काठमाडौं।
महानगरीय प्रहरी अपराध महाशाखा टेकुले एक हजार र पाँच सय दरका प्रतिबन्धित
भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १५
अन्नपूर्ण चोक क्षेत्रमा अवैध भारु बोकेर हिँडिरहेका बाँकेका कृष्णकुमारी
शर्मा र गोरखाका अर्जुन भण्डारीलाई हिजो पक्राउ गरिएको हो । महानगरीय
प्रहरी अपराध महाशाखा टेकुले आज पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक
गरेको हो ।
उनीहरुको साथबाट अवैध भारु ६८ लाख २० हजार रुपैयाँ बरामद गरेको महाशाखाले
जनाएको छ । सर्वसाधारणलाई ठगी गर्ने उद्देश्यले हिडिरहेको सूचनाका आधारमा
उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२०७४ भदौ १८
No comments:
Post a Comment