमानसहित संचालनको तयारी गरिएको सो प्रतियोगितामा क्यामरुन, भारत, अमेरिका र नेपालका गरी ८ टिमको सहभागिता रहने आयोजक जय हुमागाई मेमोरियल ट्रष्टका अध्यक्ष शिव हुमागाईले जानकारी दिनुभयो ।    उहाँका अनुसार प्रतियोगितामा एभनीर एफसी क्यामरुन, सल्हेस युवा क्लब सिरहा, बीवाइसी बेलडाँगी, विर्तामोड युनाईटेड झापा, युकेएफसी दार्जेलिङ्ग, शान्तिनगर एफसी सुनसरी, बिवाईएससी मिनेसोटा अमेरिका र पथरी शनिश्चरे मोरङ्गको सहभागिता रहने ट्रष्टका अध्यक्ष हुमागाईले जानकारी दिनुभयो । उहाँले प्रतियोगिामा नेपालका एडिभिजन क्लबका खेलाडीहरुको पनि सहभागिता रहने जानकारी दिनुभयो । कुनै एडिभिजन क्लबको सहभागिता नभए पनि ए डिभिजन राष्ट्रिय लिग नभएकाले नेपाली टिममा राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता रहने बताउनुभयो । प्रतियोगिताको विजेताले नगद ५ लाखसँगै ट्रफी तथा उप–विजेताले नगद ३ लाख हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद २५ हजार, सर्बाधिक गोलकर्ताले नगद ७ हजार र म्यान अफ दि म्याचले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा उपाधि दाबेदार टोली सल्हेस युवा क्लब सिरहा र विर्तामोड युनाईटेड आमनेसामने हुनेछन् । खेल शिविर भित्रको बेलडाँगी खेल मैदानमा हुने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो ।

Friday, November 4, 2022

झापाको विजयी शुरुवात

   


शरणामति। झापाको झापा गाउँपालिका ६ स्थित जनता माविको खेलमैदानमा जारी प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगितामा झापाले विजयी शुरुवात गरेको छ। उसले झापाकै मेचीनगर नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको झापाले दोस्रो सेट २५-२० र तेस्रो सेट २५-११ ले आफ्नो पक्षमा पारेको थियोे ।  जितसँगै झापा प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको छ । झापाका रोशन शिवाकोटी म्यान अफ द म्याच घोषित भए। शनिबार ५ खेल हुनेछन् । पहिलो खेलमा त्रियुगा नगरपालिका उदयपुर र मादी गाउँपालिका संखुवासभा आमनेसामने हुनेछन्। २२ गते सम्म चल्ने सो प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो ।



Saturday, October 22, 2022

झापा गाउँपालिकामा १८ गतेदेखि तेस्रो अध्यक्ष कप भलिवल हुने

   

झापा। झापाको झापा गाउँपालिकामा प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ। वडा नम्बर -६ स्थित शरणामतीमा प्रदेश १ स्तरीय तेस्रो अध्यक्ष कप अन्तर पालिका पुरुष भलिवल प्रतियोगिता हुने भएको हो । प्रदेशका १६ टिमको सहभागीता रहने प्रतियोगिता कार्तिक १८ गतेदेखि २२ गते संचालन हुनेछ ।

यसैविच प्रतियोगिता सञ्चालनका लागि शनिवार बसेको आमभेलाले आयोजक समिति गठन गरेको छ। भेलाले खगेन्द्र घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हुमा कार्की,सचिवमा रुपनारायण बजगाई,सह-सचिवमा भुवन कार्की,कोषाध्यक्षमा दिपक सिटौला रहेका छन् । त्यस्तै सदस्यहरुमा रुपक कार्की,गोपाल प्रसाई,नवीन कटुवाल,भुमिका भट्टराई,डम्बर बस्नेत र शंखरप्रसाद पाण्डे रहेका छन् । 

भेलाले गजेन्द्र ताम्लीको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। त्यस्तै शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति पनि गठन गरेको छ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयासहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै प्रतियोगिताको वेस्ट प्लेयरले ११ हजार, वेस्ट ब्लकर,वेस्ट सेटर,वेस्ट डिफेन्स,वेस्ट स्पाइकर र राइजिङ प्लेयरले जनही ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता संचालनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

Tuesday, August 30, 2022

केन्या विरुद्धको पाँच म्याचको श्रृंखला नेपाललाई

केन्या विरुद्धको पाँच म्याचको श्रृंखला नेपालले तीन दुईले जितेको छ ।  पाँचौ तथा अन्तिम टि–२० मा घरेलु टोली केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज हात पारेको हो । ओपनर तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक र रोहित पौडेलको आक्रामक ब्याटिङमा नेपालले केन्यालाई ३१ रनले पराजित गरेको थियो ।

जितको लागि १ सय ७६ रनको विशाल लक्ष्य लिएर ब्याटिङ्ग गरेको घरेलु टोलीले ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । केन्याका नेहेम्याह ओधियाम्बोले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

कप्तान शेम न्गोचे १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा अविजित रहे । नेल्सन ५ बलमा १ चौका र १ छक्कासहित १३ रनमा अविजित रहे । विकेटकिपर इफरान करिम २८ र कोलिन्स ओबुयाले २३ रन बनाए । नेपालका सन्दीप लामिछाने र बसिर अहमदले समान दुई दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी र करण केसीले एक एक विकेट लिए ।

त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । नेपालका ज्ञानेन्द्र मल्ल ४४ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनमा आउट भए । ज्ञानेन्द्रले ४१ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो अर्धशतक प्रहार गरे ।

रोहित पौडेलले २५ बलमा ७ चौकासहित ४७ रनमा आउट भए । ओपनर अर्जुन साउद २१ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा आउट भए । पहिलो विकेटका लागि अर्जुन साउद र ज्ञानेन्द्र मल्लले ८ ओभरमा ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

अर्जुन शेम न्गोचेको आठौं ओभरको अन्तिम बलमा विकेटकिपर इफरान करिमबाट स्टम्पिङ आउट भए । नियमित ओपनर पवन सरार्फको स्थानमा नेपालले आज ज्ञानेन्द्रलाई ओपनिङ गराएको थियो । तेस्रो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरी १७ बलमा ३ चौकासहित २२ रनमा आउट भए । पवन १ रन, विवेक यादव २ र आदिल अन्सारी ४ रनमा आउट भए ।

केन्याका स्पिनर विरज पटेल, शेम न्गोचे र नेहेम्याह ओधियाम्बो दुई दुई विकेट लिए । नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । तेस्रो खेलमा ४ विकेटले विजयी हुँदा चौथो खेलमा ७ रनले स्तब्ध भएको थियो । अव तीन एकदिवसिय अभ्यास खेलको सिरिज हुनेछ । पहिलो खेल शुक्रबार हुनेछ ।

Sunday, August 21, 2022

राजावादी बस्नेत एमालेमा प्रबेश

दमक। राजावादीका रुपमा चिनिएका राष्ट्रिय शिवसेना पार्टीका पुर्व नेता रमेश बस्नेत नेकपा एमालेमा प्रबेश गर्नु गर्नु भएको छ । उहाँले देशको अस्तित्व रक्षाका लागि नेकपा एमालेमा प्रबेश गरेको बताउनु भएको छ । 

उहाँले आँफू लामो समयदेखि राजसंस्थाको एजेण्डा बोकेर हिडेको भएपनि अहिले देशको अबस्था संकटमा रहेकाले त्यो रक्षा गर्न सक्ने पार्टी नै एमाले भएकाले आँफु एमालेमा प्रबेश गरेको बताउनुभयो ।

 उहाँले अन्य सत्ता गठबन्धन दलहरु विदेशीको इसारामा चलेको भन्दै देश बचाउने पार्टी नेकपा एमाले मात्र भएको निष्कर्ष निकाल्दै एमालेमा प्रबेश गर्दै राष्ट्रिय स्वाधिनताको लडाईमा सरिक हुन एमाले प्रबेश गर्ने निर्णय गरेको उल्लेख गर्नुभयो ।

 अन्य दल विदेशी गोटी भएकोले आगामी निर्वाचनमा देश रक्षाका लागि एमालेलाई जिताउने अभियानमा आँफु मात्र नभई हरेक नेपालीले सोच्नुपर्ने बेला आएको भन्दै बस्नेतले विगतमा भए गरेका कमीकमजोरी भुलेर अब सच्चा राष्ट्रवादी भएर लाग्न सबैमा अपिल पनि गर्नू भएको छ । 

बस्नेतले देश भन्दा ठूलो केहि नहुने संझेर नै एमालेमा प्रबेश गरेको बताउनुभयो । दमक २ निवासी बस्नेत  इलामको चुलाचुलीमा आयोजना गरिएको बृहत पार्टी प्रबेश कार्यक्रममा एमालेमा प्रबेश गर्नु भएको हो । उहाँलाई एमालेका अध्यक्ष केपी ओली र सुबासचन्द्र नेम्बाङ्गले खदा तथा अविर लगाएर स्वागत गर्नु भएको थियो ।  

Saturday, August 6, 2022

सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलन, तटीय क्षेत्रमा उच्च शतर्कता

  

सुनसरी। सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अपनाएको छ ।

पूर्वी पहाडी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढाएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाईअलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

वराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा शतर्कता तह पार गर्ने सम्भावना देखिएकालेसमेत तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएको पनि उहाँले बताउनुभयो ।

प्रजिअ यादवका अनुसार उक्त बहाव कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्यूसेकको हाराहारीमा पुग्नसक्ने देखिएकाले ब्यारेजमा समेत शतर्कता बढाइएको छ ।

यसैबीच कोशीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले ‘हाइअलर्ट’ जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोशी आसपासको क्षेत्रमा हाइअलर्ट जारी गरिएको बताउनुभयो ।

कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाव धान्नसक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रूपमा लिने गरेका छन् ।

सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Friday, July 29, 2022

युएईको फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा शीर्ष खेलाडीलाई साढे चार लाख डलर पारिश्रमिक

 युएईको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्टरनेसनल लिग टी-२० (आईएल टी-२०) ले विश्वको शीर्ष खेलाडीलाई साढे चार लाख डलर पारिश्रमिक दिने प्रस्ताव गरेको छ ।

पहिलो संस्करणका लागि आईएल टी-२० ले विश्वका शीर्ष खेलाडीलाई एक सिजनमा ४ लाख ५० हजार अमेरिकी डलरसम्म पारिश्रमिक दिने तयारी गरेकोे छ ।

जुन पारिश्रमिक भारतको इन्डियन प्रिमियर लिग (आइपीएल) पछिकै सर्वाधिक बढी हो । आईएल टी-२० ले प्रतियोगितालाई आकर्षक र विश्व क्रिकेटको ध्यान तान्न खेलाडीलाई मोटो रकमको पारिश्रमिक दिने योजना बनाएको हो ।

मोटो रकमको कारण विश्वका ठूला खेलाडी प्रतियोगिता खेल्न आउने अनुमान गरिएको छ । अष्ट्रेलियाका पूर्व कप्तान डेभिड वार्नर अष्ट्रेलियाको बिग ब्यास लिग छाडेर आईएल टी-२० लिग खेल्न आउने बताइएको छ ।

प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुवरी १२ सम्म आयोजना हुनेछ । प्रतियोगितालाई इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) ले स्वीकृति दिइसकेको छ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा कुल ३४ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउनेछन् । जसमा १२ विदेशी खेलाडी राख्न पाइनेछ । यस्तै हरेक टोलीले तीन जना यूएइका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू-२३ टिमका खेलाडी अनिवार्य गरिएको छ ।

प्लेईङ–११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ । प्रतियोगितामा तीन भारतीय क्लबहरुको सहभागिता रहनेछ ।

Monday, July 5, 2021

झापामा निषेधाज्ञा खुकुलो बन्दै, होटल तथा रेष्टुरेन्ट खोल्न पाईने

 झापा । झापामा निषेधाज्ञा खुकुलो बन्दै गएको छ । आज झापाका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिमिल्सिनाले जारी गरेको आदेशमा होटल तथा रेष्टुरेन्टहरु साँझ ५ बजे सम्म संचालन गर्न पाईने उल्लेख गरिएको छ । लामो समयदेखि होटल तथा रेष्टुरेन्ट संचालन गर्न नपाउँदा व्यवसायीहरु मारमा परेका छन् ।

May be an image of brick wall

त्यस्तै सार्वजनिक यातायातका साधन पनि जोर विजोर प्रणाली अनुसार स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्न खुला गरिएको छ । आज मध्यरातीदेखि लागू हुनेगरि जारी गरिएको आदेशमा झापा,मोरङ्ग, सुनसरी र इलाम सम्म यातायात संचालन गर्न पाईने उल्लेख गरिएको छ । साथै अन्य क्षेत्रलाई पनि खुकुलो पारिएको छ ।

सम्पूर्ण जानकारीका लागि  तल हेर्नुहोस आदेशको पूर्णपाठ ।

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

May be an illustration of text

दमकको कोभिड उपचार केन्द्रका लागी लायन्स कर्मीद्धारा दैनिक उपभोग्य सामाग्री वितरण

 


दमक। लायन्सकर्मीहरुले दमकको कोभिड उपचार केन्द्रका लागी दैनिक उपभोग्य सामाग्री वितरण गरेका छन् । दमक र लखनपुरका चार लायन्स क्लबमा आबद्ध लायन्सकर्मीहरुले कोभिड उपचार केन्द्रलाई खाना पकाउन प्रयोग गरिने ग्यास सिलिण्डर सहितका सामाग्री वितरण गरेको लायन्स क्लब अफ दमक लखनपुरका सचिव दिपक खड्काले जानकारी दिनुभयो ।

उनीहरुले दमक नगरपालिकाकी उप–प्रमुख गिता अधिकारी, डा. नविन ढकाल लगायतको टोलीलाइ ति सामाग्रीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा लायन्स क्लब अफ दमक लखनपुरका अध्यक्ष राजु खड्का, दमक एक्टिभकी अध्यक्ष कल्पना पोख्रेल, दमक गरिमाका अध्यक्ष नविन अग्रवाल, कमल प्रोफेशनलका फष्ट भिपी पुष्प पाठक कौशिक, लियो दिपिना भट्टराई, आइपीपी अनिस खड्का, लायन नेत्र चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो क्रममा यि चार लायन्स क्लबहरुले विभिन्न कार्यक्रम गर्दै सामाजिक कार्यलाई तिव्रता दिएका छन् । हिजो मात्र यि क्लबहरुले संयुक्त रुपमा दमकको हिमावीको सेनिटाइज गरेका थिए । उनीहरुको यो चौथो संयुक्त कार्यक्रम हो ।

आज मध्यरातीदेखि जोर विजोर प्रणालीमा सार्वजनिक यातायात संचालन गर्न पाइने ( आदेशको पूर्ण पाठ सहित)



 दमक। आज मध्यराती १२ बजेदेखि लागू हुनेगरी जोर विजोर प्रणालीका आधारमा सार्वजनिक यातायातका साधन संचालन गर्न यातायात व्यवसायीलाई अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय झापाद्धारा जारी आदेशमा झापा, मोरङ्ग,सुनसरी र इलाम सम्म यातायात संचालन गर्न पाईने जनाइएको छ । सम्पूर्ण जानकारीका लागि आदेशको पूर्ण पाठ तल हेर्नुहोला ।


Sunday, July 4, 2021

भर्‍याङबाट लडेर मृत्यु


 

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङलाम्हु गाँउपालिका -१ खरिखोला का ३३ बर्षीय रिन्जी पासाङ शेर्पाको भर्याङबाट लडेर मृत्यु भएको छ । 

सोताङ गाँउपालिका ५ स्थितमा रहेको बिरेन्द्र ज्योती माध्यामिक बिद्यालयको निर्माणाधिन भवनको मिस्त्री काम गरि सोही स्थानमा नै कोठामा बस्दै आएका रिन्जी आईतवार राती ११ बजे भर्याङबाट लडेर कंचटमा चोट लागी गम्भिर घाईते भएका थिए ।

 घाईतेलाई उपचारको लागी प्राथमिक स्वास्थ्य चौकी सोताङमा लगिएकोमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।

भिरबाट लडेर १३ बर्षीय बालकको मृत्यु

 


उदयपुर/  उदयपुरको रौतामाई नगरपालिका –४ माल्वासेका १३ बर्षीय बालक बिशाल सार्कीको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको जंरगेडाँडा भिरमा बाख्रा चराउन गएका बालकको आईतवार अपरान्ह पौने ५ बजेको समयमा सोही भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।  

दमक र लखनपुरका लायन्सकर्मीहरुले गरे हिमावीको सबै कक्षा कोठाको सेनिटाइज

 दमक। दमक र लखनपुरका लायन्सकर्मीहरुले दमकको हिमालय माविको आज सेनिटाइज गरेका छन् । उनीहरुले विद्यालयको सबै क्षेत्रको सेनिटाइज गरेको लायन्स क्लब अफ दमक लखनपुरका सचिव दिपक खड्काले जानकारी दिनुभयो ।

विद्यालयमा प्रशासन खुल्ला रहेको तथा धेरै विद्यार्थी भएको र विद्यार्थीहरु पनि आउन थालेकोले सेनिटाइज गरिएको दमक लखनपुरका अध्यक्ष राजु खड्काले बताउनु भयो । सो क्रममा विद्यालयको गेटदेखि नै सेनिटाइज गरिएको थियो । विद्यालयको अफिस, कक्षा कोठा सबै क्षेत्रको सेनिटाइज गरिएको भन्दै अध्यक्ष खड्काले साप्ताहिक कार्यक्रम अन्तरगत आज हिमावीमा सेनिटाइज गरिएको बताउनु भयो ।

सेनिटाइज कार्यक्रम लायन्स क्लब अफ दमक लखनपुर, लायन्स क्लब अफ दमक एक्टिभ, लायन्स क्लब अफ दमक गरिमाले संयुक्त रुपमा गरेका हुन् ।

No description available.

रिजन चियरपर्सन चन्द्र गजमेरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि जोन चियरपर्सन हेमसिंह अधिकारी, विद्यालयका प्रधानाध्यापक ओम प्रसाद आचार्य, लायन्स क्लब अफ दमक एक्टिभको अध्यक्ष कल्पना पोखरेल, गरिमाका अध्यक्ष नविन अग्रवाल, लिओका अध्यक्ष दीपना भट्टराई आइपीपी अनिस खड्का लगायतको उपस्थिति रहेको थियो । दमक लखनपुरका सेकेण्ड भाइस प्रेसिडेण्ट दयासागर आचार्यको संयोजनमा भएको कार्यक्रम सचिव दिपक खड्काले संचालन गर्नु भएको थियो ।

 

Friday, June 18, 2021

हिमानी कोष झापाद्धारा भद्रपुरमा राहत वितरण

 

उत्तम रिजाल,दमक। सामाजिक कार्यमा सक्रिय संस्था हिमानी कोषले आज झापाको भद्रपुर नगरपालिकाका २० विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । पूर्व युवराज्ञी हिमानी शाहको नेतृत्वमा रहेको सो संस्थाले नगर क्षेत्रका अपांग, वृद्धवृद्धा, एकल महिला तथा विपन्न समुदायका परिवारलाई राहत सामाग्री वितरण गरेको हो । हिमानी कोषले भद्रपुर ६ र ७ का २० परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । कोषले प्रति परिवार २५ केजी चामल वितरण गरेको उत्तम भट्टराईले जानकारी दिनुभयो ।

कोभिड–१९ महामारी पश्चात देशभर हिमानी कोषले राहत वितरणलाई तिब्र बनाएको छ । सोही अन्तरगत हिमानी कोषको सहयोगमा भद्रपुरका विपन्न परिवारलाई राहत चामल हस्तान्तरण गरिएको हिमानी कोष झापाकी अगुवा पुनमसिंह राजवंशीले बताउनु भयो । कोषले समयानुसार आवश्यकतालाई हेरेर थप सहयोग गर्ने पनि उहाँले बताउनु भयो ।



२०७८, असार ४

Monday, June 7, 2021

चुलाचुलीलाई ४ अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री प्रदान

 


उत्तम रिजाल, दमक/ कोरोना संक्रमितहरुलाई उपचारको लागि अभावका रुपमा रहेको अक्सिजन सिलिण्डरसहित इलामको चुलाचुली गाउँपालिकालाई आज विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । 

सो सामाग्री भुटानी शरणार्थी शिविर बेलडाँगीका शिविर प्रमुख सुरेन्द्र दाहालले प्रदान गर्नु भएको हो । उहाँले गाउँपालिकाका प्रमुख प्रदिपचन्द्र राईलाई सो सामाग्री प्रदान गर्नु भएको हो ।

अमेरिकामा रहेको ग्लोबल भुट्निज हिन्दु अर्गनाइजेशनका तर्फबाट सो अर्गनाइजेशनका अध्यक्ष कमल धिमालले पठाएका ती सामाग्री एक कार्यक्रमकाविच शिविरको कार्यालयबाट शिविर प्रमुख दाहालले प्रदान गर्नु भएको हो ।

चुलाचुलीलाई प्रदान गरिएका सामाग्रीमा ४ ओटा अक्सिजन सिलिण्डर, ४ ओटा अक्सिजन रेगुलेटर, २० ओटा सिराने सहित बेडसीट, एक अक्सिमिटर, १० लिटर सेनिटाइजर, एक हजार ओटा सर्जिकल मास्क र २० ओटा केएन ९५ मास्क छन् ।

No description available.

सहयोग हस्तान्तरण कार्यक्रममा शिविर व्यवस्थापन समितिका सल्लाहकार टिआर कालिकोटे लगायतको उपस्थिति रहेको थियो । ति सामाग्रीहरु कोरोना संक्रमित भुटानी शरणार्थी तथा शरणार्थी आसपासका संक्रमितहरुको उपचारमा सहयोग गर्ने उदेश्यले प्रदान गरिएको शिविर प्रमुख दाहालले जानकारी दिनुभयो ।

२०७८, जेठ २४

Sunday, June 6, 2021

शिविर प्रमुखद्धारा दमक र मिक्लाजुङ्गलाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

 



उत्तम रिजाल, २३ जेठ ,दमक/ कोरोना भाइरस संक्रमितले अक्सिजन अभाबमा मृत्युबरण गरिरहेको अबस्थामा झापाको दमक स्थित भुटानी शरणार्थी शिविरका शिविर प्रमुख सुरेन्द्रराज दाहालले दुई स्थानीय तहका लागि ८ ओटा अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नु भएको छ ।

वहाँले झापाको दमक नगरपालिकालाई दमक कोभिड उपचार केन्द्रका लागि ३ ओटा र मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिकाको आइसोलेशन तथा उपचारकेन्द्रको लागि ५ ओटा गरी ८ ओटा ठूलो साइजको अक्सिजन सिलिण्डर सहित अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । 

बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमै सहयोग हस्तान्तरण गर्दै शिविर प्रमुख दाहालले भुटानी शरणार्थीहरु तथा अन्य कोरोना संक्रमितहरुले अक्सिजनको अभावमा मृत्युवरण गर्नु नपरोस भनेर सहयोग हस्तान्तरण गरेको बताउनु भयो । त्यस्तै शिविर सचिव कृष्ण सुब्बाले शिविर भित्रका कोहिपनि संक्रमित भए उनीहरुलाई उपचार गर्न तथा शिविर बाहिरका अन्य संक्रमितको उपचारमा अक्सिजनको अभाब हुन नदिन दाताबाट प्राप्त स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनु भयो ।

सोक्रममा दमक नगरपालिकालाई ३ ओटा, मिक्लाजुङ्ग गाउँपालिकालाई ५ ओटा अक्सिजन रेगुलेटर पनि सहयोग गरिएको छ । त्यस्तै मिक्लाजुङ्गलाई सिराने सहितको ३० बेड सीट र दमकलाई २० बेड सीट तथा एक/एक हजार सर्जिकल मास्क, २०/२० ओटा केएन ९५ मास्क प्रदान गर्नुभयो । त्यस्तै मिक्लाजुङ्गलाई एक ओटा अक्सिमिटर र दश लिटर सेनिटाइजर पनि दिइएको छ ।

ती स्वास्थ्य सामाग्रीहरु मिक्लाजुङ्ग गाउँपालिकाका लागि गाउँपालिका प्रमुख देवीप्रसाद आचार्य र दमक नगरपालिकाका लागि उप–प्रमुख गिता अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

क्याम्प सचिव कृष्ण सुब्बाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा क्याम्पका सल्लाहकार टिकाराम कालीकोटे, शसस्त्र प्रहरीबल बेलडाँगी बेस क्याम्पका प्रमुख गोपाल पोखरेल, लगायतको उपस्थिति रहेको थियो । सो सहयोग ग्लोबल भुट्निज हिन्दु अर्गनाइजेशनको तर्फबाट अध्यक्ष कमल धिमालले पठाएका थिए । उनी अमेरिकामा बस्दै आएका छन् ।

Monday, May 24, 2021

माधव नेपाल र झलनाथ खनालसहित ११ नेता एमालेबाट निस्काशित

 

काठमाडौं/  नेकपा एमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निस्काशन गरेको छ। उनीहरुलाई एमालेको साधारणसदस्य समेत नरहने गरी निस्कासित गरिएको हो।

 

नेकपा एमालेले पार्टीको हीतविपरीत कार्य गरेको ठहर गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको एक स्थायी समिति सदस्यले बताए।

नेपाल १५ वर्षसम्म एमाले पार्टी प्रमुख रहेका नेता हुन् भने खनाल पनि एक कार्यकाल पार्टी अध्यक्ष भएका व्यक्ति हुन्। नेपाल र खनाल दुवैजना पूर्वप्रधानमन्त्री हुन्।

बरिष्ठ नेता नेपाल, अर्का बरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरुलाई पार्टीबाट निष्कासन गरिएको हो।

उनीहरुलाई पार्टी हितविपरित काम गरेको भनी शनिबार स्पष्टीकरण सोधिएको थियो। तर नेपाल र खनालसहितका ११ नेताले कुनै स्पष्टीकरण दिएका थिएनन्।
 
२०७८, जेठ १०

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...